अभिव्यक्ति स्वतन्त्रता संस्कृतिक युद्धको विषय बनेको छ, र जसले यसलाई बचाउनुपर्ने हो उनीहरू मौन छन्
ब्राजिलमा न्यायाधीशहरूले देशको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालहरूमध्ये एक, एक्सको पहुँचमा प्रतिवन्ध लगाइदिएका छन् । फ्रान्समा अभियोजनकर्ताहरूले सन्देश पठाउने प्लेटफर्म टेलिग्रामको प्रमुखलाई देश छोड्न प्रतिबन्ध लगाएका छन्, अहिले उनीहरूले प्लेटफर्मको अनुसन्धान गरिरहेका छन्। ब्रिटेनमा न्यायाधीशहरूले भर्खरैको दंगाको समयमा अनलाइन पोस्ट गरिएका सन्देशहरूको लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जेल सजाय दिइरहेका छन्। अमेरिकामा टिकटक, एक अत्यधिक लोकप्रिय चिनियाँ स्वामित्वको एपलाई प्रतिबन्ध लगाउने योजना छ। अनलाइनमा अभिव्यक्ति स्वतन्त्रतामा सरकारहरूले कडा निगरानी गर्दै जाँदा बहसहरू तीव्र हुँदै गइरहेका छन्।
कसै–कसैको मामिलामा, यो कडाई जायज छ। टेलिग्रामविरुद्ध फ्रान्सको मुद्दा अवैध सामग्रीको नियन्त्रणमा केन्द्रित छ, जसको स्थापना रुसमा भएको हो र यसको विश्वव्यापी प्रयोगकर्ता संख्या एक्सको तुलनामा ५०प्रतिशत बढी छ । यस एपमा मात्र करिब ५० जनाजति कर्मचारी छन्, र यसलाई बाल दुराचार सम्वनधी सामग्री तथा लागूपदार्थ र अन्य अवैध सामानहरू प्रचार गर्न सजिलो स्थानको रूपमा लामो समयदेखि प्रयोग हुँदै आएको रुपमा हेरिएको छ। टेलिग्रामले फ्रान्सको आरोपलाई ‘हास्यास्पद’ भनेर खारेज गरेको छ र यसले युरोपेली डिजिटल मापदण्डहरूको पालन गर्ने बताएको छ । अनुसन्धानबाट जे निस्केला, यो अनुसान्धनानले कम्तिमा अवैध कुरालाई लक्षित गरिरहेको छ।
अमेरिकाले टिकटकमाथि गरेको कडा कदम पनि बचाउन गर्न योग्य छ। विश्वभरि १ अर्बभन्दा बढी व्यक्तिहरूले यस एपलाई मन पराउँछन् र यसले अस्वस्थ प्रतिस्पर्धी बजारमा ठूलै हलचल मच्याएको छ। तर यसको मूल कम्पनी बेइजिङमा मुख्यालय भएकोले, यसलाई चिनियाँ कम्युनिस्ट पार्टीले हेरफेर गर्न सक्छ – जुन महत्वपूर्ण छ, खासगरी जब धेरै प्रयोगकर्ताहरू टिकटकलाई आफ्नो समाचार स्रोतको रूपमा लिन्छन्। व्यक्तिहरूसँग अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ, तर विदेशी सरकारहरूलाई छैन,स कम्पनीले बेइजिङसँगको सम्बन्ध तोड्न नसक्ने हो भने टिकटकलाई प्रतिबन्ध लगाउनु उचित अन्तिम विकल्प हो।
तर अन्य केही हालका घटनाहरूले कानूनभित्र पर्ने अभिव्यक्तिलाई पनि सेन्सर र दण्डित गर्न खोजेका छन्। ब्राजिलले एक्सलाई प्रतिबन्ध लगाएको छ, किनकि यसले अस्पष्टमा अदालतके आदेशहरूको पालना गर्न अस्वीकार गरेको थियो, उसलाई दर्जनौं एकाउन्टहरु हटाउन आदेश दिइएको थियो, त्यसमध्ये संसदका सदस्यहरूका पनि एकाउनटहरू रहेका छन्स प्लेटफर्ममा पहुँच गर्न खोज्ने प्रयोगकर्ताहरूलाई ठूलो जरिवाना भरपर्दो छ। भारत, संयुक्त अरब एमिरेट्स र अन्य देशहरूले एनक्रिप्शनलाई कमजोर पार्न खोजिरहेका छन्स, मलेसियाले भनेको छ कि धार्मिक पोस्टहरू इस्लामिक विकास विभागबाट क्लियर गरिनुपर्छ।
धनी प्रजातन्त्रहरूले पनि सेन्सरको कैंची प्रयोग गर्न धेरैपटक तत्पर भएका छन्। युरोपेली संघले एक्सलाई गलत सूचना र जातिवादलाई बढावा दिएको भन्ने अभियोगमा अनुसन्धान गरिरहेको छ—यी दुवै खराब कुरा हुन्, तर कानूनको लागि उपयुक्त लक्ष्य होइनन्। ब्रिटेनले स्पष्ट रूपमा हिंसालाई उक्साउनेलाई जेलमा राख्नु ठीक छ, तर जब यसले ूनिकै आपत्तिजनकू मानिएको ट्वीट पोस्ट गर्ने व्यक्तिलाई दोषी ठहरायो, यो अन्यायपूर्ण सेन्सरशिपमा पर्यो। यहाँसम्म कि अमेरिका, जोसंग संसारको सबैभन्दा बलियो अभिव्यक्ति स्वतन्त्रताको परम्परा छ, त्यहाँ फेसबुकले व्हाइट हाउसलाई व्यंग्य मात्र गरेको भन्ने सामाग्री रहेको ऋइख्क्ष्म्(ज्ञढ बारेको सामग्री हटाउन दबाब दिएको आरोप लगाएको छ।
अभिव्यक्ति र कानूनको बारेका बहसहरू पुस्तकको आविष्कार भएदेखि नै भइरहेका छन्, फेसबुकको कुरा नगरौं। हाम्रो लामो समयदेखिको अडान स्पष्ट छः गलत हुनुको स्वतन्त्रतासँगै मात्र समाजहरू बिस्तारै सही दिशामा अगाडि बढ्न सक्छन्। परिवर्तन भएको कुरा भनेको आज अभिव्यक्ति स्वतन्त्रतामा कडाईको बिरोध गर्ने उच्चतम आवाजहरू एक्सका प्रमुख एलन मस्क जस्ता दक्षिणपन्थीहरूबाट आएको छ, जबकि धेरै स्वघोषित उदारवादीहरूले ट्रम्प समर्थक अर्बपतिहरूविरुद्धको धक्कालाई स्वागत गरिरहेका छन्। अभिव्यक्ति संस्कृतिक युद्धको लडाइँको मैदान बन्दै गर्दा, मस्क र उनका सहयोगीहरूले राजनीतिसँग असहमत हुनेहरूमाथिको यस्तो आक्रमणलाई सहज रूपमा लिइरहेका छन्।
उनीहरूले जाग्नुपर्छ। अभिव्यक्तिमा लगाइने कडाईले अनलाइन प्लेटफर्म प्रयोग गर्ने सबैलाई असर गर्छ, केवल ती अर्बपतिहरूलाई मात्र होइन जो तिनीहरूको स्वामित्वमा छन्। अझ महत्वपूर्ण कुरा, अभिव्यक्ति स्वतन्त्रता मस्क जस्ता केवल मौकापरस्तहरुको–प्रसंगमा मात्र स्वतन्त्रतावादीहरूको हातमा सुरक्षित छैन, जसले उनी असहमत हुनेहरूलाई मुद्दा हाल्छन्, आफ्नो प्लेटफर्ममा नपस्ने शब्दहरूलाई प्रतिबन्ध लगाउँछन् र भ्लादिमिर पुटिनसँग मैत्रीपूर्ण बन्छन्, जसको मनपर्ने सामग्री–मोडरेसन उपकरण नोविचोक हो। स्वतन्त्र रूपमा बोल्न पाउने क्षमता सम्भवतः मौलिक उदारवादी मूल्य हो। यो समय ससच्चा उदारवादीहरूले दृढतापूर्वक उठेर बचाउनुपर्ने हो।
दि इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्