ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महन्थलाई नेतृत्व छाड्न पार्टी महासचिवको सुझाव


एबीसी न्यूज
१३ फाल्गुन २०८०, आइतबार   २ : ०५   बजे

काठमाडौं १३ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका महासचिव केशव झाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको नेतृत्व छाडेर अरूलाई जिम्मा लगाउन सुझाव दिएका छन् । लोसपा नेपालमा विद्रोह गरेका सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका महासचिव झाले अध्यक्ष ठाकुरलाई एक पत्र नै बुझाएर सुझाव दिएका हुन् ।

उनले बुझाएको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा त अझै भागबन्डा गरेर पार्टी बलियो बनाउने कार्य भइरहेको छ भने भागबन्डाको राजनीतिले पार्टी कमजोर हुन्छ भनेर बुझ्नु गलत भयो कि रु अझै केही बिग्रिएको छैन अध्यक्षज्यू, गति बढाउनलाई अब गियर चेन्ज गर्ने बेला भएको छ । त्यस लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिने पो हो कि अध्यक्षज्यू रु’

पार्टीबाट असन्तुष्ट रहेका वरिष्ठ नेता महतोले नयाँ पार्टी बनाउने तयारीमा लागेका छन् । त्यसका लागि उनले अभियान नै सुरु गरिसकेका छन् । अध्यक्ष ठाकुरले नेतृत्व छाडेर अरूलाई सुम्पेर नयाँ ढङ्गबाट पार्टी सञ्चालन गर्ने अवस्था आयो भने नेता महतो ब्याक हुने सम्भावना रहेको स्रोतले दाबी गरेको छ । यो कुराको पुष्टि महासचिव झाले दिएको सुझावबाट पनि हुन्छ ।

महासचिव झाले पार्टीको नेतृत्व छाडेर अभिभावकत्व ग्रहण गरी मार्गदर्शन गर्न ठाकुरलाई सुझाव दिएका छन् । उनले भनेका छन्, ‘अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्ने हो कि रु इतिहासले सधैँ अवसर दिँदैन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला अध्यक्षज्यू ।’ लोसपाको राजनीति आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन नसकेको र त्यही कारणले होला, मधेसमा मधेसी पार्टीहरू कमजोर भई पुरानै एमाले, कांग्रेस जस्ता पार्टीहरू बलियो भएको उनले टिप्पणी गरेका छन् । उनले जनतामा आएको निराशालाई आशामा बदल्ने प्रयत्न गर्नु पनि सुझाव दिएका छन् ।

लोसपा निष्प्राण हुँदै गएको र बिस्तारै सबैले छाडेर जाने बताउँदै उनले आफ्नै आमाबुवाको पनि शरीरबाट प्राण उडेपछि सन्तानले घरबाट निकालेर जलाई दिने वा गाड्ने गरेको दृष्टान्त दिएका छन् ।

सीमित व्यक्तिको अवसरवादको लागि क्रान्तिको दियो निभ्न नदिन आग्रह गर्दै उनले देशमा मधेसी जस्तै पीडामा रहेका आदिवासी जातजाति लगायत अन्य उत्पीडित समुदायहरूसँग हातेमालो गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।

आदरणीय अध्यक्ष ज्यू,

लोसपा नेपाल ,

केन्द्रीय कार्यालय

बबरमहल काठमाडौं ।

विषयः सुझाव बारे ।

अध्यक्ष ज्यू, यहाँ मुलुकको समस्याहरू बारे विदितै हुनुहुन्छ । इतिहासमै उत्पीडित जातजाति र समुदायको निम्ति अहिलेको सरकार कठोर, निर्दयी, उदासीन र अत्याचारी छ । हामी आन्तरिक उपनिवेशवादको सिकार त छौँ नै साथै पश्चिमी सभ्यताको औपनिवेशिकताको सिकार पनि बन्न बाध्य छौँ । जहाँ उपनिवेशवाद र औपनिवेशिकता कायम रहन्छ, त्यहाँ लोकतन्त्र र गणतन्त्र रहनै सक्दैन । त्यस अर्थमा नेपालमा आजको दिनसम्म लोकतन्त्र आएकै छैन भन्दा फरक नपर्ला । यद्यपि राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे देखि नै माटोको एकीकरण भयो तर मनहरूको एकीकरण भएन । अहिलेसम्मका सबै शासक वर्गहरूलाई यहाँको बहुलतालाई स्वीकार गर्नु भन्दा पनि समाप्त गर्न तिर बढी ध्यान केन्द्रित रहेको देखियो । शासक वर्गले उदारवादी र साम्यवादी विचारधारामा समाजलाई यसरी डोर्‍याए कि आधुनिकताको नाममा आफ्नो दर्शन, सभ्यता, संस्कृति, ज्ञान प्रणाली, धर्म सबै समाप्त पारे । परिणामतः विगत २७० वर्षदेखि नेपाली जनता पश्चिमी औपनिवेशिक ज्ञान प्रणालीबाट दीक्षित हुन बाध्य छन् । विगत ७३ वर्ष देखि आधुनिकताको नाममा सभ्यतालाई सिध्याउने र विकासको नाममा विनाशलाई बढवा दिने काम बाहेक अरू केही हुन सकेन । जसकारण आज जीवन र जगत दुवै सङ्कटमा छन् ।

यही पश्चिमा ज्ञान प्रणालीको अनुसरणको कारणले यहाँका अल्पसङ्ख्यक राज्यधारी अर्थात् गोर्खाली राज्य सत्ताका अविच्छिन्न उत्तराधिकारीहरूले एकल राष्ट्रिय राज्यको अवधारणामा राज्य सञ्चालन गरिरहेका छन् । सन् १९९० सम्म आइपुग्दा नै जन लक, थमस हब्सहरूको उदारवादी व्यवस्था र काल मार्क्सका मार्क्सवादी व्यवस्थाहरू फेल हुन थालिसकेको प्रतिवेदन पश्चिमा दर्शनशास्त्री र विद्वानहरूले लेख्न थालेका थिए । त्यस प्रसङ्गमा हावर्ड विश्वविद्यालयका प्राध्यापक स्यामुल पि हन्टिङ्टनले एकैसौं शताब्दीको वैश्विक राजनीति भनेको सभ्यताको राजनीति र स्थानीय राजनीति भनेको जातिको राजनीति हुने दावा गरेका थिए । आज विश्व राजनीतिक परिदृश्य हेर्ने हो भने उनले दावा गरेको वेभमा ठ्याक्कै राजनीति अगाडि बढिरहेको छ । जसको ज्वलन्त उदाहरण अहिले छिमेकी मुलुक भारतमा देख्न सकिन्छ, जहाँ पूर्वीय ज्ञान प्रणालीको आधारमा सभ्यताको राजनीति सुरु भएको छ । पूर्वीय दर्शन र सभ्यताको आधारमा भारत वर्ष लोकतन्त्रको जननी भएको दाबी गरिरहँदा यस कार्यमा हामी नेपालीले सहकार्य गर्नु पर्ने थियो तर त्यो वेभलाई विभिन्न बहानामा रोक्ने प्रयत्नहरू नेपालमा गरियो । तर पनि नेपालमा जोरसोरले जातीय पहिचान र अधिकारको कुराहरू सुरु हुन थाल्यो । माओवादी जनयुद्धमा र मधेसी, आदिवासी जनजातिहरूको आन्दोलनमा यी मुद्दाहरूले व्यापक रूपमै स्पेस पाउन थालेको थियो तर सफल हुन सकेन । त्यसको मुख्य कारण भनेको उदारवादी चिन्तन र मार्क्सवादी चिन्तन बोकेर यी मुद्दाहरू अगाडि बढाएकाले असफल भएको हो । यो मुद्दाहरू इन्डिजिनिज्म ९स्वदेशवाद० को दार्शनिकताबाट अगाडि बढाएको भए पक्कै पनि सफल हुने थियो । अझै पनि यही एकमात्र विकल्प हो । यी सबै परिस्थितिलाई आत्मसाथ गरेर नै तपाईंले पनि नेपाली कांग्रेस जस्तो पार्टी परित्याग गर्दै गर्दा गीताको श्लोक भनेको आज पनि म सम्झन्छु,

‘हतो वा प्राप्स्यसी स्वर्गं जित्वा वा भोक्छ्यसे महिम,

तस्मातुदिस्ठ कौन्तेय युद्धाय कृत निश्चयः’

अर्थात् बाँचे भने मधेसमा शासन सत्ता सञ्चालन गर्छु नभए वीरगति प्राप्त गरेर स्वर्गको वास बस्छु । अझ तपाईले ‘मरे तो मुक्ति, जिए तो मधेस’ भन्नु भयो । आज १६ वर्ष भयो, मधेसको नेतृत्व यहाँले गरिराख्नु भएको छ । स्व मूल्याङ्कन गर्ने बेला भयो कि रु निर्मम विश्लेषण गरेर संश्लेषित धारणा बनाउने कि अध्यक्ष ज्यू रु तमलोपा देखि लोसपा सम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो रु मधेसी जनतासामु श्वेतपत्र जारी गर्ने बेला भयो किरु लोसपा अझै चारवटा पार्टी ९तमलोपा, सदभावना, रामसपा, नेसपा० को लिगेसी बोकेको पार्टी हो । नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा त अझै भाग बन्डा गरेर पार्टी बलियो बनाउने कार्य भै रहेको छ भने भाग बन्डाको राजनीतिले पार्टी कमजोर हुन्छ भनेर बुझ्नु गलत भयो कि रु अझै केही बिग्रिएको छैन अध्यक्ष ज्यू, गति बढाउनलाई अब गियर चेन्ज गर्ने बेला भएको छ । त्यस लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिने पो हो कि अध्यक्ष ज्यू रु अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्ने हो कि रु इतिहासले सधैँ अवसर दिँदैन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला अध्यक्ष ज्यू । हाम्रो राजनीति भनेको आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन सकेन । त्यसकै कारण होला, मधेसमा मधेसी पार्टीहरू कमजोर भई पुरानै एमाले, कांग्रेस जस्ता पार्टीहरू बलियो भयो । जनतामा आएको निराशालाई आशामा बदल्ने प्रयत्न गर्नु उपयुक्त होला अध्यक्ष ज्यू । नभए जसरी हाम्रो पार्टी निष्प्राण हुँदै छ बिस्तारै सबैले छोडेर जानेछ । आफ्नै आमाबुवाको पनि शरीरबाट प्राण उडेपछि सन्तानले घरबाट निकालेर जलाई दिने वा गाड्ने गर्दछ, पार्टी त्यस्तो अवस्थामा पुग्दा के होला । सीमित व्यक्तिको अवसरवादको लागि क्रान्तिको दियो निभ्न नदिऊँ अध्यक्ष ज्यू । देशमा मधेसी जस्तै पीडामा रहेका आदिवासी जातजाति लगायत अन्य उत्पीडित समुदायहरूसँग हातेमालो गरेर तपाइले विगतमा देखाउनु भएको बहुलराष्ट्रिय राज्यको सपना पुरा गर्नको लागि अगाडि बढ्ने बेला भएको छ । अझै ढिला भएको छैन ।

जय मधेस

।।।।।।।।।।।।।।।

केशव झा,

महासचिव, लोसपा नेपाल

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group