सबैभन्दा कान्छो, तेलंगानाको सफलताले फाइदाहरू देखाउँछ
एक दशक अघि संघीय भारतले आफ्नो नवीनतम सदस्यलाई स्वागत गर्योः तेलंगाना राज्यका रुपमा। भारतका तत्कालीन २९ राज्यहरू मध्ये, यो जनसंख्याले १२ औं, क्षेत्रफलले ११ औं र प्रति व्यक्ति आयले १० औं स्थानमा थियो। ती मध्ये एउटा रैंकिङ तब देखि नाटकीय रूपमा परिवर्तन भएको छ। गत वर्षसम्ममा तेलंगाना कुनै पनि उचित आकारको राज्यमध्ये सबैभन्दा बढी प्रति व्यक्ति आय भएको राज्य बन्न पुगेको छ, केवल सानो सिक्किम र गोवा पछाडि मात्र।
त्यति मात्र होइन। पछिल्लो दशकमा राज्यको जीडीपी वृद्धिले समग्र भारतको भन्दा राम्रो प्रदर्शन गरेको छ। भारतको जनसंख्याको केवल २.७५ हिस्सा भएको यस राज्यले देशको वार्षिक उत्पादनमा आफ्नो हिस्सा झण्डै एकको पाँचौं भागबाट बढाएर ४.८५ पुर्याएको छ। यसको आर्थिक शक्तिकेन्द्र हैदराबाद बहुभाषिक, बहुधार्मिक महानगर हो जहाँ उच्च–प्राविधिक रोजगारीहरूको प्रचुरता छ, जसमा कुनै पनि ठाउँमा सबैभन्दा ठूलो अमेजन कार्यालय पनि समावेश छ। माइक्रोसफ्ट र गूगलले शहरमा आफ्नो पहिले नै उल्लेखनीय उपस्थितिलाई विस्तार गरिरहेका छन्। यो औषधि उद्योगको केन्द्र पनि हो।
तेलंगानाको सफलताको नुस्खा के हो ?
तेलंगानाको स्वतन्त्रताको कथा १९५६ मा सुरु हुन्छ, जब यो क्षेत्र आन्ध्र प्रदेश वा एपी नामक नयाँ तेलुगु भाषी राज्यको अंश बन्यो । उनीहरूले एउटै भाषा बोले, तर दुवैको इतिहास, खानपान र बोली फरक थियो। तटीय क्षेत्रका तेलुगुहरू राजधानी हैदराबादमा व्यापार र राजनीतिमा हावी हुन थालेपछि चाँडै तनाव बढ्यो। तेलंगानाबासीहरूले आफूमाथि भेदभाव भइरहेकोमा जोड दिए। दशकौं लामो राज्यको मागको आन्दोलन २०१४ मा भारतीय संसदको एक कानूनद्वारा यसको स्थापनामा परिणत भयो।
नयाँ हुनु नै राज्य निर्माणको एउटा फाइदा हो। सन् २००० मा भारतले तीन नयाँ राज्यहरू सिर्जना गर्यो, अनियन्त्रित विशालहरूबाट टुक्रा छ
ट्याएर । केही वर्षसम्म नयाँ इकाइहरूले आर्थिक रूपमा आफूले छोडेका अवशेषहरूभन्दा राम्रो प्रदर्शन गरे। तैपनि तेलंगाना फस्टाउनेछ भन्ने कुरा भविष्यवाणी गरिएको थिएन (अन्य कुनै पनि नयाँ राज्यहरूले आफ्नो प्रारम्भिक गति कायम राख्न सकेनन्)। यो त्यो राज्यको गरिब भाग थियो जहाँबाट यो काटिएको थियो। अन्य समृद्ध दक्षिणी राज्यहरू भन्दा फरक, यो भूपरिवेष्ठित छ। यसमा अझै पनि एउटा मात्र विमानस्थल छ। हैदराबाद बाहेक, यसमा कुनै पनि ठूलो शहरहरू छैनन्। धेरैले आर्थिक कठिनाइहरू, यहाँसम्म कि अशान्तिको पूर्वानुमान गरेका थिए।
के. चन्द्रशेखर राव, जसलाई केसीआर भनेर चिनिन्छ, नयां राज्यको लागि आन्दोलनको नेतृत्व गरेका थिए। तर नयाँ इकाईको पहिलो मुख्यमन्त्रीको रूपमा, उनले शासन गर्ने तर्फ संक्रमण गर्नुपर्यो। ‘धेरै आशंकाहरू थिए,’ के.टी. रामा राव, केसीआरका छोरा र त्यस सरकारका मन्त्री (जसलाई अनिवार्य रूपमा केटीआर भनिन्छ) भन्छन्। मानिसहरूले चिन्ता गरेका थिए– ‘यी व्यक्तिहरू सडकमा उच्छृङ्खल भइरहेका थिए… के तिनीहरूले वास्तवमै शासन गर्न सक्छन्?’ नयाँ सरकारले व्यवसायहरूलाई उनीहरूको हितको सुरक्षा गरिने आश्वासन दिँदै व्यावहारिकता देखायो । आन्ध्रवासी प्रभुत्व भएको व्यावसायिक समुदायविरुद्ध कुनै प्रतिशोध लिइएन।
स्थापनाको क्षणले स्पष्ट गर्नुपर्ने प्रभाव पार्छ, दिल्लीस्थित थिंक–ट्याङ्क कार्नेगी इन्डियाका सुयश राई भन्छन्, जसले अभिजात वर्गलाई सोच्न बाध्य पार्छः ‘हामीले आफ्नो काम मिलाउनु पर्छ… ताकि राज्य स्थिर राजनीतिक र आर्थिक इकाई बन्न सकोस्।’ नेताहरूमाथि आफूलाई प्रमाणित गर्न मतदाता र आलोचकहरू दुवैबाट अत्यधिक दबाब हुन्छ। केही प्रमाणित गर्नुपर्ने कुरा सरकारको सोचाइसँग ूधेरैू सम्बन्धित थियो, केटीआर भन्छन्।
नयाँ राज्यहरूको अर्को फाइदा भनेको तिनीहरूसँग प्रयोग गर्ने बढी स्वतन्त्रता हुन सक्छ। सिर्जना हुनासाथ, तेलंगानाले आफूलाई लगानीकर्ताहरूका लागि आकर्षक बनाउन तुरुन्तै काम सुरु गर्यो। व्यवसाय गर्ने सहजता सूचकाङ्कमा माथि उठ्न उत्सुक धेरै भारतीय राज्यहरूले व्यवसायहरूलाई नौकरशाहीसँग व्यवहार गर्न ‘एकल–झ्याल निकासी’ को प्रतिज्ञा गरे। तर प्रक्रिया अझै पनि दुःखदायी अस्तव्यस्तता थियो, धेरै विभागहरू आ–आफ्नै समय तालिकामा काम गरिरहेका छन्। तेलंगानाको नवप्रवर्तन धेरै आवश्यकताहरू हटाउनु र १५ दिनभित्र स्वीकृति दिने वाचा गर्नु थियो। जयेश रञ्जन, एक वरिष्ठ नौकरशाह जो नीतिहरू मस्यौदा गर्नमा संलग्न थिए, भन्छन्, ‘यस्ता विचारहरू केवल सम्भव थिए किनभने हामी एक नयाँ राज्य थियौं, र तपाईंलाई तल तान्ने कुनै विरासत थिएनू। ‘सबै कुरा एक सफा स्लेट थियो।’
map: the economist
अन्त्यमा, भारतका ठूला राज्यहरूबाट साना टुक्राहरू काट्नाले – अविभाजित एपी क्षेत्रफलको आधारमा चौथो ठूलो थियो – राजनीतिज्ञ र अधिकारीहरूलाई स्थानीय मुद्दाहरूलाई अझ ध्यानपूर्वक सम्बोधन गर्न सजिलो बनाइदिन्छ । व्यावहारिक स्तरमा, यसले यात्रा र प्रशासनलाई पनि सहज बनाउँछ। तेलंगानामा सरकारले लामो समयदेखि रहेका गुनासोहरूमा ध्यान केन्द्रित गर्योः बिजुली, पानी र कोष। २०१४ र २०२३ बीच विद्युत उत्पादन क्षमता ७.८ गिगावाटबाट १९.५ गिगावाटसम्म बृद्धि भएको छ । खानेपानी र सिंचाइका लागि पानी बढाउने धेरै परियोजनाहरू सुरु गरिएका छन् । किसानहरूका लागि कल्याणकारी योजनाहरू लागू गरिएका छन् ।
निश्चय नै, तेलंगानासँग एउटा फाइदा थियोः हैदराबाद। एन. चन्द्रबाबु नायडु, जो १९९५ र २००४ बीच अविभाजित राज्यका मुख्यमन्त्री थिए, शहरलाई ‘साइबराबाद’ उपनाम दिलाउँदै आफूलाई प्रविधि–कुशल नेताको रूपमा स्थापित गरेका थिए । केसीआरको सरकारले प्रविधि–पहिलो रणनीतिमा दोब्बर जोड दियो। राज्य सरकारको प्रतिवेदन अनुसार, २०१४ र २०२३ बीच यसको निर्यात २.४ खरब रुपैयाँ (२९ अरब डलर) सम्म चौगुणा भन्दा बढी बढ्यो, र यसका रोजगारीहरू लगभग तीन गुणाले बढेर ९ लाख पुगे।
तथापि, हैदराबादको प्रभुत्वले ग्रामीण मतदाताहरूलाई अलग्यायो। यसको प्रविधि जिल्लामा प्रतिव्यक्ति आय राज्यको औसतभन्दा दोब्बर र सबैभन्दा गरिब जिल्लाको भन्दा पाँच गुणा बढी छ। बालबालिकामा कुपोषण बढेको छ। तेलंगानाका मतदाताहरूले गत वर्षको चुनावमा केसीआरलाई सत्ताबाट बाहिरको बाटो देखादिए। उनले यो आउँदै गरेको देख्नुपर्थ्योः २० वर्ष अघि अविभाजित एपीले सहरी श्री नायडुलाई बाहिर निकालेर अझ समान रूपमा फैलिएको समृद्धिको वाचा गर्ने प्रतिद्वन्द्वीलाई रोजेको थियो। (एपीको बाँकी भाग पनि विभाजन पछि तीव्र रूपमा बढ्यो तर वितरणमा खर्च गर्यो। यसको वित्तीय घाटा तेलंगानाको भन्दा लगभग दोब्बर छ। यस महिना मतदाताहरूले श्री नायडुलाई विपक्षबाट सत्तामा फर्काए।)
कांग्रेस पार्टीको नेतृत्वमा रहेको तेलंगानाको नयाँ सरकारले अन्यत्र विकासलाई प्रोत्साहन गर्न प्राथमिकता दिएको छ। यसले हैदराबाद बाहिर लगानी प्रवर्द्धन गर्ने योजना बनाएको छ। साथै यसले राम्रोसँग काम गरिरहेका नीतिहरू उल्टाउने छैन भन्ने संकेत दिएको छ। नयाँ राज्यको रूपमा तेलंगानाको रेकर्ड प्रभावशाली छ। तर यसको दीर्घकालीन समृद्धि सुनिश्चित गर्न – र नयाँ राज्यहरूको पक्षमा तर्क बलियो बनाउन – वास्तविक काम भखर सुरु भएको छ। ■
दि इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्