डोनाल्ड ट्रम्पको राष्ट्रपतिको कार्यकालमा, अमेरिकी संस्थापनले वैचारिक एकता र अनुरूपताको अभूतपूर्व स्तर हासिल गर्यो–पहिले ट्रम्पको विपक्षमा, र त्यसपछि प्रगतिशील विचारधाराको अँगालोमा लपेटिएर, ‘ग्रेट अवेकनिंग’ को ज्वार जून २०२० का गर्मी महिनाहरूमा चरम सीमामा पुग्यो।
त्यसबेलादेखि हामीले यस भवन(अमेरिका) मा विचारधारात्मक दरारहरू धेरै फैलिएको देखेका छौं, विभाजन चाहने समूह र संस्थाहरू फेरि एक पटक लक स्टेपमा सर्ने देखिन्छ। यी त्रुटि रेखाहरूमा अझ बढी वैचारिक शैक्षिक संस्कृति, जस्ता संवेदनशीलता जकडिएको देखिन्छ, र कर्पोरेट र मिडिया क्षेत्रहरूमा यसको पकड केही कमजोर भएको छ । यी बीचको विभाजन समेत समावेश छ। यो विभाजनमा हमासको आक्रमण र इजरायल–गाजा युद्धबाट थप पर्दाफास भएको छ । दाताहरू, विश्वविद्यालय प्रशासकहरू र कार्यकर्ताहरू बीचको विभाजन अझ मुखर भएको छ। यसमा जो बाइडेनको पुनः चुनाव लड्ने योग्यतालाई लिएर भएको सङ्घर्ष, यो मतभेदमा उदार बुद्धिजीवी वर्ग र डेमोक्र्याटिक पार्टी अस्थायी रूपमा युद्धमा जस्तै खडा भएका थिए । यो विभाजनमा अमेरिकी अभिजात वर्गभित्रका नयाँ दक्षिणपन्थी गुटहरूको उदय समेत समावेश रहेको छ।
तर अब, कमला ह्यारिसको उम्मेद्वारीको समर्थनको लहरसँगै तपाईंले यी विभाजनहरू पार गर्नु पर्नेछ । संस्थापनको ट्रम्प विरोधी सहमति पुनः स्थापित गर्ने, २०२० प्रदर्शित एकता पुनः प्राप्त गर्ने र नेटे सिल्भरले एक पटक ‘इन्डिगो ब्लब’ भनिने पूर्ण शक्तिलाई सम्भावित डेमोक्र्याटिक उम्मेद्वारको निपटने प्रयासलाई महसुस गर्न सक्नुपर्छ।
यसको अर्थ पैसा होः डेमोक्रेटिक फन्डमा दशौँ लाख डलरको वृद्धिबाट देखिएको छ । यसको अर्थ स्टार पावर हो, चाहे एन्डोर्समेन्टहरू मार्फत होस् वा केवल सङ्घहरू मार्फतः ओलिभिया रोड्रिगो र जर्ज क्लूनी, चार्ली एक्ससीएक्स र बेयोन्सहरुको भूमिका। यसको अर्थ सफ्ट–फोकस मिडिया व्यवहार र असुविधाजनक भाषाको अद्यावधिक पनि छ । जसरी एक्सियोसले आप्रवासन नीतिमा उनको भूमिकाको रूढीवादी आलोचनाको बीचमा ह्यारिसलाई बाइडेन प्रशासनको ‘बोर्डर जार’ को रूपमा विगतको सन्दर्भलाई सच्याउँने प्रयास गरेको छ । यसको अर्थ भनेको आन्तरिक–डेमोक्रेटिक द्वन्द्व वा अधिवेशनको लडाइँको कुनै पनि सम्भावनालाई दबाउनु पनि हो, जबकि ओबामामेनियाको जादूले ह्यारिसको उम्मेद्वारीलाई आकर्षित गर्ने प्रयासमा उदारवादीदेखि पूर्व–रिपब्लिकनसम्म र टिकटक प्रयोगकर्ताहरूसम्म हरेक कुनाबाट प्रचार गर्न थालिएको छ ।
कमलामेन्टम प्रयासले सन् २००८ को घटनालाई स्मरण गराएको छ, यो बाराक ओबामाको मनपर्ने शब्दहरू मध्ये एउटा होः ‘दुस्साहस’। तर यस पटक आशाको दुस्साहस होइन, निराशाको दुस्साहस–यस्तो भावना यस अन्तिमक्षणमा ट्रम्पलाई रोक्ने एक मात्र आशा भनेको सबै मतभेदहरू बाहिर राख्ने, सबै शङ्का दबाउने र ह्यारिसलाई संसारमा दुखी पूर्वनिर्धारितको रूपमा होइन कि सम्भावित परिवर्तनकारी उम्मेद्वारको रूपमा प्रस्तुत गर्नु आवश्यक छ ।
यो दौड आफैंमा विशेषगरी दुस्साहसिक छ किनभने डेमोक्र्याटहरू मात्र भागेको पीडा, बाइडेनको भित्री सर्कलले उनलाई अर्को अभियान चक्रको माध्यमबाट अगाडि बढाउनको लागि गरिएको अपमानजनक प्रयास नै राजनीतिक पर्यवेक्षकहरूबीचको सहमतिमा प्रत्यक्ष प्रतिक्रिया थियो । ह्यारिस एक असाधारण कमजोर उम्मेद्वार थिइन् । ट्रम्पको बिरूद्ध टक्कर दिने सन्दर्भमा ठ्याक्कै गलत व्यक्ति, उनी अर्को ओबामा होइनन्, तर डान क्वेललाई उदार जवाफ भने हो।
यो सहमति परिवर्तन भएको गति वास्तवमा आश्चर्यजनक हुनु हुँदैनः हामीले भर्खरै देखेका छौं, सबै घटनाक्रमका बावजुद एक साझा उदार वास्तविकताको द्रुत विघटनमा बाइडेनको बुढेसकाल फक्सन्यूज र रिपब्लिकनहरुको गलत सूचना प्रयासहरूद्वारा बढाइएको एक सानो समस्या पनि थियो। जसरी त्यो सहमति एक प्रिय भ्रममा परिणत भयो, सायद ह्यारिसप्रतिको कम आँकलन वास्तविकताबाट अप्रभावित देखिने छ। यदि कसैले उनलाई मौका मात्र दिएको भए कमजोर क्वेले पनि उनको प्रतिष्ठालाई पछाडि पारेको हुन सक्छ।
तर आधारभूत तथ्यहरू छन्, जसले ह्यारिसको छनोट संदिग्ध जस्तो देखिन्छ। उनी एउटी राजनीतिज्ञ हुन् जसले एउटा उदार राज्यभित्र आफ्नो करियर निर्माण गरिन्, जहाँ डेमोक्र्याटिक पार्टीका अभिजात वर्ग र उदार झुकाव भएका मतदाताहरूमाथि विजय प्राप्त गर्नु महत्त्वपूर्ण हुनेछ, रूढिवादी झुकाव भएका स्वतन्त्र मतदाताहरूलाई पनि उनले अहिले मनाउन आवश्यक छ। उनी सन् २०२० मा राष्ट्रपति उमेद्वारीकाो दौडमा पूर्ण रूपमा फ्लप भएकी थिइन् र जर्ज फ्लोइड–युगको प्रगतिशील राजनीतिको आवश्यकताहरूद्वारा मात्र उनको उद्धार र उत्थान भयो। उपराष्ट्रपतिका रूपमा उनीसँग कुनै उल्लेखनीय सफलता छैन, कुनै प्रभावशाली पोर्टफोलियो पनि छैन, र उनको सङ्घर्ष र असफलताहरूले गर्दा एउटा कारणका लागि एचबिओको ‘विप’ सँग तुलना गर्न प्रेरित गरेको छ।
आज उनले आरोहणको कुनै पनि परम्परागत माध्यममा सफल नभएको तर सम्भावित उम्मेद्वारको रूपमा अनौठो उपलव्धी ओगटेकी छिन्ः उनले कुनै प्राइमरी वा ककस जित्नु परेन । डेमोक्र्याटिक ग्रान्डीजको धुवाँले भरिएको कोठा उनको निर्वाचकतामा सहमत हुनु परेन। डेमोक्र्याटहरूले उनको मनोनयनसँग आफ्नो धैर्यता कायम गरेका छन् । तर उनीहरूले आवश्यकताको सद्गुण बनाइरहेका छन्, विजेतालाई मुकुट नलगाएर वा ठूलो सफलतालाई पुरस्कृत नगरीकनै पनि ।
त्यो आवश्यकताले हामीलाई दोहोरो परीक्षामा ल्याइपुर्याएको छ। ह्यारिसका लागि, प्रश्न यो हो छ– के उनी यस अवसरमा उठ्न सक्छिन्, वर्तमान राष्ट्रपतिले भन्दा बढी प्रभावकारी रूपमा अभियान सञ्चालन गर्न सक्छिन्, उनले क्वेलियन सामान फ्याँक्न सक्छिन् र उनका सहयोगीहरूले पनि उनको कमी छ भनेर चिन्तित भएकाहरुलाई आफ्नो राजनीतिक कुशलताबाट प्रमाणित गर्नु पर्नेछ ।
उनको वरिपरि भेला भएका संस्थापनका लागि, प्रश्न यो छ कि ट्रम्पलाई समाहित गरेको तर उनलाई गिराउन असफल भएको संयुक्त मोर्चामा पर्याप्त रस छ कि छैन, ये मोर्चाको विभाजनको बाबजुद पर्याप्त शक्ति छ कि छैन, एक महान र पहिले कहिल्यै असम्भव देखिने उपलब्धि हासिल गर्नः कमला ह्यारिसलाई जिताउनु पर्नेछ ।
: न्युयोर्कटाइम्सबाट भावानुवाद
-जुलाई २७, २०२४
प्रतिक्रिया दिनुहोस्