काठमाडौं २४ असार । न्यु पपुलर फ्रन्ट (एनपीएफ), जीन–लुक मेलेन्चोनको रेडिकल पार्टी लेफ्ट अनबाउन्ड फ्रान्स (एलएफआई) द्वारा नेतृत्व गरिएको वामपन्थी रुझानको गठबन्धन हो । फ्रान्सको आकस्मिक चुनावको झट्काको विजेता रूपमा यही गठबन्धन उदाएको छ । यो गठबन्धनले ५७७ सदस्यीय संसदमा १८२ सिट जितेको छ।
राष्ट्रपति इमानुएल म्याक्रोनको मध्यमार्गी टुगेदर गठबन्धनसँग १६८ सिट छ । मरीन ले पेनको कट्टर दक्षिणपन्थी नेशनल र्याली (आरएन) र यसका सहयोगीहरूले बहुमत हासिल गर्ने सर्वत्र अनुमान विपरित १४३ सिट प्राप्त गरेर संसदको तेस्रो शक्ति बनेको छ ।
अब युरोपको दोस्रो शक्तिशाली अर्थतन्त्र भएको देशमा तीनवटा फरक फरक मोर्चाको तानाबानावाला संसद हुने भएको छ । फ्रान्सको संविधानको सर्तअनुसार, एक वर्षभित्र अर्को कुनै नयाँ चुनाव हुनसक्दैन ।
राष्टपति इमानुयल म्याक्रोनले २०२७ को राष्ट्रपतीय चुनावसम्म राजीनामा नगर्ने घोषणा गरिसकेका छन् ।
नतिजा घोषणा हुँदा त्यहाँ खुसीका चिच्याहटहरू थिए। तर प्रत्येकले विजयउत्सव मनाएका थिए । आइतबार, जुलाई ७ मा राति ८ बजेसम्म, कुनै पनि वामपन्थी नेताले उनीहरुको मोर्चा एनएफपी( जुन राष्ट्रपति इमानुएल म्याक्रोनले आकस्मिक चुनाव आह्वान गरेपछि हतारमा बनाइएको वामपन्थी गठबन्धन हो) दोस्रो चरणको विधायी चुनावमा शीर्ष स्थानमा आउने भविष्यवाणी गरेका थिएनन्। समाजवादीहरूको चुनावी साँझको कार्यक्रमका लागि सेट गरिएका टिभी स्क्रिनहरूमा जब नतिजा आए, यो खुसीको अभिव्यक्तिको समय थियो। ‘यो जुपिटरको अन्त्य हो’ युरोपेली संसदका सदस्य क्रिस्टोफ क्लर्गेउले म्याक्रोनको उपनाम प्रयोग गर्दै व्यंग्य गरेका थिए ।
के एनपीएफले सरकार गठन गर्न सक्छ त ?
धेरैखाले अनुमान र अपेक्षाहरूको विरुद्धमा, एलएफआई, समाजवादी पार्टी (पीएस), ग्रिन समूह र कम्युनिस्टहरूको एनपीएफ गठबन्धनको संसदमा सबैभन्दा ठूलो शक्ति बनेको छ । फेरि पनि पूर्ण बहुमतका लागि आवश्यक २८९ सीटहरु भन्दा यो गठवन्धन धेरै तल छ ।
बामोर्चाका मेलेन्चोन, एक अनुभवी खरो क्रान्तिकारी छवि भएका नेता हुन् । उनले आइतबार म्याक्रोनलाई गठबन्धनबाट प्रधानमन्त्री नियुक्त गर्न र एनपीएफको सम्पूर्ण कार्यक्रम कार्यान्वयन गर्न माग गरिसकेका छन् । उनको गठबन्धनको बहुमत नभएकाले अन्य समुहहरुको सहयोग उनलाई आवश्यक पर्नेछ ।
फ्रान्सको संविधानले राष्ट्रपति जसलाई चाहन्छन् उसलाई प्रधानमन्त्री चयन गर्न अनुमति दिन्छ। तर पनि राज्य प्रमुखले सधैं संसदलाई स्वीकार्य हुने व्यक्तिलाई नै चयन गर्छन्।
सामान्यतया अहिले पनि संसदको सबैभन्दा ठूलो ब्लकको कोही व्यक्तिलाई प्रधानमन्त्री चयन गरिनेछ ( तर एक रेडिकल वामपन्थी प्रधानमन्त्री नियुक्त गर्नुले मध्य–दक्षिणपन्थी र कट्टर दक्षिणपन्थी मात्र नभई सम्भवतः राष्ट्रपतिको खेमाबाट त्यस्तो प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसक्ने जोखिम रहेको दि गार्डियनले उल्लेख गरेको छ ।
के गर्ने त ?
धेरै महाद्वीपीय युरोपेली देशहरूका भन्दा विपरीत, फ्रान्सले चौथो गणराज्यका अराजक दिनहरू देखि व्यापक गठबन्धनहरूको अनुभव गरेको छैन । तर वाम र मध्य दक्षिणपन्थी धेरै व्यक्तित्वहरूले पहिले नै यसलाई एक तानाबानावाला संसदको समाधानको रूपमा प्रस्ताव गरेका छन्।
पूर्व प्रधानमन्त्री एडुअर्ड फिलिप, म्याक्रोनका दीर्घकालीन सहयोगी फ्रान्स्वा बायरो र ग्रिन समूहका नेता मरीन टोंडेलियर गत हप्ता एक एन्टी–आरएन गठबन्धन,( मध्यम वामदेखि केन्द्र दक्षिपन्थीसम्म) विधायीकीय कार्यक्रमको वरिपरि एकता गर्न सकिने बताएका थिए ।
धेरैको अनुमान अब पनि केही यस्तै आवश्यक हुनेछ। “हामी विभाजित सभामा छौंः हामीले वयस्कहरू जस्तै व्यवहार गर्नुपर्छ’ युरोपेली चुनावमा समाजवादी सूचीको नेतृत्व गरेका राफेल ग्लुक्सम्यानले भने “संसद फ्रान्समा शक्तिको मुटु हुनुपर्छ।”
कसैले जितेको छैन, बायरोले भने ‘पूर्ण बहुमतका दिनहरू समाप्त भएका छन्’ र यो ‘सबैलाई एउटै टेबुलमा बस्न, र आफ्ना जिम्मेवारीहरू स्वीकार गर्नू पर्नेछ । पीएस नेता ओलिभियर फाउरेले भोटले ूएक वास्तविक पुनःसंरचनाको बाटो खोल्नुपर्छ’ भनेका छन् ।
धेरै कुरा एलएफआईको सम्झौताको इच्छामा निर्भर हुनेछ । कठोर वामपन्थी पार्टीले लामो समयदेखि भन्दै आएको छ यो कहिल्यै सरकारमा प्रवेश गर्ने छैन ,जबसम्म आफ्ना नीतिहरू कार्यान्वयन गर्नका लागि परिस्थिति निर्माण हुँदैन ।
काम चलाउ गठबन्धनहरू, एक प्राविधिक सरकार : अरू के सम्भव छ ?
औपचारिक गठबन्धन सरकार बनाउन प्रयास गर्नुको सट्टा, निवर्तमान प्रधानमन्त्री गाब्रिएल एटलले नै भनेका थिए मुख्यधारा पार्टीहरूले व्यक्तिगत विधायिकाहरूलाई पारित गर्न विभिन्न कामचलाउ गठबन्धनहरू बनाउन सक्छन्। उनले सोमबार राजिनामा गर्ने घोषणा गरिसकेका छन् ।
सीमित सफलताका साथ म्याक्रोनले २०२२ मा आफ्नो बहुमत गुमाएदेखि यस्तै रणनीति अपनाउँदै आएका छन। मुख्यत विशेष संवैधानिक शक्तिका आधारमा संविधानको अलोकप्रिय धारा ४९.३ लाई धेरै पटक संसदमा मतदान बिना विधेयक पारित गर्न प्रयोग गर्नुपरेको छ।
राष्ट्रपतिले इटाली जस्ता देशहरूमा परिचित प्राविधिक सरकारलाई नियुक्त गर्ने बारे पनि विचार गर्न सक्छन्, जसमा अर्थशास्त्रीहरू, वरिष्ठ नागरिक सेवकहरू, शैक्षिक व्यक्तिहरू, कूटनीतिज्ञहरू र व्यवसाय वा ट्रेड युनियन नेताहरू जस्ता विशेषज्ञहरू पनि पर्न सक्छन् ।
फ्रान्ससँग यस्ता सरकारहरूको अनुभव छैन। लिल विश्वविद्यालयका संविधानविद् जीन–फिलिप डेरोजियरले भनेका छन्– तिनीहरूको कुनै “संस्थागत परिभाषा” पनि छैन, त्यसैले यो ‘सामान्य सरकार हुनेछ, जसले चाहे जस्तो कार्य गर्न स्वतन्त्र हुनेछ – जबसम्म यसलाई संसदको समर्थन हुनेछ।’
हुनत म्याक्रोनले आइतबार राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री एटललाई केही समय कामचलाउ सरकारको नेतृत्वमा रहन आग्रह गर्न सक्छन्।
सम्भावित परिणामहरू के हुन् ?
जे सहमति गरिन्छ (वा गरिदैन भने पनि ), फ्रान्स राजनीतिक अनिश्चितता र अस्थिरताको लामो अवधिका लागि अघि बढ्दैछ, सम्भवतः कम्तिमा एक न्यूनतम विधायिक प्रगतिको रूपमा, र नराम्रो अवस्थामा संसदको गतिरोधका रुपमा ।
राजनीतिशास्त्री डोमिनिक रेनीका अनुसार नाङ्गो हड्डीको सरकार खराब कुरा नहुन सक्छ, यसलाई ‘मर्मतको सरकारूको रूपमा चित्रण गर्दै, राजनीतिक उथलपुथलबाट थाकेका जनसंख्याका लागि, जसले जहाजलाई स्थिर बनाउन र ‘काम नगर्ने कुराहरू ठीक गर्न’ प्रयास गर्न सक्छ ।
आलोचकहरुले चेतावनी दिएका छन् कि कट्टर दक्षिणपन्थी आरएन र सम्भवतः मेलेन्चोनको एलएफआईले कुनै पनि अन्तरिम समाधानलाई तिनीहरूलाई शक्तिबाट वञ्चित गर्नको लागि राजनीतिक कुलीनहरूको षड्यन्त्रको रूपमा चित्रण गर्नेछन्, जसले २०२७ मा अझ बढी विनाशकारी राष्ट्रपतीय चुनाव अभियान निम्त्याउनेछ।
बाँकी युरोपको प्रतिक्रिया
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले फ्रान्सले ‘कट्टर दक्षिणपन्थ’लाई अस्वीकार’ गरेको भन्दै प्रशंसा गरेका छन् भन पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यस परिणामले रूसमा ‘निराशा’ र युक्रेनमा ‘राहत’ ल्याउने टिप्पणी गरेका छन् । फ्रान्सेली प्रमुख दैनिक ले मण्डेका अनुसा जर्मन चान्सलर ओलाफ शोल्जको पार्टीका एक वरिष्ठ नेतो फ्रान्सले ‘सबैभन्दा खराब अवस्था टार्न सफल भएको’ प्रतिक्रिय जनाएका छ् । उनले भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले गत महिना आकस्मिक चुनाव आह्वान गरेर देशलाई अचम्ममा पारेका थिए । जब ईयू चुनावमा कट्टर दक्षिणपन्थीले उनको मध्यमार्गी गठबन्धनलाई पराजित गर्यो, ‘राजनीतिक रूपमा कमजोरू भएका टिप्प्णी सो दलका निल्स श्मिडले गरे । ‘सबैभन्दा खराब अवस्था टारिएको छ, आरएनले शासकीय बहुमत प्राप्त गर्न सकेन’ जर्मन संसदमा सामाजिक लोकतान्त्रिक पार्टी (एसपीडी)का विदेश नीति प्रवक्ताले फुंकेले बताएका छन् । कुनै पनि पार्टीले स्पष्ट बहुमत दाबी नगरेको अवस्थामा पनि म्याक्रोनले ‘केन्द्रिय भूमिका कायम राख्नेछन्,’ श्मिडले बताए ।
प्रतिक्रिया दिनुहोस्