धेरै हस्तक्षेपहरूले मद्दत भन्दा बढी नोक्सान गर्छन्।
‘हामी हाम्रो फोनमा अपरिचितहरूको स्वीकृति खोज्छौं’ बराक ओबामाले मंगलबार डेमोक्रेटिक राष्ट्रिय सम्मेलनमा भने। ‘हामी हाम्रा वरिपरि सबै प्रकारका पर्खाल र बारहरू बनाउँछौं र त्यसपछि किन हामी आफूलाई यति एक्लो महसुस गर्छौं भनेर आश्चर्यचकित हुन्छौं।’ जब पूर्व राष्ट्रपतिले बोले, अनगिन्ती सम्मेलन प्रतिनिधिहरूले आफ्ना उपकरणहरू उठाए, साथीहरूसँग — वा, शायद, ती अपरिचितहरूसँग सामाजिक सञ्जालमा साझेदारी गर्नका लागि फोटोहरू खिच्दै।
यो दृश्य (साथै मीमद्वारा प्रेरित ह्यारिस अभियानको बीचमा यस्तो सन्देश दिनुपर्ने विरोधाभासलाई छोडेर) इन्स्टाग्राम र टिकटक जस्ता प्लेटफर्महरू धेरै मानिसहरूको जीवनको महत्वपूर्ण अंश भएको देखाउँछ, चाहे अमेरिकनहरूले तिनीहरूलाई प्रयोग गर्दा जति दोषी वा द्विविधामा महसुस गरेपनि। अर्को पुस्तालाई यति संलग्न हुनबाट रोक्न खोज्नु उचित छ, र यो बुझ्न सजिलो छ कि विधायक र अन्य सरकारी अधिकारीहरूले बच्चाहरूले यी अनुप्रयोगहरूमा खर्च गर्ने समयको मात्राको बारेमा आमाबाबुको चिन्तालाई सम्बोधन गर्न नीतिगत प्रतिक्रिया प्रस्ताव गरेका छन्।
तर तिनीहरूले सावधानीपूर्वक अगाडि बढ्नुपर्छ। धेरै धेरै सिधा गर्नु, र नतिजामा बच्चाहरूलाई अर्थपूर्ण डिजिटल सामाजिक अन्तरक्रिया पहुँच गर्नबाट वञ्चित गर्नु, स्वस्थ पनि हुँदैन।
अमेरिकी सर्जन जनरल विवेक एच. मुर्थीले सबैका मनपर्ने अनुप्रयोगहरूमा चेतावनी लेबल चाहन्छन्। स्कूलहरूले, जसमा ५००,००० विद्यार्थी भएका लस एन्जलस सार्वजनिक स्कूल प्रणाली पनि समावेश छ, दिनभर मोबाइल फोनहरू प्रतिबन्धित गरेका छन्। केही राज्यहरू अझ अगाडि बढ्न चाहन्छन्, नाबालिगहरूलाई इन्स्टाग्राम र टिकटक जस्ता अनुप्रयोगहरू प्रयोग गर्न प्रतिबन्ध लगाउने — वा कम्तिमा तिनीहरूलाई प्रयोग गर्न आमाबाबुको सहमति आवश्यक पर्ने बनाउने। कांग्रेसले कम्पनीहरूले निश्चित हानिहरूलाई कम गर्न ‘उचित’ उपायहरू नलिएकामा दण्डित गर्ने विधेयकमाथि विचार गरिरहेको छ।
समस्या यो हो कि अनुसन्धानकर्ताहरूलाई कुन प्रकारको सामग्री कुन प्रकारका बच्चाहरूका लागि हानिकारक हुन्छ भन्ने बारेमा स्पष्ट ज्ञान छैन, र मानिसहरूले प्लेटफर्महरूलाई युवा व्यक्तिहरूको बोल्ने वा त्यसमा पहुँच प्राप्त गर्ने अधिकारलाई सेन्सर गर्न चाहनु हुँदैन। स्पष्ट यो हो कि साइटहरू ट्विन्स, किशोर, र वयस्कहरूलाई पनि सबै समयमा क्लिक गरिराख्न इन्जिनियर गरिएका छन्, अनन्त स्क्रोल, स्वतः प्ले, र निरन्तर सूचनाहरू जस्ता सुविधाहरूले तिनीहरूलाई तान्छन् र हेर्नमा अड्याउँछन्। विधायकहरूले यी लतजन्य रणनीतिहरूलाई रोक्न आफ्नो प्रयास समर्पित गर्नुपर्छ। त्यसभन्दा बाहिर जानु, सामग्री नियन्त्रणमा, तिनीहरूले जोगाउन खोजिरहेका युवा व्यक्तिहरूलाई क्षति पुर्याउने जोखिम लिन्छ।
स्कूलको दिनभर मोबाइल फोन प्रतिबन्ध लगाउनु एक सजिलो निर्णय होः प्रत्यक्ष परिणाम कक्षाकोठाका सिकाइमा विद्यार्थीहरूको ध्यान केन्द्रित हुनु र हल्लावाजहरूबाट प्रत्यक्ष अन्तरक्रिया अवरोध हुन नहुने हो। तिनीहरूलाई प्रयोग गर्न स्पष्ट अभिभावकी सहमति प्राप्त गर्न असफल नाबालिगहरूका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउनु — युटाह, फ्लोरिडा र अर्कान्सस जस्ता राज्यका कानून निर्माताहरूले प्रयास गरेको जस्तो — अधिक संदिग्ध प्रस्ताव हो। केही अनलाइन अनुभवहरूले युवा व्यक्तिहरूलाई लाभ दिन्छ, तिनीहरूलाई नयाँ तरिकामा आफूलाई व्यक्त गर्न वा नयाँ व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्न अनुमति दिन्छ। यी साइटहरू विशेष गरी समर्थन नपाएको घरायसी वातावरण भएका LGBTQ+ बच्चाहरूको लागि एक स्रोतको रूपमा काम गर्न सक्छन्।
प्लेटफर्महरूलाई उमेर प्रमाणित गर्न आवश्यक पर्ने नियमहरू — ती राज्यहरुल्े सामाजिक सञ्जाल प्रतिबन्धहरूका बारेमा स्पष्ट गरे जस्तै, र बालबालिकाका लागि विशेष सुरक्षा आवश्यक पर्ने अन्य नियमहरूले व्यवहारमा गर्छन् जस्तै — वास्तविक व्यापार–अफरहरूसँग आउँछन्। चालक अनुमति पत्र र सामाजिक सुरक्षा नम्बरहरू ह्याकिंगको लागि असुरक्षित हुन सक्छ। त्यही कुरा बायोमेट्रिक उपकरणहरू, जस्तै अनुहार स्क्यानको लागि पनि लागू हुन्छ।
सामाजिक सञ्जालको स्पष्टरूपले हानिकारक पक्षहरूलाई लक्षित गर्ने विधायकहरू सही मार्गमा छन्। तर यो हल्ला भन्दा बढी जटिल छ। बच्चाहरूको अनलाइन सुरक्षा ऐन ९प्इक्ब्० लाई लिऔं, जुन हालसालै सिनेटबाट पारित भयो र अहिले प्रतिनिधि सभामा रोकिएको छ। प्रस्तावले कम्पनीहरूलाई बाल यौन शोषण, लागूऔषधको प्रवर्द्धन, बदमासी, र विकृत खानाजस्ता हानिकारक कुराहरूबाट युवा व्यक्तिहरूलाई असर पर्दैन भन्ने सुनिश्चित गर्न ‘सुरक्षा कर्तव्य’ स्थापना गर्दछ। यद्यपि विधेयकका मस्यौदाकारहरुले भनेका छन् कि तिनीहरू प्लेटफर्महरूको डिजाइनलाई लक्षित गर्दैछन्, तर कुनै प्रकारको सामग्रीलाई लक्षित गर्नुले राजनीतिक रूपमा प्रेरित कार्यान्वयनको ढोका खोल्न सक्छ — भनौं, यदि कन्जरभेटिभहरूले यो कानूनलाई लिङ्ग पहिचानबारेका पोस्टहरू प्रतिबन्धित गर्न प्रयोग गरे भने, वा प्रगतिवादीहरूले यसलाई दक्षिणपन्थतर्फको विचारलाई खतरनाक घृणा भाषणको रूपमा लेबल गरेर दमन गर्न प्रयोग गरे भने।
नीति निर्माताहरूले प्लेटफर्महरू कसरी बनाइन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, र केवल कसरी बनाइन्छ भन्ने कुरामाः तिनीहरूमा समाहित गरिएका साना तरिकाहरूले तिनीहरूलाई सबै उमेरका उपभोक्ताहरूका लागि — तर विशेषगरी कम उमेरका प्रयोगकर्ताहरूका लागि, जसको आवेग नियन्त्रण पूर्णरूपमा विकास भएको छैन, अत्यधिक आकर्षक बनाउँछ। यी सुविधाहरूले, जस्तै स्वतः प्ले वा अनन्त स्क्रोल जस्ता सुविधाहरूले बालबालिकाहरूलाई अनलाइनमा समय बिताउने अवधि बढाउँछन्, ‘डार्क प्याटर्न्स’ जसले इन्टरनेट प्रयोगकर्ताहरूलाई खराब विकल्पहरू बनाउने दिशामा जानाजानी दिशानिर्देशन दिन्छन् (उदाहरणका लागि, कुनै खरिदमा काउन्टडाउन घडी जहाँ संख्याहरू घट्दै गइरहेको समयमा विक्रेतासँग कुनै सम्बन्ध हुँदैन)। विधेयकको सबैभन्दा राम्रो यो अंशले यी रणनीतिहरूलाई नै लक्षित गर्छ।
युवा कल्याण संकटका लागि सामाजिक सञ्जाललाई दोष दिने विज्ञान अझै व्याख्या र बहसको लागि खुला छ। तर यो स्पष्ट छ कि स्मार्टफोन प्रयोगको केही कोटीहरू किशोर र ट्विन्सहरूका केही कोटिहरूका लागि हानिकारक छन्। र स्क्रिन समयले बाहिर समय बिताउने, वा परिवार र साथीहरूसँग खेल्ने जस्ता लाभदायक गतिविधिहरूलाई प्रतिस्थापन गर्दछ। इन्टरनेटका समस्याहरूलाई सम्बोधन गर्न सबैभन्दा विवेकपूर्ण मार्ग पनि सबैभन्दा प्रभावकारी हुन सक्छः बालबालिकाहरूलाई आफ्नो स्क्रिनमा हेरिरहने कारणहरू कम बनाइदिनुस् ताकि उनीहरूसँग बाहिरको दुबो छुने (प्रकृतिसंग हेलमेल हुने) बढी समय होस्।
(सम्पादकीय बोर्ड २१ अगस्ट २०२४)
बाशिंगटनपोष्टको सम्पादकीय
प्रतिक्रिया दिनुहोस्