ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईपीजी प्रतिवेदन बुझ्न भारत सहमत हुने प्रधानमन्त्री ओलीको आशा कहिले होला पूरा ?


एबीसी न्यूज
२२ भदौ २०८१, शनिबार   ९ : ३६   बजे

 

 

काठमाडौं २२ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले छिट्टै बुझ्नेमा आफू आशावादी रहेको बताएका छन् ।

शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले ईपीजी पनि आफू र भारतीय प्रधानमन्त्री मोदीको सल्लाहमा नै बनेकाले त्यो प्रतिवेदन बुझ्नेमा आशावादी रहेको बताएका हुन् ।
शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘उपाध्यायद्धारा लिखित इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को विमोचन कार्यक्रममा बोल्दै उनले देश ठूलो र सानो भएतापनि हैसियत बराबर हुने धारणा दोहराएका थिए ।

‘‘हामी बनाउने नै मान्छे, उहाँ (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) पनि छानिएर आउनुभएको छ । म पनि छानिएर आएको छु । दुईवटै प्रधानमन्त्री त्यही ईपीजी निर्माण गर्नेहरु नै छौं । त्यो अगाडि बढ्ला’, प्रधानमन्त्री ओलीले जोड नदिइकन भने ।

नेपाल र भारत दुई देशबीचका समस्या समाधान गरी सरकारलाई सिफारिस गर्न दुवै देशका ४–४ जना रहेको प्रबुद्ध व्यक्ति समूह गठन भएको थियो । उक्त समितिले प्रतिवेदन तयार पारिसकेको छ । प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीलाई र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समूहले निष्कर्ष पहिले नै सर्वजनिक भएको भन्दै प्रतिवेदन बुझ्न मानिरहेका छ्रैनन् ।

शनिबारको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिवेदन बुझ्न नेपालका प्रधानमन्त्रीले समय दिन सक्ने तर अहिलेसम्म भारतले समय दिन नसकेको गुनासो गरे।

‘अब यता नेपालतिर त नेपालको प्रधानमन्त्रीहरु फुर्सदमा नै देखिन्छन् । म पनि यहाँ पुस्तक विमोचन गरेर हिंडेको छु । ईपीजीको रिपोर्ट बुझ्नै नभ्याउने त के हुन्छ र ? हामीहरुले बुझ्न नभ्याएका छैनौं । तर भारततिरबाट अलिकति भ्याइराखेको स्थिति छैन’ उनले व्यंग्यात्मक रुपमा भने ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच भूराजनीतिलाई देखाएर आफ्नो निहित स्वार्थसिद्धि गर्ने काम गर्न नहुने पनि बताए ।

‘एउटा हाम्रो स्वार्थ र स्वार्थी कामहरु ढाकछोप गर्नका लागि हामी भूराजनीति भन्ने शब्दको आड लिन्छौं । अर्को चाहिं हाम्रो कायरपना, लुतेपना, आफ्ना कुरा भन्न नसक्ने, भूराजनीति भनेर बस्ने’, उनले भने, ‘यो भूराजनीति हाम्रा निम्ति कुनै कमजोरीको विषय बन्नुहुँदैन ।’
‘नेपाल र भारतीका बीचका केही समस्याहरु छन्। तिनलाई धेरै ठूलो समस्या भन्न हुन्न। तर त्यो समाधान गर्नै नसकिने समस्या होइन। फराकिलो मन, अलि सहनशीलता, फराकिलो मन भयो। र न्यायोचित मनका साथ कुराकानीमा बस्ने हो भने समाधान गर्न नसकिने भन्ने कुरै हुँदैन। गर्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

संयुक्त राष्ट्रसंघको मर्म र विभिन्न देशमा भएका अभ्यासको अध्ययनका आधारमा उपाध्यायले पुस्तक तयार गरेर बौद्धिक योगदान दिएको बताउँदै प्रधानमन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यतासहितको न्यायोचित राष्ट्रवाद प्रकट भएको र यसका आधारमा थप बहस गर्न सकिने बताए ।

पुस्तकमाथि समीक्षा गर्दै संविधानविद् डा विपिन अधिकारीले नेपालको जलसम्पदाको सही उपयोग गर्ने गरी छिमेकी मुलुकसँग संवाद गर्न सक्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group