ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुरुंगामा आधुनिक अल्लो उद्योग सञ्चालन


एबीसी न्यूज
६ फाल्गुन २०७४, आइतबार   २ : ३०   बजे

 पर्वत, ६ फागुन ।  यहाँको एक विकट गाउँमा अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग सञ्चालनमा आएको छ । पोखरा विश्वविद्यालय र दक्षिण कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुंगामा नयाँ प्रविधिसहितको यस्तो उद्योग खोलिएको छ ।

अल्लोको लोक्तालाई पकाउँदा, कुट्दा र धागो निकाल्दा समय र लागत समेत अत्यधिक पर्न थालेपछि लघु उद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा अजय थापाले बताउनुभयो । लघु उद्यमीका लागि थोरै समयमै धेरै उत्पादन लिन सकियोस् भन्ने उद्देश्यले थापाले उक्त प्रविधिको अन्वेषण गर्नुभएको हो । झण्डै रु २० लाखको लागतमा उद्योग खोल्न सफल भएको उहाँले बताउनुभयो ।

अन्वेषक थापाका अनुसार परम्परागत रुपमा हुँदै आएको अल्लो प्रशोधनलाई कसरी सस्तो, छिटो र व्यावसायिक बनाउन सकिन्छ भनेर अनुसन्धान गर्ने क्रममा नयाँ प्रविधिको विकास गरिएको हो र यसले ग्रामीण क्षेत्रका लघु उद्यमीलाई फाइदा पुग्नेछ । नयाँ प्रविधिले अल्लोको भुवा प्रशोधनमा ठूलो मद्दत मिलेको र यो उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने स्थानीय उद्यमी रनमाया पुनको विश्वास छ ।

नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि छ । परम्परागत रुपमा प्रशोधन गर्दा शारीरिक श्रम र समयसमेत बढेकाले नाफा कमाउन कठिन हुँदै आएको थियो । पहिले १० जनाले गर्ने काम अहिले एक जनाबाटै सम्भव भएको पुनले बताउनुभयो । ‘नयाँ प्रविधि हाम्रा लागि बरदान नै भएको छ,’ उहाँले भन्नुभयो । पहिले अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपथ्र्यो ।

नयाँ प्रविधिको विकासमा कोरियाको विज्ञान प्रविधि मन्त्रालय, नेशनल रिर्सच फण्ड कोरिया, हङकङ विश्वविद्यालय, नेपाल इनोभेसन एण्ड इण्टरप्रेनरसिप सेन्टर, पोखरा विश्वविद्यालय लगायतले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए । अल्लो प्रशोधनमा गाउँलेले धेरै समय र परिश्रम खर्च गरेका तर त्यसअनुसार लाभ लिन नसकेका कारण नयाँ प्रविधिको खोजी भएको थियो ।

लघु उद्यमका क्षेत्रमा लामो समय काम गरेका तुलसी सुवेदीले अन्वेषकलाई गाउँमा पु¥याएका थिए । अहिले प्रविधिको सफल परीक्षणपछि आफ्नो उद्देश्य पूरा भएको सुवेदीले बताउनुभयो ।
नयाँ प्रविधिसहित सञ्चालनमा आएको भुमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग यसै सातादेखि शुरु भएको हो । जिल्ला लघु उद्यमी संघका अध्यक्ष तथा मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत र हङकङ विश्वविद्यालय कोरियाको प्राध्यापक योनसिक हानले संयुक्त रुपमा उद्योगको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन गर्दै उपाध्यक्ष महतले अल्लो प्रशोधनलाई व्यावसायिक बनाउन गाउँपालिकाले २० वर्षे उद्योग रणनीति बनाएर अघि बढेको जानकारी दिनुभयो ।

यसअघि उत्तरी पर्वतको सालिजामा उद्योग मन्त्रालयको सहयोगमा अल्लो प्रशोधन उद्योग सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu