मानिसहरू अचम्मित हुनेछन् भन्ने कुरा के तिनीहरूले थाहा पाएका छन् ? अवश्य, उनीहरू विशेषगरी यसलाई भन्ने गर्छन्, किनकि मानिसहरू अचम्मित हुनेछन्। उनले आफूलाई अमेरिकामा सबैभन्दा धेरै घृणा गरिएका व्यक्तिको रूपमा सफल बनाएका छन्, र अहिलेसम्मका पुरस्कारहरू पनि उनका लागि धेरै ठूला भएका छन्।
यदि रियालिटी टेलिभिजन वास्तविक जीवनको एउटा कच्चा नक्कलको रूपमा सुरु भएको थियो भने, आज यसको विपरीत सत्य लाग्न सक्छ — वास्तविक जीवन नै रियालिटी टेलिभिजनको रूपमा परिवर्तन भइरहेको जस्तो। हामी सबै कास्ट सदस्यहरूको रूपमा जबरजस्ती समाहित भएका छौं। यो विधाको सांस्कृतिक तर्कको अन्तिम चरणमा पुगेका छौंः त्यस्ता मानिसहरू, जसको यस विधासँग कुनै सम्बन्ध छैन, रियालिटी स्टारहरूजस्तै बाँचिरहेका छन्। यो संक्रमण प्रयोगशालाबाट बाहिर लिक भएको छ। हामी एक अनियन्त्रित सामुदायिक प्रसारणको समयमा छौं।
विश्वका केही सफल व्यक्तिहरू — जस्तै इलोन मस्क र रोबर्ट एफ. केनेडी जुनियर — अहिले आफ्नो वास्तविक पहिचान भन्दा रियालिटी–विलेन अल्टर इगोहरूको प्रदर्शन गर्न रुचाउँछन्। यसले काँग्रेसमा पनि राम्रोसंग काम गर्छ। ‘मलाई लाग्दैन कि तपाई यहाँ के का लागि आउनुभएको छ भन्ने थाहा छ’ मार्जोरी टेलर ग्रीनले मे महिनामा हाउस ओभरसाइट कमिटीका एक सदस्य जैस्मिन क्रोकेटलाई भनिन्। ‘मलाई लाग्छ तपाईंका नक्कली आँखी भौँहरूले तपाईंले पढिरहेको कुरा बिगारिरहेका छन्।’
‘मलाई केवल जिज्ञासा छ’ क्रोकेटले जवाफ दिइन्, ‘यदि कसैले समितिमा अरूको ब्लीच–ब्लन्ड, खराब–निर्मित बटच शरीरको बारेमा कुरा गर्न थाल्यो भने, के यो सदनको नियमको उल्लङ्घन हुनेछ छैन ?’ यो ‘क्यापिटल हिलको रियल हाउसवाइभ्सूको क्लिप हुन सक्थ्यो।
र के जर्ज सान्तोसको बारेमा भनिरहनुपर्छ, जसको प्रदर्शनात्मक भिलेन बन्ने चाहनाले उनको निर्वाचित पदको चासोलाई उछिनेजस्तो देखिैदैन ? उनले हामीलाई घृणा गर्न लगभग आग्रह गरेका थिए।
हामीले २०२४ मा राजनीतिलाई हेर्दा पाएको डिसोसिएटेड अनुभूति आंशिक रूपमा परम्परागत मिडिया र संवेदनशीलताले यस क्रूर, बहु–स्तरीय, सन्दर्भपूर्ण, मिम–भरिपूर्ण भाषा शैलीलाई प्रशोधन गर्न असफल भएका कारण आएको हो। जब ट्रम्पले ढुक्कसँग भन्छन् कि उनी ूपहिलो दिन मात्रू तानाशाह हुनेछन्, यो ठट्टा हो वा डर लाग्दो धम्की ? सम्भवतः दुवै, तर भिन्नता स्पष्ट नगर्दा, उनले संवैधानिक मापदण्डहरू बारेका उदार चेतावनीहरूलाई वाहियातजस्तै देखाउँछन्। परम्परागत संवादले निर्देशनहरू खोज्छ, मुख्यधाराका मिडियाको लागि, जो जहिल्यै वास्तविकता परिभाषित गर्न शक्तिशाली थियो, मिडियासंग निर्णायक र न्यायाधीशको भूमिका खोज्छ। तर ठूलो आर–रियलिटीको मूल्यहरू निर्णय–मुक्त छन्ः ध्यान भनेको ध्यान नै हो।
तर यदि सबै टेलिभिजन विधाहरूको लागि एउटै सत्य छ भने, त्यो मिडियमले सधैं अर्को नयाँ चीजको खोजी गर्छ। ट्रम्पले एक समय केबुल टिभीमा प्रभुत्व जमाएका थिए, जब चर्को, हाँस्यरहित अल्फा श्वेत पुरुष एक प्रमुख केबल आदर्श थियो। पछिल्ला वर्षहरूमा, सबैभन्दा ताजा र लोकप्रिय रियालिटी शोहरू अधिक विडंबनापूर्ण, समलैंगिक संवेदनशीलताले भरिएको, र अझ बढी आनन्दमय भएका छन्। ‘एफबोइ आइल्याण्ड’ ‘बिलो डेक’ ‘समर हाउस’ र ‘टु हॉट टू ह्यान्डल’ जस्ता शोहरूले एलन कमिङ्को ‘द ट्रेटर्स’ र जोएल म्यालेको ‘हाउस अफ विलन्स’ (जसले ओमारोसालाई पुनः स्पटलाइटमा ल्याएको छ) को बाटो खोलेका छन्। ‘द मोल’ जुन नेटफ्लिक्समा पुनःप्रसारण भइरहेको छ, एनपीआरका एरी शापिरोद्वारा होस्ट गरिएको छ, जसले एक अविस्मरणीय क्याम्प प्रदर्शन प्रस्तुत गरेका छन्।
ट्रम्पका हालैका राजनीतिक विपक्षीले यस परिवर्तनलाई बुझेको जस्तो देखिन्छ। आत्म–हाँस्यपूर्ण मिमहरू र बारम्बार आनन्दको उल्लेखबाटः उनी रियालिटी लाइट हुन्। यदि ट्रम्प अझै पनि गोर्डन राम्से गर्दैछन् भने, कमला ह्यारिसले हामीलाई लिसा भ्यान्डरपम्प दिइरहेकी छन्।
अन्तिम मूल्याङ्कन नोभेम्बरसम्म आउने छैन। तर जस्तोसुकै भए पनि, ट्रम्प — यदि उनी आत्म–चिन्तन गर्न सक्षम छन् भने — अहिले रिचर्ड ह्याचलाई सम्झन सक्छन्।
‘सर्भाइभरू जितेपछि, ह्याचलाई बाल दुव्र्यवहारको आरोपमा दोषी ठहराइयो (अपिलमा उक्त दोषारोपण उल्टियो), कर सम्बन्धी आरोपमा चार वर्ष भन्दा बढीको जेल सजाय सुनाइयो, त्यसपछि अर्को कर मामिलामा पुनः जेल सजाय सुनाइयो। उनले गुनासो गरे, ‘यहाँ म छु, यस्तो केहि जसलाई संस्थागत धम्की मात्र भनेर वर्णन गर्न सकिन्छ।’ पछि उनले आफ्नो शुक्राणु दानद्वारा जन्मेका सयौं बच्चाहरूको खोजी गर्ने र तिनीहरूसँग सम्बन्ध स्थापित गर्ने रियालिटी शो सुरु गर्ने असफल प्रयास गरे। यो सबै नराम्रो छैनः उनी ‘हाउस अफ विलन्स’को दोस्रो सिजनको कास्टमा छन्।
ट्रम्पका लागि, यदि मतदाताहरूले उनलाई यो नोभेम्बरमा पुष्टि गर्न असफल भए भने, जर्ज सान्तोसको भाग्य सम्भवतः अझ तीव्रबेगले तुलना हुन सक्छ। वायर फ्रड र पहिचान चोरीको आरोपमा उनलाई हालै दोषी ठहराइएको थियो। यो एक–दिनको समाचार बन्यो। सबैभन्दा ठूलो अपमान, यस्तो लाग्छ कि संसार उनलाई घृणा गर्न पनि अब इच्छुक छैन।
न्यूयोर्क टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्