विश्वको सबैभन्दा ठुलो निर्वाचनमा कांग्रेस पार्टी पराजित हुने तरखरमा छ।
आगामी ६ हप्तामा करिब एक अर्ब भारतीयले मतदान गर्नेछन्। यदि चुनावी अनुमान सही सावित भएमा आम चुनाव प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विजयउत्सव हुनेछ। उनको भारतीय जनता पार्टी (बिजेपी)ले अर्को ठुलो बहुमत प्राप्त गर्नेछस, उनले तेस्रो कार्यकाल पाउनेछन् । विपक्षीका लागि, यसले विपत्तीको सङ्केत गर्दछ। भारतीय स्वतन्त्रताका लागि सङ्घर्षको नेतृत्व गरेको र त्यसपछि दशकौँसम्म राजनीतिमा प्रभुत्व जमाएको काङ्ग्रेस पार्टी लगातार तेस्रो पराजयको दिशामा अघि बढिरहेको छ। सौभाग्यवस यो एक शुम्पेटेरियन क्षण हुनेछ जसले, विपक्षी कांग्रे आईलाई सुधार गर्न बाध्य पार्नेछः भारतीय लोकतन्त्रको स्वास्थ्य यसमा नै निर्भर गर्दछ।
आधुनिक भारतमा काङ्ग्रेसले खेलेको भूमिकालाई प्रोत्ससाहन दिन गाह्रो छ। महात्मा गान्धीको नेतृत्वमा यसले ब्रिटिस साम्राज्यवादको प्रतिरोध (धेरै हदसम्म अहिंसात्मक) गर्यो। जवाहरलाल नेहरू र उनका उत्तराधिकारीहरूको नेतृत्वमा यसले आफूलाई एक–राष्ट्र, बहु–विश्वास, वाम केन्द्रझुवाव आन्दोलनको रूपमा स्थापित गर्दै ५४ वर्षसम्म भारतमा शासन गऱ्यो।
तर पनि यो एउटा पारिवारिक कम्पनी नै बनेको छ। नेहरू र उनका सन्तानहरूले पार्टी, वा भारत, वा दुवैलाई सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेपछि लगभग निरन्तर नेतृत्व गरेका छन्। काङ्ग्रेसको वर्तमान वास्तविक नेता नेहरूका नाती राहुल गान्धी हुन्। (वास्तवामा उनको महात्वमा गान्धीसंग कुनै सम्वन्ध छैन ) उनको नेतृत्वमा, काङ्ग्रेसले सन् २०१९ मा जितेको २० प्रतिशत मतमा धेरै सुधार हुने अपेक्षा गरिएको छैन, जुन सन् १९८० को दशकमा लगभग ५० प्रतिशत थियो। त्यो संसदमा १० प्रतिशत वा त्यो भन्दा पनि कम सीटहरुको बराबरीजस्तै हो ।
काङ्ग्रेसले चुनावी प्रतिस्पर्धामा धांधली भइरहेको गुनासो गरिरहेको छ । मोदीले असहमतिलाई दबाएका छन्, मिडियालाई तर्साएका छन् र आफ्ना विरोधीहरूलाई सताइरहेका छन्। अर्को विपक्षी समूह आम आदमी पार्टीका अरविन्द केजरीवाल हालै गिरफ्तार हुने पहिलो मुख्यमन्त्री बनेका छन्। गत वर्ष राहुल गान्धीलाई मोदी नामको उपहास गरेकोमा मानहानिको दोषी करार गरेर चार महिनाका लागि संसदबाट निलम्बन गरिएको थियो। (उनको संसद सस्यता सम्वन्धी कारबाहीलाई सर्वोच्च अदालतले रोक लगाएको थियो) काङ्ग्रेसको ब्याङ्क खाता फ्रिज गरिएको छ।
तर विषम खेल मैदान (चुनावी प्रतिस्पर्धा) समस्याको एउटा अंश मात्र हो। मोदी एक असाधारण प्रतिभाशाली राजनीतिज्ञ हुन्। उनको अनुमोदन रेटिंग, केही सर्वेक्षणहरूमा, ७५ प्रतिशत भन्दा बढी छ। आर्थिक विकास र राष्ट्रिय नवीकरणमा जोड दिएर हिन्दू रूढीवाद र मुस्लिम–प्रहारलाई मिलाएर उनको शक्तिशाली व्यक्तित्वले धेरै भारतीयहरूलाई आकर्षित गर्दछ। चिया पसलेको छोराको रूपमा उनको शक्तिशाली वक्तृत्व र विनम्र जराले उनलाई साधारण मानिसहरूसँग जोड्न मद्दत गर्दछ। यसको विपरित, राहुल गान्धीलाई विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा शासन गर्ने न त प्रतिभा र न त विचारहरू भएको एउटा असङ्गत पार्टीको नेतृत्व गर्ने विशेषाधिकार प्राप्त शौकिया व्यक्ति भनेर अस्वीकार गर्न सजिलो बनाइदिएको छ।
ठुलो चुनावी हार भारतको विपक्षीका लागि आफैप्रटि सच्चिने क्षण हुनुपर्छ। बिजेपीको विकल्पको बलियो माग छः आधाभन्दा बढी मतदाताले अन्य दलहरूलाई समर्थन गर्छन्। समस्या के हो भने, यी प्रायः क्षेत्रीय आन्दोलनहरूको मोजेक हुन् जसले सम्भवतः राष्ट्रिय शक्तिको आकांक्षा गर्न सक्दैनन्। राष्ट्रिय विपक्षीको नेतृत्व गर्न काङ्ग्रेस अझै पनि सबैभन्दा राम्रो विकल्प हो, तर त्यसो हुनका लागि उ परिवर्तन हुनुपर्छ।
पहिलो, गान्धी परिवार र उनीहरू वरपरका पार्टीका वरिष्ठहरूले युवा, अधिक गतिशील नेताहरूका लागि बाटो खुला गर्नु पर्छ । दोस्रो, काङ्ग्रेसले सञ्चार माध्यमको पूर्वाग्रह र सेन्सरसिपका बारेमा मात्र रिसाउने नभई आफ्नो सञ्चार गर्ने तरिकालाई परिवर्तन गर्नुपर्छ। मोदीले सामान्य भारतीयहरूसम्म पुग्न प्रविधिमा महारथ हासिल गरेका छन्, जसरी युट्युबदेखि ह्वाट्सएपसम्म सबै कुरामा प्रसारित उनको मासिक कार्यक्रमको विश्लेषणले देखाउँछ। यसबाट काङ्ग्रेसले प्रतिस्पर्धा गर्न सिक्नु पर्छ।
अन्तमा, काङ्ग्रेसलाई विगतको कल्याणवादको डरलाग्दो पुनरावृत्ति वा बिजेपीले भारतको डिजिटल पहिचान योजना जस्ता यसका अधिक नवीन नीतिहरू चोरेको छ भनेर समात्नुको सट्टा अझ राम्रो विचारहरू आवश्यक हुन्छ । मोदीको आर्थिक व्यवस्थापन सक्षम रहेको छ, तर भारतले आफ्ना निराशाजनक विद्यालयहरू सुधार गर्नदेखि लिएर खेतहरूबाट सहरहरूमा बसाइँ सर्ने व्यवस्थापनसम्म विशाल समस्याहरूको सामना गरिरहेको छ।
निरंकुशताविरुद्ध लड्दै बच्नका लागि, भारतलाई गम्भीर विपक्ष चाहिन्छ, बिजेपी जत्तिकै सक्षम तर कम विभाजनकारी। यदि काङ्ग्रेस परिवर्तन भएन भने, यसका युवा, भावी सुधारकहरू विभाजित भएर नयाँ आन्दोलन सिर्जना गर्नुपर्छ। मोदीले भारतीय राजनीतिलाई पुनः निर्माण गरेका छन्। अब विपक्षीले आफूलाई पुनः निर्माण गर्ने समय आएको छ।
दि इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्