ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामदार भिसामा न्युजिल्याण्डले गर्‍यो कडाइ


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   ३ : ०३   बजे

काठमाडौं २७ चैत । अस्थिर आप्रवासन रोक्न भन्दै न्युजिल्याण्डले कामदार भिसामा कडाइ गरेको छ । न्युजिल्याण्ड प्रवेश गर्ने आप्रवासीको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि आप्रवासन नीतिमा कडाइ गरेको न्युजिल्याण्डका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

कम दक्ष आवेदकहरूका लागि अब अंग्रेजी भाषा परीक्षाको मापदण्ड परिवर्तन गर्न लागिएको छ भने उनीहरूलाई पाँच वर्षको सट्टा तीन वर्षको प्रवेशाज्ञा दिने भएको छ।

यसअघि न्युजिल्याण्डले पाँच वर्षको प्रवेशाज्ञा जारी गर्दै आएको थियो । ‘सरकारी अर्थतन्त्र सबलीकरणका लागि व्यवस्थित आप्रवासन जरुरी छ,’ न्युजिल्याण्डका आप्रवासन मन्त्री इरिका स्ट्यानफोर्डले भनेकी छन्, ‘मुलुकको आवश्यकता अनुसार आप्रवासन नीति बनाउन अत्यावश्यक छ ।’

गत वर्षमात्रै न्युजिल्याण्डमा १ लाख ७३ हजार आप्रवासी कामदार भित्रिएका थिए । अहिले आप्रवासी कामदारका लागि नीति परिवर्तन गर्दै उनीहरूको कार्यअनुभव तथा दक्षता परीक्षणमा कडाइ गरिएको छ । अबदेखि रोजगारदाताहरूले कामदारलाई काम प्रस्ताव गर्नुअघि मापदण्डमा तोकिए बमोजिम सबे जाँचबुझ गर्नुपर्नेछ ।

यसअघि वेल्डिङ, सिलाई लगायतका ११ वटा कामका कामदार भित्र्याउने र उनीहरूलाई स्थायी बसोबास अनुमति दिने तयारी न्युजिल्याण्ड सरकारको थियो । आप्रवासी कामदाहरूमाथि शोषण नहोस् भन्नका लागि आप्रवासन नीतिमा परिमार्जन गरिएको मन्त्री स्ट्यानफोर्डको भनाइ छ ।

‘व्यवस्थित आप्रवासनको सुरुवात गरेर निकट भविष्यमा वृहत कार्यक्रमार्फत आप्रवासीहरूको हित सुनिश्चित गर्ने गरी सरकार अघि बढ्नेछ,’ उनले भनेकी छन् । ५।३ मिलियन जनसङ्ख्या रहेको न्युजिल्याण्डमा सन् २०२२ देखि उल्लेख्य सङ्ख्यामा आप्रवासी बढिरहेका छन् ।

अब सरकारले मुलुकमा अभाव रहेका कामदारको सूचीकरण गरी उनीहरूलाई मात्रै प्राथमिकता दिने भएको छ । यस्तै रोजगारमा पहिलो प्राथामिकता नागरिकलाई दिएर पदपूर्ति गर्ने र त्यसपछि आवश्यक परेका ठाउँमा आप्रवासी कामदारलाई अवसर दिने सरकारी नीति छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिष्टोफर लक्सनले गत वर्ष आप्रवासन दर दिगो प्रकृतिको नरहेको बताएका छन् । ‘कोभिडको समयमा न्युजिल्याण्डको आप्रवासन प्रणाली बन्द थियो । कामदारको रिक्तता पूर्तिका लागि कोभिडपछि खुला गर्दा आप्रवासीहरूको सङ्ख्या ह्वात्तै बढ्यो तर अर्थतन्त्र भने धिमा नै रह्यो,’ उनले भनेका भन् ।

अझै पनि आप्रवासन व्यवस्थित नगर्ने हो भने घरजग्गा तथा बसोबासको मूल्य ह्वात्तै बढ्ने नीति निर्माताहरूले चेतनावी दिंदै आएका छन् । यद्यपि रोजगारदाताहरूले भने आप्रवासी कामदार कटौती गर्ने हो भने उत्पादनमा समस्या आउनसक्ने बताएका छन् ।

‘हामी सही र दक्ष कामदार ल्याउनेतर्फ नै केन्द्रित छौं । उनीहरू शोषणमा नपरून् भन्नेमा हामी सचेत छौं’ रोजगारदता एलन डोनल्डले भनेका छन्, ‘कामदारलाई न्युजिल्याण्ड आउन निरुत्साहित गर्ने हो भने उनीहरू अन्यत्र जाने छन् र यसले मुलुकको अर्थतन्त्रलाई थप प्रभावित गर्नेछ ।’

अर्कोतर्फ न्युजिल्याण्डकै नागरिकहरू अन्यत्र गइरहेका छन् । गत वर्षमात्रै न्युजिल्याण्डका ४७ हजार नागरिक अन्य मुलुकमा बसाइँ सरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group