काठमाडौं ३० चैत । १२ वर्षपछि खोलो फर्किन्छ भन्ने उखान २०८० सालमा नेपाली क्रिकेटमा लागु भयो । नेपाली क्रिकेटलाई आईसीसी टी–२० विश्वकपमा छनोट हुन ठ्याक्कै १० वर्ष लाग्यो ।
सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपालले १० वर्षपछि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकप यात्रा तय गर्न सफल भयो । नेपाली क्रिकेटले विश्वकप छनोटसँगै चीनमा भएको १९औँ एसियाली खेलकुद ९एसियाड० मा भारत र श्रीलंका जस्ता बलिया टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रच्यो ।
यू–१९ टोलीको विश्वकप यात्रा र अन्य अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा पनि नेपालको प्रदर्शन उल्लेख्य रह्यो । वर्षको सुरुमा नेपाली क्रिकेटले आइसिसी एकदिवसीय मान्यता जोगाउनु क्रिकेटमा अर्को महत्वपूर्ण क्षण रह्यो । घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपालले भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग ऐतिहासिक प्रदर्शन गर्यो ।
नेपाली क्रिकेट मुख्यालय नेपाल क्रिकेट सङ्घ ९क्यान० को निर्वाचन र उक्त निर्वाचनले पूर्व कप्तान पारस खड्कालाई सचिव जस्तो नेतृत्वदायी भूमिकामा निर्वाचित गर्नु नेपाली क्रिकेटका लागि अर्को कोशेढुङ्गा रह्यो । पारसको आगमनसँगै नेपाली क्रिकेटको घरेलु र अन्तर्राष्ट्रिय संरचनामा आमूल परिवर्तन भएको छ ।
वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपालले भारत र पाकिस्तान जस्ता ठूला टिमसँग ऐतिहासिक प्रदर्शन गर्यो । एसियाड अन्तर्गत टी–२० क्रिमेटमा सबैभन्दा छिटो शतक र अर्धशतकको कीर्तिमानसहित एकै खेलमा सर्वाधिक रन बनाउने र फराकिलो अन्तरको जितको कीर्तिमान नेपाली क्रिकेट टोलीले बनायो । अन्य खेलको चुलनामा २०८० साल नेपाली क्रिकेटका लागि चलायमान बन्यो ।
एसियाडमा ऐतिहासिक रजत
नेपाली खेलकुदका लागि २०८० साल सहभागिता र उपलब्धिको हिसावले पनि थप महत्वपूर्ण बन्यो । चीनको होङझाओमा असोजमा भएको एसियाडमा नेपालले २९ खेलमा दुई सय ५३ खेलाडी सहभागि गराएको थियो । ठूलो प्रतियोगितामा नेपालले यो अहिलेसम्मकै ठूलो सहभागिता हो ।
उपलब्धिको हिसावले पनि नेपालकी कराते खेलाडी एरिका गुरुङले रजत पदक जित्दै नेपालको इज्जत जोगाउनुभयो । एरिकाले एसियाडमा नेपाललाई ब्यक्तिगत स्पर्धामा २५ वर्षपछि रजत दिलाउनुभएको हो । करातेमा भने नेपालको यो ऐतिहासिक रजत हो ।
यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले ब्यक्तिगत रजत जित्नुभएको थियो । एरिकाको रजतसँगै एसियाड महिला कड्डीमा कांस्य र पारा खेलाडी पलेशा गोवर्धनले कांस्य जित्दै नेपालको यज्जत जोगाउनुभयो । एसियाडका नेपालका एथलेटिक्स, भारोत्तोलन र सुटिङका खेलाडीले पनि नयाँ कीर्तिमानसहितको प्रदर्शन गर्न सफल भए ।
वर्षको अन्तिममा पलेशाले चीनमा भएको पेरिस ओलम्पिक एसियाली छनोटमा स्वर्ण जित्दै ओलम्पिक छनोट गर्ने नेपाली पारा खेलाडीको कीर्तिमान रच्नुभयो । वर्षको अन्तिम अर्थात् चैतमा अमेरिकामा आयोजित युएसए ओपन कराते च्याम्पियनसिपमा १८ देखि २१ वर्षको जुनियरमा स्वर्ण र सिनियर खुलामा रजत जित्दै एरिकाले आफुलाई अब्बल भएको प्रमाणित गर्नुभयो । एथलेटिक्समा दिपक अधिकारी र सन्तोषी श्रेष्ठ घरेलु र अन्तर्राष्ट्रिय स्पर्धामा वर्षभर छाउनुभयो ।
फुटबलमा ओरालो यात्रा
मार्सल आर्ट्स, एथलेटिक्स क्रिकेट जस्ता खेलले फड्को मार्दा २०८० सालमा फुटबल खेल मैदानमा भन्दा मैदान बाहिरको राजनितिमा रमायो । एकै वर्ष तीनवटा साधारणसभा सम्पन्न गर्न एक करोड ५० लाख रुपियाँ सकेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले शहिद स्मारक ‘ए’ र ‘बी’ डिभिजन लिग सुरु नै गर्न सकेन ।
विश्वकप छनोट अन्तर्गत बहराइनसँगको खेल घरेलु मैदान दशरथ रङ्गशालामा खेलाउन नसक्नु अर्को कमजोरी रह्यो । फुटबलका ६ दर्जनभन्दा बढी अब्बल खेलाडी देश छाडेर पलायन बन्दा अन्जन विष्टले १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी बनाउनुभयो ।
अन्जनले यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्नुभयो ।वर्षको उत्तरार्धमा महिला फुटबल टोलीले भने वाफ च्याम्पियनसिपमा उपविजेता बन्दै नेपाली फुटबलको थोरै नाक जोगायो । महिला फुटबलमा सावित्रा भष्डारी र प्रिति राईले आफुलाई अब्बल खेलाडीको रुपमा उभ्याउनुभयो ।
महिला क्रिकेटर रुविना क्षेत्री अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक हान्ने पहिलो नेपाली महिला खेलाडी बन्नुभयो । मुआथाई खेलमा नेपालका गुणराज रुचालले थाइल्यान्डमा आयोजना भएको विश्व मुआथाई च्याम्पियनसिपको सेमिप्रो स्पर्धामा स्वर्ण जित्दै नयाँ इतिहास रच्नुभयो ।
यस्तै साहसिक खेलमा पनि नेपाली खेलाडीको प्रदर्शन उच्च रह्यो । रशिला तामाङ र सुनमाया बुढालगायत खेलाडीले अल्ट्रा म्याराथनमा नेपालको सान बढाउनुभयो । नेपाली खेलकुदको निमायक नेतृत्व राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले वर्षौदेखि दुई सय नौ को संख्यामा रहेको राष्ट्रिय खेल सङ्घलाई घटाएर ६१ मा झार्नु अर्को उपलब्धि बनेको छ ।
यसले खेलकुदमा आगामी योजना बनाउन र र्कान्वयन गर्न केही सहज हुने देखिएको छ । प्रतियोगिता आयोजना र सहभागितासँगै ब्यक्तिगत र समूहगत प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन २०८० मा समग्रमा औसत रह्यो ।
प्रतिक्रिया दिनुहोस्