ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बस्ने भए किन नर्सिङ पढ्थे ?


admin
९ श्रावण २०७४, सोमबार   २ : ४७   बजे

पुतलीसडकदेखि कोटेश्वरसम्मको यात्रा । अझ नेपाल यातायातको यात्रा । उभिन पनि मुस्किल पर्छ । भाइव्रेन्ट र नेममा पर्ने विद्यार्थीहरुको बीचमा म पनि उभिरहेको थिए । तर महिला सिट खाली भयो, छेउका भाईले पुलुक्क म तिर हेरे । म पनि के कम गएर बसिहाले । यसैपनि नेपाल यातायातमा सिट पाउनै मुस्किल हुन्छ । यात्रा जारी छ । भिडभाड भएपनि विद्यार्थी भाई बहिनीहरुको गफ रमाईलो नै लागिरहेको छ । आ–आफ्ना साथीहरुस“ग मज्जाले गफिदै छन । दुईवटा बहिनीहरु पनि छेउमा आएर उभिए । उनीहरुको गफ पनि सुनिरहे । नचाहेपनि पब्लिक बस भएकाले छेउछाउमा बस्ने जसले पनि सुन्नैपर्ने । एक बहिनीले अर्कीलाई सोधिन । तिम्रो पढाईपछि तिमी नेपालमै बस्छौ ? उसले फ्याट्ट जवाफ दिई हालिन । नेपाल बस्ने भए किन विएसी नर्सिङ पढ्थे त ? म त अस्ट्रेलिया जान्छु । यस्तै कुरामा उनीहरु मज्जाले गफिदै थिए । बानेश्वर पुगेपछि उनीहरुकी अर्की साथी पनि चढिन । भर्खर एसईई सकेर बसेकी रहिछिन । उनीहरु तीनबीच निकै रमाईलो गफ हुदै थियो । मलाई पनि दिनभरको कामको थकानले निन्द्रा लागिरेहेको थियो तर उनीहरुको कुराले अलिक चनाखो भए । सायद एसईई पास गरेकी उनीहरुकी नातामा बहिनी हुनुपर्छ । दिदी बहिनीको नाता पनि लगाउदै थिए । नर्सिङ पढिरहेकी र आईटी पढिरहेकी दुवैले सोधे अब के पढ्ने भनेर । उनले फ्यान्ट भनिहालिन साइन्स । अनि उनीहरुले सोधे साइन्स पछि के पढ्ने ? उनले भनिन होटल म्यानेजमेन्ट । होटल म्यानेजमेन्ट पढ्न किन अहिले साइन्स पढ्नु परयो । आफुलाई जुन विषय मन पर्छ त्यही पढ । जसले पनि एसएलसी पछि साइन्स नै पढ्न अघि बढ्छन अनि पछि विषयमा रुचि नभएर फेरि विषय फेर्छन । त्यसैले तिमी अहिले देखिनै म्यानेजमेन्ट नै पढ पछि पनि सजिलो हुन्छ । उनीहरुबीचको शैक्षिक गफ रमाईलो नै लागिरहेको थियो । फेरि ती बहिनीले भनिन अब डयाडी ममिलाई सोध्नुपर्छ । ठिकै हो म्यानेजमेन्टमा रुचि छ भने किन साइन्स पढ्नु ? उनले बेलैमा आफ्नो रुचिको विषय छानिन भने भविष्यमा पनि उसलाई सजिलो हुन्छ । जसको पनि अभिभावकको चाहना आफ्ना छोराछोरीले साइन्स पढुन भन्ने नै पाइन्छ । छिमेकी र आफन्तको अगाडि पनि बच्चाले के पढ्छ भन्दा साइन्स पढ्छ भन्दा कतिपय अभिभावकले गर्व मान्ने गरेको देख्न सकिन्छ । तर छोराछोरीको रुचिको विषय के हो ? उनीहरु भविष्यमा के बन्न रुचाउछन ? के विषय पढ्दा के भइन्छ भन्ने कुरा अभिभावकले पनि विचर गर्नुपर्ने हुन्छ । देखासेकी गरेर अरुको छोरा/छोरी साइन्स पढे भन्दैमा आफ्ना छोराछोरीलाई पनि जर्वजस्ती साइन्स पढ्न पठाउदा यसको रिजल्ट पोजेटिभ भन्दा पनि नेगेटिभ बढी आउन सक्छ । यसबारे सबै अभिभावकले विचार पुर्याउनु जरुरी देखिन्छ ।
अर्को पाटो अहिलेको पुस्तामा नर्सिङ नेपालमा बस्न होइन विदेश जान मात्र पढ्ने जुन भ्रम छ त्यसलाई चिर्न सक्नुपर्छ । अहिलेका जेनेरेसनले विदेश जाने र पैसा कमाउने प्राय सोचेको पाउन सकिन्छ । नेपाल बस्ने भए किन नर्सिङ पढ्थे भन्नु् नै विदेशमा नर्सिङलाई राम्रो हुन्छ भन्ने हो । राम्रो पढ्ने विद्यार्थी जुनसुकै विषयमा होस नेपालमा पनि ठाउ नभएको भने होइन । नेपालमा यति धेरै संख्यामा हस्पीटल र नर्सिङ होम छन । यसका लागि दक्ष जनशक्ति धेरै नै चाहिन्छ । नेपालमा स्वास्थ्य या अन्य कुनै क्षेत्रका विशेषज्ञ थोरै मात्र पाउन सकिन्छ । हामी विद्यार्थी किन विशेषज्ञ बन्न खोज्दैनौ । आफ्नो विषयलाई सुक्ष्म अध्ययन गरेर त्यसै विषयमा हामी विशेषज्ञता हासिल गर्न कहिल्यै खोज्दैनौ । कोई पनि अध्ययनशील व्यक्तिलाई देशकै उच्च आदर्श व्यक्तित्वमा गनिन समय नै लाग्दैन । हामीले आफ्नो बौद्धिकतालाई बढाउदै फराकिलो बनाउदै लान सक्यौ भने एकदिन हामीलाई राष्ट्रले नै खोज्दै आउने छ । जस्तो डा.भोला रिजाल, डा.उपेन्द्र देवकोटा, डा.नुतन शर्मा, डा.भगवान कोइराला, डा.सन्दुक रुइत,डा.बसन्त पन्त लगायत केही गन्न सकिने बरिष्ठ डाक्टरहरु देशको आवस्यकता हुन ।
सञ्चारकर्मी शारदा थापा भन्छिन ‘नेपालमा व्यवहारिक शिक्षाको अभावले पनि विद्यार्थीहरु नेपालभन्दा विदेश जान बढी खोज्छन । अहिलेका पुस्तामा विदेशमा पैसाको रुख हुन्छ भन्ने भ्रम हुन्छ जसले उनीहरु लाखौ लाख खर्चेर विदेश जान आतुर हुन्छन ।‘ केही विद्यार्थीले त विदेशमा गएर राम्रो पनि नगरेका होइनन । नेपालमा हुने भ्रष्टचार, शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेपले पनि विद्यार्थीमा निराशा पैदा गर्छ । यहा राम्रोलाई भन्दा हाम्रोलाई बढी प्राथमिकता दिइन्छ । जबसम्म राम्रोलाई प्राथमिकता दिइदैन । नेपाली विद्यार्थीहरु स्वदेशी रोजगारी भन्दा पनि विदेशी रोजगारीमा बढी आकर्षित देखिन्छन । सञ्चारकर्मी थापाले भनेजस्तै दक्ष जनशक्तिलाई नेपालमा रोजगारीको सृजना गरियो भने फलामेढोका सकिएलगत्तै विदेश जाने रहर या भनौ बाध्यता आउदैनथ्यो होला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

आर्कटिकमा खतरनाक खेल

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu