मेरो लागि चिकित्सा विद्यालयमा सिकेको सबैभन्दा महत्वपूर्ण पाठहरू मध्ये एक हो, आपतकालीन अवस्थामा तपाईंले सम्पूर्ण जानकारीको प्रतीक्षा गर्ने विलासिता गर्न सक्नुहुन्न। तपाईंले उपलब्ध तथ्यहरूको मूल्याङ्कन गर्नुपर्छ, आफ्नो सर्वोत्तम निर्णय प्रयोग पर्छ, र छिटो काम गर्नु पर्छ ।
युवाहरूको मानसिक स्वास्थ्य संकट आपतकाल हो — र सामाजिक संजाल यसको महत्त्वपूर्ण योगदानकर्ता बनेको छ। तीन घण्टा भन्दा बढी सामाजिक संजालमा समय बिताउने किशोरहरूमा चिन्ता र डिप्रेशनको लक्षणहरूको जोखिम दोब्बर हुन्छ, र २०२३ को गर्मीमा यस उमेर समूहको औसत दैनिक प्रयोग ४.८ घण्टा थियो। साथै, ती मध्ये करिब आधा किशोरहरूले सामाजिक संजालले उनीहरूलाई आफ्नो शरीरको बारेमा नराम्रो महसुस गराउँछ भन्ने प्रतिक्रिया दिएका छन् ।
अब सामाजिक संजाल प्लेटफर्महरूमा सर्जन जनरलको चेतावनी लेबल अनिवार्य गर्ने समय आएको छ, जसले सामाजिक संजाल किशोरहरूको लागि महत्त्वपूर्ण मानसिक स्वास्थ्य हानि संग सम्बन्धित रहेको जानकारी दिन्छ । सर्जन जनरलको चेतावनी लेबल, जसले कांग्रेसको कार्यवाही आवश्यक पर्दछ, नियमित रूपमा अभिभावक र किशोरहरूलाई सामाजिक संजाल सुरक्षित प्रमाणित गरिएको छैन भनेर सम्झाइ रहनेछ। चुरोट सम्वन्धी अध्ययनहरूको प्रमाणहरूले देखाएको छ कि चेतावनी लेबलहरूले चेतना बढाउन र उनीहरुको व्यवहार परिवर्तन गर्न सफल भएको छ । हालैको एक सर्वेक्षणमा, सर्जन जनरलको चेतावनीले उनीहरूलाई आफ्ना बालबालिकाको सामाजिक संजालको प्रयोग सीमित वा अनुगमन गर्न प्रेरित गर्ने हो भन्नेमा ७६ प्रतिशत लेटिनो अभिभावकहरूले हो भन्दै सहमत देखिएका छन्।
स्पष्ट हुनका लागि, चेतावनी लेबलले मात्र युवा व्यक्तिहरूको लागि सामाजिक संजाल सुरक्षित बनाउने छैन। मैले एक वर्ष अघि सामाजिक संजाल र युवा व्यक्तिहरूको मानसिक स्वास्थ्यको बारेमा जारी गरेको सल्लाहमा बालबालिकाहरूको लागि सामाजिक संजाललाई सुरक्षित बनाउन नीति निर्माताहरू, प्लेटफर्महरू र सर्वसाधारणहरूको लागि विशिष्ट सिफारिसहरू समावेश हुनु पर्छ भनेको थिए । यस्ता उपायहरू, प्रथामिकताका साथ पहिले नै बलियो द्विपक्षीय समर्थन हुनु पर्छ ।
कांग्रेसबाट आउने कानूनले युवाहरूलाई अनलाइन उत्पीडन, दुर्व्यवहार र शोषणबाट तथा चरम हिंसा र यौन सामग्रीको सम्पर्कबाट सुरक्षित राख्नुपर्छ, जुन प्रायः एल्गोरिदम–चालित फिडहरूमा देखा पर्छ। उपायहरूले प्लेटफर्महरूलाई बालबालिकाबाट संवेदनशील डेटा सङ्कलन गर्नबाट रोक्नुपर्छ र पुश सूचनाहरू, स्वतः प्ले र अनन्त स्क्रोल जस्ता सुविधाहरूको प्रयोगलाई प्रतिबन्धित गर्नुपर्छ, जसले विकासशील मस्तिष्कहरूभित्र शिकार खेल्छ, र अत्यधिक प्रयोग बढाउन योगदान गर्दछ।
सामाजिक संजालको स्वास्थ्य प्रभावहरूको सबै डेटा स्वतन्त्र वैज्ञानिकहरू र सर्वसाधारणसँग साझेदारी गर्न कम्पनीहरूलाई अनिवार्य गर्नुपर्छ — हाल उनीहरूले गर्दैनन् — र स्वतन्त्र सुरक्षा अडिटहरू अनुमति दिनुपर्छ। प्लेटफर्महरूले आफ्ना उत्पादनहरू सुरक्षित बनाइरहेको दाबी गरिरहे पनि, अमेरिकीहरूलाई शब्दभन्दा बढी चाहिन्छ। हामीलाई प्रमाण चाहिन्छ।
समाजका अन्य भागहरूले पनि भूमिका खेल्न सक्छन्। विद्यालयहरूले कक्षाकोठाको सिकाइ र सामाजिक समयलाई फोन(मुक्त अनुभवहरू बनाउनु पर्छ। अभिभावकहरूले पनि निद्राको समय, खाना र सामाजिक जमघटहरू वरपर फोन(मुक्त क्षेत्रहरू बनाउनुपर्छ ताकि आफ्ना बालबालिकाको निद्रा र वास्तविक जीवनको सम्बन्धलाई सुरक्षित राख्न सकियोस् — जसको दुवैको प्रत्यक्ष प्रभाव मानसिक स्वास्थ्यमा पर्छ। र तिनीहरूले आफ्नो बालबालिकालाई सामाजिक संजालको पहुँच दिनका लागि मध्य विद्यालयपछि कुर्नुपर्छ। यो भन्दा धेरै सजिलो भने जस्तो गर्न गाह्रो छ, त्यसैले अभिभावकहरूले अन्य परिवारहरूसँग मिलेर साझा नियमहरू स्थापना गर्नुपर्छ, ताकि कुनै पनि अभिभावकले एक्लै संघर्ष गर्न नपरोस् वा जब तिनीहरूको किशोरहरूले सीमाहरू सहनुपर्दछ भने आफूलाई दोषी महसुस गर्न नपरोस्। र युवाहरूले सामाजिक संजालसँगको आफ्नो सम्बन्धलाई सुधार गर्न र अनलाइन वातावरणलाई सुरक्षित रूपमा नेभिगेट गर्न एकअर्कालाई समर्थन गर्न ूलोग अफू आन्दोलन र ूवायर्ड ह्युमनू जस्ता किशोर(केन्द्रित प्रयासहरूमा निर्माण गर्न सक्छन्।
अन्यहरूले पनि सहयोग गर्नुपर्छ। सार्वजनिक स्वास्थ्य नेताहरूले युवाहरूको लागि स्वस्थ डिजिटल वातावरणको माग गर्नुपर्छ। डाक्टरहरू, नर्सहरू र अन्य चिकित्सकहरूले सामाजिक संजालको विषय बालबालिका र अभिभावकहरूसँग उठाउनुपर्छ र तिनीहरूलाई सुरक्षित अभ्यासतर्फ मार्गदर्शन गर्नुपर्छ। र संघीय किड्स अनलाइन हेल्थ एण्ड सेफ्टी टास्क फोर्सले सरकार भित्र र बाहिरका उत्कृष्ट दिमागहरूलाई एक ठाउँमा ल्याई सामाजिक संजाललाई हाम्रा बालबालिकाहरूको लागि सुरक्षित बनाउन परिवर्तनहरू सिफारिस गर्नको लागि आफ्नो नेतृत्व जारी राख्नुपर्छ।
अभिभावकको लागि सबैभन्दा नराम्रो चीज मध्ये एक हो जब तपाईंलाई थाहा हुन्छ कि तपाईंका बालबालिका खतारामा छन् तर तपाईं केही गर्न असमर्थ हुनुहुन्छ। यो नै अभिभावकहरूले मलाई बताउँछन् जब सामाजिक संजालको कुरा आउँछ — विषाक्त सामग्री र लुकेका हानिहरूको सामना गर्दा असहाय र एक्लो महसुस गर्नु। म लोरीको बारेमा सोच्दछु, एक महिला जो कोलोराडोबाट हुन् जसले सामाजिक संजालमा उत्पीडन भएपछि आफ्नी किशोरी छोरीको जीवन समाप्त भएको बताउँदा आँसु रोक्न सकिनन्। लोरीले आफ्नो छोरीको खाता र फोन दैनिक जाँच गर्दै आएकी थिइन्, तर हानिले अझै पनि उनको बालबालिकालाई भेट्यो।
अभिभावकहरूले क्लिक गर्नका लागि कुनै सिटबेल्ट छैन, कुनै हेलमेट लगाउनको लागि छैन, कुनै आश्वासन छैन कि विश्वासपात्र विशेषज्ञहरूले अनुसन्धान गरेका छन् र यी प्लेटफर्महरू हाम्रा बालबालिकाहरूका लागि सुरक्षित छन् भनेर सुनिश्चित गरेका छन्। त्यहाँ केवल अभिभावकहरू र उनीहरूको बालबालिका छन्, जसले आफ्नै हिसाबले यसलाई समाधान गर्न प्रयास गरिरहेका छन्, संसारका केही उत्कृष्ट उत्पादन इन्जिनियरहरू र सबैभन्दा राम्रो(स्रोत भएका कम्पनीहरूको विरूद्ध लडिरहेका छन्।
अभिभावकहरू मात्र समाधान खोज्नेहरू होइनन्। गत शरद ऋतुमा, मैले विद्यार्थीहरूसँग मानसिक स्वास्थ्य र एक्लोपनको बारेमा कुरा गर्नको लागि भेला गरें। यस्तो भेला हुँदा प्रायः हुने जस्तै, तिनीहरूले सामाजिक संजालको मुद्दा उठाए।
उनीहरूले सामाजिक संजालको बारेमा के मन पर्छ भनेपछि — पुराना साथीहरूसँग सम्पर्कमा रहन, साझा पहिचानको समुदायहरू फेला पार्न र सिर्जनात्मक रूपमा आफूलाई व्यक्त गर्न — टिनाको नामकी एक युवतीले आफ्नो हात उठाइन्। ूजब म सामाजिक संजाल प्रयोग गर्छु, मलाई राम्रो लाग्दैन,ू उनले हल्का लाजले स्वरमा भनिन्। उनको स्वीकृतिले उनका सहपाठीहरूका लागि ढोका खोल्यो। एक(एक गर्दै, तिनीहरूले सामाजिक संजालसँगका अनुभवहरूको बारेमा बोलेस् अन्य व्यक्तिहरूसँगको अनन्त तुलना जसले उनीहरूको आत्म(सम्मानलाई चुँडायो, लत लागेको र सीमाहरू निर्धारण गर्न असमर्थ महसुस गर्ने र प्लेटफर्महरूले प्रायः आक्रोश र उत्पीडनलाई बढावा दिने वास्तविक कुराकानी गर्ने कठिनाइ। उनीहरूको स्वरमा दुःख थियो, यस्तो लाग्थ्यो कि उनीहरूले के भइरहेको छ भन्ने थाहा थियो तर परिवर्तन गर्न असमर्थ महसुस गर्थे।
६ र ७ वर्षका छोराछोरीहरूको बुबाको रूपमा जसले पहिले नै सामाजिक संजालको बारेमा सोधेका छन्, म चिन्तित छु कि मेरी श्रीमती र म कसरी थाहा पाउँछौं कि तिनीहरूलाई कहिले खाता दिनुरु कसरी हामी तिनीहरूको गतिविधिलाई अनुगमन गर्नेछौं, जब यसलाई लुकाउनको लागि बड्दै गएको परिष्कृत प्रविधिहरू छन्रु कसरी हामी जान्न सक्छौं कि हाम्रा बालबालिकाहरू हानिकारक सामग्री वा खतरनाक व्यक्तिहरूको सम्पर्कमा छन् कि छैनन्रु यसैले सामाजिक संजालको व्यवस्थापन गर्न आउँदा धेरै अभिभावकहरूले तनाव, चिन्ता — र यहाँसम्म कि लाज पनि महसुस गर्छन् — यो कुनै आश्चर्यको कुरा होइन।
न्युयोर्क टाइम्समा प्रकाशित लेखको भावानुवाद ।
प्रतिक्रिया दिनुहोस्