काठमाडौं १२ माघ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि नेपाली कांग्रेस गण्डकीले १६८ जनाको नाम सिफारिस गर्यो। अन्य अर्थात् खुला, अल्पसंख्यक, अपांगता र महिला गरी ३ सिटका लागि पठाइएका नाममध्ये ८४ जना त खुलाकै लागि थिए। आकांक्षीको सूचीमा भएका नाम पनि कम्ता गरुङ्गा त थिएनन्१ पूर्वउपसभापति तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठदेखि पुर्वसभामुख तारानाथ रानाभाट अनि गण्डकी सभापति शुक्रराज शर्मासम्म।
गोरखाबाट ९ जनाको नाम सिफारिस हुँदा त्यसमा कांग्रेस गण्डकीका महामन्त्री किरणबाबु श्रेष्ठको नाम पनि थियो। प्रदेशले नै काँटछाटको हिम्मत गरेको भए पनि सायद किरणबाबुको नाम पहिल्यै फालिन सक्थ्यो। सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँड बाँकी नै थियो। त्यस्तोमा उनी आफैँ पनि महामन्त्रीको नाताले पुनः एकपटक त्याग गरौँ भन्ने मुडमा हुनसक्थे। धन्न१ त्यसो भएन। गोलमटोलमा उनी पनि सिफारिसमा परे।
यो पुस दोस्रो साताको कुरा थियो। तेस्रो साताको अन्त्यतिर गण्डकीको खुला र अल्पसंख्यक र अपांगता कोटा कांग्रेसले पाउने सहमति बन्यो। महिलातर्फ माओवादी केन्द्रको पोल्टामा गयो। पुस २२ गते मनोनयनको मिति थियो। अन्तिममा निर्णय गर्ने कांग्रेसको उम्मेदवार चयन गर्ने बैठक सधैँजस्तै समय घर्किनलाग्दा नै बस्यो।
सिफारिसमा परेकाहरु नेताको घरदैलो गर्दै थिए। पार्टीभित्रको शेखर कोइराला(गगन थापा समूह र संस्थापनबीच पनि भागबन्डा मिल्न बाँकी थियो। बैठकमा गण्डकीबाट सिफारिस नामबारे छलफल सुरु भयो। पार्टी सभापति शेरबहादुर देउवा कुर्सीमा बसेर नामहरु सुन्दै थिए।
स्रोतका अनुसार गण्डकीमा भाग खोज्न र हिजोका विश्वासपात्र गोपालमानलाई सिफारिस गर्न खासै चासो थिएन। भलै आफूले रोज्ने अवस्था आए कास्कीका सोभियत अधिकारीप्रति उनी सकारात्मक थिए। खासमा उनी त जितजंग बस्नेतजस्ता विश्वासपात्रको ठाउँमा शेखर(गगनले भाग नखोजुन् भन्ने चाहन्थे।
उनले महामन्त्री गगनलाई नाम सिफारिस गर्न भने। गण्डकी सभापति शुक्रराज शर्मा फड्कारिए। गण्डकी महामन्त्रीसमेत रहेका त्यागी किरणबाबुको नाम आएपछि देउवाले पनि मुन्टो हल्लाए। मेयर र सांसदमा गरी दुईपटक टिकट पाएका तर अबिर लगाउन नपाएका किरणबाबु माननीय बन्ने पक्काजस्तै भयो। पुस २२ गते उम्मेदवारी दर्ताका लागि पोखरास्थित निर्वाचन कार्यालय आउँदा उनको मनमा कम्तीमा यसपटक त पाएँ भन्ने भाव थियो।
२०१४ सालमा गोरखा नगरपालिका(७, धारापानीमा जन्मेका किरणबाबुले २०२९ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थाले। २०५१ सालमा जेल परे। माओवादी द्वन्द्वका बेला त्राहिमामको नियति भोगे। २०१७ सालमा पार्टी प्रतिबन्धित भएपछि २०३४ सालमा गठन भएको नेपाली कांग्रेस गोरखाको पहिलो जिल्ला कार्य समितिको सदस्य रहेका उनी सचिवसम्म बने तर सभापति हुन पाएनन्। गुटको राजनीतिले उनलाई हान्यो।
२०५४ सालमा गोरखा नगरपालिकको मेयरको टिकट उनलाई फापेन। २०६२र०६३ को आन्दोलनपछिको पहिलो संविधान सभामा उनले टिकट पाएनन्।
दोस्रो संविधान सभा चुनावमा उनी गोरखा–१ मा कांग्रेसका तर्फबाट पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईसँग भिड्न गए। कुहिनाले पहाडसँग पौंठेजोरी खेल्न खोजेजस्तो परिणाम आउने निश्चित हुँदा पनि लोकतान्त्रिक संस्कार किरणले भुलेनन्। पार्टीले दिएको जिम्मेवारी निर्वाह गरे। गएको चुनावमा प्रदेशतर्फ आदिवासी जनजातिको एक नम्बरमा सिफारिस हुँदा पनि भाग्य नखुलेका किरण अहिले भने माननीय ९राष्ट्रिय सभा सदस्य० बनेका छन्।
खुलातर्फ एमालेका चक्रबहादुर पराजुलीलाई सजिलै पछि पार्दै उनी विजयी भएका हुन्। किरणबाबुले ३ हजार ८ सय ८ मतभार प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए। त्यसो त मैदानमा भएका राप्रपाका रोमबहादुर भण्डारीलाई पनि बिर्सन मिलेन।
‘जीवनभर निष्ठाको राजनीति गरेँ, अब बाटो बिराउने कुरै छैन, यो अवसर देश अनि जनताका पक्षमा सदुपयोग गर्छु’, किरणबाबु भन्छन्।
राष्ट्रिय सभा निष्ठा र विवेक देखाउने थलो नै हो। त्यहाँ राजकीय अधिकार प्रयोग गर्न पाइँदैन, तर जनपक्षीय नीति बनाउन र जनहितमा काम गर्न मज्जाले सकिन्छ।
नेपालमा कि भाग पुर्याउन कि थन्क्याउन नेतालाई त्यहाँ पठाइन्छ। किरणबाबु अपवाद बनुन्। किरणबाबुले पहिलो अवसरलाई उपयोग गर्ने कि औसत बन्ने, त्यो उनकै हातमा छ।
प्रतिक्रिया दिनुहोस्