स्विट्जरल्याण्डको डाभोसमा, यो जनवरीमा, पुँजीवादी असन्तुष्टिको नयाँ प्रतिमाले मंच पाएको थियो। अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले नोभेम्बरमा अनापोलजेटिक उदारवादी अर्थशास्त्रको प्लेटफर्म र रेडी–टु–मेम भाषण र अन्तर्वार्ताको अभियानमा ठूलो सफलता प्राप्त गरेका थिए । पहिले नै, उनको जन्जीरवाला एजेन्डाले अर्जेन्टिनमा केही अनुमानित रोडब्लकहरू गर्दै आएको छ – विधायिकीय प्रतिरोध, युनियनहरूबाट दबाब र (कहिलेकाँही हिंसात्मक) सार्वजनिक विरोधस समेत हुँदै आएको छ । तर उनी आल्प्समा धेरैखाले चरित्रका साथ आइपुगेका थिए । अर्बपति–मस्तिष्कवाला सोशल मिडियाहरुको एक निश्चित कुनाबाट प्रक्षेपित भविष्यको विश्व नेताका रुपमा उनलाई चित्रित गरिएको थियो।
‘आज म यहाँ तपाईँलाई यो भन्न आएको छु पश्चिमी संसार खतरामा छ’, मिलीले डाभोस भाषण यसरी सुरु गरेका थिए । ‘अनि यो खतरामा छ किनभने पश्चिमका मूल्यमान्यताहरूको रक्षा गर्नेहरूलाई संसारको दर्शनद्वारा सहायक रुपमा छनोट गरिएको छ । जसले अपरिहार्य रूपमा समाजवाद र गरीबीतिर लैजान्छ।’ सरकारले मानिसहरूलाई सहयोग गर्ने प्रयास गर्नुपर्छ भन्ने उनको भाषणको निहीतार्थ थियो ।
मिली, लामो समयदेखिका अर्थशास्त्री हुन्, एक शैक्षिक मनोगतवादीका रुपमा बोलेका थिए, तर उनको विश्लेषण चर्को थियो, लगभग पाँच वर्ष पहिले डाभोसमा आफूलाई र उनको जलवायु चेतावनीको ब्रान्ड घोषणा गर्दा प्रयोग गरिएको ग्रेटा थनबर्गको बयानबाजीकै दर्पण छवि जस्तो थियो। स्पेनका एल पाइसले उक्त भाषणलाई ‘जेभियर मिलीका अनुसार सर्वनाश’ हुने भनेका थिए । २३ मिनेटसम्म उनले विश्वव्यापी स्वतन्त्र बजार प्रणालीको अनिश्चित अवस्थाले सिर्जना गरेको सुन्दर सहस्राब्दी विवरण अघि सारेका थिए, जसले आफ्नो लडाइँ गुमाउँदै थियो, उनले भने, सामूहिकता, सामाजिक न्याय, वातावरणवाद र नारीवादका शक्तिहरू अपरिहार्य विनाशका शक्तिहरूको रूपमा रहेको बुंदागत रुपमा प्रस्तुत गरेका थिए । राज्यसंग केन्द्रित शक्ति दुनियाका सबैखाले समस्याहरूको स्रोत थियो, मिलीले भने, सबैखाले कर जबरजस्ती लादिएको थियो, र बजारमा देखिएका सबै परिणामहरू त्यसको कारण थिए । विश्व आर्थिक मञ्चमा भेला भएका व्यक्तिहरू नव–मार्क्सवादीद्वारा मोहित भएका थिए, र प्रगति तथा उपलब्धि विरुद्धको युद्ध अनिवार्य रूपमा महिला आन्दोलनद्वारा सुरु भएको थियो (जसलाई उनले ‘रक्तपातपूर्ण गर्भपतन एजेन्डा’ भनेका थिए) ।
भूराजनीति बारेको बढाइचढाई व्याख्या दुर्लभ कुरा होइन, तर कोलाहलको समयमा पनि, राज्य प्रमुखको भूमिकालाई एक मुखर अराजकतावादी–पुँजीवादी देख्नु अचम्मको कुरा होस । उनी निश्चित रूपमा आधुनिक र ठूलो सरकार चलाउने पहिलो घोषित अराजकतावादी हुन् र त्यसो गर्ने पहिलो वास्तविक स्वतन्त्रतावादी पनि हुन सक्छन्। व्यावहारिकताको सङ्केतमा, मिलीले आफ्नो विचारधारालाई सिमीत अराजकतावादी ‘मिनार्किस्ट’ भनेर वर्णन गर्न रुचाउंछन । जसको अर्थ ‘राज्यले केवल रक्षा र कानून–प्रवर्तन कार्यहरू मात्र संरक्षण गर्ने र बांकी सबै बजारको जिम्मा छाड्नु पर्दछ भन्ने हो । तर अर्जेन्टिनामा उनले प्रदर्शनहरुमा कठोर हतियारको पैरवी गर्दै आएका थिए । उनले एक पटक आफ्नै योजनामा जनरल एन्क्यापको वैचारिकी पहिरेर सुपरहीरोको रूपमा पेश गरेका थिए। र डाभोसमा आफूलाई एक चुट्कीको भरमा ससमस्या समाधान गर्ने (ह्यान्ड–अफ प्रोफेट) व्यक्तिको रूपमा देउखांदै गर्दा उनी आफैलाई स्वतन्त्रतावादीहरुको ट्रोल बन्नका लागि पनि डराएका थिएनन् । नव–केनेसियन र नाजीहरू बीच कुनै ठूलो अन्तर नभएको उनले घोषणा गरेका थिए । ‘सामाजिक प्रजातन्त्रवादी र फास्टिहरू, प्रगतिशील र कम्युनिस्टहरू, लोकप्रियतावादीहरू र भुमण्डलीकरणवादीहरु’ का लागि पनि यही कुरा लागू हुने चेतावनी दिए ।(सम्पूर्ण सामाजिक नियन्त्रणको लक्ष्य राख्ने सबै भिन्न भिन्न तथ्याङ्कवादीहरू जस्तै)।
आफ्नो देशको आर्थिक इतिहासलाई स्वच्छ वैचारिक कथामा परिणत गर्दै उनले अर्जेन्टिनाका बारेमा बोलिरहेका थिए। तर उनी डाभोसमा थिए, उनले भने, बाँकी विश्वलाई उही प्रिस्क्रिप्शन प्रस्ताव गर्न, उद्यमी वीरता र राज्यको अन्त्यलाई मिलाएर विश्वव्यापी दृष्टिकोण प्रस्तुत गर्दै– वा, उनले भने जस्तै, ‘पश्चिमी संसारलाई समृद्धिको बाटोमा फर्कन आमन्त्रित गर्न।’
त्यहां उनको प्रशंसा गरियो–सबैले होइन, तर धेरैले। द वाल स्ट्रिट जर्नलले भाषणको एउटा अंश प्रकाशित गर्दै लेखेको थियो, ‘मिलीले डाभोसको जमवोरीलाई मेरुदण्ड प्रत्यारोपण गराइदिएका थिए।’ रूढिवादी इतिहासकार नियाल फर्गुसनले यस व्याख्यानलाई ‘व्यक्तिगत स्वतन्त्रता र स्वतन्त्र बजार अर्थतन्त्रको भव्य रक्षा’ को संज्ञा दिएका थिए । भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रिसनले पनि मिलीको उपस्थितिलाई रुचाएका थिए । एलन मस्कले पनि उनलाई निकै रुचाए । जसले राष्ट्रपतिलाई स्टेजमा पोन्टिफिकेट हेर्दै एक जोडीले सेक्स गरिरहेको तस्बिरलाई मीम–ट्विट गरेका थिए (टिप्पणी गर्दै, ‘सो हट आर…एन…’
एक वर्ष अघि, यदि तपाईंले दक्षिण अमेरिकाका राजनीतिक नेताहरूलाई हेर्नुभयो र २०२४ मा विश्व कूटनीतिमा सबैभन्दा ठूलो छाप कसले बनाउन सक्छ भनेर सोच्नुभएको छ भने, तपाईंले निश्चित रूपमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई रोज्नु पर्ने थियो, जसले १२ वर्ष राजनीतिक मरुभूमिमा बसेपछि २०२३ मा सत्ता पुनरागमन गरेका छन् । नयाँ ल्याटिन अमेरिकी क्रान्तिकारी आभाका साथ उनी सत्तामा फर्किरहेका छन् । लुलाले पुरानो नवउदारवादी सहमतिको प्रगतिशील विकल्पलाई मूर्त रूप दिए जस्तो देखिन्थ्यो । उनले अन्तिम पटक पदभार सम्हालेदेखि नै स्पष्ट रूपमा तयो विकल्प भाँचिएको थियो ।
तर त्यो पुरानो सहमतिबाट बाहिर निस्कन गाह्रो भएको छ, बर्लिन पर्खालको पतन र डोनाल्ड ट्रम्पको उदयको बीचको संसारलाई धेरै हदसम्म शासन गर्ने कुनै एकल स्पष्ट उत्तराधिकारवाला विचारधारा छैन। यस वर्ष, विश्वको आधा जनसङ्ख्या ओगट्ने देशहरूमा चुनावहरू हुँदैछन् –सायद मानव इतिहासको सबैभन्दा ठूलो लोकतान्त्रिक वर्ष पनि हो । तर ती चुनावको अर्थ निक्र्योल गर्न धेरै समय बाँकी छ। त्यहाँ ट्रम्पवादी–राष्ट्रवादीहरू एकखाले अभिजात वर्गको रुमपा पङ्क्तिबद्ध छन् । युरोपभरि पुराना पश्चिमी संस्थागतवादीहरू र एउटा महाद्वीपीय नयाँ दक्षिणपन्थीहरू अझै संगसंगै यात्रामा छन् । अधिनायकवादी गठबन्धनहरूका रुपमा चीन वा रसियाका वरपर तिनीहरूका झुम्मिन्छन् । लुला जस्ता वैश्विक वामपन्थीहरू, विकासशील संसारभर प्रगतिशील एकताका लागि आन्दोलन गरिरहेका छन्।
र, त्यसपछि त्यहाँ मिली पनि छन् । लचकदार, जुझारू, सनकी र अनियमित । उनको निश्चित शैली ट्रम्पसँग मिल्दोजुल्दो छ । तर उनी अधिक, गम्भीर र वैचारिक रूपमा प्रतिबद्ध छन्। विवेक रामास्वामी र म्याट स्ल्यापका साथै ट्रम्पले समेत उनको प्रशंसा गरेका छन्। जसले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा मिलीलाई निम्त्याएका थिए र अर्जेन्टिनालाई फेरि महान् बनाउनका लागि शुभकामना दिएका थिए। तर सांस्कृति–युद्धका बौद्धिक सोहराब अहमदीले औंल्याएझैँ, ‘मिलीले संयुक्त राज्यका लगभग सबै ‘मागा’लोकप्रियतावादीहरूलाई अस्वीकार गर्छन्, र विकसित क्षेत्रहरूमा समानान्तर आन्दोलनहरू गर्छन्।र विकसित संसारभरका एनालग आन्दोलनहरूले यसको पक्षमा उभिने दाबी गर्छन्।’
अहमदीको अर्थ के हो भने मिली भूमण्डलीकरणबाट हार्नेहरूसँग कुरा गर्ने संरक्षणवादी व्यापारिक योद्धा होइनन् तर एक कट्टरपन्थी स्वतन्त्र मार्केटर हुन् जसले उनीहरूलाई सान्त्वना दिन धेरै कुरा गरिएको छ भन्ने विश्वास गर्छन्। यस तरिकाले, मिली १९७० र ८० को दशकका ल्याटिन अमेरिकी तानाशाहहरूसँग धेरैहदसम्म समान देखिन्छन् –उनको एन्क्याप चेनले एक प्रकारको लोकप्रियतावादी आघात सिद्धान्त र उनको ऐन रान्ड शासनलाई स्वतन्त्र बजारका लागि जुन्ता जस्तो देखिन्छ, तर उनी यसपटक सैन्य बलका रूपमा होइन ५५.७ प्रतिशत लोकप्रिय मतकासाथ राजनीतिक शासनको मञ्चमा खडा भएका छन् ।
के यस्तो राजनीतिको लागि विश्वव्यापी निर्वाचन क्षेत्र छ ? अर्जेन्टिनामा आर्थिक र राजनीतिक निराशाको एक शताब्दीलाई सिकिस्त पार्न असाधारण मुद्रास्फीति संकटले यो अवस्था तय गरेको थियो, र मिली–वादको पहिलो परीक्षण पनि त्यहीं स्थानीयरुपमा हुने सम्भावना छ(विश्वव्यापी होइन)। तर विश्वव्यापी रूपमा सबैभन्दा उल्लेखनीय कुरा भनेको मिलीको भाषाले सुरुवातदेखि नै कसरी राजनीतिक महामारीको रुपमा व्यापारिक अभिजात वर्गका धेरै कुनाहरूबाट विस्फोट भइरहेका समानखाले भाषालाई प्रतिध्वनित गर्दछ –विशेषगरी सोसल मिडियाको युगमा आफूलाई अभिषेक गरेका वा सार्वजनिक प्रशंसाद्वारा प्रगतिको लोकप्रिय दार्शनिकका रूपमा अभिषेक गरिएका व्यक्तिहरूद्वारा।
तपाईंले सायद योग्यतामाथि युद्धको बर्चस्वका बारेमा सुन्नुभएको छस, विविधता, समानता र समावेशी यस्तो कुरा व्युझिएको दिमागी भाइरस हो भन्छन्, यस्तो अवस्थालाई जुन कुनै मूल्यमा तत्कालै प्राविधिक तरिकाले भए पनि सिध्याउनु पर्दछ भन्ने पैरवी गर्दछन् । यी केवल धेरै र व्यापक प्रतिक्रियाका घटनामा देखिने सबैभन्दा तीव्र अभिव्यक्तिहरू हुन्ः यथास्थितिलाई भत्काउनेहरु भन्दै विश्वका धेरै धनीमानीहरु सबैभन्दा मुखररुपले आलोचकका रुपमा देखिन्छन् । उनीहरूलाई लाग्दछ कि तिनीहरू सबै लगभग समान रूपमा उनीहरूको विरुद्धमा खडा भएका छन् ।
पछिल्लो शरद ऋतुमा सिलिकन भ्यालीको धेरै वाहवाहीमा प्रकाशित आफ्नो ‘टेक्नो–अप्टिमिस्ट मेनिफेस्टो’मा, एन्ड्रिसनले ‘हामीलाई झूट बोलाइन्छ’ भन्ने लाइनसाथ सकारात्मकताको लागि संक्रामक आह्वान गरेका थिए । यसको अर्थ हामीलाई ‘निराशावादी भनिएको छ’ भन्दै उनले आफ्नो कथनलाई अझ विस्तारमा लेखेका थिए ‘हाम्रो वर्तमान समाज छ दशकदेखि–टेक्नोलोजीको बिरूद्ध र जीवनको बिरूद्ध–अस्तित्वगत जोखिम’, ‘स्थिरता’ ‘ इ.एस जी.’, ‘दिगो विकास लक्ष्यहरू’, ‘सामाजिक उत्तरदायित्व’, ‘हितधारक पुँजीवाद’, ‘सावधानी सिद्धान्त’ र अन्य धेरै थरिका कुराहरुमा जन मनोबल अभियानको अधीनमा परिएको छ। ‘हाम्रो शत्रुहरु ती हुन्, योग्यता विरोधी, महत्वाकांक्षा विरोधी, आन्दोलन विरोधी, उपलब्धि विरोधी, महानता विरोधी’, उनले थपेका थिए ।
विश्वव्यापी अशान्तिको १५ वर्ष भन्दा बढी समयदेखि हामी आर्थिक सङ्कटको परिणामलाई लोकप्रियतावादी आक्रोशको युगका रूपमा हेर्ने बानी पारेका छौ । जसले पछाडि छोडेर अझ बढी माग गर्न उठिरहेका छन्, कम्तिमा अझ चर्को आवाज उठिरहेको छ। तर यदि मिलीको लोकप्रियता यस युगको अभिव्यक्ति हो भने, यो एउटा अर्को नयाँ रूप हो। ट्रम्प र ब्रेक्जिट वर्षहरूमा व्यापक प्रतिमानमा, अभिजात वर्गलाई जनताको शोषक शत्रुका रूपमा हेरिएको थियो, अब तिनीहरू महानताको शत्रु हुन्। र, यो, सहरमा धारिलो हतियार बोक्ने फरक प्रकारको व्यक्ति मात्र हो।
:न्यूयोर्क टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्