ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लडाइँमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिन रूस तयार, कम्तिमा ७५ लाख दिने


एबीसी न्यूज
७ माघ २०८०, आइतबार   ४ : १७   बजे

काठमाडौं ७ माघ । रूसी सेनामा भर्ती भई मारिएका नेपालीको परिवारले क्षतिपूर्ति बापत कम्तिमा ७५ लाख रुपैयाँ दिन रूस सहमत भएको छ । रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रूस तयार भएको स्रोतले जानकारी दियो ।

“रूसले आफ्नो कानूनअनुसार सेनामा भर्ती भई युद्धका क्रममा मारिएका नेपालीका परिवारलाई ५० लाख रुबल ९७५ लाख १६ हजार ३६७ रुपैयाँ० उपलब्ध गराउने जनाएको छ,” मस्कोस्थित नेपाली दूतावास स्रोतले भन्यो, “अब क्षतिपूर्ति रकम भुक्तानीको प्रक्रिया टुङ्ग्याउन बाँकी छ ।”

रूसले हालसम्म आफ्नो सेनामा भर्ती भएका १० जना नेपालीको युक्रेनसँगको युद्धको क्रममा मारिएको जानकारी औपचारिकरूपमा नेपाल सरकारलाई गराएको छ । यसबाहेक थप तीनजना रूसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको खबर उनीहरूका आफन्तले अनौपचारिक माध्यमबाट प्राप्त गरेका छन् ।

नेपाली दूतावास र रूसी अधिकारीबीच अहिले क्षतिपूर्ति रकम नेपालमा रहेका परिवारलाई कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल भइरहेको छ । प्रक्रिया टुङ्गो लागिसकेको छैन । “रुसले आफैँले नेपालमा क्षतिपूर्ति रकम पठाउन नसक्ने बताएको छ । मृतकका परिवारको एकजना सदस्य मस्को आई क्षतिपूर्ति रकम बुझ्नुपर्छ भन्ने रूसी अडान छ,” दूतावासले स्रोतले भन्यो ।

नेपालले भने अन्य देशले जसरी नै क्षतिपूर्ति रकम रूस सरकारमार्फत नेपाल पठाइदिन अनुरोध गरेको थियो । पछिल्ला दिन नेपालले काठमाडौंस्थित रूसी दूतावासमार्फत पीडित परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइदिन वैकल्पिक प्रस्ताव समेत गरेको छ ।

“वैकल्पिक प्रस्तावका विषयमा रूसले जवाफ दिइसकेको छैन,” स्रोतले जानकारी दियो ।

प्रति पीडित परिवार ५० लाख रुबल रुस सरकारले उपलब्ध गराउने रकम हो । सेनामा भर्ती हुनुअघि वा भइसकेपछि बिमा गरेको रकम पनि पीडित परिवारले पाउने दूतावास स्रोतको भनाई छ । तर अहिलेसम्म मृत्यु भएकाहरूको बिमा भएका सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको स्रोतले जनायो ।

नेपाली युवालाई रूसी सेनामा भर्ती हुन नेपालको कानुनले दिँदैन । तर पछिल्ला महिनाहरुमा ठूलो संख्यामा नेपाली रूसी सेनामा भर्ती भएको पाइएको छ ।

रूसी सेनामा भर्तीका नेपाली युवा युद्धमा मारिएको खबर आउन थालेपछि नेपालले रूसलाई नेपालीलाई भर्ती नलिन, भर्ती भइसकेकाहरूको विवरण उपलब्ध गराउन, भर्ती भएकालाई फिर्ता पठाउन, मृत्यु भएकाको शव नेपाल पठाउन र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन आग्रह गर्दै आएको छ ।

स्रोतका अनुसार मृत्यु भएका नेपालीको शव नेपाल पठाउने विषयमा हालसम्म रूसले कुनै औपचारिक सूचना दिएको छैन । शव पठाउन रूसले नचाहेको स्रोतको दाबी छ । नेपालले धेरै दबाब दिएपछि क्षतिपूर्ति रकम उपलब्ध गराउन सहमत भएको छ ।

रूसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने जानकारी रूसले हालसम्म नेपाललाई उपलब्ध गरेको छैन । अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२३ मा मात्र एक हजार ७९७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रूस गएका थिए ।

रूसी सेनामा भर्ती हुन जाने अधिकांश नेपाली भिजिट भिसामा जाने गरेको रूस पुगी सेनामा भर्ती हुनेहरूले बताइरहेका छन् । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८६ जना नेपाली भिजिट भिसामा रूस गएको अध्यागमनको तथ्याङ्कले देखाउँछ । योभन्दा ठूलो संख्या भारतको बाटो हुँदै जाने नेपालीको छ ।

गत शुक्रबार मात्र युगाण्डामा असंलग्न आन्दोलन ९नाम०को १९औं शिखर सम्मेलनमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री एनपी साउद र रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनबीच भेटवार्ता भएको थियो । भेटमा परराष्ट्रमन्त्री साउदल रूससँग नेपाली नागरिकहरूलाई सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका थिए ।

“हामीले रूसी पक्षलाई केही मुलुक ९भारत र बेलायत०सँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,” परराष्ट्रमन्त्री साउद भेटवार्तापछि भनेका थिए, “त्यसकारण रूसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ ।”

भेटवार्तामा परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेका थिए ।

“रूसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन् । आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो । त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं,” मन्त्री साउदले रूसी उपविदेशमन्त्रीसँग भनेका थिए ।

रूसी पक्षले मृतकका परिवारलाई त्यहाँको कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको परारष्ट्रमन्त्री साउदले बताए । क्षतिपूर्ति रकम उपलब्ध गर्ने प्रक्रिया छिटो अघि बढाउन आफूले रूसी उपविदेशमन्त्रीलाई अनुरोध गरेको उनले जनाए ।

युगाण्डामा नामको शिखर सम्मेलना सहभागी भई आइतबार स्वदेश फर्कने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रूसी सेनामा भर्ती हुन नजान अनुरोध गरेका थिए ।

रूसी सेनामा भर्ती हुन जाने काम राज्यको नीति र संविधानको विरुद्ध हुने उनले बताएका थिए ।

“जहाँ पायो त्यहीँ जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्मविपरीत जहाँ पनि सेनामा भर्ती हुने, बाटो छलेर जाने काम गर्न भएन भन्ने चेतना फैलाउनुपर्‍यो,” प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group