ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१८ महिनाअघि संसदबाट झण्डै शतप्रतिशत विश्वासको मत पाएका प्रधानमन्त्री किन परे अल्पमतमा (भिडियोसहित)


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   ९ : २३   बजे

काठमाडौं, २५ असार । १८ महिनाअघि संसदबाट विश्वासको मत लिँदा झण्डै शतप्रतिशत मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब भने अल्पमतमा परेर पद गुमाउनुपर्ने अवस्थामा आइपुगेका छन् । १८ महिनाको अवधिमा प्रचण्डले चारपटक विश्वासको मत जितेका थिए । यदि एमाले र कांग्रेसबीच भएको सहमति कार्यान्वयनमा गएमा प्रचण्डसँग राजीनामा दिने कि पाँचौँपटक विश्वासको मत परीक्षण गर्ने दुई विकल्प खुला छन् । दुई ठूला दल मिलिसकेको अवस्थामा प्रचण्डले सदनबाट विश्वास गुमाउने पक्का छ । १० पुस २०७९ मा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

यो १८ महिनामा प्रधानमन्त्री प्रचण्डले केही सम्झनलायक काम गरेका छन् भने केही काम आलोचित पनि भएका छन् । सत्ताको प्रमुख हिस्सेदार दल नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै उनको सरकार अल्पमतमा परिसकेको छ । प्रधानमन्त्रीले नयाँ रणनीति बुन्ने लक्ष्यका साथ राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरूलाई नै रित्तो हात फर्काए । राजनीतिका माहिर खेलाडी प्रचण्ड कांगेस एमालेको समीकरण बन्न नदिने लक्ष्यमा देखिन्छन् । आज हामी के संविधानको धारा ७६ को ३ अनुसार सरकार गठन होला त के कस्ता छन् नजिर ? नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउने प्रयासमा प्रचण्ड लाग्ने आङ्कलन हुन थालेको छ । देउवालाई प्रधानमन्त्री दिएर भए पनि कांग्रेस र एमालेबीचको सहमति तोड्ने मिसनमा प्रचण्ड लागेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो गुण तिर्ने र आफूलाई सहयोग गर्ने अपेक्षा प्रचण्डको छ । यदि राष्ट्रपतिले सरकार गठनका लागि संविधानको धारा ७६ को ३ बमोजिम आह्वान गरेमा ठुलो दलको हैसियतले शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ ।

देउवा प्रधानमन्त्री बनेपछि सरकारमा सहभागी भएर एमालेलाई पाखा लगाउने र माओवादीलाई सरकारमा सहभागी गराउने रणनीति प्रचण्डको छ । उसो त प्रचण्डले बेला बेला उथलपुथल गर्ने अभिव्यक्ति दिँदै आएका छन् । केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन प्रचण्डले कांग्रेसलाई सबै पदहरुपनि दिन सक्ने आङ्कलन राजनीतिक बृत्तमा चर्चा रहेको छ । जे गरेर भए पनि एक महिनाको अवधिमा कांग्रेसलाई फकाउन प्रचण्डले हदैसम्मको प्रयास गर्ने देखिन्छ । सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न पनि पछि नपर्ने प्रचण्डको राजनीतिक चरित्रका कारण कांग्रेस–एमाले संशकित देखिन्छन् ।

सरकार अल्पमतमा परेता पनि नैतिकताको आधारमा प्रचण्डले राजीनामा दिएका छैनन् । विश्वासको मतसम्बन्धी प्रस्ताव संसदबाट फेल भएमा संविधानको धारा ७६ को उपधारा (३) मा जान सकिने उनको बुझाइ रहेको हुन सक्छ । तर यता एमाले र काँग्रेसले भने प्रधानमन्त्री बाट राजीनामा दिन प्रचण्डलाई सदन बाटै दवाव दिईरहेका छन् । कसैको वा कुनै दलको समर्थनबाट बाँचिरहेको सरकारले उच्च नैतिकता राख्ने हो भने प्रधानमन्त्री आफैँले राजीनामा दिनु उपयुक्त हुन्छ । अल्पमतमा पुगिसकेपछि विश्वासको मत लिनुपर्ने कुरा ठिक होइन । संसदीय अभ्यास र उच्च राजनीतिक नैतिकता देखाउने हो भने अर्को प्रधानमन्त्री बनाउन बाटो खोल्नुपर्छ । २ वर्षअघि केपी शर्मा ओलीले पनि राजीनामा नदिइ बसेका थिए । तत्कालीन समयमा विघटनदेखि धारा ७६ को १ ,२ र ३ देखि तथा उपधारा ५ सम्मको सरकार आफ्नै नेतृत्वमा बनाउने कोसिस उनले गरेका थिए ।

त्यसैले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट मात्र नैतिकताको आस गर्ने कि नगर्ने ? उपधारा ३ अन्तर्गत सरकार गठन भएमा सबैभन्दा ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने भएकाले प्रधानमन्त्री बन्नबाट ओलीलाई रोक्न सकिने प्रचण्डको आकलन हुन सक्छ । सरकार गठनकै विषयमा शनिबार प्रचण्डले कांग्रेसका नेता डा. शेखर कोइरालासँग छलफल गरेका थिए । तर कांग्रेस–एमालेले संविधानको धारा ७६(२) आन्र्तगत नै सरकार गठन गर्ने सहमति गरिसकेको, कांग्रेसको पदाधिकारी तथा संसदीय दलको बैठकले ओलीलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको र यसअघि प्रदेश सरकार गठनका विषयमा सर्वोच्च अदालतबाट स्पष्ट व्याख्या आइसकेकाले प्रचण्डको रणनीति तत्काल सफल हुने देखिँदैन ।

संविधानको धारा ७६को उपधारा ३ मै पुग्नु नपर्ने दाबी कानुनविदले गरेका छन् । उनीहरूले यसका लागि तीन वटा नजिर र अभ्यास दाबी गरेका छन् । राष्ट्रपतिका एक सल्लाहकारका अनुसार अदालतले बहुमत कसको छ, हेर्ने भएकाले बहुमत पेस गर्न सकेमा नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार नै बन्ने र राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने संवैधानिक बाटो कायम छ ।सत्ता गठबन्धनको प्रमुख दल एमालेले काँध फेर्ने भएपछि वर्तमान गठबन्धन धरापमा परेको हो । कांग्रेस एमालेले सोमबार मध्यरातमा सरकार मिलेर बनाउने सहमति गरेपछि अब प्रचण्ड अल्पमतमा परेका छन् । प्रचण्ड संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त नगरेमा मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने तयारी छ । प्रचण्ड सरकार ढलेपछि संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बन्छ कि उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार बन्छ भन्ने प्रश्न उठेको छ । उपधारा ३ बमोजिम सरकार बन्ने भएमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्छन् । १७ असारको मध्यरातमा सहमति गर्दा एमालेले यही सुनिश्चितता खोजेको थियो । त्यसमा सकारात्मक भएपछि एमाले हस्ताक्षर गर्न तयार भएको थियो । प्रचण्ड सरकार ढलेपछि पनि राष्ट्रपतिबाट उपधारा २ बमोजिम नै सरकार गठनका लागि आह्वान हुनुपर्ने सुनिश्चितता एमालेले खोजेको थियो । पछिल्लो समय प्रदेशहरूमा पनि व्यवहार र प्रयोगात्मक हिसाबले उपधारा २ नै दोहो¥याउने गरिएको छ । ‘संविधानको धारा ७६ को उपधारा २ बमोजिम संसदबाट विश्वासको मत नपाएपछि स्वतः उपधारा ३ मा जाने हो । अब ठूला पार्टी नै आपसी समझदारी गरेर सरकार बनाउँछु भनेपछि राष्ट्रपतिले उपधारा २ होइन ३ अनुसार आह्वान गर्न पनि मिलेन । प्रदेश तहमा सरकार गठन हुँदा धारा १६८ (२) दोहो¥याएर पनि प्रयोग भएका छन् । अन्तिम विल्कपअनुसार उपधारा ५ मा पुगेर फेरि उपधारा २ मा फर्किएको दृष्टान्त पनि कोशीले दिएको छ । तर, प्रदेशको नजिर केन्द्रमा हुन्छ कि हुदैन त्यो भने असार २८ गते पखर्नुपने छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu