मङ्गलबार डोनाल्ड ट्रम्पको जितसँगै उनी रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवारी जित्नका लागि आवश्यक १,२१३ डेलिगेट्स प्राप्त गर्ने उचाइमा पुगेका छन् । अब बाँकी औपचारिकता मात्र हो । रिपब्लिकन पार्टी ट्रम्पको महत्वाकांक्षा पूर्तिको लागि एउटा पोत(यान) बनेको छ, र उनी लगभग निश्चितरुपले तेस्रो पटकको राष्ट्रपतिय प्रतिस्पर्धाको मुख्य नेता हुनेछन् । यो रिपब्लिकन पार्टी र देशको लागि सेवा गर्ने उद्देश्यका सन्दर्भमा दुर्भाग्य हो ।
स्वस्थ लोकतन्त्रमा, राजनीतिक दलहरूः मूल्यमान्यता, नीति तथा लक्ष्यहरु निर्धारण गर्दै जनतामा पु¥याउनका लागि राजनीतिज्ञहरू चयन गर्न समर्पित संगठनहरू हुन् । तिनीहरूले राजनीतिक औजारको एक हिस्सा सञ्चालन गर्छन्, निर्वाचित अधिकारीहरू र निजामती कर्मचारीहरूसँग चुनाव गराउन काम गर्छन् । पार्टीका सदस्यहरूले पार्टीभित्र आफ्नो स्थितिलाई बलियो बनाउन र तिखार्नका लागि आफ्ना मतभिन्नता राख्छन् । अमेरिकाको दुई दलीय लोकतन्त्रमा, रिपब्लिकन र डेमोक्रेटहरूले नियमितरूपमा ह्वाइट हाउसमा आफ्ना स्थानहरूका बारेमा काम गर्दै आएका छन् र एक शताब्दीभन्दा बढी समयदेखि स्थिर रहेको प्रणाली–कांग्रेसमा आफ्नो शक्तिलाई साझा गर्दै आएका छन् । रिपब्लिकन पार्टीले ती सबै जिम्मेवारीहरू त्यागेको छ, यसको सट्टा एउटा त्यस्तो संगठन बनेको छ, जसको लक्ष्य अखण्डता, सिद्धान्त, नीति र देशभक्ति लगायत अन्य मूल्यहरुको बदलामा एक व्यक्तिको छनोट गर्नेमा परिणत भएको छ । एउटा व्यक्तिको रूपमा, ट्रम्पले संविधान र कानूनी शासनको अवहेलना गरिरहेका छन्, जसले उनलाई पद बहन गर्न अयोग्य देखाउँछ । तर जब एक सिङ्गो राजनीतिक दल, विशेषगरी संयुक्त राज्य अमेरिका जस्तो शक्तिशाली देशको दुई वटा मुख्य दल मध्येको एक हो, त्यो पार्टी एक व्यक्ति र उसको सबैभन्दा खतरनाक साधन बन्न पुगेको छ । यसखालको विचारको क्षतिले सबैलाई (अमेरिकीलाई) असर गर्छ ।
रिपब्लिकन पार्टीको नियन्त्रणलाई आफ्नो पक्षमा पार्न र आफ्नो उम्मेदवारीका लागि प्रतिद्वन्द्वीहरूलाई छिट्टै पराजित गर्ने ट्रम्पको क्षमता आंशिक रूपमा समर्थकहरूकै अधारको उत्साहको कारणले भएको हो । उनले अहिलेसम्म लगभग हरेक प्राइमरी प्रतिस्पर्धामा पर्याप्त विजय हासिल गरेका छन् । हुनसक्छ उनका लागि सबैभन्दा महत्वपूर्ण फाइदा, रिपब्लिकन पार्टीमा केही थोरै बाँकी नेताहरू मात्र छन् जो पार्टीको भविष्यको वैकल्पिक दृष्टिकोणको लागि खडा हुन इच्छुक देखिन्छन् । उनको खुलेआम विरोध गर्नेहरू पद त्यागेकाहरू (भूतपूर्व) मात्र रहेका छन् । कतिपय उनका प्रतिद्धन्द्धीले भन्दै आएका छन्, उनीहरूले हिंसा र बदलाजस्ता धम्कीको सामना गर्नुपरेको कारण बोल्न डराइरहेका छन् । परम्परागत राष्ट्रपतिय प्राइमरी प्रतिस्पर्धाको विजयले लोकतान्त्रिक जनादेशलाई सङ्केत गर्छ, जसमा विजयी व्यक्तिले पार्टीका मतदाताहरूद्वारा प्रदान गरिएको लोकप्रिय वैधानिकताको आनन्द लिन्छ, तर पराजित प्रतिद्वन्द्वीहरू र उनीहरूका प्रतिस्पर्धी विचारहरूको पार्टीभित्र स्थान छ भनेर स्वीकार पनि गरिन्छ । तर ट्रम्पले भने त्यसो गर्दैनन्, उनले प्राइमरी प्रतिस्पर्धालाई असहमत समूहलाई पत्तासाफ गर्ने उपकरणका रूपमा प्रयोग गर्छन् । प्रतिस्पर्धाबाट बाहिरिएका रिपब्लिकन उम्मेद्वारहरूले या त उनीप्रति आफ्नो भक्ति प्रदर्शन गर्नुपर्दछ वा बाहिरिने जोखिम मोल्ुन पर्छ ।
उनकी अन्तिम प्रतिद्वन्द्वी, निक्की हेली हुन्, दशकौं अघिदेखि रूढिवादी ट¥याक रेकर्ड बनएकी उनी एक रिपब्लिकन नेता हुन्, जसले ट्रम्पको पहिलो कार्यकालमा उनकै मन्त्रिपरिषद्मा सेवा समेत गरेकी थिइन् । ट्रम्पले उनलाई अहिले पार्टीबाट बाहिर निकालेका छन् । ‘उनी अनिवार्यरूपमा डेमोक्रेयाट हुन्‘ पूर्व राष्ट्रपति ट्रम्पले दक्षिण क्यारोलिनामा आफ्नो हारको अघिल्लो दिन यसो भनेका थिए ‘मलाई लाग्छ कि उनले (हेलीले) सायद पार्टी बदल्नुपर्छ ।‘
संविधान र अमेरिकी जनताको सेवा गर्ने भन्नेहरुले शक्तिको पदमा रहेका रिपब्लिकनहरूको पर्याप्त संख्या बिना शासन गर्ने अवस्थाका कारण देशले ठूलो जोखिम उठाउनुपर्ने अवस्था आउन सक्छ । केही रिपब्लिकन नेताहरु जसलाई अब पार्टीमा स्थान छैन, जस्तै एडम किन्जिङ्गर, लिज चेनी र मिट रोमनी, जसले आफ्नो पार्टीका नेतालाई कानूनको अधिनमा कायम राख्न र आफ्नो आधारभूत कर्तव्यप्रति जवाफदेही बनाउन प्रयास गर्दथे । त्यस्ता नेताहरू बिना, रिपब्लिकन पार्टीले विश्वमा अमेरिकाको स्थान र यसका समर्थकहरूलाई चोट पु¥याउने निर्णयहरूबाट बच्ने क्षमता पनि गुमाउँछ । उदाहरणका लागि, जोन म्याककेनले ओबामाकेयरलाई पारित गर्ने पक्षमा मतदान गरेका थिए । किनभने उनको पार्टीले त्यसको विकल्प खोजेको थिएन, यदि त्यो पारित नभएको भए लाखौं मानिसहरूले आफ्नो स्वास्थ्य कभरेज गुमाउने थिए ।
असहमति वा आन्तरिक विवाद नभएको पार्टी, जो केवल एक व्यक्तिको इच्छा पूरा गर्न मात्र अस्तित्वमा छ भने, त्यो शासन गर्न नसक्ने पार्टी हो ।
कांग्रेसमा रिपब्लिकनहरूले पहिले नै ट्रम्पको निर्देशनमा सांसदको रूपमा आफ्ना प्राथमिकताहरू अलग गर्ने चाहना (क्षमता) देखाइसकेका छन् । खर्च सम्झौताका बिल र कडा सीमा सुरक्षा उपायहरूका बारेमा रिपब्लिकनहरूले लामो समयदेखि जोड दिंदै आएका छन् र ट्रम्पले यसलाई पार्टी एजेन्डाको शीर्ष स्थानमा राखेका छन् । सदनको झिनो बहुमत भएको र सिनेटमा द्विदलीय सम्झौतामा रिपब्लिकनहरूले यो लक्ष्य हासिल गर्न सक्थे । तर एक पटक ट्रम्पले आफूलाई आफ्नो अभियानको मुख्य मुद्दाको रूपमा आप्रवाशन रोक्न आवश्यक छ भन्दै जोड दिएपछि, सदनमा उनका वफादारहरूले पार्टीले आफ्ना मतदाताहरूलाई उनीहरूले गरेका वाचा पुरा गर्ने मौका गुमाउने कुरामा सुनिश्चित हुन पुगे । सिनेटका अल्पमतका नेता, मिच म्याककोनेल, जसले महिनौंसम्म बिलको लागि दबाब दिइरहेपनि अन्ततः यसलाई त्यागेनन् मात्र कि बिलको विरुद्धमा मतदान नै गरे । दि टाइम्सका शेन गोल्डमाकरको रिपोर्टिङ अनुसार जोनाथन स्वान, म्यागी हेबरम्यानहरु अब ट्रम्पलाई समर्थन गर्ने विचार गरिरहेका छन्, एउटा व्यक्ति जसले उनीहरुससँग तीन वर्षमा एक पटक पनि बोलेका छैनन् । यसैगरी गतहप्ता, म्याकोनेलले घोषणा गरे कि उनले आफ्नो दल नेता(सिनेट) पद छोड्ने छन् । त्यसैगरी, रिपब्लिकन पार्टी युक्रेनलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता र युरोपमा हाम्रा नाटो सहयोगीहरूको सुरक्षामा लामो समयदेखिको प्रतिबद्धतालाई त्याग्न तयार देखिएको छ । जब ट्रम्पले नाटो देशहरूलाई ‘भुक्तान गर्न‘ वा रुसलाई ‘तिनीहरूले जे चाहन्छन्‘ गर्नका लागि प्रोत्साहित गर्ने उनीहरूको धम्कीको सामना गर्ने कुरा गरे, तर पनि धेरै रिपब्लिकन नेताहरूले केही बोल्न सकेनन् ।
रिपब्लिकन पार्टीले लामो समयदेखि विश्वमा अमेरिकाको स्थानका बारेमा व्यापक रूपमा फरक दृष्टिकोण भएका नेताहरूलाई समावेश गरेको छ, र संयुक्त राज्य अमेरिका विदेशी द्वन्द्वहरूमा संलग्न हुनुहुँदैन वा नाटो महत्वहीन छ भन्ने ट्रम्पको विचारसँग धेरै रिपब्लिकन मतदाताहरू सहमत हुन सक्छन् ।
पार्टीले एक पटक प्रतिस्पर्धात्मक विचारहरूलाई स्वागत नगरेपछि, विचारहरू कसरी व्यवहारमा ल्याउने र त्यसका परिणामहरू के हुन सक्छन् भनेर विचार गर्ने क्षमता पनि पार्टीले गुमाउँछ ।
उदाहरणका लागि, ट्रम्पको पहिलो कार्यकालमा, विदेशमन्त्री माइक पोमपियोले अचानक नाटोबाट बाहिर ननिस्कन ट्रम्पलाई मनाउनु परेको थियो । यदि ट्रम्पले दोस्रो कार्यकालमा नाटोबाट अलग हुने प्रयास गर्ने हो भने सिद्धान्ततः कांग्रेसले उनलाई रोक्न सक्छ । डिसेम्बरमा सांसदहरूले कुनै पनि राष्ट्रपतिलाई नाटो छोड्ने निर्णय गर्नु पहिले कङ्ग्रेसको स्वीकृति आवश्यक पर्ने एक उपाय पारित गरिसकेका छन् ।
तर भर्खरै पिटर फेभरले औंल्याएझैं, विदेशी मामिलाहरूमा त्यस्ता अवरोधहरूले आफ्नो नेताको ‘वैचारिक निपुणता‘ लाई पेश गर्ने कुरा पार्टीको लागि कम अर्थ राख्छ (वा अर्थहीन छ) । मार्को रुबियो, त्यही ऐन (कानून) का मस्यौदाकारहरू मध्ये एक हुन्, अब उने नै ट्रम्पका टिप्पणीहरूको बारेमा ‘शून्य बराबर चिन्ता‘ छैन भन्ने कुरामा जोड दिइरहेका छन् । ट्रम्पले आफू निर्वाचित हुनका लागि जे पनि गर्ने र अन्य रिपब्लिकनहरूप्रतिको बदमासीलाई बेवास्ता गर्दै चुनावको दिनसम्म आवज उठाइरहने राजनीतिज्ञहरूको रूपमा यी यस्ता आत्मसमर्पणहरूलाई त्याग्न अमेरिकीहरूलाई कठिन छ । भर्खरैको एउटा सर्वेक्षणले देखाएको छ – ‘दुइतिहाई अमेरिकीहरूले ‘राष्ट्रपतिको चुनावमा एउटै उम्मेदवारहरू देखेर थकित भएका छन् र नयाँ कसैलाई चाहन्छन्‘ । ‘
तर हमेशा तयार भइरहने भन्ने एक आरामदायी कुरा हो, जुन कुनै पनि अमेरिकीले, पार्टीको पर्वाह नगरी, त्यो चुन्न सक्दैन । २०२४ मा ट्रम्प एकदमै फरक रिपब्लिकन पार्टीको उम्मेदवार हुनेछन् – उनलाई नियन्त्रणमा राख्ने जुनसुकै शक्ति सो पार्टीले गुमाएको छ ।
यो अधीनता अपरिहार्य थिएन ।
ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटलमा आक्रमण गर्न उक्साएपछि, विशेषगरी कांग्रेसमा रहेका केही पार्टी नेताहरूले, तिनीहरू ट्रम्पसँग सम्वन्ध तोड्न तयार रहेको बताएका थिए । २०२२ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको निराशाजनक नतिजाले ट्रम्पको समर्थनलाई थप कमजोर बनाइदियो, प्रजातन्त्रप्रतिको उनको प्रतिबद्धताको बारेमा लामो समयदेखि रहेको चिन्तामा उनको राजनीतिक शक्तिका बारेमा अरु बढी शंका थपियो ।
तर ट्रम्पले आफ्नो उम्मेदवारी घोषणा गरेपछि र उनी विरुद्ध धेरै अभियोगहरूले उनको समर्थनलाई झन बलियो बनायो, त्यहाँ उनीविरुद्धको प्रतिरोध हराएको थियो । उनले अब यी मुद्दाहरूलाई आफ्नै राजनीतिक उद्देश्यका लागि आफ्नो कानूनी रक्षाको लागि चन्दा जुटाउने अभियानका रुपमा बदलेका छन् र अदालतमा आफ्नो उपस्थितिलाई कानुनी प्रणालीको सत्यतामा शंका गर्ने अवसरका रुपमा परिणत गरिदिएका छन् ।
अमेरिकी जिल्ला न्यायाधीश तान्या चुटकन, जसले जनवरी ६ संघीय मुद्दाको निरीक्षण गर्दैछिन्, उनले ट्रम्पले साक्षीहरूलाई धम्की दिनबाट रोक्न उनीहरुमाथि ठगी गरिरहेको भन्ने आदेश दिएकी छिन् । उनले भनिन् ‘ट्रम्पका बचाव पक्षका वकिलहरूले गवाहीको विरोध गर्दैनन् ‘जब प्रतिवादीले यस मुद्दासँग सम्बन्धित मामिलाहरूसहित सार्वजनिक रूपमा (ट्रम्पले) व्यक्तिहरूलाई आक्रमण गरेको फेहरिस्त प्रस्तुत गर्छन् ती व्यक्तिहरूलाई ट्रम्पको तर्फबाट धम्की र उत्पीडन गरिन्छ ।‘ तर रिपब्लिकन पार्टीको नेतृत्व भने मौन छ ।
रिपब्लिकन नेशनल कमिटी ट्रम्पका वफादारहरूको नियन्त्रणमा छ, उनकी बुहारी लारा ट्रम्प यसको सह–अध्यक्ष बन्ने लाइनमा छिन्, पार्टी छिट्टै ट्रम्पको आग्रहमा झुक्दै पार्टीले ट्रम्पका मुद्धाका बेलाका खर्चका कानुनी बिलहरू समेत चुक्ता गर्न सक्छ ।
उनको अभियानले गत वर्ष वकिलहरूलाई करिब ५० मिलियन डलर खर्च गरेको थियो, र ती खर्चहरू तिर्नु पर्ने मिति नजिकिँदै आइरहेको छ । एक स्थापित रिपब्लिकन, हेनरी बारबोरले समितिलाई त्यसो गर्नबाट रोक्ने प्रस्तावहरू प्रायोजन गरेका छन्, तर उनले स्वीकार गरिसके कि यस्तो प्रयासले एउटा बिन्दु बनाउनु भन्दा थोरै गर्न सक्छ । ट्रम्पले पार्टीको राज्य–स्तरीय मेसिनरी कव्जमा लिएका छन् । यसले उनलाई रिपब्लिकन प्राइमरी प्रक्रियाका नियमहरू पुनर्लेखन गर्न र उनको पक्षमा काम गर्नेगरी सबै विजेताहरू थप्न समेत अनुमति दिएको छ ।
सामान्यतया राजनीतिक पदाधिकारीहरूलाई दलहरूले दिने फाइदा यही हो । तर यस प्रक्रियामा, उनले केही राज्य पार्टीहरूलाई गुटमा विभाजित गरेका छन्, जसमध्ये केही अब एकअर्कासँग बोलचाल समेत गर्दैनन् । डेमोक्रयाटहरूले रिपब्लिकनहरूबीचको यस्तो असक्षमता र झगडालाई आफ्नो फाइदाको रूपमा देख्न सक्छन् ।
तर यसको मतलब यो पनि हो कि डेमोक्रयाटहरूका लागि, राज्य र स्थानीय जातिहरू पनि नीति वा विचारधाराका आधारमा योग्यताको प्रतिस्पर्धा गर्नुको सट्टा ट्रम्प विरोधको नाममा एक अर्का विरुद्ध उभिन्छन्, उनीहरू ट्रम्पवादप्रतिको आफ्नो वफादारीताको अस्वीकृतिबाहेक अन्य सुसंगत पदहरूमा बिना उम्मेदवारहरू विरोधमा लडिरहेका छन् ।
रिपब्लिकन मतदाताहरूसँग लामो समयको छनोट गर्ने अवसर छैन, उनीहरुको एउटै छनोट छ, त्यो हो जसले आफ्नो पार्टीलाई जे (क्षतविक्षत शायद) गरिसकेको छ, त्यस्तै देशको लागि गर्ने कसैलाई समर्थन गर्ने ।
: न्युयोर्क टाइम्स, मार्च ७, २०२४, सम्पादकीय बोर्ड
(सम्पादकीय बोर्ड, पत्रकारहरूको एउटा समूह हो जसका विचारहरू विशेषज्ञता, अनुसन्धान, बहस र केही लामो समयदेखि चलिरहेका मूल्यहरूद्वारा निर्धारण गरिन्छ । यो न्यूजरूमबाट अलग छ ।)
– अमेरिकामा आगामी नोभेम्वरमा हुने राष्ट्रपतिय निर्वाचनले विश्वभरिको ध्यानाकर्षण गरेको छ । यसै बारेमा टाइम्समा प्रकाशित सम्पादकीय बोर्डको विचार उपयोगी हुने ठानेर त्यसको भावानुवाद यहाँ दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्