अब कठिन कार्यका लागि कार्यवाहक नेताका रुपमा मुहम्मद युनुसले लोकतन्त्र पुनस्र्थापना गर्नु पर्नेछ
बाहिर निस्कँदा, यो नाटकीय थियो। अगस्ट ५ मा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सन्२००९ देखिको बलियो र कठोर पकडका साथ शासन गरेको देशबाट भागेकी थिइन्। राजधानी ढाकाका सडकमा जनशक्तिको विशाल प्रदर्शनले उनलाई भाग्न बाध्य परोको थियो । उनको ठाउँमा सेनाको समर्थनमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा कार्यवाहक सरकार आएको छ । उनलेजस्तै धेरै बङ्गलादेशीहरूले यसलाई स्वतन्त्रताको आधा शताब्दीपछि ूदोस्रो मुक्तिू आन्दोलन भनेका छन्।
अझै पनि यस क्षणको प्रतिज्ञा पूरा गर्न, बङ्गलादेशले एउटा बृद्ध निरंकुश शासकलाई हटाउन भन्दा बढी काम गर्नुपर्दछः यसले सडेको राजनीतिक प्रणालीलाई पनि सफा गर्नुपर्दछ। राम्रो समाचार यो हो कि त्यहाँको अर्थतन्त्र लचिलो छ र नागरिक समाज बलियो छ। समस्या भनेको अवैध राजनीतिक वंश र कमजोर संस्थाहरू हुन् जो बंगाली अर्थतन्त्र र नगारिक समाजसँग खडा हुन असफल भएका छन्। युनुससँग देशलाई लोकतान्त्रिक बाटोमा लैजानका लागि छोटो समय छ। उनको सफलता वा असफलताले १७३ मिलियन बङ्गलादेशीहरूको जीवनलाई आकार दिनेछ र चीन, भारत, रुस र पश्चिमबीचको प्रतिस्पर्धालाई प्रभाव पार्नेछ।
बङ्गलादेश केही समयदेखि अशान्त छ। जनवरीमा भएको धांधलीपूर्ण चुनावले देश एकदलीय शासनमा गिरेको पुष्टि गऱ्यो। जुलाईमा १९७०को दशकमा मुक्ति संग्रामका दिग्गजहरुका सन्तानका लागि सरकारी जागिरको ३०प्रतिशत आरक्षण पुनर्स्थापनाको बिरूद्ध विद्यार्थीहरूको सामुहिक विरोध प्रदर्शन गरे, त्यो आरक्षणलार्य प्रदर्शनकारीहरूले शेख हसिनाको पार्टी, अवामी लीगका समर्थकहरूको संरक्षणको रूपमा रहेको निश्कर्ष निकालेका थिए । त्यो अशान्ति एक व्यापक विद्रोह बन्यो र सरकारले जबाफ अन्धाधुन्द गोली हानेर मार्ने र कर्फ्यू लगाउने प्रतिक्रिया दियो। ४५० भन्दा बढीको मृत्यु भइसकेको छ।
सेनाले थप रगत बगाउनुको सट्टा शेख हसिनाका लागि आफ्नो समर्थन फिर्ता लिएपछि भीडले उनको दरबारमा तोडफोड गऱ्यो। उनीहरूले उनका बुबाको मूर्तिहरू तोडफोड गरे, जसले बङ्गलादेशको स्वतन्त्रताको लागि नेतृत्व गरे, र जसको वरिपरि शेख हसिनाले व्यक्तित्वपंथ निर्माण गरेकी थिइन्। ८४ वर्षीय युनुस, एक सम्मानित माइक्रोफाइनान्स अग्रगामी हुन्, उनी आफूलाई त्यस देशका कार्यबाहक भएको भेट्टाउन आइपुगेका छन् । उनको प्रशासनमा को हुनेछ, यसले कसरी काम गर्नेछ वा कति समयसम्म काम गर्नेछ भन्ने अझै स्पष्ट भएको छैन।
सन् १९७१मा बङ्गलादेश पाकिस्तानबाट छुट्टिएपछि धेरै समयसम्म यसले या त सैन्य शासन वा लोकतन्त्रको अव्यवस्थित स्वरूपलाई व्योहोरेको छ, जसमा दुई राजवंशहरूजस्तै, एल र एसको प्रतिद्वन्द्वीता जस्तै , अवामी लिग र बङ्गलादेश नेसनलिस्ट पार्टीको बचिमा शक्ति केन्द्रित भएको छ। सन् २००८ मा जब शेख हसिनाले स्वतन्त्र चुनाव जितेकी थिइन्, तब स्थितिमा परिवर्तन देखियो। आर्थिक वृद्धि, पहिले नै बलियो, अर्को दशकको लागि कपडा निर्माण द्वारा ईन्धन गरिएको आर्थिक बृद्धि एक वर्षमा ७ प्रतिशत नजिक पुग्यो, । बढ्दो आम्दानी र व्यापक एनजिओहरूले गरिबी घटाउन, साक्षरता बढाउन र थप महिलाहरूलाई रोजगारीमा ल्याउन मद्दत गरे । उदीयमान बजारहरूमध्ये बङ्गलादेश एउटा चमककेन्द्र थियो। कूटनीतिक रूपमा, शेख हसिनाको भारतसँग घनिष्ठ सम्बन्ध थियो तर उनले चीनसँग सैन्य र व्यावसायिक सम्बन्ध पनि बनाएकी थिइन् र पश्चिमसँग सौहार्दपूर्ण सम्बन्ध खोजेकी थिइन् ।
तर, देशभित्र भने उनी अझ बढी दमनकारी भइन्। जनवरीको हाँस्यास्पद चुनावअघि धेरै विपक्षी राजनीतिज्ञहरूलाई थुनिएको थियोः परिणामत प्रमु विपक्षी दल बिएनपीले यसलाई बहिष्कार गऱ्यो। बङ्गलादेशको आर्थिक मोडेलले तनाव देखाउन थाल्यो। दुई पञ्चमांश युवाहरू नियमित रोजगारीबाट वञ्चित छन्। अवामी लिगको अभ्यासले शिक्षकको जागिरदेखि लिएर व्यवसायको सञ्चालनसम्माका सबै कुरामा नियन्त्रण गर्दछ। सन् २०२० देखि मुद्रास्फीति र पूँजी पलायनले स्थिरतालाई कमजोर बनाएको छ। सन् २०२१ देखि देशको विदेशी मुद्रा भण्डार आधाभन्दा बढी घटेर १७ अर्ब डलर मा झरेको छ। सन्२०२३ मा यसले आफ्नो भुक्तानी सन्तुलन स्थिर गर्न आइएमएफबाट ४.७ अर्ब डलर ऋण लिएको थियो। यसले गर्दा सडकको कुनादेखि बोर्डरुमसम्म निराशा फैलिएको छ।
युनुसले निकै कठिन कार्यको सामना गर्नु परेको छ। उनको प्राथमिकता व्यवस्था पुनर्स्थापना र प्रतिशोधात्मक हिंसाको छालहरू रोक्नु हुनुपर्छ, जसले विगतमा बङ्गलादेशी राजनीतिलाई बिगारेको छ। यसको अर्थ यो सुनिश्चित गर्नु हो कि कार्यवाहक सरकार, टेक्नोक्र्याटहरूद्वारा सञ्चालित हुँदा, प्रदर्शनकारी विद्यार्थीहरू र अवामी लिग लगायत सबै राजनीतिक दलका प्रतिनिधिहरू पनि समावेश छन्।
केही दबाउने खतराहरूबाट बच्न अझ गाह्रो हुनेछ। पाकिस्तानले जस्तै यो देश पनि इस्लामवादी चरमपन्थको सिकार हुन सक्छ। यदि आर्थिक चाप बिग्रियो भने बङ्गलादेश सस्तो ऋण र हतियारका लागि चीनमा निर्भर हुन सक्छ। यसले छिमेकी भारतसँगको सम्बन्धलाई अस्थिर पार्नेछ र लोकतन्त्रलाई अझ बिगार्न सक्छ। र नयाँ चुनावले अपरिवर्तित बीएनपीलाई सत्तामा पुनर्स्थापित गर्न सक्छ। शेख हसिनाको नेतृत्वमा उत्पीडनको सामना गरिसकेपछि यसका नेताहरू फेरि कार्यभार सम्हाल्न उत्सुक छन्। तर पनि तिनीहरूको पार्टीसँग ठगी र क्रोनिज्मको रेकर्ड पनि छ।
युनुसले छिटो काम गर्न आवश्यक छ। अनिर्बाचित कार्यवाहक सरकार धेरै लामो समयसम्म सत्तामा रहनु हुँदैन, अन्यथा यसले वैधता गुमाउँछ वा अझ खराब अवस्था निम्तयाउँछ, यसका सैन्य समर्थकहरू अनिश्चितकालका लागि सत्तामा टाँसिने प्रलोभनमा पर्छन्। त्यसैले युनुसले उचित समयमा उचित चुनाव गराउने लक्ष्य राख्नुपर्छ, तर पहिले उनले शेख हसिनाले कब्जा गरेको निर्वाचन आयोग र अदालतजस्ता संस्थाहरूलाई सफा गर्नुपर्छ। जब अर्थव्यवस्थाको कुरा आउँछ, सरकारले भुक्तानी सन्तुलनको आतङ्कको जोखिम कम गर्न थप बाह्य कोष जुटाउनुपर्छ, र युरोपेली सङ्घसँग महत्त्वपूर्ण नयाँ व्यापार सम्झौताका लागि दबाब दिनुपर्छ। बङ्गलादेशले आफ्नो कपडा निर्यात गर्ने विद्यमान उदार सर्तहरू २०२७ मा समाप्त हुनेछ। आउँदो वर्षहरूमा, देशले सबैभन्दा कम विकसित देशहरू मध्ये एकको रूपमा आफ्नो व्यापक स्थिति गुमाउनेछ, जसले वंगलादेशलाई विभिन्न व्यापार र वित्तीय सुविधाहरू प्रदान गर्दथ्यो।
सबैभन्दा महत्त्वपूर्ण कुरा, युनसले देशको युवा, बढ्दो र बढ्दो सहरी जनसङ्ख्याको आकांक्षालाई प्रतिबिम्बित गर्दै नयाँ विचार र नेताहरूका लागि आफूलाई खुला राख्न राजनीतिक प्रणालीलाई आग्रह गर्नुपर्छ। यसले नयाँ दलहरूले उत्पीडन बिना गठन र अभियान चलाउन सक्छन् भन्ने कुरा सुनिश्चित गर्न आवश्यक छ। यसको अर्थ अवामी लिग र बिएनपीलाई संस्थापक राजवंशजस्तो हिस्सा नभएका नयाँ नेताहरूलाई स्थापना गर्न आग्रह गर्नु पनि हो। सवैभन्दा माथि रहेको स्क्लेरोसिसले राजनीतिमा विषाक्तता ल्याएको छ।
बंगालमा उकालो क्रम
यसको डरलाग्दो समस्याहरूको बावजुद, बंगलादेशमा जलवायु परिवर्तनको गम्भीर जोखिम पनि समावेश छ, यसमा बङ्गलादेशका फाइदाहरू पनि छन्। धेरै समस्याग्रस्त देशहरूको विपरीत, योसँग द्रुत वृद्धि गर्न सक्षम अर्थव्यवस्था छ। र युनुसमा अब यसको नैतिक अधिकार भएको नेतृत्व गर्ने क्षमता छ। पश्चिमी शक्तिहरूले उनलाई सहयोग गर्नुपर्छ, विशेष गरी यदि उनका सैन्य समर्थकहरूले हस्तक्षेप गर्ने प्रयास गर्छन् भने। अमेरिका, युरोप र जापान बङ्गलादेशको सबैभन्दा ठुलो बजार र वित्तको ठुलो स्रोत हुन्, त्यसैले तिनीहरूसँग प्रभाव छ। भारतले, जसले प्रायः शक्तिशाली शासनलाई समर्थन गरेको छ, आफ्नो काम गर्न आवश्यक छः यदि भारतले एक स्थिर छिमेकी चाहन्छ भने यसले लोकतान्त्रिक नवीकरणलाई आग्रह गर्नुपर्छ र आर्थिक सहयोग प्रदान गर्नुपर्छ। बङ्गलादेश महत्त्वपूर्ण छः यसलाई असफल हुन दिनु हुँदैन।
: दि इकोनोमिष्ट, १० अगस्ट २०२४ को छापा संस्करणबाट
प्रतिक्रिया दिनुहोस्