ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पुरातात्विक प्रमाण जुटाइँदै


admin
६ फाल्गुन २०७४, आइतबार   ६ : २७   बजे

कपिलवस्तु, ६ फागुन । पुरातत्व विभागले ऐतिहासिक तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले त्यस क्षेत्रमा उत्खनन भइरहेको छ ।

विश्व सम्पदा समितिको सचिवालयमा ती प्रमाणसहितको प्रस्ताव पु-याउनका लागि अहिले उक्त स्थानका प्राचीन महत्वका पुरातात्विक प्रमाण जुटाउन उत्खनन भइरहेको छ ।

प्राचीन समयमा राजा शुद्धोधनको राजाप्रसाद रहेको यस क्षेत्रमा सिद्धार्थ गौतमको बाल्यकाल, युवावस्था गरी २९ वर्ष जीवन व्यतित गरेको स्थान हो । सिद्धार्थले बुद्धत्व प्राप्तका लागि ज्ञानको खोजी गर्न दरबारको पूर्वी क्षेत्रबाट बाहिरिएको भनाइ छ । सो ठाउँको ऐतिहासिक महत्व रहेपनि उचित व्यवस्थापन तथा संरक्षणको अभावमा प्रचारप्रसार हुन नसक्दा अहिले ओझेलमा परेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले उत्खननबाट कतिपय बलिया प्रमाण प्राप्त भएको भए पनि उचित समयअगावै त्यसलाई सार्वजनिक नगर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रियरुपमा बस्ने बैठकले तिलौराकोटको प्राचीन कपिलवस्तु राज्यको राजधानीका रुपमा रहेको र त्यहाँ बुद्धकालीन समय अगाडि नै बलियो मानव सभ्यताको विकासक्रम रहेका विभिन्न अनुसन्धानबाट प्राप्त भएका तथ्यका आधारमा विश्व सम्पदा सूचीमा राख्नका लागि अनुमोदन गर्ने सम्भावना छ ।

बेलायतको दुरहाम विश्वविद्यालय, लुम्बिनी विकास कोषले समेत उक्त कार्यक्रममा महत्वपूर्ण सहयोगका साथै सहभागिता जनाएका छन् । युनेस्को जापानिज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा करिब तीन वर्षदेखि त्यस क्षेत्रमा उत्खनन कार्य भइरहेको छ । अबका एक सातामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले पुरातात्विक उत्खनन सम्पन्न गर्नेछन् ।

उक्त क्षेत्रलाई महत्वपूर्ण सम्पदास्थलका रुपमा स्थापित गराउन त्यस कार्यमा सहभागी भएका विभिन्न मुलुकका विज्ञको समन्वय, सहकार्य तथा दिनहुँ उपलब्धिका बारे छलफल गर्ने गरेका छन् । बंगलादेशस्थित युनिभर्सिटी अफ लिबरल आर्टसका प्राध्यापक डा शहनज हुस्ने जाहनले विश्व परिवेशमा कपिलवस्तुको प्राचीन सभ्यता अगाडि ल्याउनका लागि उत्खनन कार्य महत्वपूर्ण रहेको बताउनुहुन्छ ।

मानवरहित ड्रोनबाट तस्वीर लिने र जमिनको अवस्था विभिन्न सामग्रीको वैज्ञानिक अनुसन्धानपछि नयाँ सूचना तथा तथ्य बाहिर आएको हो । इशापूर्व आठौँ शताब्दीमा सुसंस्कृतिले सम्पन्न मानवबस्ती भएको तथ्य फेला परेको छ ।

पाकिस्तानको पुरातत्व विभाग र संग्रहालयका निर्देशक डा अब्दुल आजिमले दक्षिण एसियामा नै त्यहाँको संस्कृति प्राचीन समयदेखि उत्कृष्ट रहेको उत्खननबाट पाइएका प्रमाणबाट बुझ्न सकिने बताउँदै त्यस क्षेत्रको संरक्षण र व्यवस्थापनको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले पाकिस्तानमा इस्लाम धर्म अगाडि बुद्ध दर्शनको राम्रो प्रभाव रहेको जानकारी दिनुभयो । बौद्ध साहित्यमा बुद्धको जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, प्रथम धर्म चक्र प्रवद्र्धन गरेको स्थान सारनाथ र शरीर त्याग गरेको कुशीनगरलाई धर्मावलम्बी चार पवित्र तीर्थस्थलका रुपमा मानेका छन् । ती स्थलमध्ये तिलौराकोट नरहेकाले पनि यसले त्यति चर्चा र महत्व पाउन नसकेका कारण ओझलमा परेको पुरातत्वविद् कोशप्रसाद आचार्यले विचार व्यक्त गर्नुभयो ।

उक्त स्थानको चर्चा नभएको र त्यस वरपर क्षेत्रमा भौतिक पूर्वाधारको राम्रो विकास नभएको भएर पनि पर्यटक लुम्बिनी आउने र त्यहीबाट फर्कने गरेको पाइन्छ । त्यसैगरी स्थानीय कुदान, निगलिहवा, सिसहनिया, दोहनी, सगरहवा क्षेत्रमा समेत उक्त टोलीले सर्भे गरिसकेको छ ।

यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा पनि अनुसन्धान गरी प्राचीन लुम्बिनी ग्रामको नयाँ इतिहास बाहिर ल्याउनुका साथसाथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको थियो । कपिलवस्तु संस्कृतिक हिसाबले धनी छ । पुरातात्विक हिसाबले पनि यो उत्तिकै महत्वपूर्ण छ । नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विक स्थल यही जिल्लाबाट प्राप्त भएका छन् ।

मुलुकको ठूलो पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने सम्भावना भएको त्यस क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गरी देशको अर्थतन्त्रमा योगदान पु-याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu