तपाईँ आफ्नो स्वार्थ र मूल्यका लागि लड्नुहुनेछ, म मेरा लागि लड्नेछु। ठूलो, विविध, र उग्र राष्ट्रमा यही नै लोकतन्त्र हो।
यदि तपाईँ मानिसहरू रिपब्लिकन वा डेमोक्र्याट मध्ये के हुन् भनेर अनुमान गर्न खोज्दै हुनुहुन्छ भने, तिनीहरूका बारेमा केही आधारभूत तथ्यहरू थाहा पाउँन तपाईँले उनीहरुका जीवनका धेरैथरि आवश्यकता थाहा पाउनु पर्नेहुन्छ । उनीहरूको जात के हो ? लिङ्ग कुन हो ? उनीहरू स्कुल जान टाढासम्म हिंड्नु पर्छ , उनीहरू देशको कुन भागमा बस्छन् ? र उनीहरूको समुदाय सहरिया हो ,वा, उपनगरीय वा गाउँले हो ?
उदाहरणका लागि, सन् २०१६ र २०२० को बिचमा कलेजको डिग्री नभएका श्वेत अमेरिकीहरूले रिपब्लिकन पार्टीलाई झण्डै २४ प्रतिशत भन्दा बढीले समर्थन गरेका थिए। ग्रामीण क्षेत्रका त्यस्तो व्यक्तिहरुसँग राजनीतिको बारेमा कुराकानी गर्नुहोस्, जहाँ म बस्छु, त्यहां अधिक सम्भावना हुनेछ कि कि उनीहरुको सहानुभूति ग्राण्ड ओल्ड पार्टी (रिपब्लिकन) प्रति भएको पाउनु हुनेछ ।
त्यसैगरी आपराधिक र सार्वजनिक सुरक्षाको बारेमा लैङ्गिक मनोवृत्तिलाई विचार गर्नुहोस्ः मृत्युदण्डको सजाय पाउनेहरुमा महिलाहरू भन्दा पुरुषहरू लगभग १० प्रतिशत भन्दा बढी हुनेछन् । बन्दुक नियन्त्रणका बारेमा सोच्नेहरु भने १० प्रतिशत भन्दा कम देखिन्छन् । वा अवैध आप्रवासनमा जातीयता र वैरभावपूर्ण दृष्टिकोणका बारेमा कस्तो धारणा होला ? ल्याटिनो अमेरिकीहरूका सम्बन्धमा, गैर–ल्याटिनोहरूले २२ प्रतिशतभन्दा कमले आपराधिक लगायतका समस्याको समाधानमा आंशिक समाधानको रूपमा ूबढ्दो निर्वासनू लाई कारण मान्ने गर्छन् ।
यद्यपि त्यहाँ निश्चित रूपमा त्यस्ता मानिसहरू छन् जसको राजनीतिक झुकावले सामान्यीकरणलाई बेवास्ता गर्दछ, अन्तर्निहित जनसांख्यिकीय प्रवृत्तिहरू विश्वास गर्नका लागि शक्तिशाली भविष्यवाणीहरू हुन् – शक्तिशालीहरुले चुनावहरू सधैं पछ्याउने अभ्यास जस्तै मतदान पनि एक प्रकारको खेल बनिरहेका छन् ।
तर यस्तो प्रवृत्तिले एक महत्त्वपूर्ण प्रश्न खडा गर्छ। यदि हाम्रो राजनीतिक दृष्टिकोण र व्यवहार यति सजिलैसँग जाति वा रंग जस्ता विशेषताहरू (जसमा हाम्रो कुनै नियन्त्रण छैन) वा शिक्षा जस्ता कारकहरू (जहाँ हाम्रो छनौटहरू भन्दा बढी हाम्रा आमाबाबुको सामाजिक वर्गीय अवस्था जस्ता अन्य चीजहरूद्वारा अत्यधिक प्रभावित हुन सक्छ) द्वारा राजनीतिक भविष्यवाणी गर्ने हो भने यो राजनीतिक प्रश्नका रुपमा खडा हुन्छ । के हामी मध्ये कोही वास्तवमै आफ्नै लागि सोच्दछौं ?
राजनीतिक विभाजनका सन्दर्भमा अर्को पक्ष हो, मानिसहरूले आलोचनात्मक सोच र नैतिक तर्कलाई त्यागेका छन् भन्ने आरोप अब अमेरिकी राजनीतिक गफमा सामान्य जस्तै भएको छ। वामपन्थ तर्फको झुकाव राख्ने धेरैले कलेज शिक्षा बिनाका श्वेत मतदाताहरूको राजनीतिक प्रवृत्ति रिपब्लिकन पार्टीको मुख्य निर्वाचन क्षेत्र भएको वा त्यस्तो प्रवृत्ति अविवेकी छ भन्ने प्रमाणको रूपमा व्याख्या गर्ने गर्छन्। डोनाल्ड ट्रम्पको झूटको खेतीमा अरू कसले पो सामना गर्न सक्छ र ? रिपब्लिकनहरूले उनीहरूका तर्फबाट, नियमित रूपमा ूलिबरल ग्रुपथिंकू को विचारलाई आह्वान गर्छन्, यसलाई कसरी अमेरिकाका केही प्रतिभाशाली मष्तिष्क भएका मानिसहरुरुले कसरी पुलिसलाई बजेट कटौती गर्ने जस्ता सरल, अव्यवबाहारिक नीतिहरूलाई समर्थन गर्न सक्छन् भनेर बुझ्न प्रयोग गर्ने गर्छन्।
यस्ता आरोपहरू व्यापक घटनाका सन्दर्भमा पक्षपातपूर्ण स्टेरियोटाइपका रैथाने आरोपका हिस्सा मात्र हुन् । यस्तो प्रवृत्ति देश वै्रचारिक रुपले विभाजित हुँदै जाँदा झनै फस्टाएको छ। विपक्षी राजनीतिक शिविरमा रहेका मानिसहरूले आफ्नै लागि सोच्दैनन् भन्ने आरोपको सहारमा यस्तो भन्ने गर्छन् । २०२२ मा २०१६को तुलनामा डेमोक्र्याटहरूभन्दा रिपब्लिकनहरू अरु बढी बन्द दिमाग, बेइमान र अनैतिक देखिएका छन् । रिपब्लिकनहरूले उनीहरुकै बारेमा धेरै हदसम्म यस्तै महसुस गरेका छन् ।
तर पनि हाम्रो आफ्नै राजनीतिक दृष्टिकोणले हाम्रो बौद्धिक वा नैतिक सद्गुण बाहेक अरू केही प्रतिबिम्बित हसुने सम्भावना मात्र दर्ज भएको देखिन्छ। कलेज–शिक्षित पेशेवरहरूले पनि विरलै स्वीकार गर्छन् कि उनीहरूले डेमोक्र्याटहरूप्रति केही हदसम्म आत्मीयता महसुस गर्न सक्छन् । उदाहरणका लागि,पार्टीप्रतिको लगावका लागि उच्च शिक्षा दुवै दलका लागि उपयोगी कुरा हो । शैक्षिक प्रमाणिकताको आधारमा विशेषज्ञता (र पारिश्रमिक) को दाबीलाई डेमोक्रयाटहरुले समर्थन गर्दछन् । यसको सट्टा रिपव्लिकनहरुले उनीहरूको आफ्नो वर्गको हितलाई परोपकारको रूपमा पुनः प्रस्तुत गर्छन् । उनीहरूले देशको भविष्यको चिन्ताको कारलाई उनीहरु के गर्छन् भन्ने कुरामा विश्वास गर्छन् भन्ने कुराले कल्पित हुन्छन् ।
सङ्घीय बेन्चमा थप इसाई समर्थक न्यायाधीशहरू नियुक्त गर्ने र धार्मिक विद्यालयहरूका लागि अनुकूल शैक्षिक नीतिहरू लागू गर्ने अपेक्षाका कारण इभान्जेलिकल इसाईहरूले ट्रम्पलाई समर्थन गर्छन् । किनभने उनीहरूले आफूलाई देशभक्तको रूपमा हेर्छन्, उनीहरूको समूहको स्थिति बढीभन्दा बढी फराकिलो बनाउने रहंदैन । हामीमध्ये कोही पनि यो स्वीकार गर्न चाहँदैनौँ कि हाम्रा सबैभन्दा प्रिय राजनीतिक विचारहरू मुख्यतया समाजमा हाम्रो स्थिति र सम्बन्धित सामाजिक दबाबहरूको कार्य हुन सक्छ । यसको विकल्पमा बौद्धिक, नैतिक वा आध्यात्मिक अनुसन्धानको प्रक्रियाको अन्तिम परिणाम हुनु पर्ने थियो ।
निस्सन्देह, त्यहाँ धेरै परिस्थितिहरू रहेका छन्, जसमा यस्तो सोच्ने अवस्था पनि छ, जो लाभदायक पनि छ, जसले गर्दा मानिसहरूले आफ्नै लागि सोच्न नपरोस्। जब हामीले अपरिचित सहरहरूमा हाम्रा फोनहरू नेभिगेट गर्न दिन्छौँ भने जस्ता पनि संज्ञानात्मक नोक्सानीहरू उत्पन्न हुन्छन् । सम्भवतः ड्राइभिङ सुरक्षा र दक्षतामाथिका फाइदाले यस्ता कुराहरुलाई प्रतिस्थापन गर्दछ। जसरी हामी बिरामी भएका बेला हाम्रो रोग निदान गरेर सन्चो हुनका लागि डाक्टरलाई विश्वास गरेजस्तै विश्वास । हामी त्यो डाक्टर (र व्यापक चिकित्सा प्रणाली) लाई केही हदसम्म हाम्रो बारेमासोच्न अनुमति दिन्छौँ। यदि हामीले हाम्रो यस्तै सामान्य ज्ञानबाट सम्वन्धित क्षेत्र वा विज्ञलाई काम गर्न दियौं भने हाम्रो नतिजा औसतमा धेरै राम्रो हुनेछ भन्ने कुरा कोभिड खोप अस्वीकार गर्नेहरूको उच्च मृत्यु दरले प्रमाणित गरेको छ ।
तथापि, धेरैजसो राजनीतिक मामिलाहरूमा, हाम्रो आफ्ना विचारहरूलाई हाम्रो सामाजिक स्थितिद्वारा अप्रत्याशित रूपमा निर्धारण गर्न छोडिदिनु व्यक्तिगत जिम्मेवारीको परित्याग हो। हाम्रो समूह पहिचान, चासो र अनुभवहरूले हाम्रो राजनीतिक झुकावलाई आकार दिने कुरा अनिवार्यजस्तै हुन्छ । तर यो कुरा हामी प्रत्येकमा फरक फरक तरिकाले निर्भर गर्दछ । हामीले हाम्रो सामाजिक परिवेशबाट अवशोषित गरेका विश्वासहरूको छानविन गर्न हाम्रा मूल्यमान्यता र राजनीतिक प्रतिबद्धताहरूका बारेमा हामी यथार्थमै तिनीहरू हुनुपर्दछ भन्ने सोच्दछौं – हाम्रा विश्वासहरू क्रूर सामाजिक शक्तिहरूको सट्टा ठोस कारणहरूमा आधारित हुनुपर्छ ।
दुर्भाग्यवस, एक अति–पक्षपाती समाजले यसखाले विचारको स्वतन्त्रतालाई पुरस्कृत गर्न गाह्रो पर्दछ । यद्यपि प्रगतिशील र रूढिवादी दुवैथरिले वैचारिक स्वतन्त्रताको आवरणको सहारा लिने गर्दछन् ।
यदि अरू केही कारण छैन भने, तपाईँको राजनीतिक विचार र व्यवहारको सामाजिक जरामा प्रतिबिम्बित हुनका लागि केहीहदसम्म विनयशीलतालाई प्रेरित गर्नुपर्छ। यदि तपाईँले ूसहीू राजनीतिक धारणामा विश्वास गर्नु हुन्छ भने पनि, तपाईँ उनीहरूका लागि आफैलाई कृतज्ञ ठान्न योग्य नहुन सक्नुहुन्छ ।स त्यसका लागि तपाईँको नैतिक धार्मिकता जन्मका कारण भएको दुर्घटना वा राम्रो सामाजिक भाग्यको उत्पादन पनि हुन सक्छ। त्यसोभए के आधारमा तपाईँलाई आफ्ना साथीहरू भन्दा उच्च महसुस गर्न अनुमति दिइन्छ त ? जसले–केवल आफ्नो जीवनका विभिन्न परिस्थितिहरूका कारण–राजनीतिक गलियारका अर्को ध्रुवमा अशक्त भएका हुन सक्छन् ।
यसले नैतिक सापेक्षतावादलाई बुझाउँदैन, तर यस्तो अवस्थाले गर्दा हामीले प्रशंसा वा दोष लगाउँदा बढी सावधानी अपनाउनु पर्छ भन्ने सुझाव अवश्य नै दिन्छ । हाम्रा आफ्नै परिस्थितिक आकस्मिकताका कारणले अरूको विचारमा रहेको सत्यलाई बेवास्ता गरिएका तत्त्वहरू हुने स्पष्ट सम्भावना पनि खडा गर्छ।
जे भए पनि, यसलाई सार्वजनिक क्षेत्रमा र मतपेटिकाभन्दा बाहिर राख्नु पदृछ । तपाईँ आफ्नो स्वार्थ र मूल्यका लागि लड्नुहुनेछ, म मेरा लागि लड्नेछु। ठूलो, विविध, उग्र राष्ट्रमा यही नै लोकतन्त्र हो। तर यदि हामी यस्तो धारणा मनमा राख्न सक्छौँ – हामी कहिलेकाहीँ आफ्नै सबैभन्दा उत्तेजक धारणाहरूमा रोकिएमा मात्र हाम्रो भनाईको भाव अलि विवेकपूर्ण र बढी सौहार्दपूर्ण हुन सक्छ। हामी सबै नै सामाजिक प्राणी हौँ भन्ने तथ्यले, राजनीतिमा र अन्य कुरामा समेत हाम्रो साझा मानवतालाई जोड दिन्छ– यस्तो कुरा, जुन हामीले कहिल्यै बिर्सनु हुँदैन।
डा. ग्रोस कोल्बी कलेजका समाजशास्त्रका प्राध्यापक हुन्, उनले बौद्धिक जीवनका सामाजिक पक्षहरूको बारेमा अध्ययन गर्छन्।
स्रोतः न्यूयोर्क टाइम्स
प्रतिक्रिया दिनुहोस्