ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा प्रत्येक दिन थपिन्छन् डेंगीका सयजना बिरामी


एबीसी न्यूज
२७ भदौ २०८१, बिहिबार   ४ : ०६   बजे

काठमाडौं २७ भदौ । लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमितको संख्या बागमती प्रदेशमा निन्तर बढ्दो क्रममा छ। चालु आर्थिक वर्ष २०८१र०८२ को साउन १ गतेदेखि हालसम्मको अवधिमा झण्डै २ हजार मानिस डेंगी संक्रमित भएका छन्।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार यस प्रदेशमा दैनिक ९० देखि देखि १ सय बढीको संख्यामा डेंगी संक्रमित भैरहेका छन्। चालु आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २६ गते अर्थात् बुधावारसम्मको अवधिमा २ हजार ४७७ जनामा डेंगी संक्रमण भएको छ।

मन्त्रालयका सूचना अधिकारी डा। रविन भुषाललका अनुसार बुधवार ९हिजो० ९४ जना डेंगीका नयाँ बिरामी थपिएका छन्। यस्तै मंगलबार १ सय ११ जना नयाँ बिरामी थपिएका थिए भने सोमबार ९८ जना डेंगीका नयाँ बिरामी फेला परेको बताइएको छ। सूचना अधिकारी डा। भुषालका अनुसार बागमतीमा प्रत्येक दिन १ सय को हाराहारीमा डेंगीका नयाँ बिरामी बढेका हुन्।

प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा डेंगीको प्रकोप फैलिएको मन्त्रालयले जनाएको छ। रसुवा बाहेक सबै जिल्लामा डेंगी संक्रमित भएको प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। खगेश्वर गेलालले जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै बिरामी चितवनमा रहेका छन्। जहाँ १ हजार १० जना बिरामी भेटिएको मन्त्रालयको तथ्यांक छ।

यस्तै, चितवनपछि काठमाडौंमा देखिएको छ। काठमाडौंमा चालु आवको हालसम्मको अवधिमा ७१६ जनामा डेंगी संक्रमण भएको मन्त्रालयको तथ्यांक छ। जसमा गत साउन महिनामा १५७ जना डेंगी संक्रमित भएका थिए भने भदौ महिनाको हालसम्मको अवधिमा ५५९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

यस्तै, मकवानपुरमा हालसम्म ३२५ जनामा डेंगी संक्रमण भएको छ भने धादिङमा ६८, ललितपुरमा १७९, भक्तपुरमा ३४, काभ्रेमा ७०, नुवाकोटमा १९, दोलखामा १३, रामेछापमा ११, सिन्धुपाल्चोकमा १९ र सिन्धुलीमा १३ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ।

यद्यपि, चालु आर्थिक वर्षको हालसम्मको अवधिमा डेंगीका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्ष २०८०र०८१ मा ६ जनाको डेंगी संक्रमणकै कारण मृत्यु भएको थियो। सो अवधिमा ११ हजार ९०६ जना डेंगी संक्रमित भएको मन्त्रालयका सूचना अधिकारी भुषालले जानकारी दिए।

के हो डेंगी?
डेंगी सरुवा रोग हैन। तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ। डेंगी सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ। अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगी सर्ने खतरा हुन्छ। त्यसैले, बेडमा भर्ना भएका बिरामीहरूलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ।

खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगीका लागि जोखिमपूर्ण हुन्छ। गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ। त्यसैले डेंगीबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो। किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ।

एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ। जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि। त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ नराख्न विज्ञको सल्लाह छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group