काठमाडौं ८ पुस । नेकपा एमालेले १४ मंसिरदेखि १८ दिनसम्म चलेको झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा सफल भएको भन्दै देश सञ्चालनका लागि एमालेको विकल्प नभएको दावी गरेको छ । एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्मको पुष्पलाल (मध्यपहाडी) राजमार्ग ‘संकल्प यात्रा’का निष्कर्षहरू आइतबार सार्वजनिक गरेको छ।
नेपालको राजनीति र विकास कहींबाट पनि प्रभावित हुन नहुने ओलीले भनाइ थियो । नेपालको विकासमा कसैले पनि हस्तक्षेप गर्न नहुने र सत्तामा बस्नेहरू कतैबाट पनि प्रभावित हुन नहुने ओलीको भनाइ छ ।
एमालेले अभियानका क्रममा कतिपय गाउँहरू रित्तिँदै गएको, विद्यालय बन्द हुने अवस्थामा पुगेको, खेतीयोग्य जमिन बाँझो बन्दै गएको र बसाइँसराइँको समस्या बढ्दै गएको लगायत समस्याहरू औंल्याएको छ।
मध्यपहाडका विभिन्न भूभागमा भूमिहीनहरूको संख्या उल्लेख्य देखिएको भन्दै त्यो समस्या समाधान गर्नुपर्ने एमालेले उल्लेख गरेको छ।
त्यस्तै, पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरल लगायत वन्यजन्तुका कारण बालीनाली नष्ट भइरहेकोबारे पनि एमालेले चिन्ता गरेको छ। यस विषयमा सरकारलाई लिखित रूपमा नै ध्यानाकर्षण गराउने ओलीले जानकारी दिए।
काम कसले गर्यो भन्ने कुरा प्रमुख नहुने भन्दै ओलीले काम भयो कि भएन भन्ने कुरा प्रमुख भएको बताए। त्यसैले मध्यपहाडी लोकमार्गको बाँकी काम सरकारले तत्काल गर्नुपर्नेमा उनले जोड दिए।
नेपालको विद्युत् कसैले किन्छ कि किन्दैन, नेपालको कृषि उत्पादन कसैले लिन्छ कि लिँदैन भन्ने भन्दा पनि अहिले उत्पादन कसरी गर्ने र लगानीमैत्री वातावरण कसरी बनाउने भन्ने विषय प्रमुख विषय रहेको ओलीले बताए। ‘दुईचार जना सत्ता पक्षका लगानी कर्ता बाहेककाको त भागारेभागको अवस्था छ त’, ओलीले भने।
अध्यक्ष ओलीले संघीयताबारे पनि धेरै नकारात्मक टिप्पणी गर्नु उपयुक्त नहुने बताए । पहिलो कार्यकालको धेरै समय त कानुन र संरचना निर्माणमै कितेको भन्दै उनले भने, ‘५/६ वर्ष पनि कार्यान्वयन हुन नपाउँदै धेरै पक्ष विपक्षमा तर्क गर्ने भन्दा विना आग्रह संघीयतालाई सफल बनाउने कोसिस गरौं ।’
नेपालले अहिले बजार खोज्ने बेला भइनसकेको ओलीले बताए। यतिबेला औद्योगिकीकरण र त्यसको लागि वातावरण बनाउने तर्फ नै सोच्नु पर्ने ओलीले बताए।
ओलीले नेपालका छिमेकीले बिनाआग्रह नेपालको विकासमा सहयोग गर्नुपर्ने बताए।
बिरालो कालो भए पनि, सेतो भए पनि मुसा मार्नु पर्ने उनले बताए। नेपालको प्राथमिकता र आवश्यकतालाई प्राथमिकतामा राखेर जसले सस्तो र बढी सहयोग र लोन दिन्छ ऊसँग लिनु पर्नेमा उनले जोड दिए।
यस्ता कुरामा केन्द्रित नभएर सत्ता केन्द्रित भयो भने देशको राजनीतिक स्थायित्व, स्थिरता र स्वाभिमान जोगाउन नसकिने उनले स्पष्ट पारे।
सत्ताकेन्द्रित भएर होइन, सार्वभौमसत्ता राष्ट्रको हिसाबले सबै छिमेकी र सहयोगी राष्ट्रलाई हेर्नुपर्नेमा उनले जोड दिए।
पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर एमालेले संकल्प यात्रा राष्ट्रिय अभियान नै बन्न पुगेको निष्कर्ष प्रस्तुत गरेको छ । ‘यो अभियान नेकपा एमालेको आयोजनामा सञ्चालन भएपनि यथार्थमा राष्ट्रिय अभियान जस्तो बन्न पुग्यो’, एमालेले मध्यपहाडी संकल्प यात्राको समीक्षात्मक प्रतिवेदनमा भनेको छ । एमालेले उक्त प्रतिवेदनमा यात्राबाट निकालेको निष्कर्षलाई बुँदागत रुपमा प्रस्तुत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्गबारे यथेष्ट समाचार र सम्पादकीय नलेखिएको भन्दै गुनासो गरेका छन्।
‘समृद्धिका लागि संकल्प यात्रा सफलतापूर्वक सम्पन्न भएको छ। साथ र सहयोगप्रति कृतज्ञ छौं, सबैप्रति आभारी छौं,’ अध्यक्ष ओलीले भने,‘सम्पादकीय लेख्न नमिल्ने खालको अथवा कभर पेजमा स्थान नपाउने खालको यो यात्रा थिएन।’
उनले यात्राको समाचारलाई सञ्चारमाध्यमले यथेष्ट स्थान दिएको भए सञ्चारमाध्यमको पनि गरिमा बढ्ने बताए।
‘सञ्चारमाध्यमहरूको पनि गरिमा बढ्थ्यो, राइट म्यान इन द राइट प्लेस भनेको जस्तो राइट न्युज एन द राइट प्लेस हुन्थ्यो कि भन्ने मेरो कुरा हो,’ अध्यक्ष ओलीले भने,‘ सञ्चारमाध्यमहरूले जसरी महत्व दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।’
एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू गरेको समृद्धिका लागि संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न गरेको थियो।
‘राजावादी, प्रतिगामी र अतिवादीको भ्रम चिरियो’
एमालेले अभियानका क्रममा पूर्वराजावादी, प्रतिगामी र अतिवादीहरूलाई केन्द्रमा राखेर बनेका जनविरोधी चर्चा मेटाउने प्रयास भएको जनाएको छ।
‘यस अभियानमा भएको विशाल जनसहभागिताले धेरै भ्रम र अन्यौल चिर्ने काम गरेको छ,’ एमालेले भनेको छ, ‘केही समययता केही पूर्व राजावादी, पश्चगामी, अतिवादीहरूलाई केन्द्र बनाएर निर्माण गरिएका जनविरोधी चर्चा र प्रयास खण्डित भएको छ।’
पार्टी र नेतृत्वपंक्ति एकताबद्ध
एमालेले यो अभियानले आफ्नो पार्टीको नेतृत्व र पार्टीपंक्तिलाई एकताबद्ध बनाउन सहयोग गरेको जनाएको छ।
‘नेतृत्व र कार्यकर्ता तथा पार्टी र जनताबीचको भावनात्मक सम्बन्धलाई सुदृढ बनाएको छ,’ एमालेले भनेको छ।
पार्टी नेतृत्वलाई आफूसँगै पाउँदा र केही समय बिताउन पाउँदा कार्यकर्ता पंक्ति पनि उत्साहित भएको एमालेले उल्लेख गरेको छ।
मेसमा खाना, जनताको घरमा वास!
यो अभियानका क्रममा एमालेले जनसहभागिता र जनताकै साथ–सहयोगमा खानपिन तथा आवासको व्यवस्थापन गरिएको जनाएको छ।
‘एकाध स्थानबाहेक अधिकांश ठाउँमा हामीले स्थानीय जनताले सामूहिक रुपमा व्यवस्थापन गरेको मेसमा खाना खायौँ,’ एमालेले भनेको छ, ‘जनताकै घरमा आवास र आश्रय लियौँ, कतिपय ठाउँमा सामूहिक रुपमा रातको विश्राम लियौँ।’
त्यस्तै, स्थानीय परम्परा, संस्कृति र भेषभूषालाई ग्रहण गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउन अभियानले सहयोग गरेको एमालेले बताएको छ।
पहिलो निष्कर्षमा एमालेले मध्यपहाडी क्षेत्रका जनता वर्तमान व्यवस्थाकै पक्षमा रहेको दाबी गरेको छ । ‘नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा छन् । ‘हामी स्पष्ट छौं– लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतान्त्रिक गणतन्त्र मात्रै हुन सक्छ’, प्रतिवेदनमा उल्लेख छ ।
जनताको गुनासो र सुझावहरु भएपनि राजतन्त्रको पक्षमा नरहेको निष्कर्ष एमालेले निकालेको छ । ‘परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्ययुगतिर फर्काउन र जनताको अभिमत बिनाको जन्मसिद्ध श्रेष्ठताको सामन्ती व्यवस्था पुनर्स्थापना गर्ने प्रयासलाई कुनै पनि हालतमा सफल हुन दिनेछैनौं’, एमालेको संकल्प छ ।
पूर्वराजावादी, पश्चगामी र अतिवादीहरुले राजनीतिक दलहरुको लोकप्रियता खस्किरहेको चर्चा गरेपनि अभियानबाट त्यसलाई खण्डित गरेको एमाले दाबी छ ।
‘नेकपा एमालेको संकल्प यात्राले लोकतान्त्रिक गणतन्त्रप्रतिको जनसमर्थनलाई थप सुदृढ र मजबुत बनाएको छ’, ओलीले जारी गरेको प्रतिवेदनमा लेखिएको छ ।
एमाले अध्यक्ष ओलीले संघीयताबारे पनि धेरै नकारात्मक टिप्पणी गर्नु उपयुक्त नहुने बताए । पहिलो कार्यकालको धेरै समय त कानुन र संरचना निर्माणमै कितेको भन्दै उनले भने, ‘५र६ वर्ष पनि कार्यान्वयन हुन नपाउँदै धेरै पक्ष विपक्षमा तर्क गर्ने भन्दा विना आग्रह संघीयतालाई सफल बनाउने कोसिस गरौं ।’
दोस्रो निष्कर्षमा भने एमालेले आफ्नो संकल्प प्रस्तुत गरेको छ । यात्राभर विभिन्न साँस्कृतिक र सामाजिक समूहबाट स्वागत पाएको अनुभूति सहित एमालेले अराजकता, हुलहुज्जत र हिंसाविरुद्ध उभिने संकल्प गरेको छ । ‘सामाजिक विद्वेष, अतिवाद र हिंसा र अराजकताका कुनै पनि प्रयासलाई सफल हुन दिनेछैनौं’, एमालेले संकल्प गरेको छ ।
संकल्प यात्राले जातीय तथा साम्रदायिक अतिवाद, अराजकता र हिंसालाई परास्त गरेको निष्कर्ष एमालेको छ । ‘हाम्रो संकल्प यात्रा लक्षित बन्द र हड्तालका घोषणा, सडक अवरोध र हिंसाका प्रयासहरु विफल भएका छन्’, एमालेको प्रतिवेदनमा लेखिएको छ, ‘लाखौंको संख्यामा सडकमा उत्रिएर नेपाली जनताले आफूहरुबीचको सामाजिक सद्भाव कसैले चुँडाउन नसक्ने सन्देश दिएका छन् ।’
यात्राको तेस्रो सफलतामा एमालेले सुशासन, समृद्धि र विकास नै मुलुकको सर्वोपरी प्राथमिकता हुनुपर्ने निष्कर्ष राखेको छ ।
तर वर्तमान सरकार भ्रष्ट र दोहनकारी भएकाले जनतामा निराशा देखिएको एमालेले उल्लेख गरेको छ । ‘कतिपय लोकतन्त्र विरोधी तत्वहरु यस्ता निराशालाई लोकतन्त्रकै विरुद्ध प्रयोग गर्न प्रयत्नशील देखिएका छन्’, एमालेको निष्कर्ष छ ।
चौथो निष्कर्षमा एमालेले आफ्नो पार्टी र जनताबीचको सम्बन्ध प्रस्तुत गरेको छ । जनताका चासो, सरोकार र मागहरुको सम्बोधन एमालेबाट मात्रै सम्बोधन हुन सक्छ भन्ने विश्वास अभियानका क्रममा देखिएको एमालेले दावी गरेको छ ।
‘यतिबेला नेकपा एमाले सरकारमा नभए पनि नेकपा एमालेबाट मात्रै हाम्रो चासो, सरोकार र मागहरु सम्बोधन हुन सक्छ भन्ने विश्वास व्यक्त गर्नुहुने ।।’ एमालेको वक्तव्यमा उल्लेख छ ।
जनताले राखेका मागहरु वर्तमान सरकारले पूरा नगरे आफ्नो सरकार बनेपछि सम्बोधन गर्ने प्रतिबद्धता एमालेले गरेको छ । यात्रापछि पार्टीको संगठनात्मक शक्ति बढेको समेत एमालेको निष्कर्ष छ ।
‘यस अभियानका क्रममा प्राप्त जनसमर्थनबाट हामी उत्साहित छौं । यस समर्थनलाई हामी संगठनात्मक शक्ति र एकताबद्ध पार्टी निर्माणमा रुपान्तरित गर्नेछौं’, प्रतिवेदनमा लेखिएको छ ।
अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरु सहभागी भएर गरिएको पत्रकार सम्मेलनबाट एमालेले मध्यपहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता पनि गरेको छ ।
‘विज्ञहरु, जनप्रतिनिधिहरु र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछौं । हाम्रो संकल्प छ– हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउनेछौं’, ओलीले भनेका छन् ।
मध्य पहाडका ९ समस्या
एमालेले संकल्प यात्राका क्रममा देखिएको मध्यपहाडी क्षेत्रका समस्याहरुलाई पनि बुँदागत रुपमै सार्वजनिक गरेको छ । जसमा मध्यपहाडी क्षेत्र रित्तिदै जानु पछाडि उत्पादनले बजार नपाउनुदेखि बाँदर आतंकलाई समेत उल्लेख गरेको छ ।
गाउँबस्तीहरु रित्तिँदैछन् स् मध्य पहाडको मुख्य समस्याका रुपमा गाउँबस्ती रित्तिदै जानु, विद्यालय खाली हुनु, युवाहरु नदेखिनु, बसाइँसराई लगायत आम निष्कर्षलाई नै समेटेको छ । एमाले अध्यक्ष ओलीले एमालेकै कार्यक्रममा ४० प्रतिशत पनि युवा सहभागी नदेखिएको बताएका छन् ।
बजारको अभाव स् भएका उत्पादनले बजार, उचित मूल्य र संरक्षण नपाउँदा पहाडबाट बसाइँसराई बढिरहेको निष्कर्ष एमालेले निकालेको छ । यसको समाधानका रुपमा एमालेले कृषि प्रणाली सुधार गर्नुपर्ने उल्लेख गरेको छ ।
उल्लेख्य भूमिहीन स् यात्राका क्रममा मध्यपहाडमा भूमिहीन किसानहरुको उल्लेख्य संख्या भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बाँदर, बँदेल र दुम्सी आतंक स् किसानहरुले पहाड छोड्नुको कारण वन्यजन्तुको आतंक रहेको निष्कर्ष एमालेले निकालेको छ ।
‘बाँदर, बँदेल, दुम्सी, घोरल ललगायत वन्यजन्तुका कारण बालीनालीमा भइरहेको नोक्सानी र पीडा पनि किसानहरुको बसाइँसराइँको महत्वपूर्ण कारण बनेको छ’, एमाले निष्कर्ष छ ।
जलवायु परिवर्तनको असर स् जलवायु परिवर्तनका कारणले पानीका मुहान सुक्नु, प्राकृतिक प्रकोप बढ्नु जस्ता कारणले पनि पहाड रित्तिदै गएको एमालेको प्रतिवेदनमा उल्लेख छ ।
निराश उद्यमी स् बैंकको बढ्दो व्याजदर, अपारदर्शी र झञ्झटपूर्ण कर नीति, कर प्रशासकहरुको निर्मम व्यवहार, सरकारको भ्रष्ट र अमैत्रीपूर्ण नीतिका कारणले मध्य पहाडी क्षेत्रका उद्यमीहरु निराश र हतोत्साही देखिएको एमालेको निष्कर्ष छ ।
विकास प्रायः ठप्प स् मध्यपहाडी क्षेत्रमा पर्ने ठूला आयोजनाहरुको विकास निर्माण कार्य प्रायः ठप्प रहेको प्रतिवेदनमा उल्लेख छ ।
समन्वय अभाव स् आवश्यक समन्वय नहुँदा सानो सुधारबाट पनि हुनसक्ने ठूलो लाभबाट मुलुक बञ्चित भएको एमालेको निष्कर्ष छ ।
सार्वजनिक असन्तुष्टि स् नागरिकमा भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिविरुद्ध सार्वजनिक असन्तुष्टि रहेको एमालेले स्वीकारेको छ । तर त्यो असन्तुष्टि लोकतान्त्रिक प्रणाली, गणतन्त्र र संवैधानिक व्यवस्थाविरुद्ध नभएको एमालेको निष्कर्ष छ ।
यो अभियानका क्रममा ३० जिल्ला पुग्दा ४२ वटा जनसभा गरेको एमालेले तीबाहेक एक हजार भन्दा बढी संक्षिप्त सभा, जनभेला र भेटघाट गरेको जनाएको छ । अभियानकै क्रममा पुस्तक विमोचन, ऐतिहासिक स्थल र विकास परियोजनाको अनुगमन, सर्वदलीय छलफल, पार्टी प्रवेश, शहीदहरुको प्रतिमामा माल्यार्पण लगायत गतिविधि भएको एमालेले बताएको छ ।
झलुाघाट–चिवाभञ्ज्याङ: समचृिका लाचि सङ्कल्प यात्रा २०८० सक्षंिप्त जानकारी
प्रतिक्रिया दिनुहोस्