ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धम्कीको भरमा शासन संचालन गर्ने नेपाली नेताहरु (भिडियोसहित)


एबीसी न्यूज
३१ भदौ २०८१, सोमबार   १० : १७   बजे

काठमाडौं । आफू शासनमा हुँदा सबै राम्रो देख्ने र सत्ताबाट बाहिरिने बित्तिकै यस्ता प्रतिकृया दिने आदत नेपालका सबैजसो उच्च नेताहरूको आद्त हो । पञ्चायती व्यवस्थाको शुरुवातदेखि आजसम्मका प्रधानमन्त्रीहरूले पनि सत्ताबाट हट्ने वितिकै नराम्रो देख्ने परम्परा अहिलेसम्म हटेको छैन । आजपनि शीर्ष नेताहरू जो दशकौंदेखि सत्ता र शक्तिको केन्द्रमा छन्, उनीहरूले नै कुशासन बढेको भन्दै नेपाल पनि बंगलादेश हुन सक्ने चेतावनी दिन थालेका छन् । लगातार १७ महिना प्रधानमन्त्री रहेर विपक्षी कित्तामा पुगेलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल बंगलादेश र श्रीलंकाको हालतमा पुग्न सक्ने चेतावनी दोहो¥याइरहेका छन् । उता, सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि व्यवस्थामाथि आक्रमण हुन थालेको भन्दै प्रतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् । जनता तर्साउने यो प्रतिस्पर्धाबीच सार्वजनिक सेवा प्रवाहको विषय भने ओझेल परेको छ । श्रीलंकामा दुई वर्षअघि आर्थिक संकट आएको थियो । मूलतः महँगी र उपभोग्य सामानको अभावबाट पिल्सिएका जनता सडकमा मात्र उत्रिएनन्, राष्ट्रपतिको निवास नै नियन्त्रणमा लिएका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेर भाग्नुप¥यो । आर्थिक र राजनीतिक संकटका कारण श्रीलंकाका राष्ट्रपतिले देश छाडेको दुई वर्षपछि दक्षिण एसियाकै अर्को राष्ट्र बंगलादेशमा त्यस्तै घटना दोहोरियो । त्यहाँका प्रदर्शनकारीले साउन २१ मा प्रधानमन्त्री शेख हसिनाको निवास नियन्त्रणमा लिए ।

प्रदर्शनकारी निवासमा छिर्नु केहीबेर अघि मात्रै राजीनामा दिएर हेलिकोप्टर चढी देश छाडेकी हसिना भारतको शरणमा छिन् । श्रीलंकामा डेढ दशकदेखि राजापाक्षे परिवारको शासन थियो, त्यस्तै बंगलादेशमा हसिना पनि १६ वर्षभन्दा बढी समयदेखि लगातार सत्तामा थिइन् । तर उनीहरूको मनमौजीले आक्रोशित जनताले दुवै देशका शासक भगाए । त्यसयता नेपाली राजनीतिमा पनि श्रीलंका र बंगलादेशको चर्चा भइरहेको छ । तर यहाँ नागरिक समाजभन्दा बढी शासनको केन्द्रमै बसेका व्यक्तिहरूले यो भाष्य चर्काएका छन । सशस्त्र द्वन्द्व त्यागेर २०६३ मा शान्ति प्रक्रियामा आएको १८ वर्षयता माओवादी लगातार सरकारमा छ । माओवादीबाट दाहाल स्वयं तीन पटक र बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री भइसकेका छन् । माधवकुमार नेपालका पाला २० महिना, सुशील कोइरालाका पाला २० महिना र अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता २ महिना मात्रै माओवादी प्रतिपक्षमा छ । कथम्कदाचित् देश श्रीलंका वा बंगलादेशकै हालतमा पुग्ने अवस्थामा आए त्यसका प्रमुख जिम्मेवार राजनीतिक दलमा मुख्य नेताहरुनै हुनेछन् । तर, आफ्नो जिम्मेवारीलाई चटक्कै बिर्सेर पुर्व प्रधानमन्त्री प्रचण्डले भदौ ११ मा प्रमुख प्रतिपक्षी दलका नेताका लागि विशेष समय लिएर बोल्दा श्रीलंका र बंगलादेश सम्झिए । त्यसपछिका भाषणहरूमा पनि उनले उही कुरा दोहो¥याए । सुर्खेतमा उनले सरकारले दुईतिहाइ बहुमतको घमण्ड देखाए बंगलादेश र श्रीलंकाको हालत हुने चेतावनी दिए । अर्कोतिर, प्रधानमन्त्री ओली पनि त्यस्तै ‘डर’ कै प्रवर्द्धन गरिरहेका छन । संविधान संशोधन गर्नेसम्मको एजेन्डा लिएर प्रधानमन्त्री बनेका ओलीले संसद्मा दुईतिहाइभन्दा बढीको समर्थन पाएका छन ।

तर, २ महिना पुग्दा नपुग्दै उनले ‘सरकारलाई घेराबन्दी गर्न, अस्थिरता निम्त्याउन र व्यवस्था कमजोर पार्न खोजिएको’ भन्दै त्यसविरुद्ध तयार रहन पार्टी बैठकमै निर्देशन दिएका छन । संविधान कार्यान्वयन र संघीय संरचनालाई बलियो बनाउने जिम्मेवारीमा रहेका प्रधानमन्त्री स्वयंले संघीय प्रणालीलाई कमजोर बनाउने खेल भइरहेको टिप्पणी गर्दै आएका छन । भदौ ३ मा सातै प्रदेशका सभामुख, उपसभामुखसँग उनले प्रणाली कमजोर बनाउन खोजिएकाले सतर्क रहन आग्रह गरे । तर, उनी अघिल्लो पटक साढे ३ वर्ष प्रधानमन्त्री हुँदा र अहिले पनि संघीयतासम्बन्धी कानुन बनाउन अग्रसरता लिएका छैनन् । अहिलेसम्म निजामती कर्मचारी र प्रहरी ऐनजस्ता कैयौं महत्त्वपूर्ण कानुन बनेका छैनन् । नागरिकमा आशा जगाउने क्षमता नभएका नेताले डर देखाएर शासन गर्छन ।

सात दलको आन्दोलन र माओवादी विद्रोहले ०६२÷६३ को परिवर्तन भएको थियो । त्यसयता १८ वर्षमा १४ पटक सरकार फेरिएको छ । यस अवधिमा ओली चार पटक, दाहाल तीन पटक र कांग्रेस सभापति शेरबहादुर देउवा दुईपटक प्रधानमन्त्री बनेका छन् । कुर्सी दौड र भ्रष्टाचार तीव्र हुँदा तथा जनअपेक्षा पूरा नहुँदा समाजमा निराशा छ । नेपालको मुल नीति राजनीति हो तर हाम्रो राजनीतिको मुहान नै सफा छैन तर पनि राजनीतिमा कलाकार जानु परेको छ, समाजसेवी जोडिनु परेको छ, खेलाडी घुस्रिन परेको छ । सेवा निवृत्त कर्मचारी जागिर छाडेको भोलिपल्ट राजनीति ज्वाइन् गर्छ । पत्रकार दल खोलेर हाम फाल्छ । साहित्यकार लेख्न छाडेर राजनीतिमा मरिहत्ते गर्छ । समाजका यावत पेशाका यावत मान्छेलाई आफ्नो पृथक परिचय र प्रतिष्ठा भन्दा राजनीतिमा बढी रहर तर आम नागरिकका मुद्धा ओझेलमा आम सर्व साधारण नागरिकका जनजीविका सवालका नेपालका राजनीतिकदलहरु गम्भिर बन्न सकेका छैन । शासन गर्न पुगेका पार्टीहरू जसले शासन गरे पनि देश र जनतालाई केन्द्रविन्दुमा राख्न नसक्दा पछिल्लो समय राजनीति प्रति आम मानिसको सकरात्मक धारणा बन्न सकेको छैन । यस बारे सम्वन्धीत निकायले वेलेमा सोच्नुपर्ने देखिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu