जासुसी प्रविधिको प्रयोग गरिने संसार पनि परिवर्तन भएको छ – शशांक जोशी
केही वर्ष पहिले खुफिया विश्लेषकहरूले देखेका थिए – ताइवान र दक्षिण कोरियामा इन्टरनेटसँग जडित सिसिटिभी क्यामेराहरू अज्ञात रूपमा भारतीय पावर ग्रिडका महत्वपूर्ण भागहरूसँग कुरा गरिरहेका थिए। यो अनौठो जडान चिनियाँ जासूसहरूले पहिले नै भारतीय ग्रिडका महत्त्वपूर्ण भागहरूमा गहिरो रूपमा राखेको मालवेयरसँग सञ्चार गर्न प्रयोग गरेको जानाजानी गोलमटोल मार्ग भएको पत्ता लाग्यो (संभावित रूपमा भविष्यमा तोडफोड गर्न सक्षम बनाउने उद्देश्यले)। विश्लेषकहरूले यसलाई पत्ता लगाए । कसरी भने उनीहरूले इन्टरनेट स्क्यान गर्दै (कमाण्ड र कन्ट्रोल- C2) नोडहरू—जस्तै क्यामेराहरू—को खोजी गर्दै थिए, जुन ह्याकरहरूले आफ्ना शिकारहरूमा पुग्न प्रयोग गर्छन्।
यो आक्रमण भारतीय वा पश्चिमी खुफिया एजेन्सीले खुलासा गरेको थिएन, यो म्यासाचुसेट्सको सोमरभिलमा रहेको रेकर्डेड फ्युचर नामक कम्पनीले खुलासा गरेको थियो। यसका प्रमुख क्रिस्टोफर आल्बर्गले दाबी गर्छन् – कम्पनीसँग संसारमा सबैभन्दा धेरै ऋद्द नोडहरूको जानकारी छ। ‘हामीले यसको प्रयोग चिनियाँ र रुसी खुफिया अपरेसनहरूलाई निरन्तर अनुगमन गर्न प्रयोग गर्छौं’ यससँग डार्क वेब (इन्टरनेटको पहुँच गर्न गाह्रो भाग) मा पाइने अरबौं चोरी भएका लग–इन विवरणहरू छन् र दैनिक रूपमा लाखौं तस्बीरहरु सङ्कलन गर्छ। ‘हामीलाई हरेक बेलायती कम्पनी, हरेक चिनियाँ कम्पनी, हरेक भारतीय कम्पनीको बारेमा थाहा छ’ आल्बर्गले दागी गरेका छन् । रेकर्डेड फ्युचरसँग ७५ देशहरूमा १७०० ग्राहकहरू छन्, जसमा ४७ वटा त सरकारहरू मात्र समावेश छन्।
चिनियाँ घुसपैठ र त्यसबारे पत्ता लगाउने आधुनिक खुफिया सूचनाको यो एउटा सानो अंश हो। इन्टरनेट, र यसमा जडित उपकरणहरू, हरेक ठाउँमा छन्, निगरानी, फन्दामा पार्ने र गोप्य अपरेसनहरूका लागि अवसरहरू प्रदान गर्दै पत्ता लगाउने गरिन्छ । यिनीहरुलाई निगरानी गर्ने र यसमा काम गर्ने इकाईहरू प्रायः निजी कम्पनीहरू हुन्, सरकारी एजेन्सीहरू होइनन्।
इन्टरनेटमा सम्भव भएको कुरा अनलाइन मात्र रहँदैन। ताइवान र दक्षिण कोरियाका क्यामेराहरू विश्वभरि जडान गरिएको १ अर्बभन्दा बढी मध्येका थिए, प्राविधिक निगरानीको एक फैलिएको नेटवर्कको हिस्सा, जसले खुफिया अधिकृतहरू र उनीहरूले भर्ती गर्नुपर्ने एजेन्टहरूको जीवन कठिन बनाएको छ।
खुफिया सेवाहरूले आफ्नो समय अरूहरूको गोप्य जानकारी प्राप्त गर्न, आफ्नै गोप्य जानकारीलाई सुरक्षित राख्न, र सरकारका अन्य शाखाहरूले अस्वीकार गर्न चाहने गोप्य गतिविधिहरूमा संलग्न हुने कार्यहरूमा खर्च गर्छन्– प्रभाव निर्माण, आतंकवादी समूहहरूसँग गोप्य सम्पर्कहरू कायम राख्नु, उनीहरुका योजनाहरू विफल गर्नु वा शत्रुहरूको हत्या गर्नु यी कामको मुख्य उद्धेश्य हो। प्राविधिले यसका लागि एक शताब्दीभन्दा बढी समयदेखि महत्त्वपूर्ण भूमिका खेलेको छ।
जब विश्व कुरीयरहरूबाट तार, रेडियोमा सरेको थियो, माइकल वार्नर, सीआइएका पूर्व इतिहासकारले लेखेका छन्, खुफिया सूचनाले ‘यान्त्रिक र औद्योगिक’ रूप लियो। यसले उच्च प्रविधिको उपभोक्ता पनि बनाएको छ।
पहिलो प्रोग्रामयोग्य कम्प्युटर, कोलोसस, नाजी कोडहरू भाँच्नका लागि विकसित गरिएको थियो। जासूसी उपग्रहहरूको आगमनले पृथ्वीको सतहलाई प्रकाशामा ल्याएको हो। अत्याधुनिक उपकरणहरू, जस्तै सानन ट्रान्जिस्टरहरू र प्लास्टिक उद्योगबाट व्युत्पन्न गोप्य मसी जस्ता प्रविधिले मानव खुफिया (HUMNINt) गर्ने तरिकालाई परिवर्तन गर्यो। यी सबै प्रवृत्तिहरू संसारको महान प्राविधिक महाशक्तिः अमेरिकामा सबैभन्दा उल्लेखनीय थिए।
त्यसपछि, अहिले जस्तै, त्यो प्रविधिका केही हिस्सा जासूसहरूको दुनियाँ बाहिरबाट आएको थियो। जब ऋक्ष्ब् ले १९८३ मा भर्जिनियाको लैङ्गलीमा आफ्नो पहिलो AI संगोष्ठीहरू मध्ये एक आयोजना गरेको थियो, यसमा एक विक्रेता शो समावेश गरिएको थियो जहाँ उद्योगले उत्पादनहरू प्रदर्शन गर्न सक्छ। तर प्रमुख प्रविधिहरू—सुपरकम्प्युटरहरू, जासूसी विमानहरू, कोरोना उपग्रहहरू—एलीट परियोजनाहरू समेत थिए, यी प्रायः यस्तो संसारमा जासूसी गर्न प्रयोग गरिएको थियो जोसँग त्यो प्रविधि थिएन, र उनीहरूको पैमाना र खर्चको कारणले स्वाभाविक रूपमा राजकीय थिए।
आज फरक के छ भने डिजिटल प्रविधि जीवनको हरेक कुनामा सरेको छ। यतिबेला विश्वभरि ८.५ अर्ब स्मार्टफोनहरू छन्, माइक्रोइलेक्ट्रोनिक्स क्रान्तिको हिस्सा जसमा क्यामेरा, माइक्रोफोन, जीपीएस रिसीभरहरू र अन्य सेन्सरहरूको लागत समेत घटेको छ। २०१३ मा वैश्विक इन्टरनेट प्रवेश ३५प्रतिशत बाट २०२३ मा ६७प्रतिशत सम्म उकालो लाग्दा, यी सेन्सरहरू—फोन, कम्प्युटर, कार र टेलिभिजनमा—एकसाथ गाँसिएका छन्, हरेक व्यक्तिको गोजीमा, हरेक सडकमा खुफिया कारखानाहरू सिर्जना गर्ने काम गरेका छन् । डेटा प्रवाहलाई बुझ्नका लागि एल्गोरिदम र कम्प्युटिङ शक्ति अधिक सक्षम र कुशल सावित भयो ।
यसले जासूसहरूले ख्याल गर्ने कुराहरू परिवर्तन गरेको छ। खुफिया सेवाहरूलाई केवल तिनीहरूको प्रतिद्वन्द्वीको प्रविधिमाथि मात्र ध्यान दिनु पर्दैन—कतै प्रतिद्वन्द्वीले ठूलो ब्क्ष् मोडेल गुप्त रूपमा निर्माण गर्दैछ ?—तर यसलाई कसरी प्रयोग गर्ने भनेर आकार दिनु पनि पर्दछ। पश्चिमी सुरक्षा सेवाहरू चिनियाँ प्रभावले इन्टरनेटसँग जडित उत्पादनहरू, TIkTok देखि राउटरहरूदेखि सेल्फ–ड्राइभिङ कारहरू सम्म, डेटा सङ्कलन, राजनीतिक हस्तक्षेप वा युद्धकालीन तोडफोडको उपकरण बन्न सक्छ भन्नेमा चिन्तित छन्। सिग्नल–खुफिया (sigint) एजेन्सीहरू सार्वजनिक बहसको अग्रभागमा थिए । चिनी विशाल दूरसञ्चार हुवावेले पश्चिमी पूर्वाधारको प्रमुख भागहरू आपूर्ति गर्नबाट रोक्नुपर्छ कि पर्दैन भन्ने प्रश्न खडा भएको छ ।
जसरी जासूसहरूलाई काम गर्ने तरिका परिवर्तन गर्छ, केही कुराहरू सजिलो पनि हुन्छ। शीत युद्धमा, गोप्य अपरेसनहरू—वा ‘सक्रिय उपायहरू’ KGB शब्दावलीमा—विस्तृत र महँगो पूर्वाधार आवश्यक पर्दथ्यो, जोन्स हप्किन्स विश्वविद्यालयका थोमस रिडले टिप्पणी गरेका छन् । CIA का अर्धसैनिक अपरेसनहरूलाई अस्वीकार गर्न मिल्ने सैन्य हार्डवेयर (पुराना सोभियत बन्दुकहरू), फ्रन्ट कम्पनीहरू (नक्कली एयरलाइन्स) र अमेरिकी जीवनलाई जोखिममा पार्ने इच्छाशक्ति चाहिन्थ्यो। भर्चुअल अपरेसनहरू—जस्तै रुसले हालै अमेरिकन र युरोपियन पावर र पानीका नेटवर्कहरूमा लक्षित गरेका औद्योगिक नियन्त्रण प्रणालीहरू—सस्तो, सजिलो र सुरक्षित छन्। ‘कम्प्युटर–नेटवर्क अपरेसनहरूमा गोप्य कार्यलाई अझ बढी विनाशकारी, आक्रामक बनाउन र अधीनस्थबाट तोडफोडमा जानको लागि उक्साउने खालको छ’ रिडले भने।
अब तपाईंले मलाई देख्नुहुन्छ
यी केवल जासूस बनाम जासूसका रहस्यमय खेलहरू मात्र होइनन्। अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले खुफिया असफलताको परिणामहरू स्पष्ट पारेको छ। जहाँ महान शक्ति युद्धको सम्भावना बढिरहेको छ, राम्रो खुफिया जानकारीमा स्थिरता ल्याउन मद्दत गर्न सक्छ। शीत युद्धमा, नाटोले वार्सा प्याक्ट SIGINT लाई ‘ठीक वा राम्रो’ चाहन्थ्यो, किनभने यसले निरोधलाई मद्दत गर्यो, GCHQ, बेलायतको SIGINT एजेन्सीको अधिकृत इतिहासमा जोन फेरिसले उल्लेख गरेका छन्।
यस ‘प्रविधि त्रैमासिक’ले UTS डेटा प्रवाह र AI मा भएका प्रगतिहरूले जासूसी कलाका हरेक शाखालाई कसरी छोइरहेका छन् भनेर विचार गर्दछ, भू–स्थानिक विश्लेषकहरूदेखि क्क्ष्न्क्ष्ल्त् एजेन्सीहरू सम्मले जो ठूलो मात्रामा इन्क्रिप्टेड संसारमा चुपचाप सुन्नुपर्दछ। तर यो लुगा, छुरा र तिनीहरूलाई चलाउने मानिसहरूबाट सुरु हुन्छ। ■
दि इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्