एबीसी टिप्पणी : काठमाडौं ७ जेठ । नेपालमा झूटको खेती सप्लाएकै कारण रवि लामिछाने राजनीतिमा उदाए । त्यसयता उनले एकपछि अर्को झूटको सहारा लिंदै पछिल्लो पटक संसदलाई नै ढांटेका छन् । अझ सहकारी ठगीको जबाफ दिन संसदमा उभिएका उनले संसदलाई नै ठगे । आफूले गोर्खा मिडिया नेटवर्कको एमडी हुंदा कुनै पनि कागजमा सही नगरेको र गरेको भए पनि कसैले गरिदिएको जस्तो शतप्रतिशत झुटो बोलेर संसदलाई समेत ठगेका छन् । उनको ठगीलाई लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेस महामन्त्री गगन थापाले आर्थिक वर्ष २०७७–७८ मा कम्पनी कार्यालयमा बुझाएको अडिट रिपोर्टको वासलातमा विभिन्न सहकारी लगायतबाट २३ करोड बढी ऋण लिएको कागजका हरेक पानामा लामिछानेका अध्यक्ष जिवी राई र चार्टड एकाउन्टेन्टसँगै प्रवन्ध निर्देशकका रुपमा उनले हस्ताक्षर गरेका छन् । जुन प्रमाण जेठ ७ गतेको कान्तिपुरमा छापिएको छ । २०७८ मंसिर १८ मा गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछानेले हस्ताक्षर गरेको लेखापरीक्षण प्रतिवेदनमा कम्पनीले ‘सर्ट टर्म लोन’ शीर्षकमा २२ करोड ७८ लाख ८० हजार ३ सय ५६ रुपैयाँ लिएको उल्लेख छ । असिस्टेन्ट फाइनान्स म्यानेजर सञ्जय अधिकारी र एबीएस एन्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट विशेषबिबु आचार्यलेसमेत हस्ताक्षर गरेर लेखापरीक्षण प्रतिवेदन कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएका थिए ।
लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले सभामुखलाई निवेदन दिएका छन् ।
गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उनको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारवाही गर्नुपर्ने गुरूङको माग छ ।
‘प्रतिनिधि सभा नियमावालीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकाले सोतर्फ समेत विचार गरी निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भीर रूपले माग गर्दछु’, गुरूङले सभामुखलाई लेखेको निवेदनमा उल्लेख छ । संसदले उनीमाथि कारबाही गर्न डराउनु हुंदैन ।
लामिछानेले भने आइतबार संसद्मा बोल्ने क्रममा ऋण लिएको बारे आफूलाई जानकारी नै नभएको र जीबीले गरेको गल्तीको भागीदार आफू हुनु नपर्ने जिकिर गरेका छन् । ‘म टेलिभिजनमा काम गर्ने मान्छे । टेलिभिजन खोल्ने प्रस्ताव आयो, स्वेट सेयरका रूपमा सेयर लिएँ,’ लामिछानेले संसद्मा भने, ‘ग्यालेक्सी टेलिभिजनबाट अलग भइसकेकाले कम्पनीको आर्थिक दायित्व मैले बोकिरहनुपर्छ भन्ने कानुनले कहाँ भन्छ ? जीबीले गरेका सारा फोहोर मैले सोहर्नुपर्छ भन्ने छैन सभामुख महोदय ।’ तर, उनी प्रबन्ध निर्देशक भएकै बेला कम्पनीले सहकारीबाट सर्वसाधारणको बचत उठाएर हिनामिना गरेको विषयमा उनको जवाफदेहिता हुनेमा कानुनी व्यवस्था स्पष्टै छ । अब उनी कुनै पनिबहानामा उन्मुक्ति पाउन सम्भव छैन ।
पहिले दोहोरो नागरिकता प्रकरणमा पनि उनले लगातार संसद र दुनियालाई ढांट्दै आए । अन्ततः सर्वोच्च अदालतले उको ढाँटछललाई ठप्पा लगाइदिएपछि बल्ल अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिए । यो प्रसंगका लागि २०७३ देखि एक वर्षको जनआस्था साप्ताहिका पाना पल्टाएमा सम्पूर्ण कथा त्यहीं छतातुल्ल छ । नयाँ नागरिकता लिएपछि उलने फेरि चुनाव जितेर आए । यो बेग्लै कुरा हो । संसदीय लोकतन्त्रमा जनताको मतको वारेसमा जनप्रतिनिधिलाई सम्मान गरिन्छ । कुनै व्यक्तिलाई गर्ने सम्मान स्वेच्छिक हुन्छ । कानुनी हुँदैन । सांसद र मन्त्रीका रुपमा गरिएको रविप्रतिको सम्मान काननु हो । उनको व्यत्विको पहिचान होइन भन्ने उनले बुझ्नै चाहेनन् । तर उनमा थोरै पनि आफ्नो गल्तीप्रति पश्चाताप भन्दा झन् बहादुरीको महिमामण्डनतिर कुदिरहेको देखिएको छ ।
टिभिको पर्दाबाट नेताहरु (त्यसमध्ये पनि ओली र प्रचण्डलाई) को टुंडिखेलमा उभ्याएर नाकको डांडी भाँच्ने बताएका उनी ०७९ पुसमा र ८० फागुनमा प्रचण्ड र ओलीको भरिया बन्न आइपुगेका छन् । केका लागि भन्दा तिनै आफ्ना बद्मासी र ढाँटछलको ढाकछोप गर्नेगरी गृहमन्त्रालय लिएर । लामिछानेकै अनुसार उनी कांग्रेसको प्रधानमन्त्री अफर अस्वीकार गरेर ओलीले दिलाइदिएको गृहमन्त्री किन बनेका हुन् भन्ने कुराको रहस्य अझै सप्रमाण खुलेको छैन । तर दुनियालाई अनुमान छ ।
जेठ ६ गतेको संसदमा बोल्दा उनले ०५७ सालदेखि विभिन्न समयमा र गुगल सर्च गर्दा सहजै भेटिने सतही समाचारका कटिंग पढ्दै सवैले ढाँट्न हुने, छल्न हुने, भ्रष्टाचार गर्न हुने, मैले किन नहुने भन्ने शैलीमा प्रस्तुत हुंदै गगन थापालाई लक्षित गरेर विदेशी एजेन्ट भएको आरोप लगएका । जसको छानविन गरेर कारबाही गर्ने तालुक अड्डाको हाकिम आफै भएको समेत विर्सेर गाउँघरतिरका चियागफको शैलीमा सजिलै विदेशीलाई सूचना बेच्ने तिमीहरुलाई कारबाही गर्दिऊँ भन्दै तर्साउने दुस्साहस गरेका छन् । सामान्यतया व्यवस्थित संसदीय व्यवस्था भएको भए लामिछानेमाथि यतिबेला यही अभिव्यक्तिउपर गम्भीर अपराधको मुद्धा चल्न सक्ने थियो । संविधान र मन्त्री पदको सपथ खाएर संसदको रोष्ट्रममा उभिएर अप्रमाणित आरोप कसैमाथि लागउन मिल्दैन । त्यस्तो आरोप लगाइसकेपछि आरोपितहरुमाथि कारबाही गर्ने हिम्मत हुनुपर्दछ । कसैलाई पनि र त्यसमाथि पनि सांसदहरुलाई सार्वजनिक रुपमा धम्क्याउन पाइंदैन । हो, विगतमा सत्ता सम्हालेका दल र तिनका नेताहरुको थुप्रै बद्मासी छन् । अझै लुकेको बेइमानी र भ्रष्टाचारका रहस्य होलान् । तर कानुनको शासन भनिएका कारण त्यस्ता कुराको पनि कानुनले निर्दिष्ट गरे अनुसार नै निवारण गरिनु पर्दछ । संसदको रोष्टमको दुरुपयोग गरेर व्यवस्था कै बद्ख्वार्इंं हुनेभन्दा बढी केही भएको छैन भन्नेमा प्रमुख दलहरुले सावधानी अपनाउन आवश्यक छ ।
उनका झुठको लामो फेहरिस्त छ । उनले चितवनमा चलाएको बस, एम्वुलेन्स खुला आवेदनबाट सिइओको नियुक्ति, विवाह र विवाइतर सम्वन्ध । कुनैमा पनि उनले इमानदारीता देखाएका छैनन् । पछिल्लो समयको मुद्धा हो सहकारीको रकम गैरकानुनी रुपमा टेलिभिजन सञ्चालनका नाममा गरिएको फुर्मास र बद्मासी ।
केही समय टिभीमा कार्यक्रम चलाएका लामिछानेले पछिल्लो संसद भाषणको एउटा प्रमुख निशाना मिडियालाई नै बनाएका छन् । उनले पटक पटक मिडिया ट्रायलको कुरा गर्दै आएकोमा संसदमा पनि त्यही तितो पोखे । जसरी अमेरिकी राष्ट्रपतिय निर्वाचनका बेला सन् २०१६ मा दर्जनौं आचरण र अनैतिकताका अभियुक्त रहेका डोनल्ड ट्रम्पले मिडियालाई फेक न्यूज प्रकाशन प्रसारण गरेको भन्दै ललकार्थे । यद्यपि अहिलेसम्म ट्रम्पले अमेरिकाका विभिन्न अदालतमा ३६ वटा भन्दा बढी मुद्धा खेपिरहेका छन् । गत तीन हप्तादेखि त झन उनले पोर्न स्टार डेनियल स्ट्रोमीसँग सेक्स स्क्यान्डल दबाउन उनलाई गैरकानुनी रुपमा हस मनीस्वरुप दिएको १ लाख ३० हजार डलरको बेइमानीमाथि अदालतमा सुनुवाई भइरहेको छ । यता रबि लामिछाने पनि शायद उनले टिभीमा कार्यक्रम चलाउँदा जुन शैली अपनाएका थिए, त्यसको प्रतिछायाँ समग्र मिडियालाई ठान्दा हुन् । त्यही भएर उनले मिडियालाई गाली गरिरहेका छन् । हेडलाइन र समाचार कथाबाट पिडित भएको भन्दै चिच्याइरहेका छन् । जब कि उनले फेक कथा सिर्जना गरेर मिडिया सञ्चालकहरुको हुर्मत लिने दुष्प्रयास गरेको घटना अझै सेलाएको छैन । उनको भाषणमा झुटको खेती निरन्तर भइरहेको छ ।
राजनीतिक पार्टी भन्नु नै भाषण गर्ने खेतीको दोकान भने पनि हुन्छ । भाषणकै भरमा भोट, नोट र चोट नेताहरुले पाउने गरेका छन् । भाषण गरेरै चर्चित भएका धेरै नेता छन् । हिटलर २०औं शताब्दीका एकनम्वर भाषणबाज मानिन्थे । मार्टिन लुथर किंग जुनिएर अर्का अमेरिकी प्रमुख अधिकारवादी नेता हुन् । मार्टिन लुथर किङलाई कुशल भाषणबाजका रूपमा लिइन्छ । उनले अमेरिकी काला जातिको पक्षमा लामो संघर्ष गरेका थिए ।त्यसो त पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा राम्रो भाषण गर्ने नेतामा पर्छन् ।
रबिप्रति ओलीको आशक्ति !
ओलीले किन रविको प्रतिरक्षामा उत्रेका छन् भन्नेमा आश्चार्य लागेको हुनसक्छ । ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आपैm उत्रिन्छन् ।’ यो भनाइ हो भ्रष्टाचारविरुद्ध अध्ययन गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको । तत्कालीन केपी शर्मा ओली सरकारले तेस्रो वर्ष पूरा गर्दैगर्दा ट्रान्सपरेन्सीले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया २०२०’ को प्रतिवेदनमा ५८ प्रतिशत नेपालीले पछिल्लो वर्ष देशमा भ्रष्टाचार बढेको उल्लेख गरेको थियो । अहिले पनि ओलीले रवि लामिछानेको प्रतिरक्षामा कांग्रेससँग भिड्ने मुड बनाएजस्तो देखिएको छ । रवि लामिछानेलाई नेपालमा केही काम दिउँला भन्ने बचन सन् २०१०।११ तिर अमेरिका गएको बेला भेट हुँदा आश्वासन दिएका थिए । पछि सन् २०१५ मा ओली प्रधानमन्त्री भएका बेला रबि नेपाल आएपछि उनकै कार्यक्रमा प्रधानमन्त्रीसँग सीधा कुरा नेपाल टेलिभिजनबाट चलाउन लगाएर उनको खर्च चलाइदिएका थिए । ओली प्रधानमन्त्रीबाट हटेर प्रचण्ड प्रधानमन्त्री भएपछि उनले आफ्नै कार्यकर्तालाई त्यो कार्यक्रम चलाउन लगाएपछि रिसले चुर भएका रविले अर्को एक निजी टेलिभिजनबाट जनतासँग सीधा कुरा चलाउन थालेका हुन् ।
नेकपा विभाजन भएपछि ओली र प्रचण्डको भनाभन चलेका बेला ओलीले नै रविलाई चितवनमा प्रचण्डसँग चुनाव लडाउन सहमत गराएको रविले नै आफ्ना निकटस्थदेखि हालका प्रधानमन्त्री प्रचण्डसँग समेत खुलासा गरेका छन् । यही कारण कहीं न कहीं एमाले अध्यक्ष ओलीको रविकाप्रति स्नेह र रविले ओलीलाई अभिभावकीय हैसियतमा लिने हुँदै आएको छ ।
भाषणको पाखण्ड
वर्तमानमा गर्न सकिने कामबारे कुनै पनि मन्त्रीले भाषण गर्दैनन् । उनीहरूले भविष्यको सपना सुनाएर जनतलाई बेकुफ बनाउने तरिका अपनाउंछन् । यस्तै चर्चित उदाहरण तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सन्ल १९९१ मा भाषण गर्दा नेपाललाई सिंगापुर बनाउने बताएका थिए । उनीहरूको भाषणले तत्कालीन राष्ट्रिय आवश्यकतालाई समेट्दैन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ‘मैले यसो गर्न सुरु गरेको थिएँ’ भनेर सयौं ट्वीट गर्छन् । सत्ता सम्हालेकाहरुले बहिर्गमनपछि भावुब बृत्तान्त सुनाएर जनतालाई पटक पटक मूर्ख बनाउने कोशिश गर्दछन् । त्यसका लागि घोष्ट राइटरहरुलाई आत्मरतिको कथा लेखाएर बजार तताउँछन् । यही कोटीमा पर्नेमा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, रुक्मांगत कटवाल, विवेक शाह हरुका आत्मकथाहरु हुन् ।
अघिल्लो अमेरिकी चुनावमा बौद्धिक हिसाबले डोनाल्ड ट्रम्पभन्दा हिलारी क्लिन्टनले राम्रो भाषण गर्थिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण अघिल्लो ५ वर्षमा नै निकै चर्चित थियो।
मुद्दालाई बहका प्रस्तुत गर्ने कला नरेन्द्र मोदीमा रहेको देखिन्छ । उनले नेपालको संसद्मा पनि भाषण गरेका थिए ।
पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानको भाषण पाकिस्तानमा रुचाइएका मध्येमा पर्छन । भारत विहारका पूर्वमुख्यमन्त्री लालु यादव भाषणकै कारण चर्चित भए । पश्चिम बंगालकी ममता बेनर्र्जी र उत्तरप्रदेशकी मायावती पनि भाषणबाटै चर्चित छन् । दलित समुदायकी मायावती भाषणकै कारण मुख्यमन्त्री बन्नु चुनौतीकै कुरा थियो ।
अहिले भारतीय चुनावमा अरविन्द केजरीवाल, कंग्रेस नेता कन्यैहा कुमार र आम आदमी पार्टीका संजय सिंह देखि पन्जावका मुख्य मन्त्री भगतमान विशेष चर्चामा छन् । पूर्व वामपन्थी युवा नेता कन्हैयाकुमार भाषण गरेर चर्चित भएका छन् ।
भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजले संयुक्त राष्ट्रसंघमा चार घण्टा भाषण गरेका थिए । त्यो भाषण लामो भाषणमध्येको एक थियो । चिलीकी विद्यार्थी नेतृ क्यामिला पनि भाषणकै कारण चर्चित भएकी थिइन् ।
नेपालमा गिरिजाप्रसाद कोइरालाले अत्यन्तै छोटो भाषण गर्दथे । एमालेका तत्कालीन महासचिव मदन भण्डारी चर्चित भाषणबाज थिए । यो सन्दर्भ उल्लेख गर्नुको कारण भाषणमा धेरै शक्ति हुन्छ भन्ने नै हो ।
भाषणले नेपाली राजनीतिलाई कुनै एउटा समयमा प्रभावित गरे पनि नेपालमा धेरैले भाषण रुचाउन छोडेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण पनि जनतालाई तान्ने खालकै छ । तर शेरबहादुर देउवाको बोली नै बुझिंदैन । ०६२–६३ को जनआन्दोलनमा गगन थापा र रामकुमारी झंक्रीहरु भाषणकै कारण चर्चित थिए । तर पछिल्लो समय नेपालमा भाषण प्रभावहीन बन्दै गएका छन् ।
प्रधानमन्त्री प्रचण्ड निकै भाषण गर्छन् । हरेक दिन कम्तीमा एक र बढीमा दर्जन कार्यक्रममा उनी सहभागी हुन्छन् । उनी धेरैजसो कार्यक्रममा पुगेर भाषण नै गर्छन् । प्रचण्ड मात्रै होइन, धेरैजसो मन्त्री दिनहुँ भाषण गर्छन् । त्यही भाषणकै आधारमा सञ्चारमाध्यमको मुख्य समाचार, सहायक समाचार वा समाचार बन्छ । भाषणको समाचार बनाउनु पत्रकारका लागि सबैभन्दा सजिलो हुन्छ । तर, सबैभन्दा काम नलाग्ने समाचार भनेकै भाषणको समाचार बन्दै ग्एको छ । भाषणको ९० प्रतिशत सूचना काम नलाग्ने र जनतालाई भ्रम छर्ने खालका हुने कुरा भारतीय एउटा संस्थाले गरेको अनुसन्धानले देखाएको छ । भाषषवाजीको होडमा रवि लामिछाने थपिएका छन् । तर उनले भाषण कसका लागि गरेका हुने भन्ने उनलाई नै थाहा हुन्न ।
०७३ सालमा केपी ओली प्रधानमन्त्री भएका बेला ओलीले कुनै काम दिएका त्यो समयका अमेरिकी नागरिक रवि लामिछानेले प्रधानमन्त्रीसंग सीधा कुरा चलाएर चर्चामा आएका हुन् त्यसो त उनले सवैभन्दा लामो अन्तर्वार्ता गर्नेजस्तो निरस स्टन्ट पनि गर्न भ्याएका छन् । उनको शैली अमेरिकी समाजभन्दा सर्वथा टेलिभिजनको माइकमा घोक्रो फुलाएर र चिच्याएर नेताहरुलाई मनलाग्दोगरी गाली गर्नु हो । जुन कुरा यतिबेला सामाजिक सञ्जालमा भाइरलकै रुपमा हल्लिरहेका छन् र
लिखित भाषणको प्रभाव
विश्वमा अहिले लिखित भाषणको प्रभाव शैली बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा लिखित भाषण गर्ने चलन व्यापक छ । विषयवस्तुको प्रस्तुति दायाँबायाँ नहुने, भन्न खोजेको कुराको पूर्व तयारी गर्न सकिने, आफ्नो कुरा प्रस्ट राख्न सकिने जस्ता कारणले लिखित भाषण प्रभावकारी बन्दै गएका छन् । लिखित भाषणको रेकर्ड राख्न पनि सजिलो हुने कारणले पनि त्यस्तो भएको हुनु पर्छ । लिखित भाषणले जवाफदेही समेत बनाउँदै गएको छ । प्रमाणिक कुराबाहेक अरू बोल्न अप्ठ्यारो हुने भएकाले त्यसो हुन गएको हो । तर, नेपालको संसद्म देखि अन्य कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्डले लिखित भाषण गर्न थालेका छन् । तर उनको अलिखित भाषण नै प्रभावकारी लाग्दथ्यो । चलन
भाषण ढाँटछल
प्रधानमन्त्री रहेका बेला केपी ओलीले २०७५ पुसमा पानीजहाजको टिकट काट्न आह्वा गरे । त्यसको अहिलसम्म अत्तोपत्तो छैन । त्यसकारण, उनले आजकल पुरानो कुरा गर्दैनन् । ओलीले रेल र पानीजहाजको कुरा सँगसँगै गरेका थिए ।एउटा कार्यक्रममा उनले भनेका थिए, ‘२०७६ सालभित्र नेपालको पानी जहाजले कसरी झण्डा हालेर हिँड्छ, कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ, हामी देखाउँछौं ।’कांग्रेसको सरकार हुँदा दुर्घटना भयो भने ‘अलच्छिना’ सरकार भन्थे भन्न समेत ओली पछि पर्दैनथे । नेपालमा समय अनुसार विम्व र प्रतिकको प्रयोग गरेर रुखो भाषण गर्नेमा ओली पर्दछन् ।
‘घरघरमा पाइपबाट ग्यास’ भन्ने ओलीको चर्चित भाषण हो । उनले पहिलो कार्यकालमा नाकाबन्दी झेलेका जनतालाई ढाडस दिँदै घर–घरमा पाइपबाट ग्यास पु¥याइने र धारो खोलेजसरी जनताले ग्यास उपभोग गर्न पाउने आश्वासन बाँडे । अब सिलिन्डर बोकेर हिँड्नुपर्ने दिन अन्त्य हुने उनको भनाइ थियो । दोस्रो कार्यकालमा आफ्नै दलको झण्डै दुई तिहाई बहुमत हुँदासमेत उनले त्यस दिशामा केही गर्न सकेनन् । त्यसका लागि नेकपा विभाजन भएपछि उनले माधव नेपाल, प्रचण्ड र झलनाथ खनालहरुप्रति गरेको भाषणको स्मरणले उनको अभिव्यक्तिको राम्रो उदाहरण व्यक्त गर्दछ ।
प्रतिक्रिया दिनुहोस्