उनी उपराष्ट्रपति उम्मेदवारको ७५ वर्षमा अनुहारमा रौं भएको पहिलो प्रमुख पार्टीको उम्मेदवार हुन्।
जब जेडी भेन्स बुधबार राति उपराष्ट्रपति पदको मनोनयनलाई आधिकारिक रूपमा स्वीकार गर्न रिपब्लिकन पार्टीको अधिवेशनको मञ्चमा पुगे, उनले गाढा निलो सूट र समुद्री निलो टाईमा सजिएर स्वीकार गरेका थिए । ‘मिडलटाउन, ओहायोको केटा’, उनकी पत्नी उषाले उनको परिचय गराउँदै भनिन्, जो ‘अमेरिकी सपनाको शक्तिशाली उदाहरण’ बनेका छन्। प्रमुख पार्टीको टिकटमा पहिलो सहस्राब्दी उमेद्वार बनेको भन्ने कुरा भने उनले उल्लेख गरिनन् ।
उनले एउटा कुराबाहेक त्यो भाग मात्र हेरे। एउटा स्पष्ट विवरण–उनको उमेद्वारीका साथी, डोनाल्ड जे ट्रम्पको शैलीले–आधुनिक राजनीतिक ज्ञानलाई मात्र बढावा दिंदैन, तर लामो समयदेखि रहेको राजनीतिक वर्जित परम्परालाई पनि तोड्यो।
त्यो हो उनको दाह्री।
सन् १८८८ मा संयुक्त राज्य अमेरिकाको अन्तिम निर्वाचित राष्ट्रपति बेन्जामिन ह्यारिसन थिए। कोही राष्ट्रपति मध्ये अनुहारमा रौं भएका अन्तिम राष्ट्रपति विलियम हावर्ड टाफ्ट थिए, जो १९०८ मा निर्वाचित भएका थिए। जुंगा भएका अन्तिम उपराष्ट्रपति चार्ल्स कर्टिस थिए, जो हर्बर्ट हुभरका उपराष्ट्रपति हुन् । त्यो सफा–मुण्डन रेखा तोड्ने प्रयास गर्ने अन्तिम प्रमुख पार्टीका उम्मेदवार थोमस ई. डेवी थिए, जसको माथिल्लो ओठमा सानो ड्यापर क्याटरपिलर थियो । उनी १९४४ र १९४८ मा सर्वोच्च पदमा पुग्न असफल भएका थिए ।
उनको अभियानले एउटा खराब उदाहरण स्थापित गऱ्यो। नेसनल आर्काइभ्स ब्लग ‘पिसेस अफ हिस्ट्री’का अनुसार, हुभरले एक पटक डेवीको ‘स्ट्याच’को बारेमा भनेका थिए, ‘एक व्यक्तिले आफ्नो दिमागलाई असर नगरी त्यस्तो जुँगा राख्न सक्दैन।’
त्यसबेलादेखि नै, सफा मुण्डन गरिएको अनुहारले वासिङ्टन र वाल स्ट्रीटको शक्तिको कोरिडोरमा यथास्थितिलाई राजनीतिक हस्तीहरु परिभाषित गरेको छ। तर कमसेकम अहिलेसम्म।
रौंको समस्या
अनुहारको रौंलाई प्रायः शङ्कास्पद मानिन्छ। अनुहारको रौंले केही लुकाउँछ–सायद कमजोर चिउँडोभन्दा पनि बढी बताउने कुरा छिपाएको हुन्छ। यसले चलाख वा धोकेवाज हुने कुराको सन्देश दिन्छ। राम्ररी छाँटाइ गरिएको, यो राक्षस मेफिस्टोफेल्ससँग सम्बन्धित छ, जसलाई प्रायः बाख्रा र ड्राकुलासँग चित्रण गरिएको थियो। जसलाई परिक्षण गरिएन । यसले फिडेल क्यास्ट्रो र हिप्पीहरू जस्ता विद्रोहीहरूलाई सम्झाउँछ।
स्ट्यानफोर्ड ल स्कुलका प्राध्यापक र ड्रेस कोड्सः हाउ द लज अफ फेसन मेड हिस्ट्रीका लेखक रिचर्ड टी फोर्डले भनेका छन् , ‘रौं (दाह्री) काटिएका अनुहारहरू सहरीकरण र राम्रो साज–सज्जा का प्रतिक हुन् ।’ ‘दाह्रीले ग्रामीण जीवनशैली (पाहाडी पुरुष) वृद्ध पुरुष, कलेजका प्राध्यापकहरू र संस्कृतिविरोधी व्यक्तित्वसँग’ सम्बन्धित मानिन्छ। ती मध्येका कुनै पनि लगावले सामूहिक रुपमा मतदातालाई राम्रोगरी अपिल गर्ने सम्भावना थिएन।
‘प्रतिसंस्कृति कम्पन विशेष गरी समस्याग्रस्त थियो’, उनले अगाडि भनेका छन्, ‘दाह्रीलाई अन्य सङ्घहरूले या त राम्रो प्रजननको अभाव वा संदिग्ध विलक्षणता का चिन्हको रुपमा सुझाएका छन् ।’
आफ्नो दौडबाट हराएका र आत्माको लामो, अँध्यारो रातको अनुभव गरिरहेको जस्तो देखिने राजनीतिज्ञहरूले कहिलेकाहीं गायब भएर – र त्यसपछि दाह्रीसहित पुनः देखा परेर आफ्नो संकट व्यक्त गर्नका लागि पनि मद्दत गरेन।
सर्वोच्च अदालतले जर्ज डब्लु बुसले राष्ट्रपति पद जितेको फैसला गरेपछि अल गोरले सन् २००१ मा यस्तो गरेका थिए। पल रायनले सन् २०१५ मा त्यसो गरेका थिए, जब उनले राष्ट्रपति पदको मनोनयन नचाहेको घोषणा गरेका थिए। टेड क्रुजले सन् २०१६ मा राष्ट्रपति पदका लागि आफ्नो दौड समाप्त भएपछि यस्तै गरेका थिए। बेटो ओ रोर्केले उच्च पदका लागि प्रयास गरेपछि सन् २०१९ मा पनि यस्तै गरेका थिए। मिट रोम्नीले पदमा रहेर पनि सन् २०२२ मा त्यस्तै रूपमा, झुस्स दाह्रीसहति देखा परेर आफू पार्टीबाट अलग भएको बताएका थिए ।
डेभिड लेटरम्यानले द न्युयोर्क टाइम्सससँग भने ‘लेट शो’ छोडेपछि आफ्नै धेरै लामो दाह्री बढाए, ‘दाह्री मेरो लागि राम्रो अनुस्मारक हो, त्यो फरक जीवन थियो।’ यसरी हेर्दा दाह्री या त असफलताको रुचि वा त्यागको चाह पनि हुन सक्छ।
‘यो रिब्रान्डिङको पनि एउटा तरिका हो’ फोर्डले भका छन् । ‘म फर्किएँ, तर तपाईँले सम्झनु भएको (पसुरानो) व्यक्ति म होइन।’
आफ्नो पोडकास्ट, ‘ट्रिगर्ड’मा आफ्नो छोरा डोनाल्ड जुनियरलाई उनले अनुहारको रौं बिना नै उनलाई रुचाउँथे भन्दै, यी सबै कुराले ट्रम्प आफै किन बलियो रुपमा दाह्री विरोधी हुन् भन्ने कुरा बताउँछ। सायद ऊ साँच्चै उसको आफ्नै मानिस हो भन्ने देखाउन चाहन्छ । डोनाल्ड जुनियरले दाह्री राखेका छन्, जुन उनले पहिलो पटक सन् २०१८ मा शिकार खेल्ने र माछा मार्ने यात्राको क्रमबाट दाह्री पाल्न थालेका थिए ।
उनले इन्स्टाग्राममा लेखेका थिएः ‘मैले स्मारिकाको रूपमा केही स्क्रफ फिर्ता ल्याएँ। सायद मैले यसलाई राख्नुपर्छ ? Maybe I should keep it??? LMK your thoughts. #scruff #beard #mountainman.”। फोटोहरूले क्रिसमससम्म उनले दाह्री काटिएको जानकारी दिएका थिए । , तर सन् २०१९ को सुरुमा उनी फेरि दाह्रीसहित देखा परे । त्यसबेलादेखि नै दाह्री उनको ट्रेडमार्क बनेको छ।
संयोगवश, यी भान्सले पनि आफ्नो दाह्री बढाएको लगभग एकै समय जस्तो देखिन्छ, यद्यपि ठ्याक्कै समय पत्ता लगाउन गाह्रो छ। जब भेन्स सन् २०१६ र २०१७ मा आफ्नो संस्मरण, ‘हिलबिली एलेगी’ को प्रचारमा थिए, उनी सफाचट थिए । तर सन् २०२२ मा सिनेटका लागि प्रतिस्पर्धारत रहंदा, उनको अनुहारमा दाह्री पूर्ण रूपले ठाउँमा थियो। उनको रूप, उनको राजनीति जस्तै, परिवर्तन भएको थियो।
द लिंकन बियर्ड भर्सेस द ईस्टवुड बियर्ड
ट्रम्पले फक्स रेडियोलाई आफूले सोचेको दाह्रीले भेन्सलाई ‘युवा अब्राहम लिंकन जस्तै’ बनाएको भनेपनि यो वास्तवमा लिङ्कनको दाह्री जस्तो देखिँदैन। त्यो लिंकनको दाह्री जुंगाबिना पालिएको थियो र पूरै सजाइएको थिएन, र यो कथित रूपमा बढेको थियो, प्रिन्स्टन युनिभर्सिटीका अमेरिकी इतिहासका प्राध्यापक सीन विलेन्ट्जले बताएअनुसार , एक २२ वर्षीया केटीले सन् १९७० मा लिङ्कनलाई दाह्री उनको अनुहारको पातलो, मरनच्यासे प्रकृतिलाई लुकाएर निर्वाचित हुन मद्दत गर्नेछ भन्ने सल्लाह दिएपछि उनले दाह्री पालेका थिए ।
र भेन्सको दाह्री, डोनाल्ड ट्रम्प जुनियरको जस्तै, स्पेगेटी पश्चिमी दाह्रीको परम्पराभन्दा अर्कै खालको छ। यो क्लिन्ट इस्टवुडको ‘द गुड, द ब्याड एन्ड द अग्ली’ दाह्रीको नजिक छ (जुन, यस्तो हुन्छ, ट्रम्पले आफ्नो इन्स्टाग्राममा राखेका छन् ।) कुनै पनि राजनीतिक अग्रगामीहरूको दाह्री भन्दा फरक छ ।
भेन्स र ट्रम्पका लागि, जो आपसी साथीहरू भनेर चिनिन्छन्, उनीहरूको दाह्रीले एउटै पृष्ठमा दुई जना पुरुषहरू मात्र होइन, तर अग्रगामी पश्चिमी, एक भूमि जहाँ पुरुषहरू महान् थिए र पुरुषहरूले भालुहरूलाई गोली हानेका थिए भन्ने जस्तो भान पर्दछ ।
लामो समयसम्म, यसलाई राजनीतिमा सम्भावित दायित्व मानिन्थ्यो। स्कलर्स स्ट्रेटेजी नेटवर्कमा प्रकाशित ओक्लाहोमा स्टेट युनिभर्सिटीका रेबेका ई.हेरिकको अनुसन्धानअनुसार मतदाताहरूले दाह्री र जुंगा भएका पुरुषहरूलाई कम नारीवादी र बन्दुक राख्न पाउनु पर्ने अधिकारका पैरवीकर्ता, सैन्य खर्च बढावा र सैन्य तागतको व्यापक तैनाथीका बढी समर्थकको रूपमा हेर्न ससकिने बताएका छन् ।
तथापि, माग संसार, जहाँ लैङ्गिक रूढीवाद एक सद्गुण हुन सक्छ, आर एन ए, एक मित्र हो, त्यहां ूकठोरताू र ूपौरुषू जस्ता गुणहरू मनाइन्छ, त्यस्ता दाह्री क्लिचहरूले भेन्सको पक्षमा काम गर्न सक्छ। (वास्तवमा, उनको दाह्री डोनाल्ड जुनियरको दाह्रीसँग मिल्दोजुल्दो देखिनसक्छ, किनकि पूर्व राष्ट्रपतिले आफ्नै परिवारसँग काम गर्न सबैभन्दा सहज मान्छन्)।
भेन्सको दाह्रीले नयाँ प्रवृत्ति स्थापित गर्नेछ कि भनेर हेर्न बाँकी छ। लिङ्कनले अवश्य गरे। ‘सन् १८६४ सम्ममा उनको मन्त्रीमण्डलका तीनजना सदस्यहरूको दाह्री थियोः एडविन स्ट्यान्टन, गिडियोन वेल्स र एडवर्ड बेट्स’, विलेन्ट्जले भनेका छन् । त्यसपछि (र एन्ड्रयू जोनसनको अपवाद) ‘लगातार छ जना राष्ट्रपतिहरू, ग्रोभर क्लिभल्यान्डलाई एक पटक मात्र गणना गर्दा, या त दाह्री भएका थिए वा भारी हारसुट थिए।’
अगाडि विलेन्ट्जले भनेका छन्, सोशल मिडियामा दाह्री–बड्सहरू बीच उत्साहको झट्काको बावजुद, ‘भेन्स उपराष्ट्रपति हुन पाएमायो प्रवृत्ति परिवर्तन गर्न धेरै समय लाग्नेछ।’ वास्तवमा, देशमा ठूलो विभाजनको समयमा भेन्सको दाह्री रोल मोडेलका रुपमा अचानक पदोन्नतीले विपरीत प्रभाव पार्न सक्छ।
२७ वर्षीय सञ्चार व्यवसायी एरिक काल्वोले भर्खरै दाह्री बढाएका छन् । यसबाट उनी यस हप्तासम्म धेरै खुसी थिए, जब एकजना साथीले उनलाई उनलाई भेन्सको दाह्रीका बारेमा जानकारी दिएपछि दाह्री राख्ने बारेमा सोच्न बाध्य तुल्यायो।
‘त्यो मेरो लागि सामाजिक मृत्युको सङ्केत जस्तै हो, काल्वोले भने। ‘तर मैले मङ्गलबार राति १०ः३० बजे दाह्री काट्छु।’
र सम्पूर्ण इतिहासलाई ध्यानमा राख्दै, सायद भेन्सले पनि यस्तै गर्नेछन्। ‘उनी दाह्रीमा बस्छन् वा काट्छन् भनेर हेर्नका लागि उनले सम्भवतः एउटा सर्वेक्षण गर्नेछन्’, भिलेन्ट्जले भने।
(भेनेसा फ्रिडम्यान सन् २०१४ देखि द टाइम्सका लागि फेसन निर्देशक र मुख्य फेसन आलोचक हुन्।)
न्यूयोर्क टाइम्स बाट ।
प्रतिक्रिया दिनुहोस्