ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेजमा जान डराए उधमी, १३ वटा उधोगको मात्र निवेदन


admin
८ फाल्गुन २०७४, मंगलबार   ४ : २२   बजे


काठमाडौं, ८ फागुन । विशेष आर्थिक क्षेत्र ९सेज० निर्धारण गरिएको रूपन्देहीको भैरहवामा उद्योग सञ्चालनका लागि जम्मा १३ वटा उद्योगीले मात्र निवेदन दिएका छन् । गत वर्ष भदौमा १९ वटा उद्योगले सञ्चालनका लागि सम्झौता गरेकोमा आईतबारसम्म १३ जनाको मात्र निवेदन पेश भएको सेजका प्रवक्ता सुन्दर थापाले जानकारी दिए ।

विशेष आर्थिक क्षेत्र विकास समितिले सूचना निकालेर सेजमा उद्योग स्थापना तथा सञ्चालनार्थ समझदारी पत्रमा हस्ताक्षर गरेका उद्योगीहरूलाई उद्योग सञ्चालनका लागि अनुमतिपत्रको निवेदन दिन सूचना प्रकाशन गरेको थियो ।

‘यहाँबाट उत्पादित वस्तुहरु ७५ प्रतिशत विदेश निकाशी गर्नुपर्ने प्रावधान छ । जसले गर्दा आउँछौं भन्ने उद्योगीहरू उत्पादित वस्तु निकासी गर्न सकिँदैन कि भन्ने डरले आउन हिचकिचाएको देखिन्छ’ उनले भने ।

सेज रोजगारी सिर्जना, निर्यात प्रवद्र्धन र औद्योगिक विकासमा कोशेढुंगा हुने बताइएको छ । तर उद्घाटन भएको ३ वर्ष पुग्दा पनि योजनालाई मुर्तरुप दिन सकेको छैन ।

उद्योग सञ्चालनको अनुमति माग गर्दै निवेदन दिनेमा सुगम नानो हर्बल प्रा.लि, आइडिएस इलेक्ट्रिक, इन्टरटेक, मिनरल वाटर ईण्डस्ट्रिज, किरण सुज, महेन्द्र कुमार गोयलको गोयल गु्रप अन्तर्गतको बर्न गार्मेन्ट उद्योग, ट्रान्स हिमालयन बेभरेज, गार्मेन्ट प्रोसेसिंग ईण्डस्ट्रिज, सिद्धार्थ पेट प्लाष्ट प्रालि, एक्सन पोलिमर प्रालि र सिद्धार्थ प्लाष्टलगायतका रहेका छन्।

उद्योग सञ्चालनको सम्झौता गरेका अन्य उद्योगमा जगदम्बा, गोल्छा, अरुणखोला बहुउद्देश्यीय सहकारी र चेतनशील मल्टी प्रपोज रहेका छन् । सम्झौता गरेर नआउने उद्योगीहरुको दर्ता खारेजी गरी नयाँ प्रकृया अघि बढाइने उनले बताए ।

सेजमा उद्योग स्थापनाका लागि अनुमति माग गरेका उद्योगी सिद्धार्थ गु्रपका निर्देशक राजेश कुमार अग्रवालले आफूहरु निकै उत्साहित रहेको भन्दै छिटोभन्दा छिटो सेजभित्र आवश्यकता अनुसारको विद्युत् उपलब्ध गराउन आग्रह गरे । ‘उद्योगीहरुको करोडौ रुपैयाँ लगानी हुने र देशकै पाइलट प्रोजेक्टका रुपमा सेज रहेकाले सफल बनाउने जिम्मेवारी सबैको हुन्छ,’ अग्रवालले भने ।

 

विशेष आर्थिक क्षेत्र सञ्चालन व्यवस्थापन मापदण्ड तथा कार्यविधि अनुसार विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य हर्वल प्रोडक्ट, छालाको वस्तु, तयारी पोशाक, हस्तकला र धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइन्छ । सेज सञ्चालमा आए निर्यातजन्य उद्योगको स्थापनाले मुलुकको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउन बल पुग्ने छ ।

सेजका उद्योगीहरुलाई पाँच वर्षसम्म आयकर छुट हुनेछ । घरबहालमा पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत छुट हुने छ । कच्चा पदार्थ तथा मेसिन उपकरणको आयातमा तिरेको मूल्य अभिवृद्धिकर (भ्याट) फिर्ता हुनेछ । सेजभित्रका उद्योगमा प्रतिकूल असर पर्ने गरी बन्द हडताल गर्न पाइने छैन ।

५२ बिगाहा क्षेत्रफलमा फैलिएको सेजमा १४ सय देखि ३७ सय वर्ग मिटरसम्मका ६९ वटा प्लटहरू रहेका छन् ।  त्यस्तै सम्झौता भएको एक वर्षभित्रमा उद्योगले उत्पादन सुरु गरिसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu