ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिरासतमा राख्ने अनुमतिका लागि महरालाई अदालत लगियो


एबीसी न्यूज
५ चैत्र २०८०, सोमबार   ४ : ४४   बजे

काठमाडौं ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन काठमाडौँ जिल्ला अदालत लगिएको छ।

अदालतको ३२ नं। इजलासमा उनलाई प्रस्तुत गरिँदै छ। न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा हिरासतमा राख्ने अनुमतिका लागि सरकारी वकिलले प्रस्तुत गर्न लागेका हुन्।

कुनै पनि आरोपीलाई पक्राउ गरेपछि २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ।

 

महरालाई तस्करीको १४ किलो सुन प्रकरणमा जोडिएपछि पक्राउ गरिएको हो।

पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले सुन तस्करी प्रहरणमा उच्च राजनीतिक नेतृत्व पनि जोडिएको प्रतिवेदन दिएसँगै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरी निगरानी थिए।

यसबीचमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न उच्च सुरक्षाअधिकारीहरूलाई आइतबार निर्देशन दिए।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई गृहमन्त्रालयमै राखेर उनले उक्त प्रतिवेदन कार्यान्वयन अघि बढाउन भनेका थिए।

गृहमन्त्री लामिछानेको निर्देशनसँगै सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले पनि उक्त आयोगको प्रतिवेदन बुझिसकेका थिए।

प्रतिवेदन हात परेसँगै सीआईबीले महरालाई निगरानीमा राखेको थियो।

प्रहरीको निगरानीमै रहेका बेला महरा उपत्यकाबाट बाहिरिए। उनी स्थलमार्ग हुँदै नवलपुरको बर्दघाट पुगेको अवस्थामा प्रहरीले पछ्याउन थालेको थियो।

प्रहरीका एक उच्च अधिकारीका अनुसार महरा भारततिर भाग्ने योजनासहित काठमाडौंबाट बाहिरिएका थिए। यद्यपि महराले कपिलवस्तुबाट पक्राउ गरिँदा आफू रोल्पामा हुन लागेको कार्यक्रममा जान हिँडेको जवाफ दिएका थिए।

बर्दघाबाट पछ्याएको प्रहरीले उनलाई आइतबार साँझ नै बुटवल आसपासबाट पक्राउ तयारी गरेको थियो। तर उनी त्यहाँबाट अघि बढेका महरालाई सोमबार बिहान खाना खान तयारी अवस्थामा रहेको अवस्थमा प्रहरीले पक्राउ गर्‍यो।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो।

त्यसैगरी इलेक्ट्रिक चुरोट ९भेप० मा हालेर ल्याएको १४ किलो सुन तस्करी प्रकणमा पनि माओवादीका उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ।

तस्करीमा जोडिएकाहरूसँग महराको सम्पर्क देखिए पनि यसअघि सीआईबीले प्रतिवादी बनाएको थिएन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu