उपराष्ट्रपति कमला ह्यारिस, अब सम्भावित डेमोक्र्याटिक उम्मेद्वारका रुपमा सन् २०२४ को दौडमा जनताले अहिलेसम्म नदेखेको नजिकको परीक्षालाई प्रोत्साहित गर्दै त्यसालाई आत्मसाथ गर्ने अवसर पनि मिलेको छ ।
अमेरिकीहरू उम्मेद्वारहरूको शक्ति र उनीहरुको कमजोरीको परीक्षण गर्ने अभियानको हकदार छन्ः जसले उनीहरूको मतभेदलाई उजागर गर्दछ र उनीहरूको योजनाहरूको तुलना गर्न अनुमति दिन्छः जसले मानिसहरूलाई यस चुनावमा उनीहरूको छनौटले उनीहरूको जीवनमा कसरी असर पार्छ भन्ने स्पष्ट भएर उनीहरुलाई मतदान गर्न प्रेरित गर्दछ।
अमेरिकीहरू आफ्नो सरकारको नेतृत्व गर्न खोज्नेहरूलाई प्रश्न सोध्ने अवसरको पनि हकदार छन्।
ह्यारिसको उम्मेद्वारीको प्रारम्भिक दिनहरूमै आशाजनक सङ्केतहरू देखिएका छन्। उनले आफूलाई पुनः परिचय गराउन शुरुवाती भावनालाई कब्जा गर्दै आनन्दपूर्ण उद्देश्यका साथ चुनावी अभियानको ट्रेलमा बाउन्स गरेकी छिन्। उनले ट्रम्पको दोस्रो राष्ट्रपतिय कालखण्डका खतराहरूको बर्णन गर्न र डोनाल्ड ट्रम्पसँगका आफ्ना मतभेदहरू प्रस्तुत गर्न थालेकी छन्, त्यसले मानिसहरूलाई समृद्धिका लागि आवश्यक समर्थन भएको देशको लागि उनको दृष्टिकोणका जानकारी दिन्छ ।
तर उनले अझ धेरै गर्न आवश्यक छ, र उनले यो चाँडै नै गर्न आवश्यक छ। ह्यारिसले ट्रम्पलाई अर्थव्यवस्था, विदेश नीति, स्वास्थ्य सेवा र आप्रवासन जस्ता राष्ट्रिय महत्त्वका विषयहरूका बहस वा टाउन हलको श्रृङ्खलामा चुनौती दिनु पर्नेछ । डेमोक्र्याटहरूले आधिकारिक रूपमा उम्मेद्वार चयन गरेपछि बहसमा भाग लिन तयार र इच्छुक रहेको ट्रम्पले बताएका छन् । दुई उम्मेदवारलाई सिधै तुलना गर्दा अमेरिकीहरूलाई फाइदा हुनेछ।
-
दुवै उम्मेद्वारले पत्रकारहरूबाट पनि प्रश्न लिन सुरु गर्नुपर्छ। उम्मेदवारहरूले पत्रकारहरूको मध्यस्थता बिना नै सोशल मिडिया र कडा रूपमा नियन्त्रित सार्वजनिक उपस्थितिको माध्यमबाट मतदाताहरूसँग प्रत्यक्ष कुरा गर्ने प्रशस्त अवसरहरू पाउँछन्। तथापि, अधिकांश मतदाताहरूले उम्मेदवारहरूसँग प्रत्यक्ष कुरा गर्न कहिल्यै सक्षम हुँदैनन् । राष्ट्रपति बाइडेनले अमेरिकी जनताको तर्फबाट प्रश्न सोध्ने समाचार मिडियालाई विरलै अनुमति दिएका छन्, र उनले गरेका दुर्लभ अवसरहरूमा उनको टोलीले कहिलेकाहीँ लिखित प्रश्नहरू पठाउँन माग गर्ने गरेको छ । । यसले उनलाई अभियानको लागि र आफ्नो प्रतिद्वन्द्वीको सामना गर्र्नका खराव अवस्थामा पुर्यायो । ट्रम्पले पनि पत्रकारबाट विरलै प्रश्नहरू लिन्छन्। यसकारण ह्यारिससँग अझ राम्रो गर्ने मौका छ।
मतदाताहरूसँग संलग्न हुनु ह्यारिसका लागि विशेष गरी महत्त्वपूर्ण छ किनभने उनी आधुनिक समयमा पहिलो प्रमुख–पार्टीकी राष्ट्रपति उम्मेद्वार हुन्, जसले राज्यको प्राइमरी प्रक्रिया पूरा गर्नू परेन । प्राइमरीमा मतदाताहरूले उम्मेद्वारहरूको मापन गर्ने र उनीहरूको समुदायका लागि सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूको बारेमा प्रश्नहरू सोध्ने मौका पाउँछन्।
-
ह्यारिसको उम्मेद्वारीलाई वैधानिकता आवश्यक छैन। उनी आफ्नो पार्टीको स्पष्ट छनौट हुन्। यस हप्ता एक इप्सोस सर्वेक्षणले देखाए अनुसार ८९ प्रतिशत डेमोक्र्याटहरूले उनलाई पार्टीको उम्मेद्वारको रूपमा समर्थन गरेका छन् । तर साना ठाउँहरूमा सानो भिडलाई सम्बोधन गर्नु र स्थानीय पत्रकारहरूको प्रश्नहरूको जवाफ दिनु प्राइमरीको समयमा एउटा विशेष कारणका लागि अनुष्ठान नै हो। ठूला सार्वजनिक र्यालीहरूको विपरीत, तिनीहरू समान आधारमा प्रतिद्धन्द्धिताका लागि अवसरहरू हुन्छन्, र तिनीहरू उम्मेद्वारका लागि पनि मतदाताहरूका शिक्षित गर्ने अवसर बन्दछन् ।
बहस र टाउन हलहरूको साथ, ह्यारिसले ट्रम्पसँग अझ कडा भिन्नता देखाउने अवसर पनि पाउनेछिन्। राष्ट्रपतिय अभियानहरू बढ्दो रूपमा सहानुभूतिपूर्ण दर्शकहरूको अगाडि प्रदर्शनको रूपमा सञ्चालन गरिन्छ, जसलाई हेर्न र सुन्न मानिसहरुलई आमन्त्रित गरिन्छ, तर प्रश्न गर्न वा जवाफ दिनका लागि भने होइन। सोसल मिडियाको गलत अन्तरंगतिले यो धारणा बनाइदिएको छ कि उम्मेदवारहरू आफ्ना समर्थकहरूको जीवनमा पहिलेभन्दा बढी उपस्थित भएका छन्, तर ती सम्बन्धहरू एकतर्फी सडकहरू जस्ता हुन्। उम्मेदवारहरूलाई मतदाताले देख्छन् तर उमेद्वारले देख्दैनन्ः उनीहरूको कुरा सुनिन्छ तर मतदाताको सुनिंदैन ।
-
ट्रम्प, जो प्रायः आफ्नै बारेमा बोल्छन्, यो ट्रम्प प्रवृत्तिको पराकाष्ठापूर्ण उदाहरण हो– र यो उनको राजनीतिको एक उत्तम तरिका हो। यदि ट्रम्प अभियानका अधिकारीहरू आफ्नो उम्मेद्वारको हत्याको प्रयासपछि बाहिरका विशाल र्यालीहरूमा उपस्थित हुन अनिच्छुक थिए भने, कसैले पनि त्यो डरमाथि प्रश्न उठाउने थिएन। तथापि, उनको अभियान मुख्यतया लामो, घुमाउरो भाषणहरूको शृङ्खलाको रूपमा रहन्छ , जसले गर्दा उनले युक्रेन युद्ध कसरी अन्त्य गर्ने वा सीमा सङ्कट कसरी समाधान गर्ने भन्ने बारे कुनै अन्तरदृष्टि प्रदान गर्दैन, उनले पुनः निर्वाचित भएमा पूरा गर्ने वाचा गरेका धेरै लक्ष्यहरू मध्ये दुईवटा मुख्य विषय यिनै हुन् । पूर्व राष्ट्रपति ट्रम्पलाई महत्त्वपूर्ण नीतिगत प्रश्नहरूमा मुश्किलले दबाब दिइएको छ वा कुनै ठोस योजनाहरू प्रस्ताव गरिएको छैन ।
दुवै उम्मेदवारले उनीहरू सामान्य अमेरिकीहरूलाई सहयोग गर्नका लागि चुनावमा उठिरहेको बताएका छन् । अमेरिकीहरूका लागि ती दावीहरूको न्याय गर्ने एउटा तरिका उनीहरूको अभियानहरूको परिक्षणद्वारा हो। असल नेताहरू बोल्छन् र सुन्छन्। उनीहरूले छनोटलाई स्वागत गर्छन्। उनीहरूले जिम्मेवारी स्वीकार गर्छन्। ह्यारिससँग अब यस्तै प्रदर्शन गर्ने मौका आएको छ । उनले सावित गर्नु पर्नेछ कि उनी राष्ट्रको समर्थनको हकदार हुने नेता हुनेछिन् ।
: न्यूयोर्क टाइम्सको सम्पादकीय धारणा, २६, २०२४
(सम्पादकीय बोर्ड ओपनियन पत्रकारहरूको समूह हो, यी विचारहरू विशेषज्ञता, अनुसन्धान, बहस र केही दीर्घकालीन मूल्यहरूद्वारा निर्देशित हुन्छन् । तर यो समाचार कक्षबाट अलग छ।)
प्रतिक्रिया दिनुहोस्