ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा


एबीसी न्यूज
२२ चैत्र २०८०, बिहिबार   २ : १७   बजे

काठमाडौं २२ चैत । अमेरिकी अर्थमन्त्री जानेट येलेन चीनसँगको व्यापार र लगानीसम्बन्धी विषयमा छलफल गर्न चीन प्रस्थान गर्नु भएको छ । एक वर्षभित्र अर्थमन्त्री येलेनको चीनको यो दोस्रो भ्रमण हो ।

चीनमा रहँदा उहाँले केही औद्योगिक क्षेत्रमा चीनले व्यापक लगानी गरेपछि त्यसबाट उत्पन्न चासो र चिन्ताप्रति चिनियाँ अधिकारीहरूसँग छलफल गर्नु हुनेछ ।

यही अप्रिल ३ देखि ९ तारिखसम्म हुने अर्थमन्त्री येलेनको भ्रमण दक्षिणी सहर ग्वान्झाउबाट सुरु हुनेछ । ग्वान्झाउमा येलेनले त्यहाँ रहेका अमेरिकी कम्पनीका प्रतिनिधिबाट ब्रिफिङ लिनुका साथै चिनियाँ अधिकारीहरूसँग छलफल गर्नु हुनेछ । उहाँले ग्वान्झाउमा चीनका उपप्रधानमन्त्री हे लिफेङर ग्जान्झाउका प्रान्तीय गभर्नर वाङ वाइझोङसँग भेटवार्ता गर्नु हुनेछ ।

त्यसपछि अर्थमन्त्री येलेन बेइजिङका लागि प्रस्थान गर्नु हुनेछ । बेइजिङमा उहाँले चिनियाँ प्रधानमन्त्री लि क्याङ, अर्थमन्त्री लान फोआन र केन्द्रीय बैङ्कका गभर्नर पान गोङसेङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री येलेनसँगै यात्रारत पत्रकारले सोधेको प्रश्नमा येलेनले चीनले कतिपय औद्योगिक क्षेत्रमा अत्यधिक लगानी गरेकाले त्यसतर्फ हामीले चासो राख्नेछौँ भन्नुभयो । चीनको यस लगानीबाट अमेरिका र अन्य मुलुकमा रहेका उद्योग व्यवसायमा पनि असर पर्ने खतरा छ, येलेनले भन्नुभयो ।

अर्थमन्त्री येलेनले चीनले खासगरी सोलार ब्याट्री, विद्युतीय सवारीसाधन र ब्याट्रीमा बढाएको लगानीबाट अमेरिकी अर्थतन्त्रमा पनि असर पर्ने खतरा देखिएको बताउनुभयो । अमेरिकाले यी सामानको उत्पादन देशभित्रै गरेर आत्मनिर्भर हुन चाहेको छ, तर चीनले अतिरिक्त अनुदान दिएपछि चिनियाँ कम्पनीका सामान सस्तिएका छन् ।

चिनियाँ सामानमा थप कर लगाउनेतर्फ अमेरिकाले विचार गरिरहेको छ कि भन्ने प्रश्नमा येलेनले अमेरिकी उत्पादनको संरक्षण गर्ने उपायहरू हामीसँग रहेका छन् भन्नुभयो ।

विश्वकै दुई ठुला अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबिचको व्यावसायिक सम्बन्धलाई स्थायित्व प्रदान गर्न बाइडेन प्रशासनले कार्य गरिरहेको बताइएको छ ।

गत वर्ष जुलाई २०२३ मा निकै तनावपूर्ण सम्बन्धका बिच भएको वार्ता निकै फलदायी रहेको थियो । खासगरी ताइवान मामिलालाई लिएर दुवै देशबिचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । तर आर्थिक तथा वित्तीय नीति सम्बन्धमा छलफल गर्न दुवै देशबिच संयुक्त कार्यसमूह गठन भएको थियो ।

यो कार्य समूहको बैठक यसै महिना बस्दैछ, अर्थमन्त्री येलेनले भन्नुभयो ।

अमेरिकी अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार येलेनको चीन भ्रमणका अवसरमा चिनियाँ समकक्षीसँग चीनको गलत व्यापार अभ्यासका विषयमा दबाब दिइने छ । चिनियाँ सामानको व्यापक आयातले अमेरिकी फर्म र कामदारमाथि निकै असर गरेको अमेरिकी अधिकारीहरूको भनाइ छ ।

चिनियाँ सामानको यस किसिमको आप्रवाहलाई टुलुटुलु हेरेर बस्न सकिन्न, अमेरिकी उप अर्थमन्त्री जे शामबागले बताउनुभयो । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu