फरीद जकारिया : डोनाल्ड ट्रम्पको बारेमा परम्परागत धारणा के छ भने उनीसँग कुनै सुसंगत नीतिगत एजेन्डा छैन। उनी कारोबारी, आवेगपूर्ण र नार्सिसिस्टिक छन्। हेरिटेज फाउन्डेसनको प्रोजेक्ट २०२५ मा काम गर्ने उनका १४० जना पूर्व कर्मचारीहरूले भर्खरै यो पत्ता लगाए कि जब ट्रम्पले अचानक उनीहरूको यो (प्रोजेक्ट) प्रयासलाई अस्वीकार गरे। किनभने यो प्रोजेक्ट व्यापक रुपमा विवादास्पद बन्यो ।
तर ट्रम्पको वैचारिक आधार छ, र यसको एक लामो बाटो छ ।
सन् १९८७ मा, जब ट्रम्प न्युयोर्कका विकासकर्ता जस्ता मात्र थिए, त्यो समया उनले न्युयोर्क टाइम्समा पूर्णपृष्ठको विज्ञापन छपाउन लगभग १ लाख अमेयरकी डलर खर्च गरेका थिए । त्यो विज्ञापन उनको ‘अमेरिकी जनताका लागि’ एउटा खुला पत्र थियो, र यसको आधारभूत सन्देश अहिले बल्ल उनको आम परिचय जस्तो भएको हुनुपर्छ। ‘दशकौँदेखि जापान र अन्य राष्ट्रहरूले संयुक्त राज्य अमेरिकाको फाइदा उठाउँदै आएका छन्।’ त्यो विज्ञापनपत्रले जोड दिएर सन्देश दिएको थियो– संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगीहरूको रक्षामा खर्च गरेर आफूलाई अपाङ्ग बनाइरहेको छ, जबकि ती सहयोगीहरू समृद्ध भएका छन्। यस्तो अवस्थामा उनको समाधानको सूत्र थियो ‘जापान, साउदी अरेबिया र अन्यलाई’ उनीहरूलाई जोगाउन गरेको योगदानको बदलामा अमेरिकालाई भुक्तानी गर्नु पर्दछ । र यी राष्ट्रहरूलाई ‘कर लगाउनु पर्छ ।’ यसको अर्थ अमेरिकाले उनीहरु सबैलाई कर लगाउनु पर्छ भन्ने हो ।
ट्रम्पको विश्वदृष्टिकोणको मूल अधार नै यही हो। यस अभियानमा उनले सबै आयातित वस्तुहरूमा १० प्रतिशत र चीनबाट आउने वस्तुहरूमा ६० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। जहाँसम्म अमेरिकाको रक्षा प्रतिबद्धताहरूको कुरा छ, ट्रम्पले नेटो देशहरूको रक्षा नगर्ने धम्की दिए, जसले ‘आफ्नो बिलहरू तिरेको छैन’–जसको अर्थ उनले आफ्नो रक्षा खर्चको लक्ष्य जीडीपीको २ प्रतिशत खर्च गर्नु पर्ने शर्त पूरा गर्नु पर्छ। वास्तवमा, उनको यो प्रस्तावले रुसीहरूलाई त्यस्ता देशहरूसँग ‘उनीहरूले चाहेको जे पनि गर्न’ सक्छ भन्ने कुरालाई प्रोत्साहित गर्नेछन्।
मैले ट्रम्पलाई समर्थन गर्ने व्यवसायीहरूलाई सोधेको छु – उनीहरू कसरी बजार विरोधी, विकास विरोधी र स्थिरता विरोधी एजेन्डाको पक्षधर हुन सक्छन्। उनीहरूको जवाफ छ – यो सबै धृष्टता हो, ट्रम्पको देखावा सधैँ उनको काट्ने छुरी भन्दा खराब हुन्छ। तर अमेरिकाका सहयोगीहरूप्रतिको शत्रुता र संरक्षणवादप्रतिको आकर्षण ट्रम्पको विचारधाराका स्थिर नीति हुन् ।
सन् १९८० को दशकदेखि ट्रम्पको अन्धकारपूर्ण दृष्टिकोण समाप्त भएको छैन । जापान र युरोप स्थिर भए, चीन उठ्यो, र यी सबैभन्दा संयुक्त राज्य अमेरिका उल्लेखनीय रूपमा बलियो रह्यो, सन् १९९० देखि आजसम्म विश्वव्यापी जीडीपीको २६ प्रतिशतमा आफ्नो हिस्सा कायम राख्यो। कुनै समय युरोपसँग धेरै मिल्दोजुल्दो अमेरिकी तलब अहिले करिब ४५ प्रतिशत बढी छ। तिनीहरू जापानको तुलनामा अझ बढी छन्। अमेरिकाको औसत तलब ७७ हजार डलर छः जापानको लगभग ४३ हजार डलर छ। फ्रान्सजस्ता देशहरूले आफ्ना कामदारहरूको सुरक्षा गरेका छन्, जबकि जापान र जर्मनीले औद्योगिक नीतिको अभ्यास गरेका छन् । तर यो अमेरिका थियो, जो सूचनाको युगमा अगाडि बढ्यो।
सन् १९८० र १९९० को दशकमा रेगन र क्लिन्टन प्रशासनले जापानको प्रगति रोक्नका लागि सबै प्रकारका उपायहरू अपनाएका थिए । तिनीहरूको प्रयास महँगो असफलताहरूका रुपमा देखिए । असफलताको त्यो रेकर्डबाट विचलित नभएर, ट्रम्प यो सबै कुरा फेरि दोहराउने प्रयास गर्न चाहन्छन्, यस पटक फेरि चीनसँग, जुन देश यतिबेला आफ्नै गल्तीका कारण मन्द वृद्धिको अवधिमा प्रवेश गरिरहेको देखिन्छ।
अहिलेसम्मको रेकर्ड स्पष्ट छ। ट्रम्पको आफ्नै प्रमुख उपाय–व्यापार घाटा–चीन विरुद्धको शुल्क (राष्ट्रपति बाइडेनले विस्तार गरेको) नीति असफल भएको छ। कर बढाउने नीति लागु भएदेखि व्यापार घाटा सङ्कुचित हुनुको सट्टा बढेको छ। धेरै अध्ययनहरूले यी उपायहरूले अमेरिकी उपभोक्ताहरूलाई दशौं अर्ब डलर खर्च गरेको र चीनका नीतिहरू परिवर्तन नगरेको देखाएको छ। पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सको हालैको एक अध्ययनले ट्रम्पको नयाँ कर नीतिले अमेरिकी उपभोक्ताहरूलाई वार्षिक ५०० अर्ब डलर वा सामान्य मध्यम आय भएका परिवारका लागि हरेक वर्ष करिब १७००० डलर खर्च हुने निष्कर्ष निकालेको थियो। अर्को शब्दमा भन्नुपर्दा, त्यस्ता कर नीतिहरुले मुद्रास्फीति बढाउनेछन्।
ट्रम्पको एक वैचारिक दृष्टिकोण, जसलाई तथ्य र प्रमाणहरूले रोक्नेमा थोरै मात्र योगदान गर्न सक्छ। उदाहरणका लागि, उनले आफ्नो शुल्क अमेरिकीहरूले होइन, बरु चीन र अन्य राष्ट्रहरूले तिर्ने कुरामा जोड दिएका छन्।
यो कुरा उल्लेखनीय छ कि यदि त्यस्तो हुने थियो भने– यदि ट्रम्प सही छन् भने – अमेरिकी क्रान्ति ठूलो गल्ती थियो भन्नु पर्ने हुन्छ । स्मरणीय छ कि उपनिवेशवादी ब्रिटिसहरूले आयातित सामानहरूमा लगाएको थप कर–शुल्कबाट आक्रोशित थिए। यदि उपनिवेशवादीहरूलाई मात्र थाहा हुने थियो कि उनीहरूले ती करहरू चुक्ता गर्नु नपरेको भए, तिनीहरूले ब्रिटिस शासनका विरुद्ध विद्रोह नगर्न सक्थे। तर होइनः १८ औँ शताब्दीको अर्थव्यवस्थामा पनि उनीहरूलाई थाहा थियो कि उनीहरूले कर तिर्दै थिए।
यहाँ अझ व्यापक कुरा हेक्का राख्नुपर्छ। दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिकाले साँच्चै क्रान्तिकारी काम गऱ्यो। यसले महसुस गर्यो कि अन्तर्राष्ट्रिय स्थिरताको ग्यारेन्टी गरेर र अन्य राष्ट्रहरूलाई धनी हुन मद्दत गरेर मात्र यसले शान्ति र समृद्धिको क्षेत्र निर्माण गर्नेछ, जसमा अमेरिका पनि फस्टाउनेछ। प्रबुद्ध स्वार्थको त्यो दर्शन लगभग आठ दशकदेखि विश्वसँग अमेरिकाको संलग्नताको केन्द्रमा रहेको छ। ट्रम्प र जेडी भेन्सले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्, यसको सट्टा एउटा अँध्यारो, साँघुरो र स्वार्थी दृष्टिकोण रोज्छन् जसले गर्दा अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा स्थायी उपलब्धिहरू मध्ये एक प्रमुख तत्वलाई लाई पछाडि पार्छ।
वाशिंगटन पोष्ट अगस्ट २, २०२४ को जकारियाको लेखको भावानुवाद ।
प्रतिक्रिया दिनुहोस्