काठमाडौं, १ फागुन । सैनिक पोशाक लगाएको, कम्मरमा खुकरी भिरेको, एक हातको मुठ्ठी कसेर अर्को हातले बन्दुक उठाएको युवक र युवतीको तस्वीर अंकित जनयुद्धको पहिलो पोस्टर हो ।
हरेक वर्ष फागुन १ आउँदा त्यही पोस्टर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती राख्दै शुभकामना बाँडिरहेको देखिन्छ । तर, यो पोस्टर बनाउने को थियो त ? यो अलिक सानो तर महत्वको कुरा पक्कै हो ।
चितवनको शारदानगरको स्थायी ठेगाना लेख्ने पुष्पकमल दाहाल प्रचण्डले ले नेतृत्व गरेको जनयुद्धको पहिलो कार्टुने पनि संयोगले चितवनकै नारायणगढका रामचन्द्र (आरसी( पियाले बनाएका थिए । तर अहिले उनी चर्चामा छैनन् ।
पहिलेदेखि नै जनादेश पत्रिकामा कार्टुन बनाउने आरसी माओवादीको समर्थक नै थिए । उनले बनाएका कार्टुनहरु पत्रपत्रकिामा छापिन्थे ।
‘०५२ साल फागुन १ गते जनयुद्ध सुरु हुन्छ, भन्ने हल्ला गाइँगुइँ सुनेका आरसीलाई गुणराज लोहनी (यतिबेला नेत्रविक्रम चन्द विप्लको समूहमा आवद्ध छन्) ले बनाउन लगाएका थिए । अतिगोप्यतावादी पार्टी भएकाले उनले केवल पोष्टरको अवधारणा (कन्सेप्ट) सोधे । लोहनीले ‘जनताले विद्रोह गरेको भाव’ बताएपछि तीन दिन लगाएर पियाले त्यो पोष्टर डिजाइन गरेर दिएका थिए । त्यसबाहेक उनलाई अरु केही थाहा छैन । एक्रैचोटी उनले नारायणगढका भित्ताहरुमा आफूले बनाएको डिजाइनको पोष्टर टाँसेको देखे ।
जनताको विद्रोहमा थोरै भए पनि योगदान गर्न पाएँ भन्दै आरसी त्यतिबेला भित्रभित्रै खुशी भए ।
आरसीले २०४९ सालदेखि नै वीरेन्द्र क्याम्पसमा प्रध्यापन गर्दथे । उनले वीरेन्द्र क्याम्पसको स्नातक तहमा विज्ञान विषय (जुलोजी) पढाका लेक्चर हुन् । ‘
यतिबेला भने उनी जनयुद्ध जनताको तहबाट जनताले नै गरेको विद्रोहले ल्याएको नेतृत्वले सही मार्गमा जान नसकेकोमा उनको गुनासो छ । जतासुकै पार्टीका सबै नेता–कार्यकर्ता, समर्थकहरु निराश हुने र नेताहरुले जनताको समस्या के हो भनेर बुझेनन् भन्ने उनको ठहर छ ।
आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने वर्तमान सत्ताले नेपाललाई आर्थिक रूपले कहाँ पुर्यायो ? त्यसले नेपाललाई इथोपियापछिको संसारकै दरिद्र देशको स्तरमा पुर्यायो । आत्मनिर्भर एवम् राष्ट्रिय अर्थतन्त्रको दिशामा सियोसम्म नबनाउने यो राज्यसत्ताले आज देशको सम्पूर्ण अर्थतन्त्र विदेशी दलाल एवम् नोकरशाही पुजीपति वर्गका एक दर्जन परिवारका हातमा केन्द्रित गराएको छ । ती मुट्ठीभर लुटेराहरू अरबौंपति बनेका छन् भने यो देश र यो सम्पतिका मालिक आमश्रमजीवी जनता अभाव र गरिबीको दुश्चक्रमा परी अस्तित्वको विकराल समस्या भोग्न बाध्य बनाइएका छन् । बेरोजगारी र गरिबीले आक्रान्त नेपाली मजदुर र किसानका छोराछोरीहरू रोजीरोटीका लागि भारत र विश्वका विभिन्न मुलुकमा अपमान र तिरष्कारको नारकीय जीवन बिताउन विवश बनाइएका छन् । विदेशी पुँजीपतिहरूसंग भीख मागी नेपाली जनताका भावी सन्तति समेतलाई ऋणको भार बोकाएर यहाँका सामन्त नोकरसाह र दलाल पुँजीपतिहरूले त्यसमा ब्रम्हलुट मच्चाउँदै आएका छन् । अहिले विदेशी पुँजीपतिवर्गकै स्वार्थ र इसारामा निजीकरण र उदारीकरणका नाममा सिङ्गो देश नै दलाल एवम् नोकरसाह पुँजीपतिहरूलाई बेच्ने प्रक्रिया जोडतोडले बढिरहेको छ । यो सब आर्थिक दुरावस्थाको मार जनसङ्ख्याको ९० प्रतिशत रहेको किसान वर्गले नै बढी भोग्नु परिरहेको छ । यो राज्यसत्ताअन्तर्गत बन्ने हर नयाँ सरकारले देशलाई आर्थिक रूपले झन्झन् टाट पल्टाउँदै लगेको र लाने कुरा इतिहाससिद्ध भएको छ ।
एउटा धर्म, भाषा र जातिको प्रभुत्वका लागि यो राज्यसत्ताले सयौं वर्षदेखि अन्य धर्म भाषा र जातिका जनतामाथि भेदभाव, शोषण र दमनको प्रक्रिया चलाएर देशको समुचित विकास र शुरक्षाका लागि अपरिहार्य राष्ट्रिय एकताको शक्तिलाई विखण्डित पार्ने षड्यन्त्र गर्दै आएको छ । उता विदेशी साम्राज्यवाद र विस्तारवादका अगाडि भने घुँडा टेकेर बारबार नेपालको राष्ट्रियता र सार्वभौमिकताको सौदाबाजी गर्दैआएको छ । नेपालको प्राकृतिक जलसम्पदादेखि नेपाल आमाको छातीमा समेत बुट बजार्न वर्तमान सत्ताले निर्लज्जतापूर्वक छुट दिंदै आएको छ । यो प्रक्रिया अझ केही समय जारी रहन दिने हो भने नेपालको अस्तित्व नै लोप हुन जाने कुरामा कुनै पनि देशभक्त, विवेकशील र स्वाभिमानी नेपालीका बीचमा दुई मत हुन सक्तैन ।
भ्रष्ट, छाडा साम्राज्यवादी विकृत संस्कृतिको बाढी लगाएर वर्तमान राज्यसत्ताले नेपाली जनताको राष्ट्रिय संस्कृतिको विकासका विरुद्ध युद्ध नै छेडेको छ । जनवादी सांस्कृतिक मूल्यमान्यता र आदर्शका विरुद्ध यौनवादी, शून्यवादी, अराजकतावादी मान्यता स्थापित गर्न सामन्तवादी र सनम्राज्यवादीहरू जोडतोडले लागिरहेका छन् । जनतालाई सांस्कृतिक रूपले विकृत पारी आफ्नो लुटको स्वर्गलाई बचाउने प्रतिक्रियावादी वर्गको यो भयानक षड्यन्त्रको परिणाम हो । आज समाजमा व्याप्त लागूपदार्थ, तस्करी, चोरी कालोबजारी, लूट, हत्या र बलात्कारका पछाडि विकृत सांस्कृतिक मान्यता कम जिम्मेवार रहेको छैन ।
मरणासन्न अवस्थामा पुगेको यो राज्यसत्ताअन्तर्गत अहिले आफ्नो राष्ट्रघात र जनहत्याका निम्ति नेपालको इतिहासमा कुख्यात पञ्च र काङ्ग्रेस गठबन्धन सरकार बनेको छ । यसले नेपालका मजदुर किसान मात्र होइन, सबै तह र पेसाका जनतालाई अभाव, अन्याय र आतङ्कको सन्त्रासमा बाँच्न विवश तुल्याएको छ । नेपाली महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा लिँदै आएको यो राज्यसत्ताले अहिले झन् बलात्कार, बेचबिखन र विज्ञापनको साधन बनाउने प्रक्रियालाई तीव्र पारेको छ । सम्पूर्ण शिक्षाक्षेत्र सत्ताको दास बनाउने ढङ्गले सञ्चालित छ र त्यहाँ अराजकता व्याप्त छ । यसरी आज के मजदुर, के किसान, के महिला, के शिक्षक, के विद्यार्थी, के साना व्यापारी र साना कर्मचारी, के डाक्टर, के प्राध्यापक जनताका सबै तप्का, यहाँसम्म कि देशभक्त राष्ट्रिय पुँजीपतिहरूसम्म यो सामन्त, नोकरसाह र दलाल पुँजीपतिहरूको राज्यसत्ताको सिकार बनाइएका छन् । सबै क्षेत्रमा आमूल परिवर्तनविना सुधारको सम्भावना अब मृगतृष्णा बनेको छ ।
प्रजातन्त्रको दुहाइ दिने सत्ताधारी वर्गले आफ्नो स्वार्थविपरीत राजनीतिक आस्था राख्ने राजनीतिक कार्यकर्ता एवम् सर्वसाधारण जनताका विरुद्ध बारम्बार बन्दुकको भाषा बोल्दै आएको छ । राष्ट्रियता जनतन्त्र एवम् जनजीवीकाको पक्षमा जनताले शान्तिपूर्ण रूपबाट आफ्नो विरोध र अभिमत जाहेर गर्दा “प्रजातन्त्र” को ठेकेदार सम्झने यो राज्यसत्ताले दूधमुखे बालकदेखि वृद्धसम्म नेपाल आमाका अनगिन्ती छोराछोरीहरूको रगत पिउ“दै आएको छ । न्यायको आवाज उठाउने लाखौ“लाख नेपालीहरू भयानक शारीरिक यातना र मानसिक प्रताडनाका सिकार बनाइएका छन् । निर्दलीय पञ्चायतीकालमा मात्र होइन, आजको राजतन्त्रात्मक संसदीय कालमा जनहत्या र दमनको त्यो फासिस्ट प्रक्रिया घट्नुको सट्टा झन् बढ्दै गएको यथार्थ नेपाली जनताले आफ्नो वास्तविक जीवनमा भोगिरहेको तीतो यथार्थ हो ।
आज यो प्रक्रिया सत्य र न्यायको पक्ष लिने निरपराध जनताका विरुद्ध सशस्त्र दमन अभियानका रूपमा विकसित भएको छ । पश्चिम नेपाल र देशका विभिन्न भागमा हालै चलाइएको सशस्त्र अपरेसन र राज्यआतङ्कले सत्ताधारी वर्ग खुल्लमखुल्ला जनताका विरुद्ध अन्यायपूर्ण युद्धमा उत्रिसकेको तथ्य दिनको घामझैँ छर्लङ्ग भएको छ । गरिब किसान र मजदुरका छोराछोरीहरूलाई नै भाडाका सिपाहीका रूपमा पुलिस र सेनामा भर्ती गरेर उनीहरूलाई आफनै भोकानाङ्गा आमाबाउ, दाजुभाइ, दिदीबहिनीका विरुद्ध हतियार उठाउन लगाउने प्रतिक्रियावादी सत्ताको घृणित खेल खुला रूपले देखा परेको छ । समयका साथ निश्चय नै ती पुलिस र सेनाले पनि वास्तविकता बुझ्ने छन् । त्यो अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपूर्ण युद्धको झन्डा उठाउनुबाहेक जनताका अगाडि अस्तित्वको अर्को विकल्प छैन ।
आज राष्ट्रियता जनतन्त्र एवम् जनजीवीकाको यो भयानक अवस्था र जनताका विरुद्ध सत्ताको खुला युद्धको स्थिति कसरी आयो ? ऐतिहासिक र वैज्ञानिक भौतिकवादको आधारमा के कुरा स्पष्ट छ भने यो स्थितिको बीऊ नेपालको इतिहासमा धेरै वर्ष पहिलेदेखि नै रोपिएको थियो । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विकासस“गै संसारका सबैजसो उत्पीडित देशहरूमा झैं नेपालमा पनि सामन्तवाद र साम्राज्यवादको गठबन्धनमा आधारित अर्धसामन्ती एवम् अर्धऔपनिवेशिक आर्थिक-सामाजिक संरचना खडा गराइयो । सामन्तवादले विदेशी साम्राज्यवादका सामु घुँडा टेक्ने तथा साम्राज्यवादले सामन्तवादलाई काखी च्यापेर आमजनतालाई लुट्ने उपक्रम सुरु गरियो । नेपालमा यो प्रक्रिया ठोस रूपमा सन् १८१५/१६ को अङ्ग्रेज–भारतसँगको सुगौली सन्धिपश्चात् स्थापित गरिएको हो । यो प्रक्रियाको अनिवार्य परिणाम के हुन गयो भने त्यसले राष्ट्रिय पु“जीको विकासविरुद्ध जमिनदार र साम्राज्यवाद दुवैको हित गर्ने नोकरसाही पुँजीको विकासका लागि बाटो बनायो । यो लामो ऐतिहासिक अवधि यथार्थमा त्यही नोकरसाही पुँजीको जन्म, विकास र विनाशको प्रक्रियाको अवधिका रूपमा रहेको छ ।
नेपाली समाजमा १०४ वर्ष लामो राणासाही अत्याचार यही संरचनाअन्तर्गत चल्यो । निर्दलीय पञ्चायती तानाशाही र अहिलेको कथित राजतन्त्रात्मक बहुदलीय शासन पनि यसै संरचनाअन्तर्गत चलिरहेको छ । यो स्थितिका विरुद्ध नेपाली जनताले चलाउँदै आएको सङ्घर्ष मुख्य रूपमा अन्तर्राष्ट्रिय राजनीतिमा आउने उतारचढावसँगै सत्ताको अंशवण्डा मिलाउन कहिले उदार र कहिले कट्टर बन्दै व्यवस्था र सरकारका नाम फेरिएका छन्, तर यो राज्यसत्ताको मूल संरचना अविच्छिन्न कायमै छ । ७, १७, ०३६ र ०४६ सालका राजनीतिक घटनाक्रमहरूलाई त्यसरी मात्र बुझ्न सकिन्छ । ०७ सालयताको इतिहास मात्रमा ध्यान दियो भने पनि के कुरा छर्लङ्ग छ भने प्रतिक्रियावादी राज्यसत्ताभित्र गरिने सानातिना सुधारको गर्भमा देश र जनताका लागि झन् ठूलो सङ्कट हुर्कने गरेको छ ।
उपर्युक्त स्थितिका विरुद्ध नेपाली जनता अविरल सङ्घर्षमा छन् । सङ्घर्षको त्यो प्रक्रियामा जनताले पटकपटक प्रतिक्रियावादी दमन र षड्यन्त्रको मात्र होइन, सुधारवादीहरूको धोका र विश्वासघातको सिकार पनि बन्दै आउनुपरेको छ । आज सामन्तवाद र साम्राज्यवादको दलाली गरेर त्यही प्रतिक्रियावादी सत्ताको जुठोपुरो चाट्न पुगेका कम्युनिस्ट नामधारी संशोधनवादीहरूले नै जनतालाई सबैभन्दा बढी विश्वासघात गरेका छन् । आमूल परिवर्तन र कम्युनिस्ट पार्टीप्रति जनताको आस्थामाथि गरिएको विश्वासघात र हजारौं सहिदहरूको रगतमा टेकेर प्रतिक्रियावादी कुर्सीमा जाने ती गद्दारहरूलाई नेपाली जनता र नेपालको इतिहासले कहिल्यै माफी दिने छैनन् । अहिले पनि यदि कसैले यही प्रतिक्रियावादी सत्ताभित्र सुधारवादी सङ्घर्षमा नै सीमित रहने कुरा गर्दछ भने त्यो अर्को गद्दारीको प्रक्रियामात्र हुनेछ भन्ने तथ्य अब इतिहाससिद्ध भएको छ ।
ठीक यहींनेर बिसर्न नहुने अर्को कुरा के छ भने प्रतिक्रियावादी दमन, षड्यन्त्र तथा सुधारवादी धोका र विश्वासघात जस्तो नकारात्मकताको पटकपटकको पुनरावृत्तिले आमजनता राजनीतिक रूपले सचेत बन्ने तथा जनताको वर्गसङ्घर्ष एवम् त्यसप्रकारको सुधारवादका विरुद्ध लामो र भीषण विचारधारात्मक सङ्घर्षका बीचबाट नेपाली जनतालाई आफ्नो मुक्तिको एकमात्र क्रान्तिकारी सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद प्राप्त हुने सकारात्मक स्थिति जन्मिएको छ । आज त्यो सर्वशक्तिमान क्रान्तिकारी सिद्धान्तद्वारा निर्देशित मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टीको विकास आमनेपाली श्रमजीवी जनसमुदायको लामो सङ्घर्ष एवम् हजारौं सहिदहरूको रगतले सिंचिएको सुन्दर फक्रदो पुष्पगुच्छाका रूपमा रहेको छ । यस बिरुवालाई निमोठ्न आज तमाम प्रतिक्रियावादी र संशोधनवादीहरू पागल बनेर लागिरहेका छन् भने क्रान्तिकारी जनताबाट त्यसको रक्षा र विकास गर्ने काम भइरहेको छ ।
आदरणीय जनसमुदाय,
इतिहास र वर्तमानका उपर्युक्त तथ्यहरूबाट के कुरा स्पष्ट हुन्छ भने देशको आजको यो सङ्कटग्रस्त स्थिति एकातिर सामन्त, नोकरसाह र दलाल पुँजीपतिवर्गको राज्यसत्ताद्वारा जनतामाथि चलाइएको शोषण, उत्पीडन तथा अर्कोतिर त्यसका विरुद्ध जनताले चलाएको अविरल सङ्घर्षका बीचको अन्तर्विरोधको विकासको परिणाम हो । आफ्नो त्यो मरणासन्न र सङ्कटग्रस्त प्रतिक्रियावादी राज्यसत्ताको रक्षका लागि सामन्तवाद र साम्राज्यवादले नेपाली जनताका विरुद्ध अन्यायपूर्ण युद्ध खुलेआम थोपरिरहेका छन् । त्यो अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपूर्ण जनयुद्धको झण्डा उठाएर त्यसमा विजयी बन्न नसकेमा नेपाली जनता र नेपाल राष्ट्र भयानक अन्धकारमा डुब्न जानेछन् ।
यसै ऐतिहासिक आवश्यकताप्रतिको आफ्नो कर्तव्यमा सचेत भई तपाईं जनसमुदायका हामी छोराछोरीहरूको सवर्गहारा वर्गीय पार्टी, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) प्रतिक्रियावादी राज्यसत्तालाई बलपूर्वक ध्वस्त गरी जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाको प्रक्रियामा लाग्न प्रतिबद्ध भएको छ । हाम्रो यो प्रतिबद्धतामा जनताको सेवा गर्ने तथा जनताकै निमित्त समर्पित रहने भावना, मानवजातिलाई वर्गीय शोषणको जुवाबाट सदाका लागि मुक्त गर्ने सर्वशक्तिमान् विचारधारा मार्क्सवाद-लेनिनवाद-माओवादप्रतिको निष्ठा र त्यस आधारमा नेपाली समाजको इतिहासको अध्ययनमा आधारित रहेको छ । हामी कुन कुरामा पूर्णतः सचेत छौं भने हजारौं वर्षदेखिको दासताको जन्जिर चचुँडाएर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने यो लडाइं निकै कठिन, निकै बाङ्गोटिङ्गो र दीर्घकालीन प्रकृतिको हुने छ । तर, यही र केवल यही मात्र जनताको मुक्तिको महान् र उज्जवल भविष्यको बाटो हो । यो बाटो नेपालको ऐतिहासिक विकासको अवस्थाअनुसार सङ्घर्षका सबै रूपहरूको प्रयोग गर्दै मुख्यतः हामीले भन्दै आएझैं गाउँबाट सहर घेर्ने रणनीतिका आधारमा कृषिक्रान्तिलाई मेरुदण्ड मानी वर्गसङ्घर्षका बीचबाट र त्योसँग एकाकार हुँदै अघि बढ्नेछ र जनयुद्धको यो प्रक्रिया शक्तिसन्तुलनको आजको अवस्थामा रणनीतिक रक्षाको चरणअन्तर्गत छापामार जनयुद्धको प्रक्रियाबाट मात्र अघि बढ्न सक्ने छ ।
हामी कुन कुरामा विश्वस्त छौं भने विविध सङ्घर्षको यो क्रान्तिकारी प्रक्रियालाई सक्रिय सहयोग र समर्थन प्राप्त हुनेछ र त्यो विजयी बन्नेछ । यसका साथै हामी कुन कुरामा पनि सचेत र विश्वस्त छौं भने यो सङ्घर्षले विश्वभरिका कम्युनिस्ट क्रान्तिकारी एवम् सङ्घर्षशील जनसमुदायको समेत सहयोग र समर्थन प्राप्त गर्नेछ तथा ती सबै क्रान्तिकारीहरूलाई पनि सहयोग पुर्याउनेछ । किन कि हाम्रो यो सङ्घर्ष मानिसद्वारा मानिसमाथि भइरहेको शोषण, उत्पीडन र युद्धको सदाका लागि अन्त गर्न चलिरहेको विश्वसर्वहारा क्रान्तिको अभिन्न अङ्गको रूपमा रहनेछ । यस सन्दर्भमा हामी मार्क्सवाद–लेनिनवाद–माओवादका आधारमा अघि बढिरहेको पेरूको जनक्रान्ति एवम् त्यसै आधारमा सङ्गठित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) लगायत विश्वभरिका क्रान्तिकारी आन्दोलनहरूको विशेष उल्लेख गर्न चाहन्छौं ।
अन्तमा जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाका निमित्त जनयुद्धको प्रक्रियामा अघि बढ्न तथा आआफ्ना ठाउ“बाट हरतरहले यसलाई सहयोग र समर्थन गर्न हामी मजदुर, किसान, महिला, विद्यार्थी, शिक्षक, बुद्धिजीवी लगायत सबै तह र पेसागत जनसमुदायस“ग हार्दिक अपिल गर्दछौ” ।
विद्रोह : जनताको अधिकार हो ।
जनयुद्ध : जिन्दावाद ।
प्रतिक्रियावादी राज्यसत्ता : मुर्दावाद ।
नयाँ जनवादी क्रान्ति : जिन्दावाद ।
मार्क्सवाद– लेनिनवाद–माओवाद : जिन्दावाद ।
क्रान्तिकारी अभिवादनसहित ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय समिति
फागुन १,२०५२
यस्तो थियो जनयुद्धको पहिलो दस्तावेजः
“हामी मजदुरहरुलाई भन्छौं, विद्यमान स्थितिलाई परिवर्तन गर्ने मात्र होइन आफैलाई राजनीतिक सत्ता संचालन योग्य बनाउन समेत तपाईहरु १५,२०,र ५० वर्षका गृहयुद्ध एवं अन्तर्राष्ट्रिय युद्धका बीचबाट गुज्रनु पर्ने हुन्छ ।”
– कार्ल मार्क्स
“गृहयुद्ध बिना आजसम्म इतिहासमा कुनै पनि महाक्रान्ति सम्पन्न हुन सकेको छैन र त्यस विना पुँजीवादबाट समाजवादमा संक्रमण कुनैपनि गम्भीर माक्र्सवादीले सोच्न सक्दैन ।”
– भि.आई. लेनिन
“हरेक कम्युनिष्टले यो सच्चाईलाई आत्मसाथ गर्नै पर्छ कि राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ, हाम्रो सिद्धान्त हो कि पार्टीले बन्दुक चलाउँछ र कुनै हालतमा बन्दुकले पार्टी चलाउँन दिइने छैन ।”
– माओत्सेतुङ्ग
भूमिका
मार्क्सवाद-लेनिनवाद-माओवादको सार्वभौम सत्यलाई नेपाली समाजको वास्तविक स्थितिमा लागु गर्ने प्रक्रियामा चलेको लामो वैचारिक एवं वर्ग संघर्षको अनुभवका आधारमा एकता महाधिवेशनमा हाम्रो पार्टीले क्रान्तिकारी राजनैतिक कार्यदिशा निर्धारित गर्यो । त्यस कार्यदिशा मुताविक केन्द्रीय समितिको तेस्रो विस्तारित वैठकले व्यवस्थित रुपले पार्टीको सैन्य कार्यदिशा अघि ल्यायो । त्यो सैन्य आजका राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थितिका बारेमा मात्र होइन, नेपाली समाजको ऐतिहासिक विकास प्रक्रिया र आजको आर्थिक, राजनैतिक, साँस्कृतिक एवं भौगोलिक विशिष्टताहरु समेतको लेखाजोखा गरी नेपाली जनयुद्धको रणनीति एवं कार्यनीतिहरुको खाका तयार गर्याे ।
नेपालमा सचेत ढंगले जनयुद्धको उठान गर्ने उद्देश्यमा केन्द्रीत रही विस्तारित बैठकको त्यो दस्तावेजले त्यो प्रक्रियाका चरणहरु निश्चित गर्याे । त्यस अनुसारको पहिलो चरणलाई अन्तिम तयारीको चरणको रुपमा परिभाषित गर्याे । वैचारिक, राजनैतिक, संगठनात्मक, प्राविधिक एवं संघर्ष सम्बन्धि न्यूनतम तयारी पूरा गर्ने केन्द्रीय समितिको योजनाअनुसार ती कामहरु मूल रुपमा पूरा गरिएका छन् । ती सबै कामको पार्टी ने.क.पा.(माओवादी)को ०५२ असारमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पारित जनयुद्धको प्रथम योजना सम्बन्धि प्रस्ताव र आम जनसमुदायमा निकै सकारात्मक र उत्साहवर्दधक प्रभाव परेको छ ।
देशमा प्रतिक्रियावादी राज्यसत्ता र त्यस अन्तर्गतका राजनैतिक गुटहरुमा विकास भैरहेको आम संकटको प्रक्रिया तथा हाम्रो तर्फबाट नयाँ स्पिरिडअनुसार उनिहरुको भण्डाफोर एवं देशका विभिन्न भागमा अघि बढिरहेको विविध रुपका संघर्षका कार्यक्रमहरुले आज पार्टीको छवि देशको एकमात्र वैकल्पिक क्रान्तिकारी राजनैतिक शक्तिका रुपमा स्थापित गर्दै आइएको छ । त्यस सन्दर्भमा प्रमुख कुरा के हो भने आज पार्टीको माथिदेखि तलसम्मको मूल संयन्त्र तयारीको चरणबाट संघर्षको पहलकदमीको चरणमा प्रवेशका लागि मानसिक रुपले तयार भएको छ ।
यसरी वस्तुगत एवं आत्मगत दुबै हिसाबले नेपालमा सशस्त्र संघर्षको पहल गर्ने ऐतिहासिक योजना निर्माणको परिस्थिति तयार भएको छ । त्यसकारण केन्द्रीय समितिको यो बैठकको काँधमा नेपाली समाज र पार्टीको इतिहासमा एक नयाँ पृष्ठ खोल्ने जनयुद्धमा पहलकदमीको योजना तयार पार्ने दुरगामी महत्वको जिम्मेवारी आएको छ ।
जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिवद्धताहरु
१. हाम्रो योजना क्रान्तिकारी हिंसा सम्बन्धि माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालिन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
२. जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायत सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिविरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिवद्धता जाहेर गर्दछ ।
३. हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँदै मानव जाति कै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढता विना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न कदापी दिईनेछैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पूँजीवादी, संकिर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातीवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहने छ ।
४. हाम्रो यो योजना सर्वहारा अन्तराष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्व क्रान्तिको अभिन्न अंग हो र यसले विश्व क्रान्तिको सेवा गर्ने छ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्व क्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको ‘क्रान्तिकारी अन्तराष्ट्रियवादी आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ ।) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
५. हाम्रो योजना नयाँ जनवादी क्रान्ति कालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यतामा आधारित रहने छ । अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार पार्टीभित्र संघर्षलाई द्वन्द्वात्मक ढंगले ग्रहण र त्यसलाई संचालन गर्नु पार्टीलाई त्यसरी सजिव राखि हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृृदयले जनताको सेवा गर्ने जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
६. हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्ने छ । पार्टीको नेतृत्वमा सामन्तवा र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष संचालन गरिने छ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवि जनससमुदाय मूख्यतः गरिव किसाहरुमाथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन ।
७. युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होईन जटिल बक्र रेखामा अघि बढ्ने छ । लनिनको “क्रान्ति आफैले आफ्नो विकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्ने छ । खराब कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठिक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।
योजनाः यो योजना जनयुद्ध थालनीको योजना हुनेछ । यसका तीन उपचरण प्रथम, थालनीको तयारी, द्वितीय थालनी र तृतीय निरन्तरता हुनेछन् ।
लक्ष्यहरुः यस योजनाका निम्न प्रमुख लक्ष्यहरु हुनेछन् ।
१. प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध नयाँ जनवादी राज्यसत्ताका लागि सशस्त्र संघर्षको राजनीतिलाई व्यवहारिक अभिव्यक्तिका साथ स्थापित गर्नु ।
२. नयाँ जनवादी क्रान्तिका लागि संघर्षको प्रधान रुप सेना र सघर्षको प्रधान रुप युद्ध हो भन्ने मान्यतालाई विभिन्न दलहरु तथा छापामार कार्यवाहीका माध्मबाट अभिव्यक्त गर्नु ।
३. देशका विभिन्न भागमा रहेका मुख्य इलाकाहरुलाई छापामार इलाकामा विकास गर्ने आधार तयार पार्न ।
नाराहरुः यस योजना अवधिमा पार्टीका प्रमुख, सहायक र विशिष्ट नाराहरु निम्न बमोजिम हुनेछन् ।
मुख्य नाराः नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !
सहायक नाराहरुः राजतन्त्रात्मक संसदीय व्यवस्था—मुर्दावाद !
– पंचकाँग्रेस गठबन्धन सरकार—मुर्दावाद !
– जमिन कस्को—जोत्नेको !
– विद्रोह जनताको—अधिकार हो !
– नयाँ जनवादी क्रान्ति—जिन्दावाद !
– जनयुद्ध—जिन्दावाद !
– सामन्तवाद–साम्राज्यवाद–विस्तारवाद—मुर्दावाद !
– संसोधनवाद, नवसंसोधनवाद—मुर्दावाद !
– माक्र्सवाद–लेनिनवाद–माओवाद—जिन्दावाद !
– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)–जिन्दावाद !
उपरोक्त प्रमुख र सहायक नाराहरुका साथै सबै क्षेत्रहरुले आ–आफ्नो विशेषताअनुसार निम्न कुरालाई समेटने गरी विशिष्ट नाराहरुको विकास गर्नु पर्ने छ ।
जमिन जोत्नेको नारा अन्तरगत सामन्त जमिन्दारको जग्गा कब्जा गरी भूमिहिन गरिब किसानहरुमा वितरण गर्ने, प्रति जग्गा कब्जा गरी किसानहरुमा वितरण गर्ने, सामन्तहरुको बाली कब्जा गर्ने, कृषि बैंकलगायत बैंकहरुको ऋण नतिर्ने, रोजगारीका निम्ति संघर्ष उठाउने, सहकारी खेतीका लागि किसानहरुलाई प्रेरित र संगठित गर्ने, ग्रामिण कृषि उत्पादन पद्धतिमा वैज्ञानिकिकरण गर्ने, आत्मनिर्भर अर्थतन्त्रका लागि स्थानीय स्रोत र साधनको सृजनात्मक परिचालनमा जोड दिने आदि ।
महिलाहरु माथि पैतृक सम्पति लगायतका आर्थिक, राजनैतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृसत्तावादी थिचोमिचो, भेदभाव र अन्धविश्वासका विरुद्ध समान अधिकारका निमित्त संघर्षका नाराहरुलाई सशक्त ढंगले उठाउने ।
जातीय भेदभावका विरुद्ध जातीय स्वायत्तताको नारालाई व्यापक रुपमा उठाउने र पार्टीको प्रभाव भएका संघर्षका इलाकाहरुमा स्वायत्तताको नीतिलाई लागु गरेर जाने दलित जाती माथिको शोषण उत्पीडनका विरुद्ध नारा उठाउने र संघर्ष संगठीत गर्ने ।
क्षेत्रीय भेदभावका विरुद्ध संघर्षको नारा दिने । त्यसै गरी धार्मिक थिचोमिचोका विरुद्ध धर्मनिरपेक्ष राज्यको नारालाई उठाउने ।
स्थिति अनुसार विभिन्न जनवर्गका मागहरुलाई मुर्त नाराका रुपमा सुत्रवद्ध गर्ने ।
प्रथम उपचरणःजनयुद्धको प्रथम ऐतिहासिक पहलका निमित्त तयारी
वैचारिक तयारीः—निर्धारित अवधिमा निम्न कामहरु पूरा गरिने छन् ।
क. जनयुद्धको थालनीको निमित्त पार्टीमा वैचारिक आधार तयार पार्ने उद्देश्यमा केन्द्रित भई ‘माओवादी’ ‘मशाल’ र एक अंग्रेजी मुखपत्र प्रकाशित गर्ने ।
ख. यस योजनाका मूल पक्ष एवं जनयुद्धको थालनीका निमित्त आवश्यक स्पष्टता सहीतको समान बुझाई र स्पिरिड पैदा गर्न सबै क्षेत्रहरुमा प्रमुख एवं सक्रिय कार्यकर्ताहरु छानेर केन्द्रीय कार्यालयका तर्फबाट प्रशिक्षण संचालन गर्ने । त्यसपछि क्षेत्रले जिल्ला र जिल्लाले सेलसम्म नै एक चक्कर सो प्रशिक्षण लैजाने ।
ग. स्थिति अनुसार सबै क्षेत्रहरुले ठोस कार्यक्रम बनाई विभिन्न स्तरमा कोठेसभा, कोणसभा, आमसभा, जुलुश, पर्चा, वालिङ्ग, साँस्कृतिक कार्यक्रम लगायतका माध्यमबाट आमूल परिवर्तनकारी आन्दोलनको श्रृष्टि गर्न अर्थात जनयुद्ध विना मुक्ति सम्भव छैन भन्ने भाव सहीतको जनमत तयार पार्न जोड गर्ने ।
घ. वैधानिक पत्र पत्रिका मार्फत प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको भण्डाफोर अभियानलाई अझ तीव्र पार्ने ।
ङ. अन्तराष्ट्रिय स्तरमा पार्टीको पक्षमा जनमत तयार पार्न जोड लगाउने ।
च. संशोधनवादको भण्डाफोर गर्न अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवका आधारमा रचनाहरु संकलित गरी एक पुस्तक प्रकाशन गर्ने ।
२. संगठनात्मक तयारीः
पार्टीः जनययुद्ध लगायत सम्पूर्ण काम कार्वाहीको नेतृत्वदायी शक्ति, मेरुदण्ड र न्युक्लियस पार्टी नै भएकोले यसलाई सुदृढ गर्ने, सुदृढिकरण गर्ने, यसको रक्षा र विकास गर्ने तथा चौतर्फी रुपमा यसको नेतृत्व स्थापित गर्ने कुराको महत्वलाई गम्भीरतापूर्वक लिन जरुरी छ । त्यसका लागि तत्काल निम्न कुराहरुमा ध्यान दिनुपर्दछ –
क. हरेक स्तरका पार्टी कमिटीहरुमा खुल्ला, संसदीय, लापर्वाहीपूर्ण निम्न पूँजीवादी चिन्तन र कार्यशैलीका विरुद्ध अन्तरपार्टी संघर्षलाई तीव्र पार्नु पर्दछ ।
ख. पार्टीका सम्पूर्ण काम कार्वाहीहरुलाई पूर्णतः भूमिगत ढाँचामा रुपान्तरण गर्ने ।
ग. संघर्षको नयाँ प्रक्रियामा केन्द्रीयता र अनुशासनको महत्व निकै बढ्ने कुरालाई दह्रोसंग पकड्ने ।
घ. भद्दा, ठूला र सुरक्षाका दृष्टिले बैठक बस्नै अप्ठेरो पर्ने कमिटीहरुलाई संभव भएसम्म पुनर्गठन गरी चुस्त पार्ने ।
ङ. हालका लागि सेल कमिटी बाहेक अन्य स्तरका पार्टी कमिटीहरुमा सेक्रेटरीयट व्यवस्था कायम गर्ने र अत्यन्त जरुरी महत्वका विषय बाहेक कमिटीको पूर्ण बैठक छिटो छिटो नबसी सेक्रेटरीयटले नै कार्य संचालन गर्ने ।
च. पार्टीको नयाँ निर्णय अनुसार रुपान्तरित हुन हिच्किचाउने सदस्यहरुलाई बाहिरै बसेर सहयोग गर्न अनुरोध गर्ने तथा अनुशासन हिन सदस्यलाई कार्यवाही गर्ने जस्ता विविधद्वारा पार्टी संगठनलाई सुदृढ गर्ने ।
छ. हरेक पाटी सदस्यले ‘अन्तरसंघर्ष’ ‘भूमिगत प्रणाली’ ‘सतर्कता’ ‘गोपनीयता’ ‘अनुशासन’ र ‘गतिशिलता’ लाई सुत्र शब्दका रुपमा लिने ।
ज. संघर्षको नयाँ प्रक्रियाको विकाससँगै भौतिक रुपले नै भूमिगत जान सबै सदस्यहरुले अफुलाई मानसिक रुपले तयार पार्ने ।
नेतृत्व सम्वन्धमाः नेतृत्व भन्नाले सामान्यतः सम्पूर्ण पार्टी, विशेषतः हरेक स्तरको नेतृत्वदायी पंक्ति र मुख्यतः केन्द्रीय नेतृत्व भन्ने बुझ्नु पर्दछ । नेतृत्व भनेको वास्तवमा नै सम्पूर्ण आन्दोलनको कूँजी हो । सर्वहारा वर्गको पार्टीमा नेतृत्व पंक्तिको विकास कैयौं वर्षको विचारधारात्मक एवं वर्गसंघर्षको परिणामबाट हुन्छ । संघर्षको नयाँ प्रक्रियामा नेतृत्वको महत्व र जिम्मेवारी आजको स्थिति भन्दा कैयौं गुणा बढ्दछ ।
त्यसकारण दुश्मनले सबैभन्दा पहिले नेतृत्व पंक्तिलाई नै ध्वस्त पार्ने र जनयुद्धलाई विरुवामा नै निमोठ्ने प्रयास गर्दछ । वास्तवमा जनयुद्धको जीत र हार, हामीले नेतृत्व पंक्तिलाई बचाउन सक्छौं वा सक्तैनौं र नयाँ नेतृत्व पंक्तिको विकास प्रक्रियालाई सही किसिमले अगाडि बढाउन सक्छौं वा सक्तैनौं भन्ने कुरामा निर्भर हुन्छ । सशस्त्र संघर्षको प्रारम्भिक चरणमा नै नेतृत्वलाई सिध्याउन सफल भएकै कारण विश्वका कैयौं देशहरुमा जनयुद्धले असफलता भोग्नु परेको उदाहरणहरु प्रशस्त छन् । अतः हामीलृ नेतृत्वको सुरक्षा र विकासका लागि
तत्काल निम्न कुराहरुमा ध्यान दिनुपर्दछः
क. पार्टीलाई आम जनतामा स्थापित गर्ने कामलाई सबैतिरबाट अधिकतम् महत्वका साथ लिनु पर्दछ । पार्टी जति व्यापक रुपमा जनतामा स्थापित हुन्छ, त्यति नै नेतृत्वको सुरक्षा र विकास हुन सक्दछ । आखिर जनताले मात्र आफ्नो नेतृत्वलाई बचाउन सक्दछ ।
ख. नेतृत्व सम्बन्धि माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षालाई पार्टी भित्र व्यापक रुपमा अध्ययन गर्ने र प्रशिक्षण संचालन गर्ने प्रक्रिया चलाउनु पर्दछ ।
ग. सचेत प्रयत्न र अन्तरसंघर्षको माध्यमबाट नेतृत्व पंक्तिलाई नयाँ आवश्यकता अनुसार रुपान्तरित हुन वातावरण तयार पार्न‘ पर्दछ ।
घ. पार्टी भित्र र बाहिर केन्दीय नेतृत्वका साथै सबै स्तरको नेतृत्व स्थापित गर्ने पद्धतिलाई अझ व्यवस्थित रुपमा लागु गरेर जानु पर्दछ ।
ङ. हरेक स्तरको कमिटीले मूल नेतृत्व र अन्य सदस्यको कामको क्षेत्र, जिम्मेवारी आदि माथि विचार गरी प्रत्येकका लागि सुरक्षाका ठोस उपायहरु निर्धारण गर्नु पर्दछ । निश्चित अवधिका लागि निश्चित नियम बनिसकेपछि तिनको दृढ परिचालन अनिवार्य हुनेछ ।
संयुक्त मोर्चाका सम्बन्धमाः हाम्रो आफ्नै विशिष्ट स्थितिमा विकास भएको संयुक्त मोर्चाको प्रश्न नितान्त संवेदनशील रहदै आएको छ । विद्यमान मोर्चालाई पार्टीको नेतृत्वमा चल्ने संघर्षको साधन र भावी सत्ताको भ्रुणका रुपमा विकास गरेर लैजाने पार्टीको निर्णय सैद्धान्तिक रुपले अत्यन्त सही र दुरगामी महत्वको छ । तर यसको व्यहारिक रुपान्तरणको प्रश्न अझै पनि गंभिर नै छ । सो रुपान्तरणका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।
क. जनयुद्धको थालनीको प्रक्रिया संगै सर्वप्रथम मोर्चाको नेतृत्वमा रहेको पार्टीका जिम्मेवारी कमरेडहरु भूमिगत जानु पर्दछ । तत्पश्चात पूरै केन्दीय समिति, जिल्ला र स्थानीय समिति सम्म क्रमशः सबैलाई भूमिगत लैजाने नीति लिनु पर्दछ ।
ख. यूद्धको विकास संगै जब छापामार इलाका र आधार इलाकाहरु बन्न थाल्दछन् तब नयाँ सत्ताका रुपमा मोर्चा कमिटीहरुले पुनः खुला रुपले काम गर्न थाल्ने छन् ।
ग. थालनीको प्रक्रियासंगै पार्टीका अपिल र अन्य क्रियाकलापलाई मोर्चाले समर्थन गरेर जानेछ । पार्टीलाई आम जनतामा स्थापित गर्न मोर्चाका तर्फबाट अधिकतम् जोड लगाईने छ ।
घ. जनाधार राम्रो भएका तथा संघर्षको राम्रो विकास भएका जिल्लाहरुमा मोर्चाले प्रारम्भ देखि नै भूमिगत ढंगले सत्ताको भ्रुणको रुपमा काम गर्न थाल्ने छ ।
सेना निर्माण सम्बन्धमाः अहिले प्रारम्भिक चरणमा विभिन्न स्तरका दलहरुको गठन र परिचालनको प्रक्रियालाई यथासक्य सरल बनाउन जरुरी छ । यसका साथै प्रत्येक पार्टी कमिटी र सदस्यहरु कोही पनि नछुट्ने गरी कुनै न कुनै रुपमा जनयुद्धको प्रक्रियामा सामेल रहने कुराको सुनिश्चितता पनि त्यत्तिकै जरुरी छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ
क. हालका लागि संगठनात्मक जटिलताबाट बच्न र पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चित गर्न सैनिक आयोगको काम केन्द्रमा पोलिटव्यूरो र त्यो भन्दा तल जिल्ला सम्म जहाँ ती बनेका छन् वा बनाउन आवश्यक छ , त्यहाँ सेक्रेटरीयटले नै सो काम गर्नेछन् । जिल्ला भन्दा तल सेल सम्म सैनिक आयोगको काम सेक्रेटरीहरुले नै गर्नेछन् । अतः सेक्रेटरीयटका निर्माण गर्दा सबै पार्टी कमिटीहरुले यो पक्षलाई ध्यान दिनु पर्दछ ।
ख. हालका लागि विभिन्न प्रकारका दलहरु जिल्ला अन्तरगत नै बनाइने छन् । संघर्षको प्रारम्भिक अवस्था र कामको सरलतालाई विचार गरी जिल्ला पार्टीको निर्णय अनुसार सकेसम्म एकै इलाकाका सदस्यहरुबाट एउटा जिल्लामा एक वा सो भन्दा बढी लडाकू दलहरु बनाइने छन् । ती सबै दलहरु यथा संभव डी.सी. एम. हरुको नेतृत्वमा बनाउन उपयुक्त हुनेछ । कार्यवाहीको प्रथम चरणमा दलका सबै सदस्यहरुको स्थायित्वको ग्यारेन्टी हुन सक्ने भएकोले यस सम्बन्धमा पार्टीले लचिलो ढंगले सोच्नु पर्दछ र साहसपूर्वक नयाँ सदस्य भर्ती गर्ने नीति लिनु पर्दछ ।
लडाकू दलका सदस्यहरु पार्टी सदस्य हुनु अनिवार्य छैन । कमिटीले उपयुक्त देखेका मोर्चाका सदस्य वा सर्मथक जनताबाट सचेत त्यस प्रकारका व्यक्तिहरु लिन सकिन्छ । संघर्षको प्रक्रिया शुरु भईसकेपछि पार्टीले यी दलहरुमा समर्थक शुभचिन्तक जनताबाट लडाकूहरु भर्ती गर्न पटक्कै हिच्किचाउनु हुदैन । संघर्षलाई निरन्तरता दिन र त्यसलाई जनतासंग गाँसेर लैजान पार्टीका तर्फबाट यस ढंगले सोच्ने कुराको निकै ठूलो महत्व छ । संघर्षको विकाससंगै यी दलहरु साँचो अर्थमा नियमित दलमा रुपान्तरित हुदै जानेछन् । हालका लागि लडाकू दलहरुमा ३ देखि ७ जना सम्म मात्र सदस्य रहनु उपयुक्त हुनेछ । एउटै जिल्लामा दशौं दलहरु बन्न सक्दछन् । तर अहिले नै प्लाटुन र कम्पनी जस्तो गरी ठूला दलहरु बनाउनु सैद्धान्तिक र व्यवहारिक दुवै अर्थमा उपयुक्त हुने छैन । निश्चित कार्यवाहीका निमित्त बढी संख्याको आवश्यकता परेमा उपल्लो कमिटीले विभिन्न दलहरुलाई जोडन सक्दछ ।
ग. जिल्ला कमिटीले लडाकू दल बनाउने र संचालन गर्ने प्रक्रिया जस्तै जिल्लाकै रेखदेखमा प्रत्येक एरिया कमिटीहरुले सके सम्म प्रत्येक एरिया सदस्यको नेतृत्वमा पार्टी सदस्य, मोर्चा सदस्य वा समर्थकबाट समेत मानिस लिई गाउँ सुरक्षा दल बनाउने छन् । त्यसरी एउटै एरियामा संभव भए सम्म प्रत्येक गाउँमा सुरक्षा दलहरु बनाउन कोशिस गर्नु पर्दछ । लडाकू दल र सुरक्षा दलको भिन्नता, कार्वाही हतियार र तालिमको प्रकृति, मात्रा र गुणद्वारा छुट्टिने कुरा हो । यसबारे गत विस्तारित बैठकको दस्तावेजमा स्पष्ट नीति निर्धारण गरिसकिएको छ ।
घ. त्यसरी नै प्रत्येक सेल कमिटीहरुले कामको आवश्यकता अनुसार सकेसम्म हर सदस्यको नेतृत्वमा स्वयंसेवक दल बनाई संचालन गर्नुपर्दछ । एउटा निश्चित काम सकिएपछि त्यसप्रकारका दलहरु भंग हुनेछन् । दलहरु पार्टी सदस्यको नेतृत्वमा मोर्चा सदस्य वा समर्थकहरु लिएर बनाईनेछन् ।
उपरोक्त विधिद्वारा गएर नै हामीले सम्पूर्ण पार्टी यन्त्रलाई कुनै न कुनै रुपमा जनयुद्धको काममा संलग्न गराई लडाकु पार्टीको विकास प्रक्रियालाई सुनिश्चित गर्न सक्ने छौं । यहाँ ध्यान दिनुपर्ने कुरा के हुन्छ भने पार्टी सदस्यको क्षमता, रुचि, उमेर अवस्था र आवश्यकता अनुसार सोचाई लजिष्टिक सामग्री निर्माण प्रकाशन लगायतका तमाम कामहरु गर्दा पनि टिमवद्ध रुपमा लगाउने कुरालाई हरेक स्तरको पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ ।
ज.व.स. सम्बन्धमाः संघर्षको नयाँ प्रक्रियाको विकाससँगै ज.व.स.हरुको विद्यमान संरचना र कार्यशैलीमा ठूलो परिवर्तन आउने कुराको चेतना तयारी कै शिलशिलामा पार्टीमा दिईसक्नुपर्दछ । हालका लागि ज.व.स.हरुबारे निम्न नीति लिनुपर्दछ ।
क. जनयुद्धको थालनीसँगै मजदुर, किसान, विद्यार्थी, महिला, संस्कृति जस्ता प्रमुख ज.व.स.हरुका केन्द्रीय नेतृत्वमा प्रमुख सदस्यहरुलाई अर्धभूमिगत जान निर्देशन दिने ।
ख. संघर्षको विकाससँगै प्रमुख ज.व.स.हरु पूर्णतः भूमिगत जानुपर्ने स्थितिका लागि मानसिक रुपले तयार गर्ने ।
ग. सबै प्रमुख ज.व.स.हरुका काम कार्वाहीलाई स्थानीय रुपमा नै विशेष कृयाशिल पार्न जोड लगाउने । त्यसका लागि प्रमुख ज.व.स.हरुका केन्द्रीय सदस्यहरुलाई पार्टीको नेतृत्वमा स्थानीय क्षेत्रमा नै खटाउने व्यवस्था मिलाउने ।
घ. सामान्य प्रकारका ज.व.स.हरुलाई पार्टीसँग प्रत्यक्ष सम्बन्ध नदेखाई अप्रत्यक्ष सहयोग गर्ने र खुल्ला रहने नीति अवलम्बन गराउने ।
ङ. भारत एवं अन्य देशमा रहेका ज.व.स.हरुलाई भने सम्भव भएसम्म खुला रुपले नै काम गराउने ।
संघर्ष सम्बन्धि कामः जनयुद्ध थालनी भन्दा पहिले संघर्ष सम्बन्धि कामहरु प्रचारात्मक, जनपरिचालन र ग्रामीण वर्गसंघर्ष सम्बन्धि कामहरु नै हुन् । पार्टीले पहिलेदेखि गर्दै आएका यी कामहरु सबै क्षेत्र एवं जिल्लाहरुले आ–आफ्नो स्थिति अनुसार थालनी नहुँदासम्म जारी राख्नेछन् । यहाँ संघर्ष सम्बन्धि काम भन्नाले मुख्यतः जनयुद्ध कुन् कुन् रुपमा कसरी थाल्ने भन्ने हो । यसबारे निम्न कुराहरु ध्यान दिनुपर्दछ ।
(क) संघर्षका रुपहरुः वैधानिक र वैधानिक रुपहरु
प्रचारात्मक कार्यवाहीः लेनिनले भने झैं ‘प्रचार कहिल्यै खेर जाँदैन, वीउ छरेपछि त्यसको फल लिन्छ’ भन्ने मान्यताका आधारमा प्रचारात्मक कार्यवाही गरिनुपर्दछ । पार्टीका नीति र कार्यक्रमबारे मुख्यतः जनयुद्धको नीति, औचित्य र महत्वबारे सशस्त्र वा निसस्त्र ढंगले योजनावद्ध रुपमा गरिने प्रचार नै यस अन्तर्गत पर्दछ । जनयुद्धको पक्षमा पर्चा, पोष्टर, वालिङ्ग, कार्टुन प्रदर्शन, छापामार जुलुश, मशाल जुलुश, घर घरमा गएर गरिने प्रचार लगायतका अनगिन्ती रुपमा यसलाई गर्न सकिन्छ । यस प्रकारका प्रचारका प्रभावकारी रुपहरुको खोजी र प्रयोगमा सबै स्तरका पार्टी कमिटीहरुले सिर्जनात्मकतामा पूरा ध्यान दिनुपर्दछ ।
सेवोटेजः योजनावद्ध ढंगले सामन्त, जमिन्दार, दलाल एवं नोकरशाही पूँजीपति एवं सरकारी स्वामित्वमा रहेको आर्थिक संयन्त्रमा तोडफोडद्वारा क्षति पु¥याउनु, स्थानीय जाली फटाह र जासुसहरुको घर र सम्पत्ति क्षतिग्रस्त पार्नु, सरकारी संचार÷यातायात अवरुद्ध पार्नु, बाटो घाटो, पुल, विद्युत लाईनको तोडफोड सबै यही सेवोटेज अन्तर्गत पर्दछन् । कार्यवाहीको यो रुप दुश्मनको लड्ने क्षमता घटाउने छापामारहरुको एउटा प्रभावकारी हतियार हो ।
गुरिल्ला युद्धः दुश्मनका विरुद्ध सशस्त्र ढंगले रेड, एम्बुश र एसल्ट गर्नु जस्ता उच्च प्रकारका कार्यवाहीहरु यस अन्तर्गत पर्दछन् । वास्तवमा यो नै छापामार संघर्षको प्रधान रुप हो र हुनुपर्दछ ।
वर्ग दुश्मन खतम पार्ने कार्वाहीः जनतामा बदनाम हत्यारा प्रमुख दुश्मन र जासुसहरु मध्य सबैभन्दा बदमासहरुलाई छानेर भौतिक रुपमा नै खतम पार्ने कार्वाहीहरु यस अन्तर्गत पर्दछन् । सत्ता कब्जाको प्रक्रियामा यस प्रकारका कार्यवाहीहरु आवश्यकीय रुपमा नै बढ्ने छन् । तर अहिलेको प्रारम्भिक स्थितिमा विशिष्ट केसहरुमा मात्र यी कार्वाहीहरु सक्ने छन् ।
उपरोक्त प्रकारका संघर्षका रुपहरुको कार्यान्वयन गर्दा निम्न क्रमलाई ध्यान दिनुपर्दछः
मुख्य इलाकाहरुमा संघर्षका रुपहरुको प्राथमिकता क्रम-
(क) गुरिल्ला युद्ध (ख) सेवोटेज (ग) वर्ग दुश्मन खतम (घ) प्रचारात्मक कार्वाही हुनेछन् ।
सहायक इलाकाहरुमा त्यो क्रम-
(क) सेवोटेज (ख) गुरिल्ला युद्ध (ग) प्रचारात्मक (घ) वर्ग दुश्मन खतम हुनेछन् ।
प्रचारात्मक इलाकामा त्यो क्रम-
(क) प्रचारात्मक (ख) सेवोटेज (ग) गुरिल्ला युद्ध (घ) वर्ग दुश्मन खतम हुनेछन् ।
त्यसैगरी दलहरुका हिसाबले संघर्षका रुपहरुको प्राथमिकता क्रम निम्न बमोजिम हुनेछन् ।
लडाकु दलहरुका लागि-
(क) गुरिल्ला युद्ध (ख) सेवोटेज (ग) प्रचारात्मक (घ) वर्ग दुश्मन खतम ।
सुरक्षा दलहरुका लागि-
(क) सेवोटेज (ख) प्रचारात्मक (ग) गुरिल्ला युद्ध (घ) वर्ग दुश्मन खतम ।
स्वयंसेवक दलहरुका लागि —
(क) प्रचारात्मक (ख) सामान्य सेवोटेज (ग) सरल प्रकारका गुरिल्ला कार्वाही
इलाकाहरुको हिसाबले जनयुद्धको थालनीका निमित्त संघर्षका रुपहरुको प्रयोगको सीमा निम्न बमोजिम हुनेछन् ।
मुख्य इलाकाहरुमाः
(क) गुरिल्ला युद्ध — अधिकतम ए.इ.ए. मा हमला गर्ने र कब्जा गर्ने, न्यूनतम सामन्त जाली फटाहको घर रेड गर्ने वा पुलिस अथवा अन्य दुश्मनलाई एम्बुशद्वारा हमला गर्ने ।
(ख) सेवोटेज — अधिकतम प्रशासनिक प्रतिष्ठानमा विष्फोट गराउने वा आगो लगाउने, न्यूनतम स्थानीय सामन्त, जाली फटाह र जासुसको आर्थिक क्षति पुर्याउने ।
(ग) वर्ग दुश्मन खतम — अधिकतम—बदनाम नोकरशाह वा अफिसरलाई खतम पार्ने, न्यूनतम, स्थानीय दुश्मन वा गुण्डाहरुमाथि आक्रमण ।
(घ) प्रचारात्मक — अधिकतम—आधुनिक हतियार सहीत जनतामा टीमवद्ध प्रचार गर्ने, न्यूनतम—निशस्त्र र टीमवद्ध प्रचार गर्ने, वालिङ्ग, पर्चा, पोष्टर आदि ।
सहायक इलाकाहरुमा —
(क)सेवोटेज—मुख्य इलाकाको जस्तै गर्ने ।
(ख)गुरिल्ला युद्ध—मुख्य इलाकाको न्युनतम जस्तै गर्ने ।
(ग)प्रचारात्मक—अधिकतम—स्थानीय हतियार सहीत टीमवद्ध प्रचार गर्ने,न्युनतम—पर्चा,पोष्टर,वालिङ्ग,घरघरमा गई प्रचार गर्ने ।
(घ)वर्ग दुश्मन खतम—विशिष्ट स्थितिमा स्थानीय सामन्त, जाली फटाह र गुण्डामाथि आक्रमण गर्ने ।
प्रचार इलाकाहरुमा —
(क)प्रचारात्मक—अधिकतम—पर्चा, पोष्टर, वालिङ्ग, कार्टुन, जुलुश आदि । न्युनतम—घर घरमा गई प्रचार गर्ने ।
(ख)सेवोटेज—स्थानीय सामन्ती, जाली फटाहको आर्थिक क्षति पु¥याउने
(ग)गुरिल्ला कार्वाही—सहायक इलाका जस्तै गर्ने ।
(घ)वर्गदुश्मन खतम—अधिकतम—क्षेत्रको स्वीकृति लिई विशिष्ट केसमा वर्गदुश्मन खतम न्युनतम बदमासहरुलाई शारिरीक दण्डसम्म मात्र ।
मुख्य इलाकाहरुमा जनयुद्धको थालनीका लागि कार्वाहीको निशाना र अन्य योजना मूर्त रुपमा केन्द्रीय कार्यालय र क्षेत्र मिलेर बनाइने छन् । सहायक इलाकाहरुमा त्यो योजना क्षेत्रीय कार्यालय र उप–क्षेत्र इन्चार्ज मिलेर बनाउने छन् । प्रचार इलाकाहरुमा उप–क्षेत्र ईन्चार्ज र जिल्ला समिति मिलेर बनाउने छन् । सुरक्षा दल र स्वयंसेवक दलको ठोस योजना क्षेत्रको निर्देशनमा जिल्लाहरुले नै बनाउने छन् । तर त्यसो गर्दा जिल्लाले एरियामा र एरियाले सेलमा नै गएर कार्वाहीको मूर्त योजना बनाउनु पर्नेछ । उपरोक्त नीति अनुसार संघर्षका रुपहरुको प्रयोगका लागि आवश्यक सबै तयारी यसै निर्धारित अवधिमा पूरा गर्नुपर्नेछ ।
संघर्षका वैधानिक रुपहरुबारेः संघर्षको प्रधान रुप अवैधानिक र सशस्त्र हुन्छ भन्ने कुरा माथिको योजनामा स्पष्ट अभिव्यक्त भएको छ । योजना कार्यान्वयनको प्रक्रियामा पार्टीले व्यापक जनसमुदायलाई परिचालन गरी विभिन्न प्रकारका जनकार्वाही ९ःबकक ब्अतष्यल० पनि गर्नु पर्दछ । ती पनि अवैधानिक र सशस्त्र कार्वाही भित्रै पर्दछन् । तर संघर्षको सहायक रुप वैधानिक ढंगको राष्ट्रियता, जनतन्त्र एवं जनजिविकाका विविध समस्याहरुलाई लिएर विविध रुपमा जनआन्दोलन उठाउने कुरा र त्यसको महत्वलाई पार्टीले कहिल्यै बिर्सनुहुन्न । त्यसरी वैधानिक संघर्षको सहयोग जुटाउन सकिएन भने सशस्त्र संघर्ष अलगावमा पर्ने खतरा उत्पन्न हुन्छ भन्ने तथ्यलाई हरेक स्तरको पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ । त्यसका निमित्त जनयुद्धको थालनी पश्चात निम्न तरीकाले जानको लागि आवश्यक तयारी गर्दै जानुपर्दछ ।
(क) सरकारी दमनका विरुद्ध विभिन्न स्तरमा विभिन्न ज.व.स.हरुका तर्फबाट विरोध ¥याली, सभा र अन्य कार्यक्रम गर्ने ।
(ख) विभिन्न प्रकारका सामाजिक संघ÷संस्था लाई जनपरिचालनका निमित्त उपयोग गर्ने ।
(ग) आवश्यकता अनुसार वैधानिक क्रियाकलापका निमित्त विभिन्न स्तरमा विभिन्न नामबाट जन–अधिकार समितिहरु बनाई जनपरिचालन गर्ने ।
(घ) मजदुर, किसान, महिला, विद्यार्थी, बुद्धिजीवी लगायतका विभिन्न जन–वर्गका पेशागत समस्याहरुलाई लिएर केन्द्रीय र मुख्यतः स्थानीय रुपमा संघर्ष उठाउन प्रयास गर्ने आदि ।
(ञ) विभिन्न प्रकारका दलहरुका निमित्त निर्देशिका तयार पारी एक चरण अध्ययन गराउने ।
पुनश्चः माथि उल्लेखित तयारी सम्बन्धि सबै कामहरु प्रवास र उपत्यकाञ्चलमा अन्यत्र जस्तै सामान्य विधिद्वारा गर्न सम्भव नहुने भएकोले क्षेत्रीय विशेषता अनुसार अत्यन्त भूमिगत रुपमा क्षेत्रको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा गर्नुपर्दछ । प्रचार गर्ने, सञ्चित शक्ति निर्माण गर्ने तथा लडाकु आपुर्ति गर्ने हिसाबले प्रवासको कामलाई संगठित गरिनुपर्दछ । उपत्यकाञ्चलमा प्रचार गर्ने, कार्यकर्ता तयार पारी गाउँतिर पठाउने, गाउँको संघर्षलाई सहयोग पुग्ने किसिमले कार्वाहीहरु गर्ने तथा अहिलेदेखि नै भावी विद्रोहको तयारीका रुपमा कामहरुलाई संगठित गर्नुपर्दछ ।
द्वितीय उप–चरण
जनयुद्धको थालनीः विभिन्न प्रकारका दलहरुका निमित्त निर्देशिका तयार पारी एक चरण अध्ययन गराउने । पुनश्चः माथि उल्लेखित तयारी सम्बन्धि सबै कामहरु प्रवास र उपत्यकाञ्चलमा अन्यत्र जस्तै सामान्य विधिद्वारा गर्न सम्भव नहुने भएकोले क्षेत्रीय विशेषता अनुसार अत्यन्त भूमिगत रुपमा क्षेत्रको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा गर्नुपर्दछ । प्रचार गर्ने, सञ्चित शक्ति निर्माण गर्ने तथा लडाकु आपुर्ति गर्ने हिसाबले प्रवासको कामलाई संगठित गरिनुपर्दछ ।
उपत्यकाञ्चलमा प्रचार गर्ने, कार्यकर्ता तयार पारी गाउँतिर पठाउने, गाउँको संघर्षलाई सहयोग पुग्ने किसिमले कार्वाहीहरु गर्ने तथा अहिलेदेखि नै भावी विद्रोहको तयारीका रुपमा कामहरुलाई संगठित गर्नुपर्दछ । ग्चदबल नगभचचष्ििब धबचाबचभ को कार्यनीति अपनाउने । द्वितीय उप–चरण (जनयुद्धको थालनी)–प्रथम उप–चरणका कामलाई निश्चित अवधिमा अभियानका रुपमा सम्पन्न गरेपछि यो सम्पूर्ण योजनाको केन्द्रीय भाग, दोस्रो उप–चरण जनयुद्धको ऐतिहासिक थालनी गर्नुहुनेछ । थालनीको सन्दर्भमा निम्न कुराहरुमा स्पष्ट हुन जरुरी छ ।
१. जनयुद्धको थालनी गर्ने काम पार्टीको पूरानो प्रक्रियाबाट नयाँ प्रक्रियामा क्रमशः विकासका रुपमा नभएर एक ठूलो धक्का र फड्कोका रुपमा हुनेछ ।
२. यो थालनी वा सम्पूर्ण कार्वाहीहरु सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गका विरुद्ध केन्द्रीत एवं परिलक्षित हुनेछन् ।
३. जनयुद्धको यो थालनी निश्चित मितिमा एकै दिन देशका सबै क्षेत्रमा योजना मुताविक निर्धारित प्रतिनिधि कार्यवाहीद्वारा हुनेछ ।
४. थालनीकै दिन “जनयुद्धको बाटोमा अघि बढौं” भन्ने मूल नारा सहीतको एक ऐतिहासिक पर्चा देशव्यापी रुपमा वितरण गरिनेछ र जनयुद्धको भाव झल्केको एक पोष्टर पनि सोही दिन देशभरी टाँसिनेछ ।
६. समग्र पक्षमाथि विचार गरी थालनीको निश्चित मिति र दिन केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ ।
७. थालनीको दिन संघर्षका रुपहरुमा गुरिल्ला युद्ध, सेवोटेज र प्रचारात्मक कार्यवाही मात्र प्रयोगमा ल्याईनेछन् ।
तृतीय उप–चरण(जनयुद्ध थालनीको निरन्तरता)–यो उप–चरण योजनाको अन्तिम भाग हुनेछ । यस अन्तर्गत निम्न कुराहरु गरिनेछन् ः
१. मुख्यतः सहायक र प्रचारात्मक सबै इलाकाहरुमा सबै प्रकारका दलहरुका निमित्त तयारी कै क्रममा मुर्तिकरण गरिएका संघर्षका कार्यक्रमहरुलाई कार्यान्वयन गरिनेछ ।
२. यो उप–चरण थालनीको विस्तारका रुपमा हुनेछ ।
प्रथम उप–चरणका कामलाई निश्चित अवधिमा अभियानका रुपमा सम्पन्न गरेपछि यो सम्पूर्ण योजनाको केन्द्रीय भाग, दोस्रो उप–चरण जनयुद्धको ऐतिहासिक थालनी गर्नुहुनेछ । थालनीको सन्दर्भमा निम्न कुराहरुमा स्पष्ट हुन जरुरी छ ।
१. जनयुद्धको थालनी गर्ने काम पार्टीको पूरानो प्रक्रियाबाट नयाँ प्रक्रियामा क्रमशः विकासका रुपमा नभएर एक ठूलो धक्का र फड्कोका रुपमा हुनेछ ।
२. यो थालनी वा सम्पूर्ण कार्वाहीहरु सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गका विरुद्ध केन्द्रीत एवं परिलक्षित हुनेछन् ।
३. जनयुद्धको यो थालनी निश्चित मितिमा एकै दिन देशका सबै क्षेत्रमा योजना मुताविक निर्धारित प्रतिनिधि कार्यवाहीद्वारा हुनेछ ।
४. थालनीकै दिन “जनयुद्धको बाटोमा अघि बढौं” भन्ने मूल नारा सहीतको एक ऐतिहासिक पर्चा देशव्यापी रुपमा वितरण गरिनेछ र जनयुद्धको भाव झल्केको एक पोष्टर पनि सोही दिन देशभरी टाँसिनेछ ।
६. समग्र पक्षमाथि विचार गरी थालनीको निश्चित मिति र दिन केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ ।
७. थालनीको दिन संघर्षका रुपहरुमा गुरिल्ला युद्ध, सेवोटेज र प्रचारात्मक कार्यवाही मात्र प्रयोगमा ल्याईनेछन् ।
तृतीय उप–चरण (जनयुद्ध थालनीको निरन्तरता)
यो उप–चरण योजनाको अन्तिम भाग हुनेछ । यस अन्तर्गत निम्न कुराहरु गरिनेछन् ः
१. मुख्यतः सहायक र प्रचारात्मक सबै इलाकाहरुमा सबै प्रकारका दलहरुका निमित्त तयारी कै क्रममा मुर्तिकरण गरिएका संघर्षका कार्यक्रमहरुलाई कार्यान्वयन गरिनेछ ।
२. यो उप–चरण थालनीको विस्तारका रुपमा हुनेछ ।
४. प्राविधिक कामका सम्बन्धमाः निश्चित अवधिमा प्राविधिक पक्षमा निम्न कुराहरु पूरा गर्न ध्यान दिनुपर्दछ ।
(क) त्बचनभत को छनौट, सर्वेक्षण र आवश्यक नक्साहरु संकलन गर्ने ।
(ख) जनयुद्धको थालनीको योजना बमोजिम सो को निमित्त आवश्यक न्यूनतम सामाग्रीहरु संकलन गर्ने ।
(ग) थालनीका निमित्त योजना बमोजिम दलहरुलाई प्राविधक प्रशिक्षण दिने ।
(घ) सबै स्तरका पार्टी कमिटीहरुले न्यूनतम रुपमा रासन पानी, औषधीमूलो, लत्ता कपडा लगायतका ीयनष्कतष्अक को नियमित आपुर्तिको व्यवस्थापन गर्ने ।
(ङ) सबै स्तरका पार्टी कमिटीहरुले ड्रेन, ड्रम, डम्प र विभिन्न कामका निमित्त आवश्यक सुरक्षित स्थलहरुको खोजी र निर्धारण गर्ने ।
(च) सबै स्तरका पार्टी कमिटीहरुले न्यूनतम रुपमा नगद कोष व्यवस्था गर्ने ।
(छ) भूमिगत संचार प्रणालीको व्यवस्था गर्ने ।
(ज) अन्तराष्ट्रिय सम्बन्ध र प्रचारको कामलाई व्यवस्थित गर्ने ।
(झ) सैन्य कार्वाहीको दिशा एवं मुख्य, सहायक र प्रचार इलाकाको निर्धारण गर्ने ।
योजनाका अन्य महत्वपूर्ण कुराहरु
(क) केन्द्रीय कार्यलयः जनयुद्धको ऐतिहासिक पहल लगायतका पार्टीका समग्र कृयाकलापको मुटुका रुपमा केन्द्रीय कार्यालयलाई नयाँ निर्णयको भावना अनुसार भुमिगत रुपले वयवस्थित पार्नु पर्दछ । त्यसका लागि भूमिगत संचार वयवस्था स्टाफ र अन्य आवश्यक तयारी तत्काल गरिनु पर्दछ । नयाँ निर्णय अनुसार रुपान्तरणको प्रक्रिया केन्द्रीय कार्यालयबाट नै थाल्नु पर्दछ ।
(ख) संचारबारेः जनयुद्धको थालनी पछि प्रतिक्रियावादका तर्फबाट हुने दमनलाई मध्यनजर गरी केन्द्र, क्षेत्र र जिल्ला सबैले भुमिगत संचार प्रणालीको व्यवस्था गर्ने कामलाई उच्च प्राथामिता दिनु पर्दछ । त्यसका लागि तत्काल निम्न कुरामा ध्यान दिनु पर्दछ ।
घटनाक्रमको जानकारी तुरुन्त माथिल्लो कमिटिमा पु¥यान र माथिको निर्देशन प्राप्त गर्न अप्रत्येक्ष तरीका मिलाई कोडको प्रयोग गर्ने ।
दस्तावेज चिठी पत्र आदिको आदान प्रदानको लागि निश्चित कोरियर, भूमिगत बाटोघाटो एवं सुरक्षित स्थलहरुको व्यवस्था गर्नु ।
टेक सम्बन्धि सामग्रीको ओसार–पसारका लागि अलग व्यवस्था गर्नु ।
संचार सम्बन्धि कामलाई व्यवस्थित पार्न हरेक स्तरको कमिटीले एक उपयुक्त सदस्यको नेतृत्वमा संचार विभाग गठन गर्ने ।
(ग) आर्थिक सम्बन्धमाः यो समग्र योजना कार्यान्वयन गर्न पार्टीलाई प्रशस्त तगद रकमको आवश्यकता पर्दछ । सामान्यतः अनुमान अनुसार कम्तिमा २० लाख रुपैंया यसका लागि अनिवार्य छ । पैसाको अभावले निर्णय कार्यान्वयनको गतिमा असर पार्ने मात्र होईन त्यसले सम्पूर्ण पार्टीको सुरक्षामा नै गम्भीर खतरा उत्पन्न हुन्छ । थालनीपछि पार्टी कमिटीहरुसँग अग्रीम कोष भएन भने त्यसको घातक परिणाम हुनसक्छ । तयारीको खर्च बाहेक थालनीको ठिक पूर्व केन्द्रसँग कम्तिमा १० लाख र हरेक क्षेत्रसँग १ देखि डेढ लाखसम्म नगद रहनु आवश्यक देखिन्छ । त्यसका लागि निम्न उपायहरु अपनाउनु पर्दछ ।
पूरै गम्भीरताका साथ योजनावद्ध ढंगले जिन्सी चन्दा संकलन गर्ने ।
विदेशमा रहेका नेपालीहरुबाट चन्दा संकलन गर्ने ।
देश भित्र नै केन्द्रीय योजना अनुरुप चन्दा अभियान चलाउने ।
केही निश्चित प्राविधिक सामानहरु दुश्मनबाट कब्जा गर्ने, यसमा क्षेत्रहरुले अनिवार्य रुपमा कमिटीमा एक सामान कब्जा गर्नु पर्नेछ ।
अन्य विधिको खोजी गर्न सबै क्षेत्रहरुले सृजनात्मक रुपले सोच्नुपर्दछ ।
(घ) जेल लाईनबारेः जनयुद्धको थालनी पूर्व सबै पार्टी सदस्यहरुले वैधानिकता बचाएर अहिलेसम्म जसरी जाने गरिएको छ त्यसरी नै जानु पर्दछ । तर थालनी पछिको गुणात्मक रुपले भिन्न स्थितिमा अपनाउनु पर्ने नीति निम्न बमोजिम हुनेछ ।
(च) घुसपैठका सम्बन्धमाः दुश्मनका तर्फबाट पार्टीभित्र हुनसक्ने घुसपैठबाट बच्न तथा दुश्मनको स्थिति पत्ता लगाउन हाम्रो तर्फबाट घुसपैठ गर्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्दछ । त्यसका लागि प्रशासन, सेना, पुलिस लगायतका विविध क्षेत्रमा पार्टी सुराकीहरुको जालो तयार पार्न प्रयत्न गर्नुपर्दछ ।
आफुलाई र दुश्मनलाई चिनेपछि जतिपनि लडाई जित्न सकिन्छ भन्ने कुराको वैज्ञानिकतालाई विचार गरी सबै स्तरका पार्टी कमिटीहरुले दुश्मनका त्यसप्रकारका स्थानमा पहिलेदेखि नै काम गर्दै आएका आफ्ना समर्थक, शुभचिन्तक र नातेदारहरुको खोजविन गरी आवश्यक सम्पर्क गर्ने तथा कतिपय स्थानमासचेत ढंगले आफ्ना सदस्यहरुलाई पठाउने पनि गर्नुपर्दछ । त्यसप्रकारका सुत्रहरुको सूचना तलका कमिटीहरुले अविलम्ब माथिल्लो कमिटीमा दिनुपर्नेछ ।
माओबादीले सम्झिरहने केही महत्वपूण घटनाहरु यस्ता छन्ः
२०५२ साल
फागुन १ः नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुवात । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैँक कब्जा ।
फागुन ६ः नेकपा माओवादीका महामन्त्री प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती कार्वाहीको जिम्मेवारी स्वीकार ।
फागुन १४ः गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या ।
फागुन १५ः रुकुमको पीपलमा छजना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या ।
२०५३ साल
वैशाख २४ः रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो सफल एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।
असारः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ १’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना सुरु ।
पुस १९ः रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । ‘जनयुद्ध’ सुरुआतपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना । आक्रमणको क्रममा सो कार्बाहीका कमान्डर तीर्थ गौतम, महिला छापामार दिल माया योञ्जनसहित तीन छापामारको मृत्यु ।
२०५४ साल
असारः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔं !’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।
भदौः तनहुँको कालिकाटारमा प्रहरी गस्ती माथि छापामारहरूद्वारा आक्रमण र हतियार कब्जा ।
माघ २२ः धादिङको खहरेमा एम्बुस । दुई राइफल र नेपाल बैंक लिमिटेडको बीस लाख रुपियाँ कब्जा ।
फागुन २४ः रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरी विरुद्ध एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।
चैत ४ः गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा ।
२०५५ साल
वैशाखः सरकारद्वारा किलो शेरा टू नामक अपरेसन सञ्चालन ।
भदौः नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ १’ भने मूल नारा तय ।
कात्तिक १०ः छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकी कब्जा । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा ।
पुस १८ः २०५३ पुस १९ गतेको बेथान कार्बाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडाँडा चौकी छापामारद्वारा सम्पूर्ण हतियारसहित कब्जा ।
फागुन १९ः दाङको चिराघाट प्रहरी चौकी कब्जा ।
चैत ५ः काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या । सो बलिदानी दिनको सम्मानमा चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरेको ।
२०५६ साल
वैशाख १९ः रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।
जेठ ६ः नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता ।
जेठ ३१ः जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प कब्जा ।
भदौ २३ः नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’ को गोरखामा गिरफ्तारपछि हत्या ।
असोज ५ः रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले राई कब्जा ।
फागुन ६ः रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरू केन्द्रीकृत ।
चैत २१ः रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।
चैत अन्त्यः गोरखाको हर्मी प्रहरी चौकी कब्जा ।
२०५७ साल
असार १९ः जाजरकोटको पाँचकटिया दङ्गा इप्रका कब्जा ।
भदौ ७ः नवलपरासीको धवाडी इप्रका कब्जा ।
भदौ १४ः झापा महवारी इप्रका कब्जा ।
असोज ८ः पहिलो पटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैँक कब्जा ।
असोज १०ः लमजुङको भोर्लेटारमा इलाका प्रहरी कब्जा ।
कात्तिक २०ः रामेछापको दोरम्बा प्रहरी चौकी कब्जा ।
पुस ५ः नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख ।
फागुनः नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेसनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं ! केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ !’ भन्ने मूल नारा तय ।
चैत १७ः गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक ।
चैत १९ः रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा ।
२०५८ साल
जेठ ८ः ओखलढुङ्गाको खानीभञ्याङ इप्रका कब्जा ।
जेठ १९ः दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंशनास ।
जेठ २०ः माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।
जेठ २२ः ज्ञानेन्द्रद्वारा आफैँलाई राजा घोषणा ।
असार २५ः लमजुङको विचौर प्रहरी चौकी कब्जा ।
असार २८ः रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा । शाहीसेनाको परिचालन प्रयास ।
असार ३०ः रामेछापको धोवीडाँडा प्रहरी चौकी कब्जा ।
साउन ६ः तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा ।
साउन ७ः बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा ।
साउन ४ः माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन ।
साउन ८ः पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्ध विरामको सकारात्मक प्रत्युत्तर ।
साउन १२ः कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादीका वार्ता टोली कीर्तिपुरमा सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८÷२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।
साउन ३१ः विभिन्न राजनीतिक दल र माओवादी बिच भारतको सिलगुडीमा वार्ता ।
कात्तिक २८ः तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।
मङ्सिर ६ः माओवादी अध्यक्षद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहन आग्रह ।
मङ्सिर ८ः जनमुक्ति सेना, नेपालको घोषणा, सर्वोच्च कमान्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।
मङ्सिर ८ः माओवादी सेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदरमुकाम पुतली बजार कब्जा ।
मङ्सिर १०ः पूर्वमा माओवादी सेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडिओसहित १३७ शाही सुरक्षाकर्मीको मृत्यु ।
मङ्सिर ११ः देउवा सरकारद्वारा संकटकालको घोषणा । शाहीसेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार ।
मङ्सिर १२ः शाहीसेनाद्वारा भीषण अपरेसन सुरु ।
मङ्सिर २२ः शाहीसेना र प्रहरीको हत्या, गिरफ्तारी र राज्य आतङ्कविरुद्ध नेकपा माओवादीद्वारा नेपाल बन्द ।
फागुन ४ः माओवादी सेनाद्वारा अछाम सदरमुकाम र साँफेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाहीसेना र १५० प्रहरीको मृत्यु ।
२०५९ साल
वैशाख १९ः रोल्पाको लिस्ने लेकमा शाहीसेनासँग माओवादी सेनाको दिउँसै भिडन्त । माओवादी सेनाद्वारा सुरक्षा बेसक्याम्प कब्जा ।
जेठ ८ः देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ तिथि निर्धारण ।
जेठ १३ः जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै हत्या ।
असार २ः माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या । भारतीय शासकद्वारा अखिल भारत नेपाली एकता समाजलाई पोटा।
असार २८ः भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक सुपुर्दगी ।
भदौ २३ः अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका कब्जा ।
असोज १७ः संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती ।
असोज १८ः ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन । कार्यकारिणी अधिकार कब्जा ।
कात्तिक २८ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा ।
मङ्सिर १८ः लाहानमा रहेको इप्रका र बैंक कब्जा ।
माघ १२ः सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए ।
माघ १५ः माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा ।
माघ १८ः बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा ।
माघ २९ः युद्धविराम आचार संहिता जारी ।
चैत १५ः वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।
चैत २०ः काठमाडौँमा माओवादीको आमसभा । वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन ।
२०६० साल
वैशाख १४ः दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौँको शंकर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता ।
साउन ३२ः पुरानो सत्ता र नेकपा माओवादीबीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा । सोही दिन रामेछापको दोरममा शाहीसेनाद्वारा ‘जिल्ला जनसरकार’ प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या एवम् शाहीसेनालाई ब्यारेकबाट पाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।
भदौ १०ः नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध कार्बाही सुरु । काठमाडौँमा माओवादी सेनाद्वारा शाहीसेनाको कर्नेल किरण बस्नेतको सफाया ।
कात्तिक १०ः माओवादी सेनाले गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु ।
कात्तिक ११ः पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट कब्जा ।
कात्तिक १६ः पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु ।
कात्तिक २१ः नेकपा माओवादीका अध्यक्षद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।
कात्तिक २९ः त्रिभुवन राजपथ खण्डमा माओवादी सेनाले थापेको एम्बुसमा परी शाहीसेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।
मङ्सिरः नेकपा माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता ।
पुस २ः माओवादी सेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेन्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु ।
पुस २५ः सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा ।
माघ २ः तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।
माघ ५ः खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।
माघ १०ः मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृका यादव ।
माघ १५ः सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वाचित । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
माघ १६ः तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।
माघ १९ः किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।
माघः भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।
फागुन १९ः माओवादी सेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण । टावरको सैन्य क्याम्प कब्जा ।
चैत ७ः माओवादी सेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घन्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु ।
चैत १३ः नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार ।
चैत २२ः धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा ।
चैत २५ः पशुपतिनगर इप्रका कब्जा ।
२०६१ साल
वैशाख ३१ः माओवादी केस तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमान्डर नेप बहादुर केसी ‘परिवर्तन’को आन्तरिक दुर्घटनामा मृत्यु ।
जेठ ६ः डोटीको घन्टेश्वरमा माओवादी सेना–शाहीसेना भिडन्त । डेढ दर्जन शाहीसेनाको मृत्यु ।
असार ३ः अखिल (क्रान्तिकारी) द्वारा शिक्षण हडतालसहित विविध सशक्त संघर्ष गरेर शाहीसत्तासँग सङ्गठनमाथिको आतंककारीको आरोप फिर्ता गराउन सफल ।
साउन/भदौः माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ ! भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।
भदौ २०ः माओवादी केन्द्रीय सद्वयहरु शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।
मङ्सिर १ः माओवादी सेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाहीसेनाको एक ट्रक हतियार कब्जा । उक्त भिडन्तको भिडियो नेपाल वान टेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा ।
मङ्सिर २ः बाँकेको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृत्यु । सबै हतियार कब्जा ।
मङ्सिर ५ः कैलालीको पण्डोनमा माओवादी सेनाद्वारा शाहीसेनाको कथित रेन्जर बटालियनमाथि हमला, १९ को सफाया । ६ थान एमः १६ सहितका हतियार कब्जा ।
मङ्सिर ५ः नुवागाउँ–थवाङ–चुनवाङ सहिद मोटर बाटो खन्ने अभियान उद्घाटन ।
पुस ३ः काठमाडौँको साँखु इप्रका माओवादी सेनाद्वारा कब्जा ।
पुस ७ः कर्णाली चिसापानीमा शाहीसेनामाथि भीषण हमला १५ शाहीसेनाको मृत्यु ।
पुस १७ः धनकुटाको सेउतीखोलामा माओवादी सेनाको एम्बुस, २० शाही सुरक्षाकर्मीको मृत्यु ।
माघ १९ः ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कू’ विरुद्ध माओावदी अध्यक्षको अपिल ।
माघ २०ः शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द ।
फागुन १ः माओवादीका अध्यक्षद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन ।
चैत २०ः माओवादीद्वारा एघार दिने देशव्यापी आमहड्ताल ।
२०६२ वैशाख
वैशाख २६ः जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।
जेठ २७ः काभ्रेको नार्केमा शाहीसेनामाथि माओवादी सेनाको आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुबै आक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृत्यु ।
असार ८ः माओवादी सेनाद्वारा भोजपुरको पान्धारेमा शाहीसेनामाथि आक्रमण । ८ शाहीसेनाको मृत्यु ।
असार ११ः माओवादी सेनाद्वारा अर्घाखाँचीको खनदहमा शाहीसेनामाथि आक्रमण । लेफ्टिनेन्टसहित १९ शाहीसेनाको मृत्यु ।
साउन २३ः कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्प सम्पूर्ण हतियारसहित कब्जा ।
असोज १८ः नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविरामको घोषणा ।
मङ्सिर ७ः सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक ।
मङ्सिर १३ः माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीतिको घोषणा ।
मङ्सिर १४ः शाहीसेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ को मृत्यु ।
मङ्सिर १७ः माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप ।
पुस १८ः माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा । देशभरि प्रतिरोध सुरु ।
माघ १ः माओवादी सेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू कब्जा ।
माघ ८ः पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा ।
माघ २६ः माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पूर्णतः ध्वस्त ।
माघ २७ः माओवादी सेनाको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाहीसेनाका पाँच ट्रक फोर्समाथि आक्रमण । २५ शाहीसेनाको मृत्यु । भारी मात्रामा हतियार कब्जा ।
चैत २४ः सात दल–माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु ।
२०६३ साल
वैशाख ११ः व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभाको पुनस्र्थापना ।
जेठ ४ः पुनस्र्थापित प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा ।
जेठ १२ः नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचार संहिता जारी ।
असार २ः नेपाल सरकार, सात दल र माओवादीबीच शिखर वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष सार्वजनिक, आठबुँदे सहमति ।
साउन २४ः गते सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।
कात्तिक २२ः सात दल माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधान सभाको पहिलो बैठकले गर्ने निर्णय ।
मङ्सिर ५ः सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृत सम्झौता, एघार बर्से माओवादी जनयुद्धको समाप्तिको घोषणा । प्रचण्डको यो निर्णय पार्टीगत वा संस्थागत नभएको भनी पार्टीभित्रै आलोचना ।
माघ १ः नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट ।
चैत १८ः नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन ।
प्रतिक्रिया दिनुहोस्