ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भियतनामी राष्ट्रपतिले पार्टी आचारसंहिता उल्लंघन गरेका कारण राजीनामा गर्न बाध्य


एबीसी न्यूज
७ चैत्र २०८०, बुधबार   ९ : १४   बजे

 

काठमाडौं ७ चैत । राष्ट्रपति भो भान थुङको गल्ती के होभ न्ने स्पष्ट नभएपछि उनको राजनिामाले भियतनामका नेताहरू बीचको आन्तरिक शक्ति संघर्षलाई सतहमा ल्याएको छ ।
भियतनामका राष्ट्रपति भो भान थुङले कम्युनिष्ट पार्टीको नियम उल्लङ्घन गरेपछि राजिनामा दिएको सरकारी मिडियाले जनाएका छन् । यो एक वर्ष भन्दा कम समयको बीचमा यसरी राजीनामा गर्ने उनी दोस्रो राष्ट्रपति हुन् । राष्ट्रपति भो भान थुङले के गल्ती गरेका थिए भन्ने विवरण बाहिर आएका छैनन् ।

भियतनाममा राष्ट्रपति पद नेतृत्व समूहको एक हिस्सा हो (जसमा कम्युनिष्ट पार्टीका नेता(महासचिव), प्रधानमन्त्री र संसदको सभामुख समावेश छन् ) यही समूहले नै भियतनाममा शासन गर्दछ । राष्ट्रपति पद भियतनामको संवैधानिक व्यवस्था अनुसार अलंकारिक हो ।
थुङको राजीनामाले एकता र स्थिरतामा गर्व गर्ने एकदलीय प्रणालीका धेरै अधिकारीहरूलाई निरुत्साहित गर्ने सम्भावना रहेको पश्चिमी मिडियाले टिप्पणी गरेका छन् । ५३ वर्षीय थुङ, भियतनामी आधुनिक इतिहासमा सबैभन्दा कान्छो राष्ट्रपति हुन् । ७९ वर्षीय ट्रोङको सम्भावित उत्तराधिकारीको रूपमा उनी देखिएका थिए । ट्रोङले उनलाई सिफारिस गरेका थिए ।

‘दुई वर्ष भित्र दुई राष्ट्रपतिले राजीनामा दिएको तथ्य मात्र राजनीतिक स्थायित्वको लागि प्रायः प्रशंसा गरिएको देशको लागि सकारात्मक संकेत होइन’ सिंगापुरको अनुसन्धान संस्था आइएसइएस (युसुफ इशाक इन्स्टिच्युट) का भिजिटिङ्ग फेलो न्गुएन खाक जियाङले भनेका छन् । थुङको राजीनामाले २०२६ मा अर्को नेतृत्वलाई हस्तान्तरण गर्नु अघि कम्युनिष्ट पार्टी भित्रको शक्ति संघर्षको ‘तीव्र अवधिको सङ्केत’ गरेको न्गुएनले बताए।
भियतनामको कम्युनिष्ट पार्टीले देश एकीकरण भएको झण्डै पाँच दशकदेखि देशमा शासन गरिरहेको छ। २०२१ मा, ट्रोङलाई अभूतपूर्व तेस्रो पाँच वर्षको कार्यकालको लागि महासचिवको रूपमा पुनः नियुक्त गरिएको थियो । त्यसो गर्नुमा पार्टी नेताहरूले उनी उत्तराधिकारी हुने कुरामा सहमतिमा पुग्न असफल भएका थिए ।

भियतनामले संयुक्त राज्य अमेरिका र चीनबीचको नाजुक सवन्धका लागि सन्तुलन कायम गर्ने बारेमा प्रशंसा हुने गरेको छ ।
आफ्नो छोटो कार्यकालमा, राष्ट्रपति थुङले धेरै विश्व नेताहरूसँग भेटेका थिए । उनले राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङ लगायत विश्वका प्रमुख नेताहरुलाई भेट्ने अवसर मिल्ने कारण भियतनाम, एसियाको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्रको पावर हाउस भएकोले हो । तर हालैका वर्षहरूमा भियतनाममा जम्मा भएका विदेशी लगानीकर्ताहरूलाई यस देशले स्थिर राजनीतिक वातावरण प्रदान गरेको छ भनी विश्वास गर्दै यस परिवर्तनले डराउन सक्छ।

धेरै विश्लेषकहरूले भ्रष्टाचार विरोधी अभियानको नतिजा मिश्रित रहेको बताएका छन्। रातो टेप र घूसखोरी घटेको देखिए पनि निर्णय प्रक्रियामा सुस्तता देखिएको बताइएको छ । भ्रष्टाचार र अनियमितता २०२० देखि, लगभग ४० हजार सार्वजनिक पद ओगटेका अधिकारी र कर्मचारीहरूले राजीनामा दिएका छन् ।
विश्लेषकले जियाङले भ्रष्टाचारको आरोपमा राष्ट्रपति थुङ राजीनामा दिन बाध्य भएको हुनसक्ने बताए।
‘अन्ततः, दुई राष्ट्रपतिको जबरजस्ती राजीनामाले स्पष्ट सन्देश भियतनाममा कोही पनि सुरक्षित छैनन्’ भन्ने हो भन्ने विश्लेषकहरुले ठहर गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group