ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्तिकामी नीति परित्याग गर्दै जापान, बन्दै गरेको लडाकु विमान बेच्ने निर्णय


एबीसी न्यूज
१३ चैत्र २०८०, मंगलबार   ३ : १५   बजे

काठमाडौं १३ चैत । आफूले बेलायत र इटलीसँग मिलेर बनाउँदै गरेको नयाँ लडाकु विमान बेच्ने निर्णय जापानले गरेको छ। जापानी क्याबिनेटले यससम्बन्धी निर्णय गरेको हो।

जापानको सो निर्णयलाई शान्तिकामी नीतिमा आएको परिवर्तनका रुपमा हेरिएको छ।

जापानले हतियार निर्यातका नियम खुकुलो बनाउँदै विमान बेच्ने बाटो खोलेको हो। जापानले अब रक्षा सम्झौता गरेका मुलुक र द्वन्द्वमा सहभागी नभएका मुलुकलाई हतियार निर्यात गर्न सक्नेछ।

 

जापानले चीन र उत्तर कोरियाबाट खतरा रहेको भन्दै २०२७ सम्ममा रक्षा बजेट दोब्बर पार्ने बताएको छ।

तर, प्रत्येक लडाकु विमानको निर्यातका लागि क्याबिनेटकै अनुमोदन चाहिनेछ।

बेलायत र इटली मिलेर द टेम्पेस्ट नामक लडाकु विमान निर्माणको प्रयास भइरहेको थियो। सो योजनामा २०२२ मा जापान पनि सहभागी भएको थियो।

यो विमानमा आर्टिफिसियल इन्टेलिजेन्स र पाइलटलाई सघाउने आधुनिक सेन्सर प्रयोग हुनेछ।

यो विमान २०३५ मा बनिसक्ने आकलन गरिएको छ। यो अमेरिकाबाहेकका मुलुकसँग जापानले गरेको पहिलो हतियार निर्माण साझेदारी पनि हो।

प्रधानमन्त्री फुमियो किसिदा अप्रिलमा अमेरिका भ्रमणमा जाँदैछन्। उनले अमेरिकासँगको सुरक्षा सन्धि अपग्रेड गर्ने बताइएको छ।

विश्वसनीय रक्षा साझेदार बन्न पनि लडाकु विमान निर्यात गर्नुपर्ने बाध्यता रहेको उको भनाइ छ।

यद्यपि, जापानी रक्षामन्त्री मिनोरु किहाराले जापान अझै पनि ‘शान्तिकामी मुलुकको आधारभूत सिद्धान्तमा प्रतिबद्ध रहेको’ स्पष्टीकरण दिएका छन्।

दोस्रो विश्वयुद्धपछि ७५ वर्षसम्म जापान एक शान्तिकामी मुलुकका रुपमा चिनिँदै आएको छ। अमेरिकाले जापान कब्जा गरेपछि जारी संविधानमा सो मुलुकले युद्ध परित्याग गर्ने र अन्तर्राष्ट्रिय विवाद समाधानका लागि युद्ध नगर्ने उल्लेख छ। संविधानमा सेनाको व्यवस्था नै छैन।

त्यस्तै, जापानमाथि हतियार निर्यातमा पनि प्रतिबन्ध लगाइएको थियो। तर, सिन्जो आबेको पालामा २०१४ मा सो व्यवस्था खुकुलो पारिएको थियो।

२०२३ मा विदेशी लाइन्सेन्सअन्तर्गत निर्मित घातक हतियार अनुमतिदाताकै मुलुकमा बेच्न पाइनेगरी नियम संशोधन गरियो। यसले प्याट्रियट क्षेप्यास्त्र अमेरिका पठाउने बाटो खोल्यो। र, अमेरिकाले ती क्षेप्यास्त्र युक्रेन पठायो।

यो युक्रेनले पाएको सबैभन्दा आधुनिक हतियारमा पर्छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu