भारतीय शिखर वाम नेताको ७२ वर्षको उमेरमा निधन
सीपीआई(एम)को उच्च तहमा स्वीकृत हुने सबैभन्दा कान्छामध्येका एक, कांग्रेस विरोधी विपक्षको मोर्चाको अग्रणी अनुहारहरूमध्ये एक, र राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण गठबन्धन निर्माता, सीपीआई(एम)का महासचिवले राजनीतिको फराकिलो यात्रा गरेका थिए ।
व्यवहारवाद र कट्टरपन्थबीचको विभाजन, जुन कतिपय अवस्थामा वास्तविक जस्तो देखिन्थ्यो, केही अवस्थामा काल्पनिक र कहिलेकाहीं बढाइचढाइ गरिएको देखिन्थ्यो, यसले सीपीआई(एम)को पछिल्लो दुई दशकको यात्रालाई दर्शाउँछ। यस्तो संघर्षको महत्त्वपूर्ण पक्षलाई प्रतिनिधित्व गर्ने सिताराम येचुरी, जो मृदुभाषी, लोकप्रिय कम्युनिस्ट नेताको बिहीबार छोटो अस्पताल बसाइपछि निधन भयो ।
७२ बर्षीय कारतकी पत्नी सीमा चिश्ती (द वायर अनलाइनकी सम्पादक) छोरी अखिला र छोरा दानिश रहेका छन् ।
मार्क्सवादी विचारकका रूपमा, येचुरी कम्युनिस्ट विचारधाराका सन्दर्भमा एक निष्ठावान् विश्वासी नेताथिए, तर उनले लोकतान्त्रिक — र व्यावहारिक — राजनीतिका लागि यसका कडा सीमाहरूको परीक्षण गर्न अद्वितीय तयारीलाई प्रदर्शन गरेका थिए ।
तर येचुरीको राजनीतिक जीवनलाई पछिल्लो दुई दशकमा मात्र सीमित गर्न सकिँदैन। उनी मात्र व्यवहारवादी कम्युनिस्ट भनेर पनि चित्रण गर्न सकिँदैन। सीपीआई(एम) महासचिवले १९७० को दशकमा पार्टीको नेतृत्वमा देखा परेको एउटा चम्किलो युवा नक्षत्रदेखि लगभग एक दशकसम्म पार्टीको नेतृत्व गरेको समयमा धेरै महत्त्वपूर्ण योगदान दिएका थिए।
आपतकालको समयमा १९७० को दशकमा विद्यार्थी नेता नाताले, उनले विश्वविद्यालयको विद्यार्थी हुँदा सीपीआई(एम)को पार्टी राजनीतिमामा प्रवेश गरे । उनी ३२ वर्षको उमेरमा केन्द्रीय समिति सदस्य भएका थिए — सीपीआई(एम) को उच्च तहमा स्वीकृत हुने सबैभन्दा कान्छा सदस्यमध्ये एक थिए। कांग्रेसविरोधी विपक्षको अग्रणी अनुहारहरूमध्ये एक भएर, उनले १९९० को दशकको मध्यबाट राष्ट्रिय राजनीतिमा गठबन्धन निर्माणका प्रयासहरूमा मुख्य व्यक्तित्व बन्ने यात्रा तय गरेका थिए ।
तर, उनले ज्योति बसुलाई १९९६ मा प्रधानमन्त्री बन्ने अवसर दिन नहुने पक्षको नेतृत्व (प्रकाश कारातसँगै) को सामना गरे – जुन निर्णयलाई पछि बसु आफैंले ऐतिहासिक गल्तीको रूपमा वर्णन गरेका थिए।
सशक्त वैचारिक आधारलाई राजनीति गर्ने कलासँग मिलाउन सक्ने क्षमता देखाउँदै, येचुरी दिल्लीमा सीपीआई(एम) को मुख्य अनुहार बनेका थिए, विशेष गरी संसदमा जहाँ उनी २००५ देखि २०१७ सम्म राज्यसभा सांसद थिए।
जोशिला, स्पष्ट वक्ता र राम्रो हाँस्यबोध भएका व्यक्तित्वका येचुरीको राजनीतिमा पार्टीको सीमाभन्दा बाहिर मित्रता बनाउन सक्ने क्षमताले फाइदा पु¥याएको थियाृ । उनी सीपीआइ एमका दुर्लभ नेताहरूमा एक थिए जससँग बीजेपी का नेताहरू पनि कुरा गर्न सक्थे। २०२२ मा प्रधानमन्त्री नरेन्द्र मोदी र येचुरीको एक सर्वदलीय बैठकमा सँगै हाँसिरहेको तस्बिर भाइरल भएको थियो।
INDIA bloc leaders D Raja, TR Baalu, Salman Khursheed, Abhishek Manu Singhvi, Sitaram Yechury and others at Election Commission of India. (Express Archive Photo by Abhinav Saha)
तर यसले २००९ मा सुरु भएको पार्टीको चुनावी पतनलाई रोक्न येचुरीलाई मद्दत गरेन। उनी आधा शताब्दीअघि सामेल भएको पार्टीसँग अहिले लोकसभामा जम्मा चार सिट छ, र भोट सेयर १.७६ प्रतिशत छ।
प्रारम्भिक राजनीतिक यात्रा
संयुक्त आन्ध्र प्रदेशको ब्राह्मण परिवारमा जन्मेका येचुरीले आफ्नो विद्यालय शिक्षा हैदराबादमा पूरा गरे, तर उच्च अध्ययनका लागि १९६९ मा तेलंगाना आन्दोलनका कारण उत्पन्न भएको प्राज्ञिक जीवनको अवरोधपछि दिल्ली गएका थिए। दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफेन्स कलेजबाट अर्थशास्त्रमा स्नातक गरेपछि उनले पोस्ट–ग्र्याजुएसनका लागि जेएनयूमा भर्ना भएका थिए।
येचुरीले आफ्नो राजनीतिक जीवन १९७४ मा जेएनयूमा विद्यार्थी सङ्घको अध्यक्ष भएर सीपीआइ एमको राजनीति सुरु गरेका थिए। एक वर्षपछि उनले सीपीआइएममा सामेल भए, र इन्दिरा गान्धीले लादेको आपतकालको विरोध गर्ने ‘प्रतिरोध’ संगठित गर्ने अभियानमा संलग्न भए। यस क्रममा उनलाई भूमिगत हुनुपर्ने स्थिति पनि आयो र केही समय गिरफ्तारीमा बिताउनुपर्यो।
यस अवधिको एक स्थायी तस्बिर भनेको इन्दिरा गान्धीको निवासमा जेएनयूका विद्यार्थीहरूको जुलुसको नेतृत्व गर्दै उभिएको येचुरीको हो। १९७७ मा उनले इन्दिरा गान्धीको अगाडि लामो असहमतिको सूची पढेर गान्धिलाई जेएनयूको कुलपति पदबाट राजीनामा दिन आग्रह गरे। लोकसभा चुनावपछि पराजित भइसकेपछि पनि इन्दिरा गान्धीले उक्त पद भने छोडेकी थिइनन् ।
आपतकालपछि उनी १९७७ र १९७८ बीच तीन पटक जेएनयू विद्यार्थी सङ्घको अध्यक्षमा निर्वाचित भए। १९८४ मा उनी आफ्नो जेएनयूका साथी प्रकाश कारातसँगै केन्द्रीय समितिमा सामेल भए। उनले १९९२ मा सीपीआइएमको पोलिटब्युरो सदस्यको रूपमा प्रवेश गरे।
केन्द्रीय समितिमा हुँदा उनले त्यतिबेला केन्द्रीय सचिव रहेका स्थापित नेता ई एम एस नम्बूदिरिपाद र एम बसवपुन्नैया सँग निकट सहयोगीका रुपमा काम गरेका थिए, र पछि हरकिशन सिंह सुरजीतको मार्गदर्शनमा रहे । यसले येचुरीलाई नेतृत्वको भूमिकामा अगाडि बढ्न धेरै महत्त्वपूर्ण आधार बनायो।
१९९२ मा सोभियत संघको पतनपछि सीपीआइएम को पार्टी काँग्रेसमा येचुरीले एक प्रस्ताव पेश गरेका थिए, जसमा भनिएको थियो कि सोभियत संघको पतन र पूर्वी युरोपका समाजवादी देशहरूले मार्क्सवाद–लेनिनवाद वा समाजवादको आदर्शलाई खारेज गर्दैन, र समाजवादले मानव जीवन र सभ्यताको गुणस्तरमा निर्णायक योगदान दिएको तथ्यलाई मेटाउन सक्दैन।
‘आन्दोलनकारी निर्माणकर्ता’
१९९० को दशकको मध्यतिर येचुरीका रणनीतिक क्षमताहरू देखा परेका थिएइ । जब उनले सुरजीतसँगै पर्दा पछाडि काम गरेर जनता दलका एच डी देवेगौडालाई १९९६ मा प्रधानमन्त्री बनाउन गठबन्धन बनाउने काममा योगदान गरे। कांग्रेसले बहुमत पाउन नसकेपछि, तमिल मानीला कांग्रेसका पी चिदम्बरमसँगै, येचुरी संयुक्त मोर्चा सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा बनाउने प्रमुख मस्यौदाकार बनेका थिए।
देवेगौडा सरकार ढलेपछि, येचुरीले उनका उत्तराधिकारीको रूपमा आई के गुजराललाई प्रधानमन्त्री बनाउन सहयोग गरे। सीपीआइएम को यस भूमिकाको सम्झनामा रहने कुरा भनेको पार्टीको पश्चिम बंगालका मुख्यमन्त्री ज्योति बसुलाई सर्वसम्मत प्रधानमन्त्री बनाउने प्रस्तावमा आन्तरिक रूपमा आएको प्रतिरोध थियो। यसमा येचुरी र कारात जस्ता युवाहरूले विरोध गरे, र अन्ततः केन्द्रीय समितिले सिपीआइएम ले सरकारमा सामेल नहुने निर्णय गर्यो।
यस अनुभवले २००४ मा फेरि काम गर्यो, जब वाम मोर्चाले कांग्रेसको नेतृत्वमा रहेको युपीए सरकारलाई साझा न्यूनतम कार्यक्रमको आधारमा बाहिरबाटै समर्थन गर्ने निर्णय गर्यो । ।
हालैका वर्षहरू
त्यसपछिका वर्षहरूमा, येचुरी सीपीआइएम र कांग्रेसबीच मैत्रीपूर्ण सम्बन्धको सबभन्दा प्रबल समर्थक बने। सीपीआइएमले २००४ मा युपीए –१ सरकारलाई समर्थन दिएपनि, २००८ मा भारत–अमेरिकी परमाणु सम्झौताका कारण समर्थन फिर्ता लियो। त्यस विभाजनको बाबजुद पनि, येचुरीलाई पार्टीमा भाजपालाई बाहिर राख्न कांग्रेससँग सहकार्यको निरन्तर वकालत गर्ने नेताको रूपमा चिनिन थालियो ।
यसले पार्टीमा स्पष्ट विभाजन निम्त्यायो, जहाँ येचुरीलाई ‘व्यावहारिक’ रूपमा र कारातलाई ‘कट्टरपन्थी’ का रूपमा देखाइन्थ्यो। येचुरीसँग बंगाल शाखाको समर्थन थियो भने कारातसँग केरलाका नेताहरूको समर्थन थियो – यी दुई राज्यहरू सिपीआइएम बलियो रहेको क्षेत्र हुन्।
: इन्डियन एक्सप्रेसबाट
प्रतिक्रिया दिनुहोस्