रबि र राईले कम्पनी रजिष्ट्रार कार्यालयमा जालसझी गरेर कीर्ते कारोबार गरेको रबिकै लामो स्पष्टीकरण
काठमाडौं ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का सभापति रवि लामिछानेबाट ग्यालेक्सी टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई लामिछाने र राईले झुक्याएर कारोबार गरेको रबि लामिछाने स्वीकार गरेका छन् । लामिछानेको त्यससो गरेको कामलाई स्थापित बैंकर अनिल केशरी शाह र बरिष्ठ अधिवक्ता सुशील पन्तले समेत उनको पत्रकारसम्मेलनमा उपस्थित भएर प्रतिरक्षा गरेका छन् ।
लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर लिँदा अध्यक्ष राईले उनको खातामा एक करोड ८० लाख रूपैयाँ जम्मा गरिदिएको भौचर देखाएर कम्पनी कार्यालयलाई झुक्काएर शेयर कारोबार गरेका हुन् ।
ग्यालेक्सी छोड्दा १ करोड ८० लाख रूपैयाँ राईबाट लिएको चेक स्लिप सार्वजनिक भएपछि रवि लामिछानेले उक्त रकम आफ्नो खातामा जम्मा नभएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
उनले आफ्नो खातामा पैसा जम्मा नभएको भन्दै ग्लोबल आइएमई बैंकको पत्र देखाएका थिए । सोही पत्रले नै ग्यालेक्सी टिभीको सेयर बेच्दा कम्पनी रजिष्ट्रारलाई झुक्याएर जालसांझीपूर्ण रुपले कारोवार गरेको पुष्टि भएको छ । लामिछानेले स्वेट शेयर प्राप्ती र त्यागमा मौजुदा कानुन नभएका कारणले जासलसासंझी गर्नु परेको जस्तो तर्क गरेर किर्ते अपराधलाई मान्यता दिनु पर्ने विचित्रको पैरवी गरेका छन् ।
शेयर किनबेच गर्दा गर्नु पर्ने प्रक्रियालाई जे पनि गर्न पाइने अर्थमा पक्कै पनि होइन ।
कम्पनी रजिष्ट्रार कार्यालयका एक अधिकारीका अनुसार कुनै पनि कम्पनीको हस्तान्तरण गर्दा किनबेच गर्ने व्यक्तिहरूको मञ्जुरीनामा चाहिन्छ। १० लाखभन्दा बढीको सेयर किनबेच गर्दा बैंक भौचर बुझाउनुपर्छ।
किन्ने मान्छेले बेच्ने मान्छेको खातामा पैसा जम्मा गरिदिएको भौचर बुझाएपछि मात्र सेयर हस्तान्तरण हुन्छ । त्यसको प्रमाणका लागि बैंक भौचार वा बैंक स्टेटमेन्ट अनिवार्य रुपमा संलग्न गराउनु पर्ने प्राव्धान छ ।
यो प्रक्रिया पुर्याएजस्तो गरेर कम्पनीलाई पक्का प्रमाण छल्न ग्यालेक्सी टिभीका अध्यक्ष राईले लामिछानेको ग्लोबल आइएमई बैंकको खातामा जम्मा गर्न भन्दै २०७९ असार २ गते एक करोड ८० लाखको चेक बुझाएको देखिन्छ । किन कि पैसा नभएको खाताको चेक बुझाएको रविले सोमबार पत्रकार सम्मेलनमा देखाएको ग्लोबल आइएमई बैंकको पत्रबाट देखिन्छ।
‘बैंकका त्रमा उल्लेखित मिति १७/०६/२०२२ ९विक्रम संवत २०७९ असार २० मा तंहाको यस बैंकमा संचालनमा रहेको खाता नं. ००३०७०१०००५९१३ मा रु.१,८०,००,०००/( को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक भ्ऋऋ मार्फत चेक ऋभिबचष्लन मा पठाउँदा ‘क्ष्लकगााष्अष्भलत द्यबबिलअभ’ को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ,’ उक्त पत्रमा लेखिएको छ।
राईले आफ्नो खातामा जम्मा गर्न पैसा नै नभएको चेक बुझाएको विषयमा भने रविको सहमति भएको देखिन्छ।
उनीहरूबीच सेयर कारोबारका लागि त्यसरी नै बैंक भौचर प्राप्त गर्ने सहमति नभएको भए राईविरूद्ध रविले बैंकिङ कसुर, चेक बाउन्स ९चेक अनादार० मुद्दा हाल्न सक्ने थिए। पैसा नभएको बैंक खाताको चेक कारोबार गर्दा बैंकिङ कसुर र चेक अनादारको मुद्दा लाग्छ।
बरिष्ठ अधिवक्ता पन्तले ुस्वेट सेयरु कारोबार गर्ने कानुनी संरचना नभएको र यस्ता सेयर कारोबारमा डिपोजिट देखाउनका लागि कागजात बनाएको हुन सक्ने बताएका थिए।
‘कम्पनीको सेयर किनबेच भएको देखाउनका लागि कागज बनाएको हुन सक्छ। त्यो उसले के गर्यो भन्ने हो। त्यसो भन्दैमा उहाँको खातामा पैसा आएको भन्ने हुन्न,’ उनले भने।
बैकर तथा हाल रास्वपाका केन्द्रीय सदस्य बनेका शाहले कसैले कसैको खातमा जम्मा गर्न चेक भौचर डिपोजिट गर्दा बित्तिकै त्यो मान्छेको बैंक खातामा पैसा जम्मा नहुने बताएका थिए। पैसा जम्मा गरिएको चेकमा पर्याप्त पैसा भएन भने त्यो चेक फिर्ता हुने उनको भनाइ थियो। शहको यो तर्क केवल बैंक खातामा पैसामा कसरी जम्मा हुन्छ भन्ने दुनियाले नबुझेको अवस्थामा बैंकिक शिक्षा दिएजस्तो मात्र छ । लामिछाने र जिवीराईका हकमा उनीहरुले किन एक पछि अर्को किर्ते काम गरेर आम सर्वसाधारणलाई ठगिरहेका छन् ।
लामिछानेको फेसबुक बयान जस्ताको तस्तै
‘जब मैले ग्यालेक्सी टिभी छोड्ने निर्णय गरेँ, त्यतिबेला कम्पनीले मेरो गुडविल उपयोग गर्न नसक्ने भयो। त्यसकारण मैले इमान्दारीपूर्वक बिना लगानी लिएको उक्त शेयर बिना रकम नै फिर्ता गर्न सहमति जनाएँ।
तर, यहाँ पनि अर्को कानुनी समस्या देखिएछ। मेरो नामको शेयर जसको नाममा नामसारी भई कम्पनी रजिष्ट्रारको कार्यालयमा लगत कायम हुनुपर्ने हो, उसले मेरो शेयर किनेको देखिनुपर्ने भएछ। मैले शेयर कसको नाममा नामसारी गरिदिनुपर्ने पनि सोधेको होइन। गोर्खा मिडियाका अध्यक्ष जीबी राईकै नाममा लगत कायम गर्ने निर्णय भयो, मैले प्रक्रिया पूरा गरीदिए। कम्पनी शेयर किनबेचमा यो अति सामन्य अभ्यास हो र फेरीपनि मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी होइन। यो पनि टिभी छोड्दा सारा दर्शक सामु स्पष्ट पारिदिएको छु र भनेको छु कि मैले आफ्नो भागको शेयर एक पैसा नलिइ फिर्ता गरेको छु, जसमा मेरो एक पैसापनि परेको थिएन।
कम्पनी रजिस्ट्रारको कार्यालयमा शेयर बिक्री भए वापत रकम कारोबार भएको प्रमाण आवश्यक त पर्छ नै। अर्थात् मेरो १५ प्रतिशत शेयर जसलाई बिक्री गरेको हो उसले मलाई रकम दिएको देखिनु पर्ने थियो। त्यही प्रक्रिया कै लागि मैले शेयर छाडेको कागज गरेँ, जुन कागज तल पोस्ट गरिदिएको छु। मेरो शेयर खरिद गरेबापतको रकम जीबी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन। सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियोे जुन यस्तै ढंगले पूरा गरिने आम अभ्यास छ । त्यसैका आधारमा शायद भौचर मात्र राखी कम्पनी रजिष्ट्रारको कार्यालयमा जीबी राईको नाममा शेयर नामसारी भई दाखिला पनि भएको हुनु पर्छ।
यहाँनिर सबैले बुझ्नु पर्ने कुरा के छ भने, मेरो खातामा रकम जम्मा भएको थिएन। अर्थात् चेक क्लियर भएन किनभने जीबी राईको खातामा जति रकमको चेक काटियो, त्यति पुग्ने पैसा नै रहेनछ।
यसो हुँदा कागजमा मेरो खातामा चेक जम्मा भएको देखियो, डिपोजिट भौचर प्राप्त भयो र शेयरको कारोबार सम्पन्न भयो। तर पैसाको लेनदेन भएन र यो सबै एकै दिनमा भएको छ। यदि मैले पैसा लिन चाहेको थिएँ भने उक्त चेक क्लियर नभएको विरुद्ध म चेक बाउन्स मुद्दामा जान सक्थें। तर, मलाई त्यो गर्नु आवश्यक थिएन। किनकि मैले स्वेच्छाले त्यो शेयर छाडेको थिएँ र मलाई यो सारा कारोबारबारे थाहा हुनु आवश्यक पनि थिएन। किनकि मैले त शेयर फिर्ता गर्नुपर्ने दायित्व थियो, गरेँ।
कुरा यत्ति हो र यसमा मेरो दोष कति भयो कति भएन आफै मूल्याकंन गर्नु होला। तिर्नु, बुझाउनु,सहनु पर्ने कुरामा म सधै राजी नै छु। इमानदारी पुर्वक आफ्नो पोजिसन क्लियर गर्दै म पटक पटक प्रेसलाई जवाफ दिन उभिएको छु, आम जनतालाई जवाफ दिन उभिएको छु, सार्वजनिक सुनुवाइमा उभिएको छु। यसरी आफू माथि प्रश्न उठ्दा कति नेता यसरी प्रेस र जनताको सामु उभिएका छन् होला?
राज्यको निकायलाई झुक्याएको, कीर्ते गरेको जस्ता आरोप पनि आउलान्। तर प्रक्रिया नै यस्तै छ, गर्ने के? मकम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर कम्पनी चलाउने सबैलाई यो कुरा बुझ्न समय पक्कै लागेन होला। हामीले कानुनी संरचना नै यस्तै बनाएका रहेछौँ। नेपालमा ‘गुडविल शेयर’ भनेर रकम जम्मा नगरी शेयर कायम हुने कानुनी प्रबन्ध नै छैन। र, फिर्ता गरेको शेयर पनि किनबेच भएको देखिनुपर्ने हुन आउछ। विदेशमा यो सामान्य नै हुन्छ।
यो मामिलामा गुडविल शेयर लिने र फिर्ता गर्ने प्रक्रिया मिलाउन जे जति भए त्यो म कसैलाई दोष दिन्न। तर म सुरुदेखि नै आफ्नो कुरामा प्रष्ट छु, न गुडविल सेयर लिनका लागि मैले रकम हालेको थिएँ, न त्यो फिर्ता गर्दा नै कुनै रकम लिएको छु।
गोर्खा मिडियामा सेयर लगत कायम गर्न मेरो खाताबाट गएको ७५ लाख उनैबाट प्राप्त हो, मिडिया छाड्दा सेयर लगत हटाउन ‘पाएँ’ भनेर ल्याप्चे लगाएको १.८० करोड उनैलाई छोडेर गएको हो, मैले लगेको छैन। प्रमाणले पनि त्यही देखाउँछ।
भएको कुरा यत्ति हो। म मिडियामा हुँदा र मैले मिडिया छाड्दाको सेयर लगतको कुराले यो देशका हजारौँ सहकारी पीडितको मूल मुद्दा कतै नअलमलियोस् भन्नेमा सबैले ध्यान दिउँ। यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी संवेदनशील र प्रतिवद्ध छ।
आजकाे पत्रकार सम्मेलनले जति प्रश्नको जवाफ दियो त्यति नै धेरै प्रश्नपनि जन्माएकाे छ, जसलाई हामीले हल गर्नै पर्छ। छ्लेर,भागेर,तोडेर मोडेर भन्दा यथार्थ कुरा भनेर समस्याको समाधान खोज्नु उपयुक्त लागेर यति लेखेको छु। एक सामान्य जीवन बाट आएको मान्छे कमजोरी अनेकौं छन् तर गल्ती नगर्ने प्रयास जारी छ।
प्रतिक्रिया दिनुहोस्