काठमडौं, २७ चैत्र । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने योजना बनाएको भन्दै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको विश्लेषकहरूको अनुमान छ । साथै, मध्यपूर्वमा चर्किएको अशान्ति र अस्थिरताको कारण पनि लगानीकर्ताहरूले सुनमा लगानी बढाइरहेको कारण पनि सुनको भाउ अकासिएको बताइएको छ । त्यसैको परिणामस्वरूप नेपालमा पनि सुनको भाउले उच्च मूल्यको नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले प्रति आउन्स तीन हजार डलर सम्म पुग्न सक्ने प्रक्षेपण गरिरहेको बताएका छन् ।
सुनको भाउ तीब्र रुपमा बढ्दै गर्दा त्यसले आन्तरिक बजारमा भने गम्भीर प्रभाव पारेको व्यवसायीहरूले बताएका छन् । दिनहुँजसो उकालो लागिरहेको सुनको मूल्यमा सोमबार फेरि नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ। अमेरिकी केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने योजना बनाएको भन्दै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको विश्लेषकहरूको अनुमान छ। त्यसैको परिणामस्वरूप नेपालमा पनि सुनको भाउले उच्च मूल्यको नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । यो साता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ रेकर्ड स्तरमा पुग्दै प्रति आउन्स २१२० अमेरिकी डलर नाघेको थियो । अहिले निरन्तर सुनको भाउ उकालो लाग्नुमा खासगरि अमेरिकी नीति तथा विश्वका विभिन्न भागमा जारी अशान्ति कारक रहेको विश्लेषण गरिएको छ । अमेरिकी नीतिको हकमा कोभिडको समयपछि त्यहाँ बढेको महँगी वा मुद्रास्फीतिसँग जुझ्न फेडरल रिजर्भले ब्याज दर बढाइदिएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिकी केन्द्रीय ब्याङ्कले जुन महिनातिर ब्याज दर घटाउन लागेका विवरण निरन्तर दिइरहेका छन् ।अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले अमेरिकी फेडरल रिजर्भको निर्णयलाई चासोका साथ हेर्छन् । अन्तर्राष्ट्रिय वित्तको नियम के हो भने जुन देशको ब्याज घट्छ । त्यसको मुद्राको आकर्षण पनि घट्छ।
सुन र डलरको सदावहार सम्बन्ध जब डलरको आकर्षण कम हुन्छ तब सुनप्रति लगानीकर्ता झुम्मिन्छन् र त्यसको भाउ बढ्छ। अमेरिकाको फेडरल रिजर्भले ब्याज घटाउने भनिएपछि त्यहाँका ब्याङ्कमा राखिएका पैसा झिकेर लगानीकर्ताहरूले सुन तथा बिटक्वाइनमा लगानी गर्दा दुवैको भाउ रेकर्डस्तरमा बढिरहेको छ ।नेपालमा आन्तरिक बजारमा सुनको भाउ चाहिँ अन्तर्राष्ट्रिय बजारमा उसको भाउलाई डलरको विनिमय दरले गुणन गरेर अनि त्यसमा भन्सार शुल्क तथा सञ्चालन खर्च जोडेर तय गरिन्छ।सुनको भाउ अकासिनुको अर्को कारण चाहिँ मध्यपूर्वमा चर्किएको अशान्ति पनि रहेको व्यवसायीहरू बताउँछन्।अशान्ति र अस्थिरताको माझमा लगानीकर्ताहरूले सुनलाई भरपर्दो माध्यम मान्ने गर्छन्।इजरायल र हमासको युद्ध हुँदा पनि नेपालमा सुनको भाउ तोलाको १ लाख सात हजारबाट १ लाख १५÷१६ हजार रुपैयाँ पुगेको थियो। यसर्थ सुनको भाउ अझै बढ्ने आंकलन गरिएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले प्रति आउन्स तीन हजार डलर सम्म पुग्न सक्ने प्रक्षेपण गरिरहेको बताएका छन् ।सुनको भाउ तीब्र रुपमा बढ्दै गर्दा त्यसले आन्तरिक बजारमा भने गम्भीर प्रभाव पारिसकेको व्यवसायीहरूले बताएका छन्।अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा डलर र सुनको सदाबहार सम्बन्ध रहने गरेको बताइन्छ अहिले नेपाल राष्ट्र बैंकले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ। भन्सार विभागले दिएको पछिल्लो आँकडामा पनि सुनको आयात घटेको देखिन्छ । साउनदेखि माघसम्मको सात महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरका कुल १५ सय किलोग्राम सुन आयात भएको देखिन्छ। एक किलोग्राममा भन्सार शुल्क करिब १२ लाख रुपैयाँ तिर्नुपर्छ। राष्ट्र बैंकको पुस मसान्तसम्मको विवरणमासुन आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशतले घटेको देखिन्छ।
तर, पछिल्ला वर्षहरूमा अवैध सुन बरामद भएका घटना भने बढ्दो छ। नेपाल प्रहरीको विवरणअनुसार २०७०\७१ देखि०७९\८० सम्ममा छ सय छ किलोग्राम अवैध सुन बरामद गरिएको छ। त्यस्तै, संसारभरि लगानीको सबैभन्दा सुरक्षित क्षेत्र मानिने सुनलाई नेपालमा भने सांस्कृतिक प्रयोगका लागि मात्रै खुला गरिएको छ । कानुनी रूपमा नेपालमा सुनमा व्यावसायिक लगानी गर्न पाइँदैन । अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा वा अरू औद्योगिक क्षेत्रमा मन्दी छाउँदा पनि सुनमा लगानी बढ्न जान्छ । विश्वका हरेक केन्द्रीय बैंकले सुरक्षाका लागि सुन भण्डारण गर्छन् । कुनै पनि देशका नोट, मुद्रा वा अन्य सम्पत्तिलाई अरू देशले मान्यता नदिन सक्छन्, तर सुन सबै देशको साझा सम्पत्ति हो । मूल्य जति बढ्दै जान्छ, महत्त्व त्यति धेरै बढ्दै जान्छ । नेपालमा पनि केन्द्रीय बैंकले सुनमा लगानी गरेको छ । अमेरिका, भारतसहित विश्वभरिका केन्द्रीय बैंकले सुन भण्डारण उच्च दरले बढाएपछि मूल्य अझै बढ्ने प्रक्षेपण भइरहेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वाणिज्य बैंकहरूले सुन आयात गरेर व्यवसायीलाई प्रदान गर्दछन् । व्यवसायीले त्यही सुनबाट गरगहना बनाएर ग्राहकलाई बेच्छन् । नेपालमा वाणिज्य बैंकहरूले हाल दैनिक २० किलोसम्म सुन आयात गर्न सक्ने नीतिगत व्यवस्था छ । वैदेशिक रोजगारमा गएकाले पनि ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ ।
नेपालमा विवाह, धार्मिक तथा सांस्कृतिक कार्यका लागि सुन प्रयोग हुने गरेको छ भने अन्य विभिन्न देशमा कमोडिटी मार्केटबाट सुन कारोबार हुन्छ । दिनदिनै सुनको मूल्य उतारचढावबाट कारोबारी तथा लगानीकर्ताले नाफा लिने गरेका छन् । पछिल्लो पाँच वर्ष हेर्ने हो भने पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.७ गुणाले बढेको छ । यसको अर्थ पाँच वर्षअघि सुनमा ५ लाख लगानी गरेकाको सम्पत्ति मूल्य अहिले ८ लाख ५० हजार पुगेको छ । छोटो अवधिमा हुने उतारचढावका क्रममा हुने खरिद–बिक्रीको नाफा अलग्गै छ । मूल्यवृद्धिको नाफा मात्रै होइन, भारतसहित अन्तर्राष्ट्रिय बजारमा सुन बचत गरेर थप प्रतिफल पाउने विभिन्न बैंक तथा संस्थाका स्किम छन् । निश्चित समय अवधिका लागि सुन बचत गर्दा वार्षिक पाउने प्रतिफल पहिले नै तोकिएको हुन्छ ।सुन बचत गर्दा एकातिर परिमाण नै थपिने र अर्कातिर मूल्य पनि बढ्दै जाँदा हुने नाफाले अन्तर्राष्ट्रिय बजारमा लगानी निकै प्रतिफलमूलक देखिन्छ । तर, गहना लगानीका लागि उपयुक्त हुँदैन । गहना नै खरिद गरेर राख्दा जर्ती तथा ज्याला शुल्क, सुरक्षणका लागि अनावश्यक खर्च बढ्न जान्छ । गहनाका रूपमा सुन खरिद गर्दा व्यवसायीले कुल मूल्यको थप १२ प्रतिशतसम्म ज्याला तथा जर्ती लिने गरेका छन् ।मूल्य स्थिर रहे जर्ती तथा ज्यालामा लागेको थप १२ प्रतिशत रकम नोक्सानी नै बेहोर्नुपर्छ ।अर्कातर्फ, भौतिक रूपमा गरगहना किनिसकेपछि त्यसलाई घरमै राख्नु पनि जोखिम मानिन्छ । जुनसुकै बेला चोरिने वा अन्य आपराधिक घटना समेत निम्तिन सक्ने जोखिम हुन्छ । लगानीकर्ता तथा कारोबारीले विश्वभरि सुन कारोबार गरेर नाफा लिइरहेका बेलात्यसबाट लाभ लिन नेपालका लगानीकर्ताहरूले विकल्प खोजिरहेका छन् । त्यसर्थ, सरकारले सुनको लगानीका लागि सहज नीति बनाउने सम्बन्धमा बिचार गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्