असत्य सूचना रोक्न, ब्राजिलले एक न्यायाधीशलाई इन्टरनेटलाई नियन्त्रण गर्न व्यापक अधिकार दिएको थियो। अब, उनले एक्स लाई ब्लक गरेपछि, केहीले यो राम्रो विचार हो कि होइन भन्ने प्रश्न गर्न थालेका छन्।
जब ब्राजिलले २०२२ को राष्ट्रपति चुनाव वरपर अनलाइन झूट सूचनाको बाढीको सामना गर्यो, देशको सर्वोच्च अदालतले एक असामान्य र निर्णायक निर्णय गर्योः यसले एक न्यायाधीशलाई तानाशाही अधिकार दियो, यदि उनले लोकतन्त्रलाई खतरामा पार्ने विश्वास गरे भने, उनले सामाजिक सञ्जालका सामग्री हटाउन आदेश दिन सक्छन् ।
न्यायाधीश हुन् अलेक्जान्द्रे डे मोराएस । उनले आफ्नो देशको इन्टरनेट सफा गर्ने आक्रमणकारी अभियान चलाएका छन्, जसले सामाजिक सञ्जालहरूलाई हजारौं पोष्टहरू हटाउन बाध्य पार्दै आएका छन्, र प्रायः तिनीहरूलाई पालना गर्न केबल केही घण्टाको म्याद दिने गरेका छन्।
यो इन्टरनेटमा झूटहरुको फैलावटलाई नियन्त्रण गर्ने सबैभन्दा व्यापक र केही हदसम्म सबैभन्दा प्रभावकारी प्रयासहरू मध्ये एक भएको छ। जब उनको अनलाइन कडाइले गर्दा ब्राजिलको चुनावलाई उल्ट्याउने दक्षिणपन्थी प्रयासहरूलाई रोक्न मद्दत गर्यो, शिक्षाविद् र टिप्पणीकारहरूले राष्ट्रले आधुनिक लोकतन्त्रको सबैभन्दा जटिल समस्याहरू मध्ये एकको सम्भावित समाधान पत्ता लगाएको हो कि भनेर सोचेका थिए।
शुक्रबार, न्यायाधीश मोराएसले ब्राजिलभरि सामाजिक सञ्जाल एक्स लाई ब्लक गरिदिए । किनभने यसका मालिक, एलन मस्क,ले अदालतका आदेशहरूलाई बेवास्ता गरेका थिए र त्यसपछि ब्राजिलमा एक्स को कार्यालय बन्द गरिदिएका थिए। ब्ल्याकआउट आदेशको भागको रूपमा, न्यायाधीशले भने एक्स प्रयोग गर्न जारी राख्ने उनका उपायलाई चक्मा दिने इन्टरनेट प्रयोगकर्ताहरूलाई दिनको झण्डै ९ हजार डलर जरिवाना हुन सक्छ । यो रकम औसत ब्राजिलियनले एक वर्षमा कमाउने भन्दा बढी हो ।
यी न्यायाधीशको अहिलेसम्मको सबैभन्दा साहसी उपाय थियो, र यसले उनका धेरै समर्थकहरूलाई पनि यो प्रयोग अत्यधिक भयो कि भनेर चिन्तित बनाएको छ।
‘म कुनै समय उनको पक्षमा थिएँ,’ हर्वार्ड विश्वविद्यालयको बर्कम्यान क्लेन इन्टरनेट एण्ड सोसाइटी सेन्टरमा आफ्नो देशको झुट सूचनाको दृष्टिकोणको अध्ययन गर्ने ब्राजिलमा जन्मेका मिडिया प्राध्यापक डेविड नेमरले भने।
‘तर जब हामीले एक्स को निर्णय देख्यौं, हामी यस्तो थियौंः ‘यो के हो ? यो त धेरै भयो,’ उनले एउटा गालीको शब्द प्रयोग गर्दै भने। ‘यो हामी सबैका लागि चेतावनी थियो।’
ब्राजिलको वर्षौं लामो इन्टरनेटको राजनीतिमा विनाशकारी प्रभावको विरुद्धको लडाइँ, एक्स को वर्तमान ब्ल्याकआउटमा परिणत हुँदै गर्दा, अनलाइनलाई के भन्न सकिन्छ भन्ने कुरा तय गर्ने राष्ट्रका जोखिमहरू देखाएको छ । धेरै कम गर्ने हो भने अनलाइन कुरा–चित्तले लोकतन्त्रलाई कमजोर बनाउन दिनुहोस्, धेरै गर्ने हो भने नागरिकहरूको वैध अभिव्यक्तिलाई सीमित गर्नुहोस्।
विश्वभरका अन्य सरकारहरू सम्भवतः हेरिरहेका छन्, जब तिनीहरूले अभिव्यक्तिको निगरानी गर्ने हर्कतमा पसेर या अत्यधिक शक्तिशाली प्रविधि कम्पनीहरूलाई यो जिम्मा छोड्ने बारेमा छलफल गरिरहेका छन् जसले प्रायः कुनै देशको राजनीतिक हितहरूसँग मेल खाँदैनन्।
संयुक्त राज्यले लामो समयदेखि प्रायः बहसबाट बाहिर बसेको थियो, प्रविधि कम्पनीहरूलाई स्वयम्सरक्षण गर्न दिन्छन् र एकअर्कालाई नियमन गर्न। तर यस वर्ष यसले आफ्नो दिशा परिवर्तन गर्यो, टिकटक चिन्ताका कारण यसको को मातृ कम्पनीसँग चीनको सम्बन्धका कारण टिकटक लाई सरकार–स्वीकृत खरिदकर्तालाई बेच्न आदेश दियो, अन्यथा प्रतिबन्ध लगाउने कानून पारित गर्यो। ससटिकटक ले उक्त कानूनलाई असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको छ।
यूरोपेली संघले २०२२ मा व्यापक कानून अनुमोदन गर्यो, जसले सामाजिक सञ्जालहरूलाई आफ्ना साइटहरूमा के पोस्ट गर्न सकिन्छ भन्ने बारेमा विशिष्ट नियमहरूको पालन गर्न आवश्यक छ। र केवल केही दिन अघि, फ्रान्सले मेसेजिङ सेवाका ससंस्थापक रुसीमा जन्मेका उद्यमी पावेल डुरोभलाई अवैध गतिविधिलाई रोक्न असफल भएको आरोपमा विभिन्न अपराधहरूको आरोप लगायो।
तर केहि लोकतान्त्रिक सरकारहरूले एक्स को निलम्बन र यसलाई प्रयोग गर्न जारी राख्ने मानिसहरूलाई जरिवानाको धम्कीको रूपमा ब्राजिलले जस्तै कठोर कदम चालेका छन्।
कोलम्बिया विश्वविद्यालयको नाइट फर्स्ट एमेंडमेन्ट इन्स्टिच्युटका कार्यकारी निर्देशक जमिल जाफरले यो कदमलाई ‘मूर्ख र खतरनाक’ भने।
‘वास्तवमा डरलाग्दो कुरा भनेको यो हो कि बिस्तारै, अधिनायकवादी सरकारहरूले आफ्ना क्रियाकलापहरूलाई न्यायोचित बनाउन लोकतान्त्रिक राष्ट्रहरूलार्य उदाहारण दिन सक्छन्’ उनले भने। ‘जहाँ गोपनीयताको चिन्ता या असत्य सूचनाको चिन्ता समाधान गर्ने सँघुरा उपायहरू छन्, सरकारले ती सँघरा उपायहरू प्रयोग गर्नुपर्छ।’
ब्राजिलको इन्टरनेट कानूनको ३० वर्षको इतिहासमा सबैभन्दा यो चरम न्यायिक निर्णय रहेको बताए। उनले भने ब्राजिलले एलोन मस्कले यति खुलेर र स्पष्ट रूपमा धेरै अदालतका आदेशहरूलाई बेवास्ता गरेपछि केही कदम चाल्नै पर्छ।
‘न्यायिक निर्णय उचित हो कि होइन भनेर निर्णय गर्ने काम कुनै कम्पनीको होइन’ सोउजाले भने। ‘कम्पनीले मुद्दा दायर गर्नुपर्ने हो, न कि पालन नगर्ने निर्णय लिनुपर्ने।’
ओक्लाहोमा विश्वविद्यालयका ब्राजिलियन अध्ययनका प्राध्यापक फाबिओ डे सा ए सिल्भाले आदेशलाई बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको शक्तिशाली प्रतिबन्धको रूपमा वर्णन गरे, जसले कहिलेकाहीँ आफूलाई राष्ट्रहरूको कानूनभन्दा माथि ठान्छन्, विशेष गरी गरिब राष्ट्रहरूको।
‘विश्व अहिले ब्राजिललाई हेरिरहेको छ र त्यहाँ केहि गरिँदैछ भन्ने देखिरहेको छ’ डे सा ए सिल्भाले भने। ‘यसले अन्य केही राष्ट्रहरूलाई त्यही गर्न प्रेरित गर्न सक्छ।’
तर केही संकेतहरू थिए न्यायाधीश मोराएसलाई पनि उनले धेरै गरेको विश्वास थियो। पहिलो पटक शुक्रबार, उनले एप्पल र गुगललाई भर्चुअल प्राइभेट नेटवर्कहरू, वा भीपीएन प्रदान गर्ने एपहरू डाउनलोड गर्नबाट रोक्न आदेश दिए, सफ्टवेयर जसले प्रयोगकर्ताको इन्टरनेट ट्राफिकलाई अर्को देशबाट आएको जस्तो देखिन सक्छ। भीपीएन प्रायः गोपनीयता र साइबरसुरक्षाका लागि प्रयोग गरिन्छ, तर निश्चित वेबसाइट या एपहरू विरुद्धको ब्लकहरूलाई पन्छाउन पनि प्रयोग गर्न सकिन्छ।
भीपीएन एपहरू विरुद्धको उपायले ब्राजिलभरि छिट्टै प्रतिक्रियाको सामना गर्यो, र तीन घण्टापछि, न्यायाधीश मोराएसले एप्पल र गुगललाई आफ्नो माग हटाउने गरी आदेशमा संशोधन गरे।
तर न्यायाधीश मोराएसले भीपीएन मार्फत ब्राजिलमा एक्स प्रयोग गर्न जारी राख्ने जोकोहीलाई जरिवाना गर्ने चेतावनीलाई भने कायम राखेका छन्। त्यो कदम ‘पूर्णतः अधिनायकवादी हो, र त्यस्तो स्पष्ट कानूनी प्रावधान छैन, जसले यसलाई अनुमति दिन्छ’ ब्राजिलका प्रख्यात वकिल र स्तम्भकार थिएगो अम्पारोले भने, जसले न्यायाधीश मोराएसलाई समर्थन गरेका थिए।
ब्राजिलको राष्ट्रिय बार एसोसिएशनका प्रमुखले शुक्रबार भनेका छन् संगठनले यस कदमको बारेमा जरिवानासम्बन्धी मापदण्डलाई पुनरवलोकन गर्न ब्राजिलको सर्वोच्च अदालतसँग अनुरोध गर्नेछ।
ब्राजिलमा न्यायाधीश मोराएसको समर्थन २०२२ को चुनावको तीव्र तनावबाट बाहिर निस्किएपछि घटेको छ। त्यतिबेला, तत्कालीन राष्ट्रपति जायर बोल्सोनारोले सामाजिक सञ्जाल प्रयोग गरेर ब्राजिलको भोटिङ प्रणालीको अखण्डतामा शंका उत्पन्न गरिरहेका थिए, यद्यपि कुनै प्रमाण थिएन, र न्यायाधीश मोराएसले केही उनका पोष्टहरू हटाउन सामाजिक सञ्जाललाई आदेश दिएका थिए।
बोल्सोनारोले चुनाव हारेपछि, उनका हजारौं समर्थकहरूले राजमार्गहरू अवरुद्ध गरे, सैन्य आधारशिविरहरू बाहिर धर्ना र प्रदर्शन गरे । अन्ततः सैनिक हस्तक्षेपको प्रयासमा ब्राजिलको कांग्रेस र सर्वोच्च अदालतमा आक्रमण गरे। न्यायाधीश मोराएसले सामाजिक सञ्जालहरूलाई मतपत्रको विरुद्धमा प्रश्न उठाउने वा बिद्रोहको प्रयासलाई समर्थन गर्ने दर्जनौं प्रमुख खाताहरू, जसमा केही संघीय सांसदहरूका खाताहरू पनि समावेश थिए, ब्लक गर्न आदेश दिए।
तर त्यसपछि, राजनीतिक तापक्रम घटे पनि, न्यायाधीश मोराएसले सामाजिक सञ्जालहरूलाई खाताहरू हटाउन आदेश दिइरहेका छन्। आदेशको चुहावट भएका प्रतिलिपिहरू अनुसार यी आदेशहरू गोप्य छन् र कुनै निश्चित खाताले कसरी कानून उल्लंघन गरेको छ भन्ने स्पष्टीकरण दिइएको छैन।
‘मोराएसका कार्यहरू संविधानको संरक्षण गर्न आवश्यकताबाट वैध ठहरिए’ ब्राजिलको इन्टरनेटल्याब थिंक ट्यांककी निर्देशक तथा वकिल मारियाना भालेन्टेले भनिन्। ‘तर स्पष्ट रूपमा यो जारी रहँदा चिन्ता पनि छ।’
उनले भनिन् ब्राजिलकोसर्वोच्च अदालतको पूर्ण इजलाससले एक्स ब्लक गर्न न्यायाधीश मोराएसको दिएको आदेशमा चाँडै निर्णय गर्नुपर्छ। ‘यो निर्णयको वैधता सिर्जना गर्न अत्यावश्यक छ, जुन अत्यन्त चरम छ’ उनले भनिन्।
न्यायाधीश मोराएसले आफ्नो कार्यहरूको औचित्यकरणका लागि लोकतन्त्रको खतरालाई निरन्तर रूपमा प्रयोग गर्दै आएका छन्। शुक्रबारको आफ्नो आदेशमा, उनले मस्कले खाताहरू निलम्बन गर्ने आदेश पालना गर्न अस्वीकार गरेको ूअक्टोबरमा ब्राजिलमा हुने नगरपालिका चुनावहरूमा अत्यन्त गम्भीर जोखिम प्रतिनिधित्व गर्छू भन्ने तर्क अघि सारेका छन् ।
न्यायाधीश मोराएसले ‘असाधारण स्थिति कायम गरेका छन्’ नेमरले भने। ‘तर यो एक स्थायी असाधारण स्थिति हो, र यो कुनै पनि प्रकारको लोकतन्त्रका लागि राम्रो होइन।’
: न्यूयोर्क टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्