उनीहरूले दावी गरेको सेन्सरशिपले चुनावी झूटहरूको अनलाइन फिल्टर गर्ने प्रयासलाई सफलतापूर्वक रोकेको छ
जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दङ्गाको परिप्रेक्ष्यमा, शान्तिपूर्णरूपले वाशिंगटनमा शक्ति हस्तान्तरण गर्ने कार्यक्रमामथि आक्रमण गर्ने झूटहरूको प्रहारलाई रोक्नकै लागि ग्राउन्डवेल बनाइएको छ । ।
सोसल मिडिया कम्पनीहरूले तत्कालीन राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र उनका धेरै सहयोगीहरूलाई प्लेटफर्मबाट निलम्बन गरेका थिए, निलम्वनमा पर्नेहरु ट्रम्पको पराजयका बारेमा गलत सूचना फैलाएर चुनावलाई उल्टाउने प्रयासलाई बढावा दिइरहेकाहरु थिए । बाइडेन प्रशासन, कांग्रेसका डेमोक्र्याटहरू र केही रिपब्लिकनहरूले पनि त्यतिबेला सोसल मिडिया कम्पनीहरूलाई जवाफदेही बनाउन कोशिश गरेका थिए । शैक्षिक अनुसन्धानकर्ताहरू झूटा पोष्टहरू अनुगमन गर्ने प्रयासहरूलाई कसरी बलियो बनाउने भनेर संघर्षरत रहंदै आएका छन् ।
अहिलको चुनावी अभियानका क्रममा ट्रम्प र उनका सहयोगीहरूले प्रतिआक्रामक कदम चालेका छन्, उनीहरूले रूढीवादीहरूलाई सेन्सर गर्ने खतरनाक प्रयासको रूपमा हेरेका कुराहरूलाई रोक्नको लागि एक समन्वित प्रयास थालेका छन् ।
उनीहरु निर्विवाद रुपमा विजयी भएका छन् ।
अदालतमा, कांग्रेसमा र इन्टरनेटको डरलाग्दो परिधिमा, त्यो प्रयासले सोसल मिडिया युगमा चुनावलाई गलत सूचनाबाट जोगाउने प्रयासलाई बेवास्ता गरेको छ । यसले ट¥याप गरेपछि आलोचकहरू भन्छन्, ट्विस्ट गरियो – स्वतन्त्र अभिव्यक्ति र नियोजित सामग्रीमा सरकारको भूमिकाका बारेमा डरलाग्दो बहस भइरहेको छ ।
कुनै समय द्विदलीय भएका परियोजनाहरू, जसमा ट्रम्प प्रशासनले सुरु गरेको थियो, चुनावमा धाँधली गर्ने गहिरो राज्य (डिप स्टेट) षड्यन्त्रको रूपमा पुनः प्रस्तुत गरिएको छ । कानुनी र राजनीतिक प्रहारको सामना गर्दै, बाइडेन प्रशासनले धेरै हदसम्म त्स्ता नीतिहरु (चालहरु) त्यागेको छ, जो राजनीतिक भाषणलाई दबाउन प्रयोग हुँदै आएको थिए ।
धेरै जसो अमेरिकीहरूले थोरै ध्यान दिएको भएपनि, यी प्रयासले ट्रम्पको राष्ट्रपतिको पद पुनः कब्जा गर्ने प्रयासको बाटोलाई अलिक अप्ठेयारो पार्न भने मद्धत गरेको छ । २०२० को चुनावको बारेमा झूटा कुराहरूका साथ आफ्नो पुनरागमनलाई प्रोत्साहन दिँदै र ट्रम्पलाई सहयोग पुग्नेगरी, चुनावको बारेमा गलत जानकारी भएका समाचार फिडहरू मार्फत् फेरि पनि भ्रम फैलाइंदै आइएको छ।
ट्रम्पले आफ्नो २०२४ को चुनावी अभियानको सुरुवात गर्दै चिच्याएका छन्ः ‘सेन्सरशिप कार्टेललाई ध्वस्त पार्नुपर्छ र नष्टै गरिनुपर्छ, र यो तत्कालै हुनुपर्दछ‘। काउन्टर अफेन्सिभको नेतृत्व ट्रम्पका पूर्वसहयोगीहरू र तिनका पनि सहयोगीहरूले गरेका थिए, जसले २०२० को चुनावलाई उल्टाउन पनि जोड दिएका थिए । तिनीहरू स्टीफन मिलर, जो ह्वाइट हाउस नीतिका सल्लाहकार रहेका थिए, उनीसहित मिसौरी र लुइजियानाका महान्यायाधिवक्ताहरू, दुवै रिपब्लिकन र कांग्रेसका सांसदहरू जस्तै प्रतिनिधि जिम जोर्डन, ओहायोका रिपब्लिकन जसले गत वर्षदेखि ‘सरकारको सशस्त्रीकरण‘ गरेको भन्दै अनुसन्धान गर्न सदन उपसमितिको नेतृत्व सकेच गरेका छन्,यिनीहरु रहेका छन् ।
यसमा संलग्नहरूले २०२० मा मतदानको बारेका झूटलाई प्रवर्धन गर्ने समूहहरूलाई समर्थन गरेका रूढिवादी चन्दा दाताहरूबाट आर्थिक सहयोग लिन्छन् । उनीहरूले ट्विटर किनेका अरबपति एलोन मस्क लगायतका पात्रहरूको एक्लेक्टिककास्टसँग काम गरेका छन् र यसलाई उनीहरुको आफ्नैखाले अभिव्यक्ति स्वतन्त्रताको किल्ला बनाउने वाचा गरेका छन् । र माइक बेन्ज, एक पूर्व ट्रम्प प्रशासनका अधिकारी, जसले पहिले सोसल मिडिया एकाउन्टको लागि सामग्री उत्पादन गर्दथे जस्तो – ‘गोरा जातीय विस्थापन‘ नामका सामाग्रीहरु पोस्टहरूहरुलाई विक्री–वितरण गर्दथे । (अझै भर्खरै, बेन्जले टेलर स्विफ्ट, पेन्टागनको लागि ‘मनोवैज्ञानिक अपरेशन‘ अस्त्र हुन् भन्ने गलत दाबीको सिर्जना गरेका थिए ।)
धाँधली भएको मतदान मेसिन र मतपत्रले भरिएका मतपेटिकाबारे ट्रम्पको पोस्ट भाइरल भएको तीन वर्ष पछि, बेन्ज र उनका सहयोगीहरूले अनलाइन सम्पत्तिको आश्चर्यजनक रुपले उल्टो फाइदा प्राप्त गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्महरूले चुनावको बारेमा झूटो सूचना फैलाउने बिरूद्ध थाहा पाएर पनि कमै मात्रमा परीक्षण गर्दछन् ।
’विकृत सूचनाको फैलावटबाट लाभ उठाउने मानिसहरूले, त्यसबारे अनुसन्धान गर्ने र छानविन गर्न खोज्ने धेरै मानिसहरूलाई प्रभावकारी रूपमा मौन बनाउन सफल भएका छन्,’ वाशिंगटन विश्वविद्यालयका प्राध्यापक केट स्टारबर्डले भन्छन् । उनलाई सोसल मिडिया विकृतिसम्बन्धी अनुसन्धान गर्दा उनको प्रयासलाई समेत ती गलत सूचना प्रसारकहरुले निशाना बनाएका थिए ।
यसले अमेरिकी लोकतन्त्रलाई विदेशी हस्तक्षेपबाट जोगाउने उद्देश्यले ट्रम्पको प्रशासनमा सुरु भएको गलत प्रणालीलाई रोक्ने लक्ष्य लिएको थियो । ती प्रणालीहरू गलत जानकारीको घरेलु स्रोतहरूलाई सम्बोधन गर्न विकसित भएपछि, संघीय अधिकारीहरू र निजी अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जाल कम्पनीहरूलाई हानिकारक सामग्री विरुद्ध उनीहरुले पनि सोही अनुसारका नीतिहरू लागू गर्न आग्रह गर्न थालेका थिए ।
त्यो कामले इन्टरनेट युगको सबैभन्दा महत्वपूर्ण पहिलो संशोधन मामिलाहरू निम्त्याएको छ, जसले गर्दा सर्वोच्च अदालतमा बहस गर्न सकिन्छ । मिसौरी र लुइजियानाका महान्यायाधिवक्ताले दायर गरेको त्यो मुद्दामा संघीय अधिकारीहरूले सरकारलाई आलोचनात्मक सामग्री सेन्सर गर्न प्लेटफर्महरूसँग मिलेर काम गरेको वा जबरजस्ती गरेको आरोप लगाइएको छ । अदालतको निर्णयले, अनलाइन सामग्री अनुगमनमा सरकारको भूमिका घटाउन सक्छ, जुन अपेक्षित छ ।
यस्ता तर्कहरूले आधुनिक अमेरिकी राजनीतिक जीवनमा एक अस्थिर प्रश्नको केन्द्रबिन्दुमा प्रहार गर्दछः असीमित अनलाइन सञ्चारको संसारमा, यस्तो परिवेशमा जो कोही पनि अप्रमाणित र गलत जानकारीको साथ ठूलो संख्याका मानिसहरूसम्म पुग्नसक्छ, लोकतन्त्रको रक्षा र प्रहारबीचको रेखा कहाँ छ ? अभिव्यक्ति स्वतन्त्रताको अधिकार के हो ?भन्ने गम्भीर प्रशन उठाएको छ ।
अदालतको नियम अघिनै, बाइडेन प्रशासन र निजी अनुसन्धानकर्ताहरू, जसले विकृत जानकारीको निगरानी गर्दथे, उनीहरुलाई ट्रम्पका सहयोगीहरूले त्यस्ता सञ्जाललाई प्यारालाइज्ड गर्न सफल भइसकेका छन् ।
होमल्याण्ड सेक्युरिटी विभाग र स्टेट विभागका अधिकारीहरूले विदेशी विकृतिहरूको अनुगमन गर्ने काम जारी राख्छन्, तर पनि सरकारले संयुक्त राज्यमा उत्पत्ति हुने पोष्टहरूलाई सम्बोधन गर्न सोशल मिडिया प्लेटफर्महरूसँगको सबै सहयोग निलम्बन गरेको छ ।
’यी सबैमा एउटा चिसो प्रभाव छ,’ नीना जानकोविचले भनेकी छन्, ’कोही पनि यसमा फस्न चाहँदैनन् ।’ जानकोविच शोधकर्ताहुन्, जसले २०२२ मा छोटो अवधिको डीएचएस नामक गलत सूचना अनुसन्धान गर्ने समितिको सल्लाहकार बोर्डको कार्यकारी निर्देशकको रूपमा काम गरेकी थिइन् ।
’व्याख्यात्मक युद्धु लड्दै’
ट्रम्प महोदयको लागि, उतिबेला सामाजिक सञ्जालबाट निष्कासन गर्ने काम कमजोर थियो । उनका पोष्टहरू उनको राजनीतिक सफलताको केन्द्रबिन्दु थिए, जसरी उनका सन्देशहरूलाई खुसी पार्ने अनुयायीहरूको सेना थियो र उनी पराजित भएपछि पनि पदमा रहिरहने दुष्प्रयासको पछि लागिरहेका थिए ।
’हामीले टिकटक प्रयोग गर्नुपर्छ !! ’मृत मतदाता र भोट चोर्ने सफ्टवेयरको बारेमा गलत सन्देशहरू प्रवर्धन गर्न सामाजिक सञ्जाल प्रयोग गर्ने रणनीतिको सन्दर्भ दिएको भन्दै गर्दै ट्रम्प महोदयका प्रमुख वकिल रुडोल्फ डब्लु ज्युलियानीको लागि तयार गरिएको मेमो हेरौं त । ’यस्ता सामग्री यहाँ कुनै अन्य प्लेटफर्म जस्तै भाइरल हुन्छ !!!!! र त्यहाँ लाखौं ट्रम्प समर्थकहरू छन् ! ”
जनवरी ६ मा हिंसा भड्केपछि, ट्रम्पका सहयोगीहरूले ’ट्रम्प इतिहासको व्याख्यात्मक लडाई कसरी जित्ने‘ भन्नेमामा काम गर्न थालेका थिए । किनकि तिनीहरूमध्येका एकजना, भिन्सेन्ट हेलीले सदन अनुसन्धानको अभिलेखमा फेला परेको र पहिले रिपोर्ट नगरिएको सन्देशमा भनेका थिए । उनले अझै थपे ‘जनवरी ६ को आक्रमण । त्यो महत्वपूर्ण हुनेछ ’ २०२२ र २०२४ मा सफलताको लागि,’।
एकपटक अफिसबाट बाहिरिएपछि, ट्रम्प महासयले आफ्नै सामाजिक प्लेटफर्म, बनाए, र उनका सहयोगीहरूले ट्रम्पको एजेन्डालाई अगाडि बढाउन र उनको पुनरागमनको लागि तयारी गर्न नयाँ संगठनहरूको नेटवर्क सिर्जना गरिहाले ।
मिलर महासय, ट्रम्प महोदयका एक मुख्य नीति सल्लाहकार हुन्, जो अमेरिका फस्र्ट नामक पहिलो कानूनी र एक गैर–नाफामुखी संस्थाको स्थापना गरे । जसको मिशन–कथन नै यस्तो रहेको छः ’भ्रष्ट विशेष हितहरू, ठूला टेक टाइटनहरू, नक्कली समाचार मिडिया र उदार वाशिंगटनका राजनीतिज्ञहरूको अपवित्र गठबन्धन ।’
उनले सन् २०२० मा ’मतदाता जालसाजी‘ षड्यन्त्रलाई धकेल्ने समूहहरूको लहरलाई आर्थिक प्रवर्धन गर्ने ब्राडली इम्प्याक्ट कोषबाट २७ मिलियन डलरको सहयोगको साहारामा आकर्षित गर्दै, कन्जरभेटिभ दाताहरूबाट थप फन्ड उठाएका थिए । अर्को गैर–नाफामुखी सयन्त्र कन्जरभेटिभ पार्टनरसिप इन्स्टिच्युटबाट १.३ मिलियन डलर पाएका थिए । यो ट्रम्प आन्दोलनको गैर–नाफामुखी तंत्रिका केन्द्र (नर्भ) मानिन्छ ।
यिनीहरुको मुख्य निशाना सोसल मिडियामा रूढिवादीहरू विरुद्ध पूर्वाग्रहको रूपमा बुझेको कुरा पर्दछन् । ’जब तपाईले मानिसहरूलाई ट्विटर, फेसबुक र अन्य प्लेटफर्महरूबाट प्रतिबन्धित गरिएको देख्नुहुन्छ,’ उनले जनवरी २०२१ मा भने, ’तपाईंले अमेरिकामा स्वतन्त्रता र स्वतन्त्रताको अवधारणाको आधारभूत क्षय देख्नुहुन्छ ।’
बाइडेनप्रशासन अर्को दिशामा गइरहेको थियो । उनको कार्यालयले गलत सूचना अनलाइनका बिरूद्ध कडा नीति अपनाउन दृढ संकल्प लिएका थिए । किनभने यो कोरोनाभाइरस महामारीलाई नियन्त्रणमा ल्याउन अवरोधको रूपमा देखिन्थ्यो । डीएचएस अधिकारीहरूले चुनावी झूटको बिरूद्ध प्रतिरक्षा प्रणाली बढाउने कुरामा ध्यान केन्द्रित गरेका थिए, जुन कुरा स्पष्टरूपमा जनवरी ६ भन्दा अगाडि असफल भएको थियो ।
एक सन्दर्भमा, यो स्पष्ट कटौती थियो । त्यो सार्वजनिक स्वास्थ्यको मामिला भन्दा बढी महत्वपूर्ण थियो । कहाँ, कहिले र कसरी मतदान गर्ने वा जानाजानी सार्वजनिक भ्रम छर्ने वा डर देखाएर मतदानलाई दबाउने भन्ने बारेमा गलत जानकारी दिनेहरु विरूद्ध गरिएको लामो समयदेखिको विशेष कानुनी सुरक्षाका रुपमा रहेको छ, यो ।
सोशल मिडियाले करोडौं मतदातालाई एन्टिडेमोक्रेटिक रणनीतिका लागि शक्तिशाली नयाँ मार्गहरू उपलव्ध गराएको थियो । तर टेलिभिजन, रेडियो र समाचारपत्रहरूको लागि थोरै नियामक र कानुनी सीमाहरू थिए ।
समस्याहरू पनि स्पष्ट थिएः २०२०को चुनावी अभियानको दौरानमा प्लेटफर्महरू हन्टर बाइडेनको ल्यापटपको बारेमा न्यूयोर्क पोस्टमा लेख हाल्न हतार गरिरहेका थिए । यो रूसी हस्तक्षेपसँग जोडिएको हुनसक्छ भनेर भ्रम छर्ने कामका लागि प्रयोग गर्दै थिए । कन्जर्भेटिभहरूले यसलाई बाइडेनको बढोत्तरीलाई झुकाउने गतिलो मौकाका रूपमा देखेका थिए ।
प्रशासन अधिकारीहरूले भनेका छन्ः तिनीहरूले पहिलो संशोधन र सोशल मिडियाको बढ्दो शक्ति बीचको जनमतमा एक नाजुक सन्तुलन खोज्दै थिए ।
“हामी महत्वपूर्ण पूर्वाधारको व्यवसायमा छौं, र सबैभन्दा महत्वपूर्ण पूर्वाधार हाम्रो संज्ञानात्मक पूर्वाधार हो” साइबरसुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सीका निर्देशक जेन इस्टरलीले भनेका छन् । गलत जानकारी र डिसइन्फर्मेसनको लागि त्यो लचिलोपनाको निर्माण, मलाई लाग्छ, अविश्वसनीय रूपमा महत्वपूर्ण छ ।” जेन इस्टरी राष्ट्रिय मतदान प्रणालीको सुरक्षा हेर्ने जिम्मेवार अधिकारी पनि हुन् ।
२०२२ को शुरुमा, डीएचएस (डिसइन्फर्मेसन गभर्नेन्स बोर्ड) ले यसको जबापमा कठिन समस्या भएको बताएको थियो । बोर्डले एक सल्लाहकार निकायको रूपमा काम गर्दछ र विभागको अफसरशाहीमा एन्टी–डिस्इन्फर्मेसन प्रयासहरू समन्वय गर्न मद्दत गर्दछ, अधिकारीहरूले भनेका थिए । यसको निर्देशक सुश्री जानकोविच थिइन्, जो रूसी डिस्इन्फर्मेसनको विशेषज्ञका रुपमा कार्यरत थिइन् ।
यो घोषणाले एकप्रकारको राजनैतिक आगो दन्काएजस्तो भयो, बोर्डलाई सञ्चालन गर्न थालेको एक हप्ता पनि नहुँदै यो म¥र्यो । त्यतिबेला दुवैथरी उदारवादी र रूढिवादीहरूले यसको पहुँच र दुरुपयोगको सम्भावनाको बारेमा प्रश्न उठाएका थिए । क्रोधको पारो दक्षिणपन्थीहरुतिर सबैभन्दा चर्को थियो । मिलर महोदयले, फक्स न्यूजमा बोल्दै चर्को स्वरमा यसलाई ‘डिस्टोपियन साइ–फाई उपन्यासबाट बाहिरको कुरा‘ भन्दै दुत्कारेका थिए ।
सुश्री जानकोविचले भनिन्ः त्यस्ता आक्रमणहरू विकृत थिए, तर त्यो घोषणाले बदमासहरुको स्नायुमा चोट पु¥याएको थियो । ‘मलाई लाग्छ कुनै पनि अमेरिकी, जब तपाईले सुन्नुहुन्छ, ’ओहो !, प्रशासनले, ह्वाइट हाउसले अमेरिकीहरूलाई सेन्सर गर्न केही तयारी गर्दैछ‘ । यदि यसको पछाडि कुनै प्रमाण छैन भने पनि, तपाइँको कान साँच्चै ठाडो हुन सक्छ’ उनले थपिन् ।
ट्रम्प महासय र उनको टोलीले २०२० को चुनावमा भोटिङको बारेमा झूट फैलाउन सोशल मिडियालाई आक्रामक रूपमा प्रयोग गर्यो । उनका समर्थकहरू उनको पछिपछि दौडे । रकम !!! भिक्टर जे ब्लू न्यूयोर्क टाइम्सका लागि कानुनी जबाफ दिने कामका लागि रकम लिनेहरूमध्ये मिसौरीका तत्कालीन महान्यायाधिवक्ता एरिक स्मिट पनि थिए ।
उनी र अन्य महान्यायाधिवक्ताहरू आफ्नो पराजयलाई उल्टाउनका लागि ट्रम्प महोदयको कानुनी अभियानका बलिया हिस्सेदार थिए । अहिले, तिनीहरूले गलत सूचनाको बिरूद्ध लडाई रोक्न कानूनी फायरपावर उधारो दिनेछन् ।
मे २०२२ मा, तत्कालीन लुइजियानाका महान्यायाधिवक्ता स्मिट, जेफ ल्यान्ड्री र अहिलेका गभर्नरले संक्रामक रोगहरू सम्वन्धी राष्ट्रिय मुख्य विशेषज्ञ डा एन्थोनी एस( फौसीलगायत दर्जनौं संघीय अधिकारीहरूमाथि मुद्दा हालेका थिए । उनीहरुलाई (फौसी लगायतलाई) धेरै रुढिवादीहरुले खलनायकीकरण गरेका थिए ।
मुद्दा उठ्यो, जहाँ अरू असफल भए । ट्रम्प र अरूले फेसबुक र ट्विटरका विरुद्धमा मुद्दा हालेका थिए, तर ती चुनौतीहरू काम लागेनन् । किनभने अदालतहरूले प्रभावकारी रूपमा निर्णय गरे कि कम्पनीहरूलाई उनीहरूको साइटहरूमा सामग्री प्रतिबन्ध गर्ने अधिकार छ । मिसौरी बनाम बाइडेनका नामले चिनिने मुद्धामा – कम्पनीहरूले प्रयोगकर्ताहरूलाई मात्र प्रतिबन्ध लगाएका थिएनन्’ उनीहरूलाई सरकारी अधिकारीहरूले त्यसो गर्न बाध्य पारिरहेका थिए भन्ने फैसला गरेको थियो ।
महान्यायाधिवक्ताले लुइजियानाको पश्चिमी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जहाँ बाइडेन प्रशासनका नीतिहरूलाई रोक्न ट्रम्पले नियुक्त गरेका न्यायाधीश टेरी ए. डोटीको इजलामा मुद्धा परेको थियो । न्यायधिशहरुले आफ्नो प्रतिष्ठा निर्माण गर्ने अवसरका रुपमा त्यसलाई लिए ।
२०२२ मा अमेरिकी सिनेटमा निर्वाचित स्मिटले उदारवादी झुकाव राख्ने फेडरल अदालतको उल्लेख गर्दै टिप्पणी गरेका थिएः ’सोसल मिडिया कम्पनीहरू विरुद्धका यी धेरै मुद्दाहरू क्यालिफोर्नियाको उत्तरी जिल्लाको चिहानमा मात्र मरिरहेका थिए’ । सान फ्रान्सिस्को । ’र हाम्रो दृष्टिकोण अलि फरक थियो । पछि हामी सीधै सरकारमा गयौं ।”
मुद्दालाई विज्ञहरूद्वारा लामो दौड मानिएको थियो, उनीहरुको धारणा थियो – सरकारी अधिकारीहरूले आदेश जारी गर्नुहुँदैन, तर प्लेटफर्महरूलाई उनीहरूको आफ्नै नीतिहरू लागू गर्न आग्रह गर्नुपर्दछ । त्यसो गर्ने जिम्मेवारी कम्पनीहरूलाई नै छोडियो, तर प्रायः कसैले पनि त्यस्तो स्वनियमनको केही पनि काम गरेनन् ।
मुद्दाको लागि पेश गरिएका कागजातहरूले सरकारी अधिकारीहरू र प्लेटफर्महरूबीचको व्यापक अन्तरक्रियालाई देखाएको छ । इमेल र टेक्स्ट सन्देशहरूमा, दुबै पक्षका मानिसहरू वैकल्पिक रूपमा सहयोगी र टकरावमा उत्रिएका पक्षहरुका रुपमा खडा भएका थिए । प्लेटफर्महरूले सामग्रीको बारेमा प्रशासनको गुनासोहरूलाई गम्भीरताका साथ लिएका थिए । तर एकै समयमा, उनीहरूले ती कुराहरु भ्रामक वा गलत थियो भनेका थिए, तर तिनीहरूले आँखा चिम्लेर आफ्नै बचनको पनि पालना गरेनन् । प्लेटफर्महरु गलत सूचना प्रवाहमा अघि बढिरहे ।
बाइडेन कार्याकालको तेस्रो दिनमा नै, ट्विटरमा रोबर्ट एफ केनेडी जुनियरको पोस्ट मेन्सन गर्दै बेसबल लिजेन्ड ह्याङ्क आरोनको मृत्यु कोभिड–१९को भ्यासिनका कारण भएको हो भनेर झूटो कुरा भएको बताए । एकजना ह्वाइट हाउस सहयोगी, क्लार्क हम्फ्रेले प्लेटफर्मका एक कार्यकारीलाई ‘जति सक्दो चाँडो‘ सो पोष्ट हटाउने प्रक्रिया सुरु गर्न भनेकी थिइन् ।
पुनः बहस चर्कंदैछ
अगस्ट २०२२ मा, फाउन्डेसन फर फ्रिडम अनलाइन नामक एक संस्थाले आफ्नो वेबसाइटमा लेखेको थियो “डिपार्टमेन्ट अफ होमल्याण्ड सेन्सरशिप ः हाउ डीएचएस सिज्ड पावर अनलाइन स्पिच ।‘
समूहका संस्थापक, माइक बेन्ज नामका एक अल्पपरिचत पूर्वव्हाइट हाउस अधिकारीले संघीय अधिकारीहरूले कसरी ’इन्टरनेटको सामूहिक सेन्सरशिप समन्वय‘ गरिरहेका थिए भन्ने कुराको प्रत्यक्ष ज्ञान भएको दाबी गरेका थिए ।
मिस्टर बेन्जको सिद्धान्तको केन्द्रविन्दु २०२० को ग्रीष्ममा त्यस वर्षको चुनावको बारेमा गलत जानकारी विरुद्ध लड्न सरकारी प्रयासहरूका विरुद्ध पूरकका रुपमा प्रतिरोध गर्न बनाइएको इलेक्सन इन्टिग्रिटि पाटर्नरशीप नामक एउटा समूह थियो ।
यो विचार आइएस भनेर चिनिने साइबरसेक्युरिटी र इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी नामक कलेज इन्टर्नहरूको समूहबाट बनाइएको संस्थाबाट आएको थियो । विद्यार्थीहरूको सुझाव थियो – अनुसन्धान संस्थाहरूले प्लेटफर्मका मापदण्डहरू उल्लङ्घन गर्नसक्ने पोस्टहरू ट¥याक गर्ने र मेन्सन गर्न मद्दत गर्न सक्छन्, ती जानकारीलाई एजेन्सी, राज्य र स्थानीय सरकारहरू र प्लेटफर्महरूका लागि खुला पोर्टलमा राखिनु पर्दछ ।
अन्ततः यस परियोजनामा स्ट्यानफोर्ड विश्वविद्यालय, वाशिङ्गटन विश्वविद्यालय, नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलन, एट्लान्टिक काउन्सिलको डिजिटल फोरेन्सिक रिसर्च ल्याब र सोसल मिडिया एनालिटिक्स फर्म ग्राफिका समावेश थिए । यसमा १२० जना विश्लेषकहरू यसको शिखरमा थिए, जसमध्ये केही कलेजका विद्यार्थीहरू समेत समावेश थिए ।
त्यसमा यो सस्थाले सफलता मानेको कुरामा, जसमा स्पटिङ — र रोक्न मद्दत — मतदान कार्यकर्ताले एरी र पामा ट्रम्पको मतपत्र जलाउँदै गरेको झूटो दाबीको फैलावट रहेको थियो । यद्यपि, दृष्टिकोण गलत हुनसक्छ ।
तथापि बेन्जको भनाइमा, सरकारले निजी सैन्य ठेकेदार ‘ब्ल्याकवाटर‘लाई युद्धका लागि आउटसोर्सिङ गरेजस्तै पहिलो संशोधनको वरिपरिको समयमा उनीहरुले साझेदारी गरिरहेका थिए ।
बेन्जको फाउन्डेसनले केही समयको लागि आफूलाई ’सक्षमीकरण निरीक्षण’ को परियोजनाको रूपमा विज्ञापन ग¥यो, रिपब्लिकनले पूर्व सिनेटरहरुको एक समूहले ’व्हिसल–ब्लोअर’ अनुसन्धानहरू समर्थन गर्न यस्तो संस्थाको सिर्जना गरेका थिए ।
पहिले बेन्जले दोहोराखालको जीवन बिताएका थिए । उनी दिउँसो न्यूयोर्कमा कर्पोरेट वकिलका रुपमा काम गर्दथे । आफ्नो ‘अफ–अवर‘मा, उनले सोसल मिडिया अभतार, फ्रेम गेम रेडियोअन्तर्गत अनलाइनका सामाग्री उत्पादन गर्ने काम गर्दथे । जुन अनलाइनले ’स्वतन्त्र अभिव्यक्ति विरुद्धको पूर्ण युद्ध’ विरुद्ध आवाज उठाउने अभियान चलाएको थियो, जहाँ जातिवादी र विरोधी पोस्टहरू उत्पादन गरिन्थ्यो ।
फ्रेम गेमले आफूलाई ’पश्चिमी चाउभिनिस्ट’ समूह द प्राउड ब्वाइजको एकपटकको सदस्य र यहूदीको रूपमा आफ्ना भिडियो र अन्य पोष्टहरूबाट चिनाएको थियो । जब उसलाई र यस्तै अरूलाई सोशल मिडिया कम्पनीहरूले निलम्बित गरे, त्यसका लागि उसले यहूदी समूहहरूलाई दोष दिन्थ्यो । बढ्दो जनसांख्यिकीय’ रुपमा ह्वाइटनरसंहारू बारेको चेतावनीलाई ’गोरा समर्थक कुनै पनि कुरालाई जातिवादी भनिन्छ भने कुनै पनि ह्वाइट सकारात्मक भनेको जातिवादी हो’ फ्रेम गेमले भनेको थियो ।
यसबारेमा बेन्जलाई टिप्पणीका लागि अनुरोध गरिएपनि उनले जवाफ दिएनन् । एनबीसी न्युजले गत शरद ऋतुमा फ्रेम गेमका बारेमा पहिलो पटक रिपोटिङ्ग गरेपछि, बेन्जले ’सीमित रूपमा‘ त्यो एकाउन्टमा योगदान गरेका थिए, त्यो ’एक डिरेडिकलाइजेशन परियोजना’ थियो । यसको उद्देश्यका बारेमा उनले लेखेका थिए ’यहूदीहरूद्वारा यहूदीहरूलाई घृणा गर्ने मानिसहरूलाई, यहूदीहरूलाई घृणा गर्न रोक्नको लागि ।’
बेन्ज, २०१८ को अन्त्यतिर, आवास र शहरी विकास सचिव बेन कार्सनको लागि भाषण लेखकको रूपमा ट्रम्प प्रशासनमा सहभागी भएका थिए । बेन्जका पोष्टहरूबाट प्रभावित भएर उनलाई एक सहकर्मीद्वारा विभाग व्यवस्थापनमा ल्याएको थियो । एक पूर्वअधिकारीका अनुसार उनले कर्मचारीको विषयमा छलफल गर्दा आफ्नो नाम न छाप्ने कुरामा जोड दिएका थिए ।
ट्रम्प र बाइडेन बीचको चुनावी पारो चर्कंदै गर्दा उनी ह्वाइट हाउसमा मिलरको भाषण–लेखन टोलीमा सामेल भएका हुन् । उनी त्यहाँ ट्रम्पलाई सत्तामा राख्ने प्रयासको शुरुवाती दिनहरूमा रहेका थिए र कंग्रेस अन्वेषकहरूद्वारा गवाही सङ्कलन र रेकर्डहरूकाअनुसार, चुनावी जालसांजी देखाउन सक्ने तथ्याङ्कीय विसंगतिहरूको खोजीमा संलग्न थिए । जसमध्ये उनको भूमिकालाई पहिलोपटक क्रिस्टन रुबी (एक सोसल मिडिया र सार्वजनिक सम्बन्ध रणनीतिकार) द्वारा खुलासा गरिएको थियो ।
नोभेम्बर २०२० को अन्तमा, बेन्जलाई अचानक राज्य विभागमा अन्तर्राष्ट्रिय सञ्चार र सूचना नीतिका लागि सहायक सचिवको रूपमा सरुवा गरिएको थियो । उनले कस्तो भूमिका खेले भन्ने कुरा भने स्पष्ट छैन । बेन्जले दावी गरेका छन् कि उनले दुई महिनाभन्दा कम समयका लागि काम गरेको अनुभबले उनलाई साइबर नीतिमा विशेषज्ञता दिएको छ । जब एक रूढीवादी वेबसाइटमा प्रकाशित मिस्टर बेन्जको बारेको एक रिपोर्टले राष्ट्रिय ध्यान खिचेको थियो । सन् २०२२ मा यसका बारेमा समाचार छापिएको थियो । समाचार छापिएकोे चार दिनपछि, मिस्टर स्मिटको कार्यालयले वाशिङ्गटन विश्वविद्यालय र अरूलाई सरकारसँगको उनीहरूको सम्पर्कका बारेमा जानकारीको लागि आफ्नो रेकर्डको जानकारी उपलव्ध गराइदिन अनुरोध गरेको थियो ।
श्मिटले छिट्टै आफ्नो मुद्धालाई परिमार्जन गर्न मिस्टर बेन्जको कामको विवरण र नयाँ, फराकिलो दावीलाई जोड्न लगभग पाँच पृष्ठको विवरण समावेश गरिएको थियो ः मुद्धालाई प्रभावकारी रूपमा अघि बढाउन उनलाई नियुक्त गरिएको थियो । सरकारले प्लेटफर्महरूमा दबाब मात्र दिइरहेको थिएन, तर यसले निजी अनुसन्धानकर्ताहरूलाई ‘पहिलो संशोधन र अन्य कानुनी प्रतिबन्धहरू बेवास्ता गर्न‘ पनि दबाब बढाइरेहका थिए ।
बेन्ज महासयले भने, यो योजना ’२०२२ र २०२४ को चुनावका लागि महत्वाकांक्षी दृश्यहरू थिए ।’
’एक पल’….
अक्टोबर २०२२ मा, एलन मस्कले ट्विटर खरिद गरे । उनले प्लेटफर्मलाई निर्बाध बहसको लागि एउटा फोरम बनाउने वाचा गरे ।
उनले तुरुन्तै ट्रम्प महासयका खातामा लगाइएको प्रतिबन्धलाई उल्टाए – यसलाई ’नैतिक रूपमा गलत’ भने – र उनका धेरै अनुयायीहरूका खाता निलम्बन गर्ने नियमहरूलाई समेत ढीलो र कमजोर बनाए ।
उनले ट्वीटरको अघिल्लो व्यवस्थापनले पनि सरकारी अधिकारीहरूलाई स्वेच्छाले सहयोग गरेको प्रमाणित गर्ने जस्तो उल्टो कोशिश गरे । उनले म्याट ताइबी र माइकल शेलेनबर्गर मध्येका लेखकहरूको चयन गर्नका लागि कम्पनीका समूहभित्र आन्तरिक सर्कुलर जारी गरेका थिए ।
परिणामस्वरूप यो परियोजना, जुन ट्विटर फाइलहरूका नामले चिनिन्छ, हन्टर बाइडेनको ल्यापटपको बारेका पोस्टहरुको पहुँचलाई सीमित गर्ने ट्विटरको निर्णयको अनुसन्धान गर्ने किस्ताबाट सुरु भएको थियो ।
त्यो प्रेषणका लेखक, ताइबीले निष्कर्ष निकालेका छन् ः ट्विटरले ’एफबीआइबाट सामान्य चेतावनीहरू पाएपछि आफ्नो लेखाइको रफ्तारलाई सीमित गरेका थियो, विशेषगरी रसियाले २०२० को चुनावमा प्रभाव पार्ने प्रयास गर्न ह्याक गरिएका सामग्रीहरू चुहावट भएपछि यो तथ्य पत्ता लागेको हो । यद्यपि उनले ट्विटरमा अघिल्लो नेतृत्वको आलोचना गर्दै पोष्ट गरेका थिएः ‘सरकारको प्रत्यक्ष संलग्नताको कुनै प्रमाण देखिएन ।‘
मार्च २०२३ मा, बेन्ज यो मामिलामा सामेल भएको देखियो । ताइबी र बेन्ज दुबैजना, जुन जनवरी ६ को दंगाअघि ट्रम्पको ¥यालीको आयोजक जेनिफर लिन लरेन्सले सह–होस्ट गरेको ट्विटर लाइभको छलफलमा भाग लिएका थिए ।
तैइबीले आफ्नो कामको वर्णनगर्दा, बेन्ज रिसले झोक्किंंदै भने – मलाई विश्वास छ, मसँग यो पहलेलीका सबै हराएको टुक्राहरू (कुराहरु) छन् ।‘
त्यहाँ धेरै फराकिलो अवस्था थियो ’सेन्सरशिपको स्केल संसारले पहिले कहिल्यै अनुभव गरेको थिएन,’ उनले ताइबीलाई भने, जसले फलोअप गर्ने योजना बनाएका थिए । ’बादल फाट्यो, र सूर्यको किरण आकाशबाट फुट्यो,’ उनले पोडकास्टमा भने । ’यो यस्तो छ, ओहो, मेरो भगवान, यो केटा बाटोमा छ, खरगोशको प्वालबाट धेरै तल परेको प्वाल हामीलाई थाहा थिएन ।’
संसदको मञ्च
त्यो अनलाइन बैठकको एक हप्तापछि, ताइबी र शेलेनबर्गर, क्यापिटल हिलको घटनाका बारेमा संघीय सरकारले बनाएको हतियारीकरणसम्वन्धी छानबिन चयन उपसमितिका लागि मुख्य (स्टार) साक्षीको रूपमा देखा परे ।
बेन्ज महासय तिनीहरूको पछाडि बसेर उनीहरूको निष्कर्षको केन्द्रीय सारका विस्तृत अंशहरू सुन्दै थिएः यो प्रजातान्त्रिक अधिकारहरूसँग स्वतन्त्र अभिव्यक्तिलाई सन्तुलनमा राख्ने अपूर्ण प्रयास होइन, तर राज्य–प्रायोजित विचार–पोलिसिङ प्रणाली हो ।
शेलेनबर्गरले आफ्नो लिखित बयानको शीर्षक दिए, ’सेन्सरशिप औद्योगिक परिसर ।’
सन् २०२३ मा रिपब्लिकनले सदनमा नियन्त्रण कायम गरेपछि (बहुमत प्राप्तगरेपछि) सोसियल मिडिया कम्पनीहरूले रूढिवादीहरू विरुद्ध गरेका कार्यहरूका साथै अन्य कुराहरूका बारेमा छानबिन गर्ने अधिकारसहित समिति गठन गरिएको थियो । यसको नेतृत्व जोर्डन महोदयले गरेका थिए, उनी बाइडेनको विजयको प्रमाणीकरणलाई रोक्ने प्रयासको नेतृत्व गर्नेहरुमध्येका एक थिए, उनी अमेरिकाको पहिलो कानुनी मामिलामा काम गरेका मिलरसँगै काम पनि गरेका थिए ।
’त्यहाँ अदालतमा उपस्थित हुने दिएका आदेशहरु छन्, जो दैनिक, साप्ताहिक आधारमा तोकिन्छन्,’ भन्ने कुरा मिलरले समितिको रणनीतिसँग परिचितता देखाउँदै सदनको रिपब्लिकन नियन्त्रणको पहिलो दिनमा फक्स न्यूजसँग कुरा गर्दै सर्वजनिक गरेका थिए ।
जोर्डनको समितिले चाँडै नै निर्वाचन अखण्डता साझेदारीमामा संलग्न सबै, साथै सरकारी एजेन्सीहरू र निजी अनुसन्धानकर्ताहरूबाट कागजातहरू जम्मा गरेको थियो । मिलरले मिसौरी बनाम बाइडेनमा निजी वादीहरूको तर्फबाट आफ्नै संघीय मुद्धालाई पछ्याए, मिसौरीका पूर्व सोलिसिटर जनरल डी. जोन साउरसँग फाइल गरे, जसले त्यो मुद्दाको नेतृत्व गरेका थिए । (हालसालै, साउरले सर्वोच्च अदालतमा ट्रम्पको प्रतिनिधित्व गरेका छन् ।)
सदनका डेमोक्रेटहरू र कानुनी विशेषज्ञहरूले सहयोगलाई सम्भावित अनैतिकरूपमा प्रश्न गरे । यस मुद्दामा संलग्न वकिलहरूले दाबी गरेका छन् कि उपसमितिले अमेरिका फस्ट लीगललाई आफ्नो निजी मुद्दामा प्रयोग गर्नका लागि बन्दढोका पछाडि प्रायोजित अन्तर्वार्ताका छानिएका अंशहरू लीक गरेको छ ।
समितिले दायर गरेको एक एमिकस व्रिफिङ्गको तथ्यलाई गलत ढंगले प्रस्तुत ग¥यो र नागरिक प्रक्रियाले संघीय नियमहरूको उल्लङ्घन गरेको हुनसक्ने प्रमाणहरू हटाइएको थियो । न्यूयोर्कका प्रतिनिधि जेरोल्ड नाडलरले जोर्डनलाई ४३ पृष्ठको पत्र लेखेका थिए ।
समितिका प्रवक्ता भन्छन्ः यो पत्रले ’पहिलो संशोधनमा बाइडेन प्रशासनले आक्रमणको रक्षा गर्न समितिमा उपलब्ध गराएका प्रमाणहरूलाई जानाजानी गलत रूपमा प्रस्तुत गर्दछ ।’
पाँचौं सर्किटको लागि अमेरिकी अपील अदालतमा दायर गरिएको एमिकस ब्रीफ, मिस्टर मिलरको कानुनी फाउन्डेसनका वकिलद्वारा ड्राफ्ट गरिएको थियो । मिलरलाई टिप्पणीका लागि गरिएको अनुरोधको उनले जवाफ दिएनन् ।
एक चिसो प्रभाव
२०२३ को गर्मीसम्म, कानुनी र राजनीतिक प्रयासले प्रभाव पारेको थियो ।
इलेक्शन इन्टिग्रिटी पार्टनरसिपमा संलग्न संस्थाहरूले गरेको अनुरोधहरूको झन् चिसोपनको सामना गर्नुपरेको थियो । तिनीहरूले अस्वीकार गर्दै भनेः कुनै पनि इमेल, टेक्स्ट सन्देश वा २०१५मा सरकार वा सोशल मिडिया कम्पनीहरू संलग्न भएका अन्य जानकारीको लागि अदालतले दिएका अनिवार्य प्रस्तुत हुनुपर्ने आदेशहरु थिए ।
नियम पालना गर्दा समय र पैसा खर्च हुन्छ । कानुनी कारबाहीको धम्कीले गर्दा दाताहरूबाट कोष खुम्चियो – जसमा परोपकारी संस्थाहरु, निगमहरू र सरकारका सहयोगहरु समेत समावेश गरिएका छन् – अनलाइनमा काम गर्नका लागि कानुनी कारबाही र राजनीतिक धम्कीहरूको सामना गर्नेबारे चिन्तित अनुसन्धानकर्ताहरूमा डर छ ।
कानुनी कारवाहीको डरले आफ्नो नाम न छाप्ने शर्तमा बोल्दै ती मध्येका एकजना वरिष्ठ विश्लेषकले भने, “तपाईंसँग धेरै संस्थाहरूले यो अनुसन्धान गरिरहेका छन् ।’ अब, त्यहाँ कोही पनि छैन ।’ बाइडेन प्रशासनले पनि आफ्नो हात बाँधिएको पाएको थियो । जुलाई ४,२०२३ मा, न्यायाधीश डोटीले एक व्यापक आदेश जारी गरे । त्यसमा उल्लेख गरिएको थियो– ‘सरकारले प्लेटफर्महरूमा पुग्न वा सोसल मिडिया सामग्रीको अनुगमन गर्ने बाहिरी समूहहरूसँग काम गर्न सक्दैन, परिस्थितिको एक सेट बाहेक, गलत सूचनालाई सम्बोधन गर्न सक्दैन ।‘
यो फैसला मिसौरी मुद्दाका केही वादीहरूले अपेक्षा गरेको भन्दा बढी थियो । न्यायाधीश डोटीले मिस्टर बेन्जद्वारा प्रवर्धन गरिएको गलत तथ्याङ्क पनि दोहोर्याए : ‘साझेदारीले ट्विटरमा मात्र ११ मिलियन सन्देशहरू फ्ल्याग गरेको थियो, उनले किटान गरे । ‘वास्तवमा, यसले ६००० भन्दा कम फ्ल्याग गरेको थियो ।‘
बाइडेन प्रशासनले अपील गरेको थियो ।
न्यायाधीशले भने : प्रशासनले अझै पनि विदेशीहरुले चुनावी हस्तक्षेप वा मतदान आवश्यकताहरूको बारेमा भ्रामक पोष्टहरू रोक्नको लागि कदम चाल्नसक्छ, तर यो अस्पष्ट थियो ’अमेरिकी जनता र हाम्रो लोकतान्त्रिक प्रक्रियालाई गम्भीर हानी रोक्नको लागि सोसल मिडिया कम्पनीहरूसँग पहल नगरी कसरी कुराकानी गर्न सक्छ ।’ सरकारले आफ्नो अपीलमा जोड दिएर भनेको थियो ।
सेप्टेम्बरमा, युएस कोर्ट अफ अपील अफ फिफ्थ सर्किटले आदेशलाई उल्लेखनीय रूपमा फिर्ता लियो । तर त्यसो गर्दा पनि सरकारले पहिलो संशोधनको सीमा नाघेको पत्ता लगाएको थियो । त्यो मुद्दा सर्वोच्च अदालतमा पठाइयो, जहाँ न्यायाधीशहरूले भर्खरै सोशल मिडियामा सरकारी घुसपैठ हुन्छ भन्ने बारेमा गहिरो आपत्ति व्यक्त गरेका छन् ।
अदालतको निर्णयअघि, सरकारका प्राय एजेन्सीहरूले राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा कानुनी र राजनीतिक नतिजाको डरले सोशल मिडिया कम्पनीहरूसँग कुराकानी गर्न बन्द गरेका छन्, नाम न छाप्ने शर्तमा धेरै सरकारी अधिकारीहरूले भनेका छन् ‘उनीहरु पछि हटेका छन् ।‘
विज्ञप्तिमा, साइबर सुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सीका वरिष्ठ सल्लाहकार केट कोन्लीले भनेका थिएः विभागले अझै पनि ’विदेशी कलाकारहरूले निम्त्याउने जोखिमहरू’ विरुद्ध लड्न साझेदारीलाई सुदृढ गर्दैछ । उनले भनिन् ‘घरमा अनलाइन धम्कीलाई सम्बोधन गर्न सकिएन ।‘
प्लेटफर्महरू पनि पछि हटेका छन् । फेसबुक र युट्युबले २०२० को चुनाव चोरी भएको दाबी गर्ने सामग्रीमाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । विगतका प्रयासहरू सुस्त भएपनि रोकिएनन् भन्ने गलत सूचनाको धारा झनै बलियो भएर फेरि सुरु भएको छ ।
’सेन्सरशिप उद्योगको त्यो अन्योलपूर्ण अवधि’ को अन्त्यको स्वागत गर्दै बेन्ज महोदयले नयाँ सेलिब्रेटी भेट्टाउनुभएको छ, टकर कार्लसन । उनी रसेल ब्रान्डसँग अन्तर्वार्ताको लागि बसिरहेका छन् । उनको षडयन्त्र सिद्धान्तहरू, पेन्टागनको टेलर स्विफ्टको प्रयोगको बारेमा जस्तै, फक्स न्यूजमा प्रसारित भएको छ र धेरै रिपब्लिकनहरूको लागि कुरा गर्ने बिन्दु (टकिङ प्वाइन्ट) पनि बनेको छ ।
तर्कका हिसाबले सबैभन्दा ठूलो विजेता, ट्रम्प महोदय बनेका छन् । जसले आफूलाई र आफ्नो आन्दोलनलाई थुन्ने ठूलो षड्यन्त्रको शिकार र बदला लिने व्यक्तिको रूपमा प्रस्तुत गर्दछन् ।
बाइडेन महोदय ’संसारमा सबैभन्दा परिष्कृत सेन्सरशिप र सूचना नियन्त्रण उपकरण निर्माण गर्दै हुनुहुन्छ‘ भन्ने आरोप लगाउँदै ट्रम्प महोदयले बाइडेनको प्रयासलाई गत हप्ता एक इमेलमा अभियानका क्रममा आगो ओकल्दै भनेका छन् ’अमेरिकी अभिव्यक्ति स्वतन्त्रतालाई कुचल्नका लागि ’!
: न्युयोर्क टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्