ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दो, किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?


एबीसी न्यूज
१३ बैशाख २०८१, बिहिबार   १० : १०   बजे

काठमाडौ १३ बैशाख । विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दो छन् । आगामी दिनमा यो मामिला झनै बढ्ने मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदनमा भनिएको छ । ल्यान्सेटले उक्त रिपोर्टमा बताएअनुसार सन् २०२० मा प्रोस्टेट क्यान्सरका १४ लाख नयाँ बिरामी भेटिएका थिए । सन् २०४० मा यो सङ्ख्या २९ लाख पुग्नेछ ।
प्रतिवेदनका अनुसार ११२ देशहरूमा प्रोस्टेट क्यान्सर पुरुषहरूमा पाइने सामान्य क्यान्सरका रूपमा देखिएको छ ।

कुल क्यान्सरका बिरामीमा १५ प्रतिशत प्रोस्टेट क्यान्सरका छन् । सन् २०२० मा प्रोस्टेट क्यान्सरबाट विश्वभर ३ लाख ७५ हजार पुरुषको मृत्यु भएको अनुमान गरिएको छ भने सन् २०४० सम्ममा यो मृत्यु ८५ प्रतिशतले वृद्धि हुनेछ । पुरुषमा क्यान्सरको कारण हुने मृत्युमा यो पाँचौँ ठुलो कारण हो ।

के हो प्रोस्टेट ?
प्रोस्टेट पुरुष प्रजनन प्रणालीको एक हिस्सा हो । यो मूत्राशयभन्दा तल हुन्छ । यो ओखरको आकारको हुन्छ । उमेर बढ्दै जाँदा यसको आकार पनि बढ्न थाल्छ । ४५ देखि ५० वर्षको उमेरपछि पुरुषमा प्रोस्टेटसम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन् । तर यसको मतलब यो क्यान्सर नै हो भन्ने चाँहि होइन । हरेक व्यक्तिमा यो समस्या देखिन्छ नै भन्ने पनि होइन । प्रोस्टेट बढ्न थालेपछि डाक्टरहरूले पीएसए परीक्षण गर्न सल्लाह दिन्छन् । जाँचपछि क्यान्सरको आशङ्का भयो भने मात्रै थप परीक्षण गरी नतिजाअनुसार उपचार सुरु गरिन्छ ।यो रोग उमेर बढ्दै गएपछि देखा पर्ने अनि बिस्तारै बढ्ने डाक्टरहरू बताउँछन् ।

अर्थात यो क्यान्सर शरीरमा बिस्तारै बढ्दै जान्छ । प्रोस्टेट जस्तै गरी बिस्तारै बढ्ने रोगमा थाइराइड क्यान्सर र केहि प्रकारका स्तन क्यान्सर पनि पर्दछन् । औसत आयु बढेसँगै यो रोगका बिरामी पनि बढ्न थालेका छन् ।
के यो जीवनशैलीसँग सम्बन्धित रोग हो रुपुरुषको उमेर बढ्दै जाँदा प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै गएको छ । यसको कारण पनि आनुवंशिक नै हो । शाकाहारीको तुलनामा मांसाहारी मानिसहरूमा क्यान्सरको जोखिम बढी हुन सक्छ । तर यसको अर्थ शाकाहारीहरूलाई यो रोग नै लाग्दैन भन्ने चाँहि होइन ।रोगका लक्षणहरू
यदि कुनै परिवारमा कुनै सदस्यलाई क्यान्सर भइसकेको इतिहास छ भने चिकित्सकहरूले अन्य सदस्यलाई पनि परीक्षण गर्न भन्छन् । प्रोस्टेट क्यान्सरको कुनै लक्षण नदेखिने चिकित्सकहरू बताउँछन् ।

डाक्टरहरूका अनुसार पीएसए लेभल व्यक्तिको उमेरमै भर पर्छ । अमेरिकी सरकारको आधिकारिक वेबसाइट नेशनल क्यान्सर इन्स्टिच्युटका अनुसार पीएसए स्तर सामान्य वा असामान्य हुँदैन । पहिला ४।०एनजी(एमएल भन्दा तललाई सामान्य स्तर मानिन्थ्यो । तर यो भन्दा कम स्तरमा पीएसए भएकाहरूलाई पनि प्रोस्टेट क्यान्सर भएको देखियो अनि यो भन्दा बढी अर्थात् १०एनजी(एमएल सम्म पीएसए रहेकाहरूमा पनि क्यान्सर देखिएन ।

चिकित्सकहरूका अनुसार सुरुमा यसको कुनै पनि लक्षण देखिनेदैंन । तर बारम्बार पिसाब लागिरहने, पिसाब खुस्किनु, वा पिसाबमा रगत देखिनु जस्ता समस्याहरू आइरहेका छन् भने पिएसए टेस्ट गराइन्छ । यदि क्यान्सर फैलिएर हड्डीमै पुगिसकेको रहेछ भने ढाड दुख्ने, हड्डी भाँचिने, हड्डीमा दुखाई जस्ता समस्या देखिन सक्छ । रगत परीक्षणबाट प्रोस्टेट क्यान्सर पत्ता लगाउन सकिन्छ
आनुवंशिक रोग

क्यान्सर वंशाणुगत पनि हुने रोग हो । तपाईको परिवारमा कसैलाई क्यान्सर भइसकेको छ भने तपाईलाई पनि क्यान्सर हुने सम्भावना रहने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा कुनै परिवारमा कुनै सदस्यलाई प्रोस्टेट वा अन्य कुनै क्यान्सर भइसकेको छ भने डाक्टरहरुले अन्य सदस्यलाई पनि ४५ वर्षपछि हरेक २÷२ वर्षमा पीएसए परीक्षण गराउन सल्लाह दिन्छन् ।

ल्यान्सेट प्रतिवेदनका अनुसार सन् २०२० पछि पूर्वी एसिया, दक्षिण अमेरिका, पूर्वी युरोप, उत्तर अमेरिका जस्ता देशमा पनि प्रोस्टेट क्यान्सर र यसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । अमेरिका र युरोपका धनी मानिसले अहिले आफ्नो स्वास्थ्यमा ध्यान दिन थालेकाले यसको सकारात्मक प्रभाव देख्न एक दशक लाग्ने बताइएको छ । असी र नब्बेको दशकमा मानिसहरू सस्तो जंक फूड बढी खाने गर्थे, जसको असर अहिले देखिएको छ । तर प्रोस्टेट क्यान्सरको उपचार सम्भव रहेको र यो क्यान्सर सुस्तरी बढ्ने भएकोले बिरामीको आयु पनि लामो हुने डाक्टरहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group