ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित


एबीसी न्यूज
१ फाल्गुन २०७४, मंगलबार   ९ : २६   बजे

मुगु, १ फागुन ।  आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित भएका थिए । तर आइतबार रातिबाट हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका हुन् ।

गत कात्तिकमा लगाएको हिउँदे गहुँ, जौ, उवा लामो समयसम्म पानी नपरेपछि खेतगरामै सुक्न थालेका थिए । “यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर आश मारी सकेका थियौँ, तर एक्कासि हिजो रातिबाट पानी र हिउँ पर्न थालेकाले हिउँदे बाली उत्पादनमा वृद्घि हुने आश पलाएको छ,” छाँयानाथ रारा नगरपालिका–१ का कृषक धनबहादुर मल्ल बताउँछन् ।

सोही नगरपालिका–७ का बैसागे दमाई अहिले परेको हिउँ र पानीले अन्नबाली मात्र नसपारेर सुख्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने र वर्षे बाली लगाउन खेत गरा खनजोत गर्न सजिलो पार्ने भएकाले पनि आफूहरु खुशी भएको बताउँछन् ।

मल्ल र दमाई मात्र होइन आइतबार र सोमबारबाट परेको हिमपातले जिल्लाभरिका कृषक खुशी भएका छन् । हिउँदका महिना सकिन लाग्दा पनि हिउँ र पानी नपरेपछि हिउँदे बालीको आश किसानले मारिसकेका थिए भने वर्षे बाली कसरी लगाउने हो भनेर चिन्तित भएका थिए । हिमपात भएसँगै फागुन महिनाको शुरुवातीबाटै वर्षेबाली कोदो, पाखेधान, मकै, आलु, सिमी लगाउन शुरु गर्ने कृषक बताउँछन् ।

हिमपातले कृषकमा खुशियाली ल्याएपछि यहाँका व्यापारी भने धेरै हिउँ परिहाल्छ कि भनेर चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानीका साधन बन्द हुन्छन् कि भनेर व्यापारी चिन्तित भएका हुन् ।

मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा हिमपात कृषक र व्यापारी दुवैलाई खुशी पार्ने गरी परे हुन्थ्यो भन्नुहुन्छ । मुगुलगायत हुम्ला जिल्लाको तल्लो भेगसम्म कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक भएर व्यापारिक सामान आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र घुच्ची लेखमा बाटो बन्द गरिदिने भएकाले लामै समयसम्म सडक बन्द भएर दैनिक तथा अन्य सामान जिल्लामा अभाव हुन्छ कि भनेर व्यापारी चिन्तित भएको अध्यक्ष बुढा बताउनुहुन्छ ।

आइतबार रातिदेखि हिउँ परेका जिल्लाका उच्च हिमाली क्षेत्र मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छाँयानाथ रारा नगरपालिकाका रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको खबर आएको छ भने जिल्ला सदरमुकाममा सोमबार दिउँसो १ बजेदेखि हिउँ पर्न शुरु गरेको छ ।

यसैगरी, लगाताररुपमा हिउँ परिरहेकाले आज बिहानसम्म सदरमुकाम सेताम्य बाक्लो हिउँले ढाकिएको सर्वसाधारण बताउँछन् । लगातार हिउँ र पानी पर्न थालेपछि गाँउघरबाट ग्राहक तथा सेवाग्राही जिल्ला सदरमुकाममा नआउँदा सदरमुकाम सुनसानजस्तो भएको थियो ।

यसैबीच, हिमपातका कारणले जीउधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बाक्लो कपडा लगाएर सकभर घरबाहिर ननिस्कन र केही घटना भइहाले जतिसक्दो छिटो प्रहरी प्रशासनमा खबर गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताउनुहुन्छ ।

हिमपातसँगै चिसो अत्यधिक बढेपछि जिल्लाभरि प्रायः विद्यालयमा आधा दिन मात्र पढाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टोखा–छहरे सडकमा राति सवारी आवागमन बन्द

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टोखा–छहरे सडकमा राति सवारी आवागमन बन्द

विपत घटना बढे पनि मानवीय क्षति घट्यो

आज देशका केही स्थानमा वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

China-Laos Railway Surpasses 90 Million Tonnes of Cargo

China Sentences Two Men in Drug Trafficking Case, Highlights International Cooperation

Democrats Demand Investigation Into USS Lincoln Deployment, Citing Navy Readiness Concerns

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu