काठमाडौं, २९ माघ । नेपालका सम्पूर्ण हाइकु कविहरूको साझा सङ्गठन “नेपाल हाइकु सङ्घ” केन्द्रीय समितिले “नेपाली हाइकु नेपाली सुगन्ध भन्ने नारासहित ”राष्ट्रिय हाइकु महोत्सव(२०८०” तथा हाइकु सम्मानको आयोजना गरेको छ । महोत्सवका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गर्दै निबन्धकार शङ्कर लामिछानेद्वारा रचित “माकुरा जाल रझोलिएको ओसले र तन्किँदै गयो १ उक्त हाइकु वाचन गरेर राष्ट्रिय हाइकु महोत्सव(२०८०को उदघाटन गरेका थिए ।
यस अवसरमा नेपाली हाइकु कवितामा विशेष योगदान पुर्याउनु हुने १५ जना वरिष्ठ हाइकुकारहरू सुरेन्द्र महर्जन ‘अमर’, भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, मोहनबहादुर कायस्थ, विष्णुबहादुर सिंह, धर्मेन्द्र विह्वल, डा।बमबहादुर थापा ‘जिताली’, डा। सुकुम शर्मा, डा।उषा अमात्य श्रेष्ठ, रत्नप्रसाद अनामणि श्रेष्ठ, जीवन सुवेदी, दिल पौडेल, रेणुका भट्टराई र मनोज न्यौपानेलाई हाइकु सम्मान (२०८० द्वारा सम्मानित भएका थिए ।
राष्ट्रिय हाइकु महोत्सवका विशेष अतिथि, सम्मानित हाइकुकार एवं नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा।मधुसूदन गिरी, अतिथि वक्ताहरू प्रा। डा लेखप्रसाद निरौला, डा। यज्ञेश्वर निरौला, डा। विनोद मन्जन, डा।हरिप्रसाद सिलवालले हाइकु कविताको सैद्धान्तिक र सिर्जनात्मक पक्षमा आ(आफ्नो धारणा राखेका थिए । यस्तै कवि सिर्जना सरोवरले पनि मन्तव्य राखेका थिए ।
वरिष्ठ हाइकुकार पुष्कर लोहनी, डा. कौशिला रिसाल, भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, धीरेन्द्र प्रेमर्षि, दिल पौडेल, मनोज न्यौपाने, विष्णुबहादुर सिंह, मोहनबहादुर कायस्थ, जीवन सुवेदी, रेणुका भट्टराई, गोपाल प्रसाद थपलिया, दिव्य गिरी, टेकबहादुर लौडारी, अरूणबहादुर खत्री नदी, होम शंकर बास्तोला, भुवन शिवाकोटी ‘चौघरे’, सानु शर्मा, राजेन्द्रकुमार बज्राचार्य, उर्मिला डङ्गोल, अन्जना पौडेल, मङ्गला कङ्साकार तुलाधर, नरेन्द्रबहादुर श्रेष्ठ, गोधूलि दिनेश, कृष्ण बाउसे, सुवास जमरकट्टेल, रामेश्वर जलन, प्रीति आत्रेय, गङ्गा भेटवाल, चन्द्रकला शाह, सुरेश प्रधान, एन।बी जनकपुरी र कुन्दन पन्त लगायतले हाइकु वाचन गरेका थिए ।
नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ चेतनाथ धमलाले प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा।धनप्रसाद सुवेदीलाई मायाको चिन्ह प्रदान गरेका थिए । यसैगरी राष्ट्रिय हाइकु महोत्सवका अरू अतिथि वक्तालाई कुलपति भुपाल राईले मायाको चिन्ह प्रदान गरेका थिए ।
महोत्सवको समापन गर्दै नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ चेतनाथ धमलाले हाइकु कविताको सिर्जना गर्दा सैद्धान्तिक विचलन हुनु नहुने तर्क राखेका थिए । उनले यसै क्रममा हाइकु कवितालाई गतिशीलता दिन, हाइकुकारहरूबीच आपसी परिचित गराउन, हाइकु कस्तो हुनुपर्छ भन्ने यथार्थवोध गराउने उद्वेश्यले राष्ट्रिय हाइकु महोत्सवको आयोजना गरिएको बताए । अब निकट भविष्यमा हाइकु वाचन शृङ्खला सुरु गर्ने , ‘भर्चुअल राष्ट्रिय हाइकु महोत्सव’ गर्ने, हाइकु प्रशिक्षण सञ्चालन गर्ने, हाइकु सम्मानलाई निरन्तरता दिने, हाइकु पुरस्कार स्थापना गर्ने र प्रतिनिधिमूलक हाइकुसङ्ग्रह प्रकाशनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल हाइकु सङ्घका केन्द्रीय सदस्य कृष्णभक्त बोडेले स्वागत मन्तव्य राख्दै साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्