भारतले बङ्गलादेशको घटनालाई सुरक्षा, व्यापार र कनेक्टिभिटीका लागि धक्का र प्रभावको सम्भावित हानिको रूपमा हेरेको छ ।
जब अपदस्थ बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना आफ्नो सरकारको बिरूद्ध हप्तौं लामो घातक विरोध प्रदर्शनपछि अगस्ट ५ मा सैन्य हेलिकप्टर माफञृत ढाकाबाट भागेकी थिइन्, उनी कहाँ गइरहेकी थिइन् भन्ने कुरामा कुनै शङ्का थिएन।
भारतले हसिनालाई समर्थन गरेको छ र सन् १९७५ मा उनको सम्पूर्ण परिवारको हत्या भएपछि उनले धेरै वर्ष निर्वासनमा बिताएकी थिइन्।
जब हसिना नयाँ दिल्ली नजिकैको एयर फोर्स बेसमा पुगिन् , उनलाई भारतीय सुरक्षा सल्लाहाकार प्रमुख अजित डोभालले स्वागत गरे, जसले बाह्य गुप्तचर एजेन्सी, रिसर्च एन्ड एनालिसिस विङ (रअ) को समेत निरीक्षण गर्छन्, जसलाई बङ्गलादेश र अन्य छिमेकी देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाइएको छ।
लगभग ३०० जनाको ज्यान जाने गरी हप्तौँ लामो विरोध प्रदर्शनपछि हसिनाले राजीनामा दिएकी थिइन्। भारतीय स्थानीय मिडियाका अनुसार उनले कथित रूपमा पश्चिममा शरण खोजिरहेकी छिन् र सम्भवतः भारतमा ‘केही समय’ बस्नेछिन्।
बङ्गलादेश हाल नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारको नेतृत्वमा छ।
हसिनाको राजीनामापछि दुई छिमेकीबीचको सम्वन्ध चिसो सङ्केत पहिल्यै देखि नै पाइसकेका छन्। उनको बहिर्गमनपछि, स्थानीय भारतीय मिडियाका अनुसार, भारतको उच्च आयोगबाट गैर–आवश्यक कर्मचारीहरू बङ्गलादेशबाट फिर्ता लिइएको छ।
धक्का
हसिनाको पतनका लागि नेतृत्व गर्ने घटनाहरू भारतका लागि ठूलो झट्काको रूपमा लिइन्छ, जसले हसिनाको नेतृत्वमा ढाकासँग बलियो कूटनीतिक र व्यापारिक सम्बन्ध साझा गऱ्यो, र त्यहाँ भारतले हालका वर्षहरूमा धेरै लगानी गरेको थियो।
हसिना एक बहुमूल्य सहयोगी थिइन् जसले सन् १९४७ को भारत– पाकिस्तान विभाजनले सिर्जना गरेको सुरक्षा, रसद र राजनीतिक दुःस्वप्नलाई केही हदसम्म पूर्ववत् गर्न मद्दत गऱ्यो।
विभाजनपछि, भारतको पूर्वमा पूर्वी पाकिस्तान थियो, पछि हसिनाका पिता शेख मुजीबुर रहमानको नेतृत्वमा भएको स्वतन्त्रताको रक्तपातपूर्ण युद्धपछि सन् १९७१ मा बङ्गलादेशको जन्म भएको हो ।
भारतको सहयोगमा बङ्गलादेशको जन्म भएपछि, नयाँ राष्ट्र धर्मनिरपेक्ष लोकतन्त्र र पाकिस्तानजस्ता इस्लामिक गणतन्त्रको बीचमा घुम्दै जाँदा भारतका लागि चुनौतिहरू बढेका थिए ।
भारतले सधैँ पाकिस्तानको मूल्यमान्यतातर्फको कुनै पनि परिवर्तनलाई खतराको रूपमा देख्दै आएको थियो ।
सन् १९७० को दशकको उत्तरार्धमा, भारतले बायाँतिर पनि जिया र दायाँतिर पनि जिया–अर्थात् जनरल जिया–उल–हकको नेतृत्वमा पाकिस्तान र जनरल जियाउर रहमानको नेतृत्वमा बङ्गलादेशका साथ राष्ट्रिय सुरक्षा चुनौतीको सामना गर्नु परेको थियो
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का संस्थापक रहमानको सन् १९८१ मा हत्या भएको थियो। उनकी पत्नी खालिदा जियाले सन् २००६ सम्म छिटपुट रूपमा देशमा शासन गरिन्। सन् २००९ मा हसिना र उनको अवामी लिग पार्टी, जसले धर्मनिरपेक्ष लोकतन्त्रको प्रतिनिधित्व गर्थ्यो, जहाँ बङ्गलादेशको सबैभन्दा ठूलो अल्पसङ्ख्यक धर्म, हिन्दूहरू जस्ता अल्पसङ्ख्यकहरूले सुरक्षित महसुस गर्दथे, सत्तामा आएपछि भारतलाई धेरै राहत भयो।
विगत १५ वर्षमा हसिनाले सन् १९४७ पछि काटिएको ढाकालाई भारतको कोलकाता र अगरतलासँग जोड्ने सडकहरू पुनर्निर्माण गरिन्। उनले पुलहरू निर्माण गरिन्, रेलवे लिङ्कहरू पुनः स्थापित गरिन् र ब्रह्मपुत्र नदी र यसका सहायक नदीहरूमा कार्गो जहाजहरूको सजिलो पहुँचको सुविधा दिइन्, जसले दुई देशहरूलाई नजिक ल्यायो। भारत र बङ्गलादेशबीच सुरक्षा सहयोग बढ्यो र हसिनाले सीमापारका विद्रोहीहरूलाई सुरक्षित शरण दिन अस्वीकार गरेर उत्तरपूर्वी भारतीय राज्य असममा विद्रोह रोक्न भारतलाई मद्दत गरिन्।
छिमेकीबीच निकटता
यद्यपि हसिनाको चीनसँग पनि उत्कृष्ट सम्बन्ध थियो, तर उनले भारतलाई बंगलादेशको चासो पहिले आउँछ भनेर बताउन पनि सफल भइन्। उदाहरणका लागि, उनले हालै १अर्ब डलरको नदी विकास परियोजनाका लागि चीनलाई भन्दा भारतलाई प्राथमिकता दिएको बताइन्।
तर, हसिनाको सरकार र भारतीय अडानी समूहबीच विद्युत क्षेत्रमा भएको सम्झौताले भारत र बङ्गलादेशबीचको सम्बन्धलाई अझ बलियो बनायो।
सम्झौताले बङ्गलादेशले भारतको झारखण्डमा १.७ अर्ब डलरको प्लान्टबाट कोइलामा आधारित बिजुली प्राप्त गर्नेछ। तर यो सम्झौताले विपक्षभित्र असहजता उत्पन्न गर्यो, किनकि बङ्गलादेशले अन्य स्रोतहरूका लागि तिर्ने भन्दा यसका लागि बढी शुल्क तिर्नु पर्ने थियो।
यसबाहेक, अडानीसँगको कुनै पनि सम्झौताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन प्राप्त गरेकै देखियो।
‘अडानीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नजिकको सम्बन्ध थियो भन्ने कुरा (एएल) ‘अवामी लिगे का लागि गोप्य थिएन, र अडानीलाई समर्थन गर्ने व्यापारिक सम्झौताले अन्ततः मोदीबाट ‘एएलले सरकारलाई राजनीतिक समर्थन ल्याउनेछ’, ब्रसेल्सको ब्रिजे विश्वविद्यालयको राजनीति विज्ञान विभागकी अनुसन्धानकर्ता साइमम परवेजले सन् २०२३ मा अल जजिरालाई बताएकी थिइन्।
सत्तामा टाँसिएको एउटा सहयोगी
त्यसैले भारतले आफ्नो बहुमूल्य सहयोगी हसिना र ढाकामा उनको सरकारलाई सुरक्षित राख्ने महत्त्वलाई मान्यता दिइरह्यो । जनवरीमा, हसिनालाई सत्तामा राख्नका लागि बङ्गलादेशको चुनावमा भारतीय हस्तक्षेपको आरोप लागेको थियो।
हसिना बढ्दो अधिनायकवादी भइन्, विपक्षी सदस्यहरूलाई पक्राउ र आक्रमण गरिन्, र असहमति र अभिव्यक्ति स्वतन्त्रतामाथि कडाई गरिन्।
संयुक्त राज्य अमेरिकासहित धेरै पर्यवेक्षकहरूले मुख्य विपक्षी दल बीएनपीले भाग नलिएको कारण चुनाव ‘स्वतन्त्र वा निष्पक्ष नभएको’ बताएका थिए।
जब हसिनाले विवादास्पद चुनावमा पाँचौँ कार्यकाल प्राप्त गरिन्, भारतले रुस र चीनसँगै उनको विजयका लागि बधाई दिएको थियो।
जब स्वतन्त्रता सेनानीका परिवारका लागि जागिरको कोटा विरुद्ध बङ्गलादेशको विद्यार्थी प्रदर्शन हिंसात्मक भयो र उनको राजिनामाको माग राष्ट्रव्यापी फैलियो, यसको त्यहाँका अधिकारीहरूले कठोर दमनका साथ प्रतिक्रिया जनाए ।
भारतीय सुरक्षा विज्ञहरूले नाम न छाप्ने सर्तमा यस पत्रकारलाई भारतीय सुरक्षा प्रतिष्ठानले हसिना र सेनामाथि उनको नियन्त्रणले उथलपुथल भएर नियन्त्रण बाहिर नजाने सुनिश्चित गर्ने सोचेको बताए।
तथापि, हसिनाको सरकारलाई पदबाट हटाइयो भने चिसोमा नपरियोस् भनेर भारतले विपक्षीहरूसँग सम्पर्क गर्ने प्रयास गरेका केही अवसरहरू पनि थिए। तर इन्डियन एक्सप्रेससँग कुरा गर्ने स्रोतका अनुसार हसिनाले कुनै पनि भारतीय उच्चायुक्तलाई बिएनपी नेता खालिदा जियासँग कुरा गर्न दिँने थिइनन्। हसिनाले कथित रूपमा आफ्ना साथीहरूलाई मात्र होइन, उनीहरूसँग कुरा गर्नेहरूलाई पनि उत्साहपूर्वक सुरक्षा दिन्थिन् ।
घुम्ती
अल जजिराले सुरक्षा मुद्दाहरूमा धेरै रणनीतिक विशेषज्ञहरूसँग कुरा गरेको थियो, कूटनीतिक समुदायमा रहेका व्यक्तिहरू सहित, यो बताउन अनिच्छुक थिए कि भारतको हितमा गरिएको धेरै हानि आफैले गरेको थियो।
अर्थात्, भारतको विदेश नीति त्यही शक्तिहरूद्वारा सञ्चालित थियो जसले भारतलाई धर्मनिरपेक्ष संविधान–आधारित लोकतन्त्रबाट हिन्दू धर्मद्वारा निर्देशित लोकतन्त्रमा सार्न खोजिरहेका छन्, नयाँ दिल्लीले साथीहरू गुमाउँदै आएको छ।
सन् २०२१ मा, मोदीले ढाका भ्रमण गरेको बेला प्रधानमन्त्री मोदीको बिरूद्धमा विरोध प्रदर्शन भएको थियो । त्यो प्रदर्शनका क्रममा कम्तिमा १२ जनाको मृत्यु भएको थियो । बङ्गलादेशीहरूले भारतमा मुस्लिम विरोधी भेदभाव र अल्पसंख्यकहरूलाई नागरिकताको बाटो दिने तर मुस्लिमहरूलाई बहिष्कार गर्ने विवादास्पद कानून जस्ता नीतिहरूको विरोध गरिरहेका थिए।
‘यो बङ्गलादेशसँगको हाम्रो सम्बन्धको मोड थियो’ नाम छाप्न नचाहने एकजना सेवानिवृत्त गुप्तचर अधिकारीले गत हप्ता भनेका थिए ‘स्थानीय मानिसहरूले भारतको संवैधानिक धर्मनिरपेक्षताबाट टाढा सर्न अस्वीकार गरे।’
भारतले के गर्नेछ ?
यसको बाबजुद, भारतीय कूटनीतिक संस्थापनका लागि सबैभन्दा ठुलो चिन्ता बङ्गलादेशमा खालिदा जियाको नेतृत्वमा रहेको दक्षिणपन्थी बिएनपी सरकारको पुनरागमन हुनेछ जसले अवामी लिगलाई सीमान्तकृत गर्ने प्रयास गर्नसक्छ। यस्तो सरकारले हिन्दू अल्पसङ्ख्यकलाई असर गर्न सक्ने डर छ, जसले देशको १७ करोडको करिब ८ प्रतिशत ओगटेको छ र परम्परागत रूपमा यसले अवामी लिगलाई समर्थन गर्दछ।
केही भारतीय समाचार संस्थाहरूले विरोध प्रदर्शनको पछाडि पाकिस्तान र चीन रहेको दाबी गर्दै आएका छन्, साथै विरोध प्रदर्शनपछि हिन्दू अल्पसङ्ख्यकहरूले भोगेको आक्रमणको परिमाणलाई बढाइचढाइ गर्दै आएका छन्। मुस्लिम विरोधी कभरेजले पाकिस्तानले धर्मनिरपेक्ष सिद्धान्तहरूलाई समर्थन गर्ने मुस्लिम देश बङ्गलादेशलाई इस्लामिक राज्यमा परिणत गर्न चाहन्छ भन्ने कथालाई अगाडि बढाएको छ।
अल जजिराले स्वतन्त्र रूपमा पुष्टि गरेको छ कि हसिनालाई हटाइएपछि दुई जना हिन्दू मारिएका छन्–एक प्रहरी अधिकारी र एक जना अवामी लिगका कार्यकर्ता –र देशका धेरै हिन्दू घरहरूमा आक्रमण र लुटपाट गरिएको छ। एकजना हिन्दू नेताले अल जजिरसँग भने त्यहाँ भएका आक्रमणहरू साम्प्रदायिक नभई राजनीतिबाट प्रेरित भएको बताए।
अझै पनि हिन्दू घरपरिवार, मन्दिर र व्यवसायलाई लक्षित गरी आक्रमणको थुप्रै रिपोर्टहरू आएका छन्। अन्तरिम मन्त्रिपरिषद्ले आइतबार पहिलो आधिकारिक भनाईमा आक्रमणहरूलाई ‘गम्भीर चिन्ताका साथ उल्लेख गरिएको’ बताएको छ। यसले ‘यस्ता जघन्य आक्रमणहरू समाधान गर्ने तरिकाहरू पत्ता लगाउन प्रतिनिधि निकायहरू र अन्य सम्बन्धित समूहहरूसँग तुरुन्तै बन्द गराउने’ बताएको छ।
बङ्गलादेशमा विद्यार्थी प्रदर्शनकारीहरूले हिन्दू मन्दिर र घरहरू तोडफोड हुनबाट जोगाएर धार्मिक हिंसाको डर निराधार प्रमाणित गर्ने प्रयास गरिरहेका छन्। इन्स्टाग्राममा ढाका र देशका अन्य ठाउँमा मन्दिरहरूको सुरक्षा गरिरहेका युवा विद्यार्थीहरूको तस्बिरहरूले भरिएको छ।
तर हिन्दूहरूलाई लक्षित गर्ने कुनै पनि हिंसाले भारतको सत्तारूढ भाजपाका कट्टरपन्थीहरूलाई मात्र मद्दत गर्नेछ, जसले हिन्दू र मुस्लिमहरू सँगै बस्न सक्दैनन् भन्ने दाबी गर्न सक्छन् र नागरिकता कानून ल्याउने औचित्य प्रमाणित गर्न सक्छन्।
१३ अर्ब डलरको वार्षिक व्यापारसहित बङ्गलादेशमा भारतको धेरै दौड छ। यी देशहरूले स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता सुरु गर्ने पनि तय भएको थियो।
अब हसिना बाहिरिएपछि, भारतले देशमा प्रभाव गुमाइसकेको छ र यो अहिलेको लागि कुनै चुनाव गर्न चाहँदैन। बीएनपीका अनुसार निर्वासित बीएनपी विपक्षी नेता तारिक रहमान बङ्गलादेश फर्केका कारण त्यसो नहुनसक्छ।
‘यसका लागि समय–परीक्षित कूटनीतिक प्रतिक्रिया यो हुनुपर्छ कि हामी चीजहरू कसरी विकसित हुन्छन् भनेर पर्खिरहेका छौं र नजिकको र महत्त्वपूर्ण छिमेकका जनताका लागि हाम्रो मैत्रीपूर्ण भावनाहरू दोहोऱ्याउन पर्खिरहेका छौं’ पूर्व विदेश सचिव श्याम सरणले इन्डियन एक्सप्रेसमा लेखेका छन्।
भारतीय राजनीतिक दलहरू यस विषयमा धेरै हदसम्म सरकारको साथमा छन्। सर्वदलीय बैठकमा बङ्गलादेशको अवस्थासँग जुध्नका लागि सरकारलाई कार्टे ब्लान्च दिइएको थियो। ठुलो प्रश्न यो होः के भारत सरकारलाई ढाकामा अब के गर्ने भन्ने थाहा छ ?
: अलजजिराटिभीबाट
प्रतिक्रिया दिनुहोस्