ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशबाट फर्किएर अलैँचीको व्यावसायिक खेती


एबीसी न्यूज
१० फाल्गुन २०७४, बिहिबार   १ : ५३   बजे

तेह्रथुम, १० फागुन ।  विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव त्यहाँ भोगेर आएकालाई मात्र थाहा हुन्छ । बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र मनग्य कमाउने सपना बाकेर विदेश जानेले त्यस्तै अनुभव लिएर फर्किन्छन् र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन् ।

त्यही कोटीमा उभिनुभएको छ, फेदाप गाउँपालिका–२, ओयाक्जुङका ४० वर्षीय खगेन्द्र जोगी । पर्याप्त कमाउने दाउमा लाखौँ रुपैयाँ ऋण काढेर विदेश जानुुभएका जोगी अहिले गाउँ फर्किएर व्यावसायिक खेतीमा लाग्नुभएको छ ।

“ऋण काढेर विदेशिए, दुबईमा दुई वर्ष बस्दा सबै कुरा चेतेँ”, उहाँ भन्नुहुन्छ, “सहजै कमाउँछु भन्नेले विदेश नजानु ।”

उहाँले भन्नुभयोे, “यहाँ गाउँमा काम गर्छुभन्दा ठाउँ जति पनि छ, विदेशमा काम गर्छुभन्दा न काम पाइन्छ, न त समयमै काम गरेको पारिश्रमिक नै ।” परिवारदेखि टाढा बस्नुको पीडाले परदेशमा हुँदा धेरै पिरोलेको जोगीले बताउनुभयो । विदेशमा गर्ने जति मेहनत आफ्नै माटोमा गरे पर्याप्त आम्दानी गर्न सकिने उहाँको भनाइ छ । उहाँले गाउँमै बसेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्नुहुन्छ ।

चार वर्षअघि जोगीले २६ हजार अलैँचीका बिरुवा खरिद गरेर खेती थाल्नुभएको थियो । शुरुमा खेती थाल्दा रु दुई लाख लगानी गरेको उहाँले बताउनुभयो । “अलैँचीका बिरुवा इलामबाट खरिद गरेँ, गाउँमा अलैँचीका बिरुवाको माग धेरै छ, यहीँ बिरुवा उत्पादन गर्न सके मनग्य आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।

सिंगो गाउँ नै अलैँची खेतीमा आश्रित छ । जोगीजस्ता धेरै किसानले अलैँची खेती गरिरहेका छन् ओयाक्जुङमा । “मैले यसवर्ष १० मन अलैँची बिक्री गरेँ, राम्रै कमाइ छ”, उहाँ भन्नुहुन्छ, “अलैँची खेतीमा मेहनेत गर्न सके पर्याप्त फाइदा लिन सकिन्छ ।”

धान फलाउन जति मेहनत गर्नुपर्छ, अलैँचीमा त्यति मेहनेत पर्दैन । आफूले लगाएको बगानमा दुई वर्षपछि २० मन बढी अलैँची उत्पादन हुने जोगीको विश्वाश छ । “यतिका जमिनमा अलँैची खेती छ, अहिले एक्लैले भ्याएको छु, टिप्न र भट्टी लगाउनमात्रै साथी चाहिन्छ, बाँकी सबै आफैँ गर्छु”, उहाँले भन्नुभयोे ।

बेमौसममा पनि अलैँची मर्न लागेकाले हेरचाह गर्ने, मरेकामा नयाँ बिरुवा रोप्ने, पानी लगाउने, फाँड्ने, गोडमेल गर्नेलगायत काम उहाँ आफैले गर्नुहुन्छ । अलैँची खेती कसरी गर्ने र आधुनिक प्रविधि के हो भन्नेबारे खासै जानकारी नभएको जोगीको भनाइ छ ।

अलैँची सुकाउन जोगीसँग आधुनिक भट्टी छैन । परम्परागत रुपमा बनाइएको भट्टी पनि जंगलमै छ । भट्टी लगाउँदा साता दिनसम्म जंगलमै बस्नुपर्छ । “जंगलमा बसेर अलैँची सुकाउँदा सर्प, जंगली जनावर र चिसो समस्या हुन्छ,” उहाँले भन्नुभयो । आधुनिक भट्टी गाउँमा ल्याएर प्रयोग गर्नेबारे आफूलाई जानकारी नभएको उहाँ बताउनुहुन्छ ।

खोल्सीको कालो सुन उपनामले परिचित पूर्वी नेपालको मुख्य नगदेबाली अलैँचीको बजारभाउमा आइरहने उतारचढावले कसान निराश बनेका छन् । “बजारमा आउने समस्याबारे सरकारले चासो लिनुपर्छ,” जोगीले भन्नुभयो । किसानलाई प्रतिमन रु ३० हजारमात्रै हात लागे पनि घाटा नहुने उहाँको भनाइ छ । उहाँले अहिले १५ रोपनी जमिनमा अलैँची खेती लगाउनुभएको छ । करिब पाँच रोपनीमा नयाँ बगान छ भने बाँकी क्षेत्रमा उत्पादन दिन थालेको बगान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu