ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चम्पादेवीमा पूर्वाधार विकास गरिँदै


एबीसी न्यूज
१२ फाल्गुन २०७४, शनिबार   ९ : ०४   बजे

 

 

 


काठमाडौँ, १२ फागुन।  सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीमा भौतिक पूर्वाधार विकासले तीव्रता पाएको छ ।

काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट हिमालको दृश्यावलोकन गर्न स्वदेशी तथा विदेशी आउन थालेपछि यहाँका स्थानीय मार्गको स्तरोन्नति, घरबास, सामान्य होटल, रेष्टुराँसमेत खुल्ने क्रम बढ्दै गएको छ । छोटो समयका लागि पदयात्रासमेत गर्न सकिने काठमाडौँ दक्षिणभेगस्थित स्थलको प्रचारप्रसार बढ्दै गएपछि पर्यटकको चापलाई दृष्टिगत गरी पूर्वाधारको विकास हुनेक्रम जारी छ । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले पूर्वाधार विकासका लागि पहल गर्दैछ ।

दक्षिणकाली नगरपालिका–६ मा पर्ने चम्पादेवी मन्दिर वरपर क्षेत्रका केही केही जंगल कीर्तिपुर नगरपालिका्े–१ मा समेत पर्छ । चम्पादेवी पाउँ वोसनदेखि देउराली हुँदै चम्पादेवी डाँडा भई पुष्पलाल स्मृति प्रतिष्ठान क्षेत्रसम्म पदयात्राका रुपमा विकास गरिएको छ । सो मार्ग करीब नौ किलोमिटरको छ ।

सामान्य रुपमा वरपर ढुंगाको पर्खालका माध्यमबाट चम्पादेवीको शिलालाई घेरेर राखिएकामा सोही संस्थाको पहलमा केही व्यवस्थित गरिएको छ । संस्थाका अध्यक्ष जनक तामाङले चम्पादेवीको ऐतिहासिकताको संरक्षण तथा व्यवस्थापनका लागि पुरातत्व विभागबाट करिब रु आठ लाखको लागतमा मन्दिर निर्माणमा सहयोग प्राप्त भएको बताउनुभयो ।

विशेष गरी फागुन चैतको समयमा सगरमाथाको अवलोकन गर्न सकिने बताउँदै उहाँले सूर्योदयका साथै सूर्यास्तसम्मका दृश्यलाई पनि हेर्न सकिन्छ भन्नुभयो । त्यहाँबाट मकालु, लाक्पादोर्जे, गौरीशंकरलगायत हिमशृङ्खलासमेत एकसाथ अवलोकन गर्न सकिन्छ । वनजंगलले ढकमक्क ढाकिएको चम्पादेवी क्षेत्र विभिन्न जडीबुटीको भण्डार पनि हो । लालीगुराँसले ढकमक्क ढाकिएको यहाँको जंगल फागुनचैतमा गुराँस फुल्ने भएका कारण निकै सुन्दर देखिन्छ ।

यहाँको सुन्दर दृश्य हेर्न तथा छोटो समयको पदयात्राका लागि पर्यटक लोभिने गरेको कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताउनुभयो । मच्छेगाउँ–चम्पादेवी, फर्पिङ–चम्पादेवी, पुष्पलाल उद्यान–चम्पादेवी, चाल्नाखेल–चम्पादेवीजस्ता पदमार्गमार्फत पर्यटक चम्पादेवी पुग्ने गरेका छन् । प्रत्येक वर्ष वैशाख १ गते त्यहाँ लाग्ने मेलामा हजारौँ पर्यटक आउने गरेका छन् । नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

पर्यटकीय गन्तव्यका लागि पर्याप्त सम्भावना भएर पनि करीब दुई दशकसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सो क्षेत्र ओझेलमा परेको थियो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले चम्पादेवी मन्दिर तथा त्यस आसपास क्षेत्रका महत्व ओझेलमा परेको अहिलेको अवस्थामा आवश्यक पूर्वाधार विकासमा केही सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “चम्पादेवीदेखि चन्द्रागिरि र आसपासका क्षेत्रलाई समेट्दै एकीकृत पर्यटकीय विकास गर्न सरोकार भएकासँग सहकार्य गरिनेछ, त्यहाँको विकासका लागि दुवै नगरपालिकाको समन्वय र सहकार्य आवश्यक देखिन्छ ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group