काठमाडौं (एजेन्सीको सहयोगमा) २८ जेठ । युरोपलेली संसदका लागि भएको २७ वटा देशको चुनावमा मतदाताहरूले युरोपेली मध्यमार्गीहरूलाई धेरै हदसम्म समर्थन गरेको देखिएको छ। तर फ्रान्स र जर्मनीमा अति–दक्षिणपन्थी दलहरूले दबाव बढाएका छन् ।
मध्यमार्गी राजनीतिक समूहहरूले केही सिटहरू गुमाए पनि ७२० सदस्यीय युरोपेली संसदमा ४०० भन्दा बढी ससिट सहित स्पष्ट बहुमत कायम गरेका छन् ।
त्यसो भए पनि, परिणामले एक विघटनकारी शक्तिको रूपमा अति दक्षिणपन्थी शक्तिलार्य अघि बढाएर ब्लकको मुख्यधाराको प्रतिष्ठानलाई अस्थिर पार्ने देखिएको छ ।
युरोपेली संसदको मतदानले फ्रान्समा राजनीतिक भूकम्प नै निम्त्याएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । नतिजा घोषणा भए लगत्तै राष्ट्रपति इम्मानुएल म्याक्रोनले राष्ट्रिय टेलिभिजनमा देशको संसद विघटन गर्ने र नयाँ चुनावको घोषणा गरेका छन् । फ्रान्समा संसदका लागि यही महिनाको जून ३० देखि जुलाई ७ सम्म चुनाव हुने भएको छ।
‘त्यसैले म यस दिनको अन्त्यमा केही भएको छैन भनेर ढोंग गर्न सक्दिनँ। यसैकारण मैले मतमार्फत् तपाईँलाई हाम्रो संसदीय भविष्यको छनोट फिर्ता दिने निर्णय गरेको छु’ म्याक्रोंनले टेलिभिजन सम्वोधनमा भनेका छन् ।
मरिन ले पेनको नेसनल र्याली (आरएन) ले युरोपेली संसदीय चुनावमा राष्ट्रपति म्याक्रोंको पार्टीको भन्दा दुई गुणाभन्दा बढी मत प्राप्त गरेपछि म्याक्रोनले अपमानजनक हार बेहोरेको लण्डनबाट प्रकाशित हुने दि टेलिग्राफले लेखेको छ ।
राष्ट्रका नाममा सम्बोधन उनले कट्टर दक्षिणपन्थी ‘महाद्वीपमा जताततै अघि बढिरहेको’ भन्दै ‘ ईयू संसदीय चुनाव ‘युरोपको रक्षा गर्ने दलहरूका लागि राम्रो परिणाम नभएको’ स्वीकार गरेका छन् । ‘राष्ट्रवादी र पपुलिष्टहरूको उदय हाम्रो राष्ट्र र युरोपका लागि खतरा हो’, म्याक्रोंले चेतावनी दिए।
परिणामले म्याक्रोंको मुख्य प्रतिद्वन्द्वी मरिन ले पेनलाई तीन वर्षपछि हुने राष्ट्रपतिय चुनावमा फ्रान्सेली मुख्यधारालाई चुनौती दिने सम्भावनालाई अझ बलियो बनाएको छ ।
कडा दक्षिणपन्थीको उदयले जर्मन चान्सलर ओलाफ स्कोल्जलाई पनि पराजित गरेको छ । त्यहां सोसल डेमोक्र्याटहरूले युरोपेली चुनावमा आफ्नो सबैभन्दा खराब परिणाम ल्याएको देखाएको छ ।
युरोसेप्टिक, राष्ट्रवादी एएफडी पार्टी दोस्रो स्थानमा रहेको छ, जसमा सेन्ट्रिसस्ट–दक्षिणपन्थी क्रिश्चियन डेमोक्रेटिक युनियन पहिलो स्थानमा छ ।
आइतबार राति, मध्यमार्गी, उदार र हरित दलहरूले ईयूको ७२० ससदस्यीय संसदमा शक्ति सन्तुलन कायम राख्ने एक्जिट पोलको आशामा तुषारापात भएको छ । यो ब्लकका सबैभन्दा महत्त्वपूर्ण नेताहरू, म्याक्रोन र स्कोल्जलाई दोहोरो झट्काले उनीहरूले महाद्वीपभरि नीति कसरी चलाउन सक्छन् भन्ने प्रश्न उठाएको युरोपेली मिडियाले उल्लेख गरेका छन् ।
जर्मनमा अधिकारीहरूले आधिकारिक रूपमा ‘सन्दिग्ध’ चरमपन्थी समूह भनेर लेबल लगाएको अति–दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी पार्टी वा एएफडीले पनि बलियो प्रदर्शन गरेको देखिएको छ ।
ले पेनको पार्टी र एएफडीले नेट शून्य(नेट जिरो पोलिसी) नीतिहरूको विरुद्धमा अभियान चलाएका थिए । त्यो नीतिलाई जीवनयापनको लागतको संकटको समयमा नागरिकहरूमाथिको बोझ भनेका थिए। दुवै पक्षले आप्रवासनमा कडा सीमाहरूका लागि आह्वान गरेका छन् र ठूलो मात्रामा युरोपेली कोष र हतियारका साथ युक्रेनलाई समर्थन गर्न जारी राख्ने नीतिका विरुद्ध उनीहरुले अभियान चलाएका छन् ।
यो म्याक्रोंको राजनीतिक भविष्यको लागि एक उल्लेखनीय जुवा हो, भन्दै टेलिग्राफले लेखेको छ म्याक्रोन २०२७ सम्म राष्ट्रपति रहे पनि यदि सुश्री ले पेनको आरएनले बहुमत जित्यो भने, उनी लङ्गडाको रूपमा रहनेछन् ।
प्रतिक्रिया दिँदै, सुश्री ले पेनले भनिन्ः ‘यो ऐतिहासिक चुनावले देखाउँछ कि जब जनताले मतदान गर्छन्, जनताले जित्छन्।’ उनले युरोपेली चुनावको परिणामलाई संसद र एलिसी दुवैमा सत्तामा आरएन दलको अभियानको पछिल्लो कदमका रूपमा राखेकी छिन्।
२८ वर्षीय जोर्डन बार्डेलाको नेतृत्वमा रहेको आरएन दलले आइतबारको चुनावमा करिब ३२ प्रतिशत मत प्राप्त गरेको छ । माक्रोनको पार्टीले १६ प्रतिशत र समाजवादी पार्टीले १४ प्रतिशत मत प्राप्त गरेको छ ।
ले पेन र बार्डेलाले आप्रवासन, अपराध र दुई वर्षको मुद्रास्फीति सङ्कटको असन्तुष्टिमा भजाउंदै म्याक्रोनको जनादेशमा मध्यावधि जनमत संग्रहको रूपमा ईयू चुनावलाई देखाउन खोजेका थिए।
जर्मनीमा स्कोल्जको एसपीडीले १३.९ प्रतिशत मत प्राप्त गरेको छ। सन् १९७९ मा पहिलो पटक भएको युरोपेली संसद चुनावपछिका वर्षहरूमा यसले कहिल्यै यति नराम्रो प्रदर्शन गरेको थिएन ।
सीडीयूले ३० प्रतिशत मत जित्ने भविष्यवाणी गरिएको थियो, एएफडीले १६ प्रतिशत प्राप्त गर्न सक्ने अपेक्षा गरिएको थियो ।
अझै पनि युरोपेली संसदमा सस्थापनको बहुमत
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अन्तिम मत गणना भइसक्दा आफ्नो पद सरक्षित गर्ने सम्भावना छ। अनुमानअनुसार उनको केन्द्र–दक्षिणपन्थी इपिपि समूह १८६ सिटमा सहित पहिलो देखिएको छ ।
मध्य–वाम समाजवादी र डेमोक्र्याटहरूले १३३ सिट ल्याएको छ । लिबरल रिन्यु समूहले ८२ र ग्रिनले ५३ ससिट ल्याएका छन् ।
ब्रसेल्समा म्याक्रोनका सहयोगीहरूले पूर्व इटालियन प्रधानमन्त्री मारियो ड्रागीलाई सुश्री भोन डेर लेयनको वैकल्पिक उम्मेद्वारको रूपमा राखेका थिए । तर चुनावी नतिजाले प्रक्रियामा उनको प्रभाव कम हुने देखाएको छ।
युरोपेली संसदीय चुनावमा कडा दक्षिणपन्थीहरूका लागि अनुमानित लाभ शुद्ध सङ्ख्याको हिसाबले सामान्य लाग्न सक्छ, तर तिनीहरू महत्त्वपूर्ण रहेको सीएनएनले उल्लेख गरेको छ । यी नतिजाहरूले युरोपेली सङ्घका संस्थाहरूमा प्रभुत्व जमाउने युरोप समर्थक मुख्यधाराका अधिकारीहरूका लागि ठुलो चुनौतीको प्रतिनिधित्व गर्दछ।
इटालीमा प्रधानमन्त्री मेलोनीको विजय
जर्जिया मेलोनीले इटालीमा युरोपेली चुनाव जितेकी छिन् र उनको पार्टीले ब्रसेल्स र स्ट्रासबर्गमा सबैभन्दा बढी एमईपी(सदस्यह) हरू पठाउने छ।
अति दक्षिणपन्थी नेताले इटालीका ब्रदर्सलाई विजयको लागि नेतृत्व गर्ने भविष्यवाणी गरिएको थियो, जुन उनले अन्तिम एक्जिट पोलहरू मध्ये एक अनुसार ३० प्रतिशत मत पाएर पुष्टि गरिन् ।
यस विजयले युरोपियन युनियनमा मेलोनीको बढ्दो प्रभावलाई स्थापित गर्नेछ, जहाँ उनी युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन लगायत मध्य–दक्षिणपन्थी राजनीतिज्ञहरूद्वारा बढ्दो रूपमा आकर्षित हुनेछिन् । उनीहरूले आगामी संसदमा ब्लकको नीति बनाउन उनको पार्टीको समर्थन मागेका छन् ।
उनको विजय, महाद्वीपभरका अति– दक्षिणपन्थी नेताहरूको विजयमा सबैभन्दा उच्च प्रोफाइल हो।
सुश्री मेलोनीले युरोपलाई अझ दायाँतिर धकेल्ने प्रयास गर्न आफ्नो लाभ प्रयोग गर्ने सम्भावना छ। उनले पहिले नै अल्बानियासँग उनको रुवान्डा शैलीको आप्रवासी सम्झौता बाँकी युरोपेली सङ्घका लागि आदर्श हुन सक्ने घोषणा गरिसकेकी छिन्।
इटालीमा, फ्रेटेली डी इटालिया–काउन्सिल अध्यक्ष जियोर्जिया मेलोनीको पोस्ट–फासिस्ट पार्टी पनि निर्वाचित प्रतिनिधिहरूको ठूलो दल सुरक्षित गर्न सफल भएको छ । स अष्ट्रियामा अतिदक्षिणपन्थी फ्रिडम पार्टी (एफपिओ) ले पिपुल्स पार्टी (ओभीपी) र सोसल डेमोक्र्याट्स (एसपीओ) को कन्जरभेटिभ राइटलाई पराजित गरेको छ।
धेरै अन्य सदस्य राष्ट्रहरूमा अति–दक्षिणपन्थी दोस्रो स्थानमा आयोः जर्मनीमा अल्टरनेटिभ फर जर्मनी (एएफडी) सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) भन्दा अगाडि र पोल्यान्डमा लअ र जस्टिस पार्टीसँगै आएका छन् । नेदरल्यान्ड्समा, गिर्ट वाइल्डर्स पार्टी फर फ्रिडम (पिभिभी) सात सदस्य निर्वाचित एमइपीहरूसँगै समाजवादी– हरित गठबन्धनको पछाडि आएको छ । र अन्तमा, धेरै देशहरूले पहिलो पटक राष्ट्रवादी एमईपीहरू पठाउनेछन्, जस्तै पोर्चुगल।
बेल्जियन प्रधानमन्त्रीको रुंदै राजीनामा
‘म यस अभियानको फिगरहेड थिएँ। यो मैले आशा गरेको नतिजा होइन, त्यसैले म यो परिणामको जिम्मेवारी लिन्छु, यो हुनु पर्ने थिएन’, बेल्जियमा प्रधानमन्त्र डि क्रूले आंखाबाट आंशु झार्दै पत्रकारहरूलाई भने। ‘भोलिसम्म, म प्रधानमन्त्रीको रूपमा राजीनामा दिनेछु र म वर्तमान मामिलाहरूमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्नेछु’, उनले थपे।
जहाँसम्म युरोपेली संसदको सवाल छ, डी क्रोको ओपन भिएलडी पार्टीले पनि खराब प्रदर्शन गर्यो, आरटीबीएफ मतदानका अनुसार ५.८ प्रतिशत मत मात्र प्राप्त गर्यो। आरटीबिएफको सर्वेक्षण अनुसार अति दक्षिणपन्थी भ्लामस बेलांग पार्टी र फ्लेमिश राष्ट्रवादी एन–भिए पार्टीले क्रमशः १४.८ प्रतिशत र १४.२ प्रतिशत मत प्राप्त गरेका छन्।
आफ्नो राजीनामा घोषणा गर्दै , डी क्रूले आफ्नो उत्तराधिकारीलाई शक्तिको ‘उचित हस्तान्तरण’ गर्ने वाचा गरे, उनले बेल्जियमलाई ‘आफ्नो कार्यहरू लिन सक्ने पूर्ण शक्ति भएको नयाँ सरकार चाहिन्छ’ भन्ने कुरामा आफू विश्वस्त रहेको कुरामा जोड दिए।
*अपडेटसहित
प्रतिक्रिया दिनुहोस्