काठमाडौं १ जनवरी (२०२४) । गेग्रोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ को विदाई र नयाँ वर्ष २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइदै छ।
प्रचलन
हालको इराकको मेसोपोटा मियाबाट नयाँ वर्ष मनाउन थालिएको मान्यता छ । रोमन भाषाको जेनस शब्दबाट नयाँ वर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ । नयाँ वर्षलाई विश्वभर विभिन्न कार्यक्रम गरी स्वागत गरिँदैछ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुवात भएको मान्छि । पोप गेग्रोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि सन्१९१८ मा र चीनले सन् १९१२ देखि मात्र प्रचलनमा ल्याएका थिए ।
हाल विश्वका दुई सय सार्वभौम देशहरुमध्ये १९५ देशले यही इस्वीसम्वत मान्दछन् भने इथियोपिया (इथियोपियन क्यालेन्डर), नेपाल (विक्रम संवत), इरान र अफगानिस्तान (सौर हिजरी) सम्वतलाई आ–आफ्नै राष्ट्रिय र औपचारिक सम्वत् बनाएका छन् ।
नेपालमा पनि इस्वी सम्वतलाई नै औपचारिक सम्वत बनाउने र विक्रम सम्वत र नेपाल सम्वतलाई सांस्कृतिक सम्वत बनाउनु पर्ने बहस हुँदै आएको छ ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ।
नेपालका मगर, नेवार, थारु, किराँत, तामाङ, शेर्पा, थकाली, गुरुङ, मुस्लिम समुदायले फरक फरक दिनलाई आफ्नो नयाँ वर्ष आरम्भको रुपमा मनाउँछन्।
सन् १९५० देनि नै नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ ।
शुरुवात
जनवरी १ मा नयाँ वर्ष मनाउने चलनको सुरुवात आजभन्दा २ हजार ६९ वर्ष पहिले भएको हो । रोमन सम्राट जुलियस सिजरले इशापूर्व ४५ मा एउटा नयाँ पात्रोको सुरुवात गरे । उक्त पात्रोलाई जुलियन क्यालेन्डर भनियो । त्यही बेला विश्वमा पहिलोपटक १ जनवरीलाई नयाँ वर्षको पहिलो दिनको रुपमा मानिएको थियो ।
तर अर्को रोचक कुरा के भने जुलियन क्यालेन्डरले इशापूर्व ४७१३ को जनवरी १ लाई आफ्नो पात्रोको पहिलो दिन मानेको थियो । यस अनुसार हालको अंग्रेजी नयाँ वर्षको सुरुवात ६ हजार ७ सय ३७ वर्ष पहिले भएको मानिन्छ ।
त्यस यता अहिलेसम्मै अंग्रेजी क्यालेन्डरमा नयाँ वर्षको रुपमा जनवरी १ लाई मानिँदै आएको छ ।
जुलियस सिजरले नै वर्षमा १२ महिना र ३ सय ६५ दिन हुने प्रचलन बसाले । जुलियन क्यालेन्डर झण्डै १६ सय वर्षसम्म प्रचलनमा रह्यो । त्यसपछि जुलियन क्यालेन्डरको ठाउँमा ग्रेगोरियन क्यालेन्डर प्रचलनमा आयो । जसलाई पोप ग्रेगरी प्रचलनमा ल्याए । जुन अहिलेसम्मै प्रचलनमा रहेको छ ।
इस्वी सम्बतुरको मूल एकाइ दिन हुन्छ। ३६५ दिनहरूको एक वर्ष हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष ९लिप इअर० भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ सप्ताह ९७ दिन०को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ घण्टा, ४९ मिनेट र १२ सेकेण्ड हुन्छन्। यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेन्डर बसेको हो।
नयाँ वर्ष २०२४ को सवैमा शुभकामना ।
नेपाल र विश्वका विभिन्न सम्वत्
झण्डै २००० वर्षअघिको सेरोफेरोमा तीन वटा संवत्हरु सुरु भए । ती हुन् ईस्वी, शक र विक्रम संवत् । ती संवत्मध्ये शक संवत् अहिले केवल गणनामा मात्रै सीमित भएको छ भने विक्रम संवत् र ईस्वी संवत् अझै पनि प्रचलनमा छ । त्यसमध्ये इस्वी संवत् भने झनै चर्चित संवतको रूपमा रहेको छ । यहाँ हामी हिन्दु काल गणना अनुसार कल्पाब्ददेखि हालसम्म विकास भएका केही महत्वपूर्ण संवतहरू र नेपाललगायत भारत वर्षबाहिर चल्ने संवतको बारेमा तल उल्लेख गरिएको छ।
नेपालमा मानिने संवतहरू
–कल्पाब्द : १९७२९४९१२५ (हिन्दु कालगणना मान अनुसार)
समयको सबैभन्दा ठूलो एकाई कल्प हो भन्ने हिन्दु मान्यता छ । यही कल्पको सुरुवात भएको सम्झनामा कल्प संवत् मान्ने गरिन्छ।
–सृष्टि संवत् : १९५५८५१२५ (हिन्दु कालगणना मानअनुसार)
हिन्दु मान्यता अनुसार ब्रह्माले संसारको सृष्टि गरेको समयको स्मरणमा सृष्टि संवत् मान्ने गरिएको बताइन्छ । यो नेपाल र भारत लगायत अन्य मुलुकमा पनि हिन्दुहरूले मान्ने संवत् हो ।
–श्रीकृष्ण संवत् : ५२५०
श्री कृष्णको कालदेखि सुरु भएको संवत्को रूपमा श्री कृष्ण संवत् मान्ने गरिन्छ । यो संवत् अहिले सम्म पाँच हजार २४७ सम्म पुगेको छ ।
–युधिष्ठिर संवत् : ५१२५
महाभारतका योद्धा युधिष्टिरको निधन भएको समयदेखि सुरु हुनेगरी यो संवत्को गणना गरिन्छ। उनोक मृत्यु भएपछि कलियुग सुरु भएको मान्यता राखिन्छ ।
–कलियुग संवत् : ५१२५
कलियुग सुरु भएको सम्झनामा सुरु भएको संवत् कलि संवत् हो । महाभारतका योद्धा युधिष्ठिरको निधनको समयदेखि नै यो संवत् पनि सुरु भएको मानिन्छ ।
–कल्की संवत्
कल्कीको जन्म भएपछिको संवत्लाई यो संवत् मानिन्छ । तर यो संवत्को सुरुवात बारे अझै जानकारी छैन ।
–सप्तर्षि संवत् : ५१००
सप्तर्षि संवत् सृष्टि सुरु भएदेखि अस्तित्वमा आएको भन्ने मान्यता कतै छ भने महाभारत सुरुहुनुभन्दा पहिलेको चलनचल्तीको संवत् मान्ने अर्को मान्यता छ । तर यसको सुरुवात भने आजभज्दा ५ हजार १ वर्ष पहिले भएको मानिन्छ । पुरातन समयमा सप्तर्षि संवत् भारत मात्र नभई विदेशमा पनि प्रयोग गरिन्थ्यो भन्ने कुरा केही पुराणहरूमा उल्लेख छ । सप्तर्षि संवत्को प्रमाण पुराण, महाभारत, राजतरंगिणी, प्रसिद्ध श्रीलंका महावंश आदिमा पाइन्छ ।
–बौद्ध संवत् : २५९९
भगवान् गौतम बुद्धको समयदेखि सुरु भएको संवत्लाई बुद्ध संवत् वा बौद्ध संवत् भन्ने गरिन्छ ।
–मलयकेतु : २३३६
भारतका राजा मलय केतुले सुरु गरेको संवत् मलय केतु संवत् हे । यो आजभन्दा २३३३ वर्ष पहिलेदेखि सुरु भएको थियो । मलय केतु सम्राट चन्द्रगुप्तका सुरुवाती सल्लाहकार थिए । अलेक्जेन्डरका सेनाले आफ्नो राज्यमा आक्रमण गरेपछि उनले चन्द्रगुप्तलाई सहयोग गर्ने निर्णय गरेका थिए ।
–श्रीशंकराचार्य संवत् : २३०४
आदि शंकराचार्यको नामबाट चलाइएको यो संवत्को अहिलेसम्म २३०० वर्ष नाघिसकेको छ ।
–शालिवाहन संवत् : १९४६
भारतीय शासक शालीवाहनले चलाएको यो संवत् केही समय धेरैतिर अस्तित्वमा रहे पनि अहिले यो केवल गणनामा मात्रै सीमित छ । यसलाई प्रयोगमा खासै ल्याएको पाइँदैन ।
–वीर निर्वाण संवत् : २५५१ (महावीर संवत् २६१९)
वर्द्धमान महावीरको समयदेखि सुरु भएको यो संवत् बुद्ध संवत्को समकालीन रहेको पाइन्छ ।
–विक्रम संवत : २०८०
राजा विक्रमादित्यले सुरु गरेको यो संवत् नेपालमा सरकारी कामकाजमा समेत प्रयोग हुने संवत्को रूपमा रहेको छ ।
–किराँत संवत् : ५०८३
किराँत क्यालेण्डर अनुसार सुरु भएको यो संवत् अहिले पनि चलन चल्तीमा रहेको संत् हो ।
–ईस्वी सन : २०२४
विश्वमा सबैभन्दा धेरै चलनचल्तीमा रहेको संवत् हो इस्वी संवत् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको मृत्युपछि सुरु भएको यो संवत् विक्रम संवत् भन्दा ५७ वर्ष पछि सुरु भएको हो ।
–नेपाल संवत् : ११४४
राजा उदयदेवको पालामा सुरु भएको नेपाल संवत् नेपालको मौलिक संवत् हो । यो संवत् सँगै नेपाली इतिहासमा मध्यकाल सुरु भएको मानिन्छ। यो कात्तिक महिनामा सुरु हुन्छ र यो चान्द्रमास अनुसार गणना हुने संवत् हो ।
–तमु संवत् : २६०८
तमु संवत् गुरुङ जातिले मनाउने संवत् हो । यो अहिलेसम्म पनि प्रचलनमा छ ।
–सोनाम संवत् :२८५८
सोनाम संवत् तामाङहरूको विशेष संवत् हो । उनीहरूले पनि आफ्नो धार्मिक गतिविधि यही संवत्को आधारमा गर्ने गर्छन् ।
–हिजरी सन् : १४४५
हिजरी संवत् नेपालका मुस्लिम धर्म मान्ने जो कोहीले पनि मनाउने गर्छन् । उनीहरूको हरेक धार्मिक क्रियाकलाप अहिले पनि यही संवत्को आधारमा हुन् गर्छ ।
नेपाल बाहिर मानिने केही विशेष संवतहरू
–चिनियाँ संवत् : ९८००२३२२
यो चिनियाँहरूको मौलिक संवत् हो । यो संवत् ९ करोड वर्ष पहिलेदेखि सुरु भएको चिनियाँ मान्यता छ ।
–पारसी संवत : १८९९२७
पर्सियाबाट सुरु भएको पारसी कालगणना एक लाख ८९ हजार नौ सय २४ वर्ष पूर्वदेखिको मानिन्छ ।
–मिस्र संवत :२७७८
प्राचीन मिश्र सभ्यताबाट सुरु भएको मानिने यो संवत् सो क्षेत्रमा चलन चल्तीमा छ ।
–तुर्की संवत : ७६३१
–आदम संवत : ७३८०
–ईरानी संवत : ६०२६
–यहूदी संवत :५७८५
–इब्राहीम संवत् : ४४६४
–मूसा सन् : ३६६३
–यूनानी सन् : ३५९७
–रोमन सन् : २७७५
–बर्मा सन : २५६५
–पार्थियन : २२९–
–जावा : १९५०
–कलचुरी संवत : १७८२
–बलभी संवत : १७०४
–बांग्ला संवत : १४३५
–हर्षाब्द संवत : १४१७
नेपालको मौलिक सम्वत कुन हो ? विश्वका १९५ देशले मान्ने इस्वी सम्वत नेपालले किन नमान्ने ?
प्रतिक्रिया दिनुहोस्