इआइयूको सूचकांकले २००६ पछि अमेरिकी लोकतान्त्रिक पतनलाई चित्रित गरिरहेको छ ।
लोकतन्त्रको आफ्नो मूल्य–मान्यतालाई स्वदेश(अमेरिका) मा नै कमजोर भइरहेको अवस्थामा दुनियामा विस्तार गर्न गाह्रो हुन्छ। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई यो सबै राम्रोसँग थाहा हुनु पर्दछ । सन् २०२० मा आफ्नो राष्ट्रपतीय चुनावी अभियानमा उनले विश्वभर लोकतन्त्रलाई पुनर्जीवित गर्ने वाचा गरेका थिए। डोनाल्ड ट्रम्पबाट चुनाव चोरेको झूटा दावीहरूलाई खण्डन गर्दै बाइडेनले झण्डै चार वर्ष बिताएका छन्। (आधाभन्दा बढी रिपब्लिकनहरू अझै पनि बाइडेन महासयले २०२० मा चुनाव जित्न नसकेको सोच्छन्।) त्यसपछि पनि विश्वभर लोकतन्त्र राम्रो अवस्थामा देखिएको छैन।
सर्वेक्षणहरूले देखाएका छन् कि अमेरिकीहरूको उनीहरूको शासन प्रणालीप्रतिको विश्वास निकै तल्लो स्तरमा पुगेको छ। हाम्रो भगिनी कम्पनी, इआइयूद्वारा गरिएको लोकतन्त्र सूचकांकले अमेरिकालाई २०१६ मा ‘पूर्ण लोकतन्त्र’बाट ‘त्रुटिपूर्ण” मा घटुवा गरेको थियो। त्यसयता त्यो स्थितिलाई पहिलेदेखि नै यथावत राखेको छ । (चार्ट १ हेर्नुहोस्)। अमेरिकालाई कुनै समय संसारभर लोकतन्त्रको मानक वाहकको रूपमा हेरिन्थ्यो। यतिबेला के गल्ती भयो ?
इआइयू डेटाले लोकतन्त्रका कुन पक्षहरू कमजोर छन् भन्ने बारेमा बताउँछ। समग्र स्कोरहरूलाई पाँच श्रेणीहरूमा आधारित गरिएको छ । प्रत्येकलाई एक देखि दसको स्केलमा चिन्ह लगाइएको छ (चार्ट २ हेर्नुहोस्)। सन् २०१६ र २०२० को चुनावमा मतदाता जालसाजी भएको भन्ने ट्रम्पको आधारहीन दावीका बाबजुद पनि अमेरिकाले वैधानिक चुनाव गराउने आफ्नो क्षमतामा भने उच्च अंक हासिल गरेको छ। (बाइडेनको सत्ताआगमन अघि ट्रम्प समर्थक विद्रोहको बावजुद पनि अमेरिकाले राष्ट्रपति पाएको थियो, जसलाई उनीहरुले मतदान गरेका थिए।)
and fair elections) America scores around nine points out of ten.
राजनीतिक सहभागिता (अर्थात, मतदाताको सहभागिता) र चुनावी प्रक्रिया र बहुलवाद (अर्थात, स्वतन्त्र र निष्पक्ष चुनाव) मा अमेरिकाले दसमा लगभग नौ अंक हासिल गरेको छ।
यसको सट्टा, अमेरिकाको राजनीतिक संस्कृति र यसको सरकारको कार्यप्रणाली, जसले सबैभन्दा ठूलो समस्या खडा गर्छ। संस्कृतिक कोटिभित्र, अमेरिकाले राजनैतिक ध्रुवीकरण र लोकतन्त्रको लागि सामान्य समर्थनमा भने खराब अंक प्राप्त गरेको छ। प्यू, नामक एक पोलस्टर द्वारा हालै गरिएको सर्वेक्षणले पत्ता लगाएको छ कि एक चौथाई भन्दा बढी अमेरिकीहरूले एक निरंकुशता (जसमा नेताले कांग्रेस र अदालतलाई बाइपास गर्न सक्छ) सरकारको केही वा धेरै राम्रो रूप हुनेछ भन्ने सोच्छन् ।
सरकारी कार्यप्रणालीमा, निर्वाचित अधिकारीहरूप्रति अविश्वास र भ्रष्टाचारको धारणाले अमेरिकाको स्कोर घटेको। इआइयू द्वारा गरिएको सोही सर्वेक्षणमा ८० प्रतिशत भन्दा बढी उत्तरदाताहरूले के ठानेका छन् भने धेरैजसो राजनीतिक व्यक्तित्वहरूले ‘म जस्ता मानिसहरूले के सोच्छन्” भन्ने कुरामा ‘वास्ता गर्दैनन्’।
पूर्ण लोकतन्त्र भएको स्विडेनमा ४३ प्रतिशत जनताले मात्र यस्तो सोच्छन्। सिमाना नियन्त्रण र युक्रेनको लागि सहायता जस्ता ठूला मुद्दाहरूमा कांग्रेसमा देखिएको विवाद र अलमलले अमेरिकीहरूको विश्वासको भावनालाई कमजोर बनाएको छ ।
ध्रुवीकरण र अविश्वास एकआपसमा जोडिएको छः अमेरिकाकमा अतिवादी उमेद्वारहरुका लागि मतदाताहरु पनि चर्को रुपमा विभाजित देखिएका छन् । . यस्तो प्रवृत्ति बहुसंख्यक मतदाताहरू बीचमा नै एक समान धारणाका रुपमा विस्तार भएको छ । कुनै पनि समयमा, सरकारको उनीहरूको हितमा काम नगर्ने मानिसहरूद्वारा नेतृत्व गरिन्छ भन्ने धारणा बन्दै गएको छ । केवल ४० प्रतिशत सामान्य प्रवृत्तिका मतदाताहरुले मात्र अमेरिकामा एउटा पार्टी छ, जसले उनीहरूको विचारलाई प्रतिनिधित्व गर्दछ भन्ने ठान्दछन् ।
अमेरिकाको त्रुटिपूर्ण–लोकतन्त्रको स्थितिमा ह्रास आएको ट्रम्पको चुनावी जितसंगै हो । तर उनले पदभार ग्रहण गर्नुभन्दा केही वर्ष अघिदेखि नै यो प्रवृत्ति देखिइरहेको थियो ।२०१२ को एक सर्वेक्षणले देखाएको थियो – १२ प्रतिशत रिपब्लिकनहरूको तुलनामा ८० प्रतिशत डेमोक्र्याटहरूले बराक ओबामालाई अनुमोदन गरेका थिए – त्यो समय कुनै पनि राष्ट्रपतिको कार्यालयको तेस्रो वर्षको लागि सबैभन्दा ठूलो पक्षपातपूर्ण अन्तरको समय थियो । यदि ट्रम्प महासयले दोस्रो कार्यकालका लागि जिते भने लोकत्रान्त्रिक त्रुटीहरुमा कमी आउने कुनै सम्भावना छैन। तर, इआइयू को सूचकांकले देखाएको अनुसार, नोभेम्बरमा जसले चुनाव जिते पनि अमेरिकी लोकतन्त्र समस्यामा नै रहनेछ।■
स्रोतः दि इकोनोमिष्ट, २१ मार्च २०२४ बाट
प्रतिक्रिया दिनुहोस्